Day-35
घोडाखोर - दुनै (डोल्पा)
Ghodakhor-Dunai (Dolpa)
15 August 2016
डोल्पाको देबकोटा बडा गाउलाई घोडाखोर बाट नियाल्दा
शौचालय नभएकाले तीन जना लाठे लाग्यौ पाखातिर Great Himalaya Trail को बिशेषता भन्दै। जरुवा पानीको धारामा मुख धोयौ। रमाईलो विहान थियो। खुलेको बिहान थियो तर चिसोले च्याँप्पै समाउने खालको वतावरण थियो। देबकोटा बडा गाउ पारि देखिन्थ्यो। जडिबुटीको चिया पिउन पस्यौ चुला तिर। सागर भाई र साहुनीका बाबा आमा चिया र वाई वाई तयार गर्दै देख्यौ। खोईत छोरी सोधे मैले। बिरामी भएर सुतेकी बताईन् । बिरामी बहिनीलाई ओखती दिए र ४ घण्टा पछि अर्को दवाई खानुस निको हुन्छ मैले भने। रु१२४० तिरि घोडाखोर बाट 0730Hrs बाटो लाग्यौ।
डोल्पाको दोभानमा झरिलो आरु खादै हामी
हिडेको एक घण्टामा होटल भेटायौ। वाई वाई खाने सल्लाह भयो। चिया पिउदै थियौ। वाई वाई पाक्दै थियो। थाङ्नाले बाँधेका खुट्टा देख्यौ साहुनीको। सिसाले गहिरो काटेको रहेछ । तातो पानीले धुन लगायौ र हामीले बोकेका दबाई किशोर सर र मैले लगाई दियौ। भरै साँझ यसरीनै धुएर लगाउनु होला भनि दबाई दियौ। खाजाको रु ५०० तिर्यौ। राम्रो संग बस्नु होला भन्दै तेर्स्रो बाटो हिड्न थाल्यो। कान्ला माथि र मुन्तिर धानचामर भएको मकै बारी देखिन्थे। हिड्दै गर्दा एक हुल बिधार्थी भेट्यौ साथै बाटो माथी बाक्लो बस्ति देख्यौ। आलो पहिरो गएकाले बाटो थुनेकाले उफ्रिने क्रममा किशोर सर झण्डै कान्ला मुनि पुग्नु भयो । चिप्लिएर। झ्याँप्पै सिस्नुको बोट समात्नु भयो । सिस्नुको बोट नसमाउनु भएको भए सिधै कान्ला मुन्तिर बल्ड्याङ हुने पक्का थियो। अप्रिय घटना भएन। आथा भन्दै हिलोमा पछारिनु भयो। सिस्नुले पोलेको ठाउमा दबाई लगाई दिए मैले। फोका उठ्न पाएन्।
लिकु गाउ मा पुग्यौ। हाईस्कूल रहेछ। बाग्लो बस्ति रहेछ। बस्ति रमाईलो लाग्यो। स्कूलको छेवैमा होटलमा वाई वाई र चिया खाने सल्लाह भयो। थाकेर लोथ भएका थियौ। गफगाफ गर्ने जाँगर थिएन हाम्रो । गाउको दृष्य राम्रो भए पनि फेरि झिङ्गाको हुलले हामीलाई वरिपरि घेर्न थालि हाल्यो। खाना पाक्दैन् बरु वाई वाई पकाई दिन्छु भने साहुनीले। चौरीकोटमा लामा समुदायका बस्ति छोडे पछि शाही र बुढा समुदायको रहन सहन साथै भेषभुषा देख्न पाईयो लिकु गाउमा। रेडबुल कोक र वाई वाईको एक मुष्ठ रु १५०० तिर्यौ र 1100Hrs लिकु बाट बाटो लाग्यौ।
लिकु बाट पारि नियाल्दा बाग्लो बस्ति देखिन्थ्यो। स्कूल बिदा भएर बिधार्थीहरु घर जादै गरेका भेट्यौ। बिना कारण स्कूल बिदा भएका कुरा बताए । हिड्ने बित्तिकै पानी बर्सन थाल्यो। छाता ओढ्दै ओरालो बाटोमा हिड्न थाल्यौ। मान्छेले खनेको सडकको ट्रयाकमा हिड्दै दोभानमा पुग्दा घुरेनमा लटरम्म पाकेको आरु देख्यौ। ५०रुपैयाँको किन्यौ। रसिलो आरु खादै थकान भुलायौ। 1200Hrs त्रिपुराकोटमा पुग्यौ। त्रिपुराकोट धाम थुम्कामा देखिन्थ्यो। धाम हेर्न जाने योजना थियो तर थाकेर जान मन लागेन। ठुली भेरी धमिलो भेल देखिन्थ्यो। लोभ्याउने उपत्यका रहेछ त्रिपुराकोट। गजबको बजार रहेछ।
डोल्पालीहरु बजारमा किनमेल गर्न आएका देखिन्थे। मोबाईलमा गीत भर्न पसलमा लाईन बसेका देखिन्थे। गण्डकी अञ्चल भेगका लोकगीतहरु घन्कीरहेका सुनिन्थे। बजारमा चहलपहल निक्कै देखिन्थ्यो। लाग्थ्यो हामी डोल्पा हो कि होईन जस्तो लाग्थ्यो । एउटा होटलमा झोला बिसायौ। चाउमिन पकाउन लगायौ। त्रिपुराकोट बजारमा झिङ्गाको कुरै नगरौ। बाफ्रे! लिकु गाउको भन्दा दोब्बर थियो। रेडबुल र कोक पियौ। थाकेर लोथ भएका थियौ। किशोर सर र बिशाल भान्जा बेञ्चमा झिङ्गा धपाउदै गर्दा भुसुक्कै निदाउनु भयो। दुबै जनाको खुट्टै ढाँक्ने गरि झिङ्गा रमाउन थालेको देखि पछि झोला बाट जुका लामखुट्टे भुसुना मार्ने स्प्रे छर्कि दिए। झिङ्गा सर्लक्कै भुईमा उत्तानो हुन थाले।
त्रिपुराकोट बाट भित्ति जाने क्रममा हामी ।
त्रिपुराकोटमा बास बस्ने योजना थियो तर साहुले भित्ति देखि जिप दुनै सम्म चल्ने सुनाए । योजना बन्यो दुनै पुग्ने हाम्रो। चाउमिन स्वाँदिष्ठ थियो। रु २४५० तिर्यौ र ठुली भेरीको झोलुङ्गे पुल तरि एक घण्टामा भित्ति गाउमा पुग्यौ। रु15000 तिर दुनै तिर गुड्यौ। जुफाएल बिमान स्थलको पुछार कटे पछि तर्न नसकिने खोला भेटिए । काठको मुढा तेर्साएको रहेछ। त्यसैमा चढी चिपको पाङ्ग्रा गुड्दा आङ जिरिङ्ग भएको थियो। हेलीकप्टर बाट चिप ल्याएका रहेछ। ड्राईभर थिए सुर्खेत तिरका भाई। ठुली भेरीको बगरमा खेतीका लागि तीन जना महिलाहरुले खनी रहेका देखेका थियौ। अचम्म लाग्यो। सेफोक्सुण्डो खोला र ठुलीभेरीको संगम स्थल सुलीघाटामा आर्मी चेक पोष्ट रहेछ। हाम्रो झोला चेक गरे। ठुली भेरीको किनारै किनार गुड्दै दुनै बजारमा 1600Hrs पुग्यौ।
हुम्ला देखि ३५ दिनमा डोल्पाको दुनै पुग्दा हर्षको सिमान थिएन हाम्रो। ठुली भेरीको काखैमा दुनै बजार रमाईलो लाग्यो। गीत घन्की रहेका सुनिन्थे। दुनैको नाम चलेको होटल ब्ल्यू सिपमा झोला बिसायौ। पालै पालो नुहायौ। जुम्ला देखि हिडे देखि नुहाएका थियौ। फ्रेस भयौ। सल्लाको रुख मुनि चौतारा बनाएका रहेछ। बेञ्चमा बस्दै चिया कफिको सुर्का दिदै ईन्टरनेटमा फोटो र अन्य आफन्त र साथीहरु संग च्याट गर्न थाल्यौ। झिङ्गाले दुःख नदिदा सञ्चो महसुस भएको थियो। नाम थाहा नभएको हेर्दा राम्रो लाग्ने चरी घासमा चर्दै गरेका देख्यौ । सिन्धुपाल्चोका मास्टर सेफ भाईले स्वाँदिष्ट खाजाहरु तयार गर्दै टेबलमा ल्याई दिन्थे। साँझको खाना खाना 2000Hrs बस्यौ टेवलमा । छेवैमा INGO मा कार्यरत दुईटी महिला र एक पुरुष रवाफिलो तरिकाले गफ गर्दै गरेका सुनिन्थे । सफासुग्घर र चिरि च्याँट थियो होटल । जुम्ला देखि दुनै सम्म सहयोगी सागर बिक भाई भोलि बिहानै जुम्ला फर्कने भएकाले उहाँलाई रु 8500 दियौ। आराम संग जुम्ला पुग्नु भन्यौ। ईन्टरनेट चलाउदै 0000Hrs बस्यौ। वाहिर पानी झमझम पर्दै गरेको थियो। ठुली भेरीको आवाज स्पष्ट सुनिन्थ्यो।
देबकोटा बडा गाउ डोल्पा
हिड्दै गर्दा धानचामर लगाउदै गरेको मकैबारी
खाजा खाने मौकामा सागर भाई
लिकु गाउ बाट झर्दै त्रिपुराकोट तिर लम्कदै गर्दा
त्रिपुराकोट पुग्नै लाग्दा देखिएका अक्कर। खोचमा दोभान गाउ।
जुम्ला जाजरकोट र डोल्पालीका नामुद तिर्थस्थल त्रिपुराकोकोट धाम
शिरमा त्रिपुराकोट धाम फेदीमा हामी
त्रिपुराकोट वरिपरिका
त्रिपुराको बस्ति
त्रिपुराकोट बजारमा खाजाको प्रतिक्षामा हामी








No comments:
Post a Comment