Total Pageviews

Saturday, April 28, 2018

धावक निमेष गुरुङको जीवन गाथा


काम बाट फर्कदै थिए म। बाटामा भेटिए धावन क्षेत्रमा स्वर्ण पदक बिजेता निमेष गुरुङ। जीन्दगीका आरोह अवरोहका गाथालाई भिडियोग्राफी गर्ने सल्लाह भयो। उहाँ संग  भिडियोग्राफी गरिरहदा म भाबुक भईरहेको थिए । उहाँको भोगाईको कारुणिक कथा सुन्दा।  निमेषको जीवनको भोगाईका गाथा हेर्न नछुटाउनु होस।

Sunday, April 22, 2018

Great Himalaya Trail

Day-34
चौरीकोट- घोडाखोर (डोल्पा)
Chaurikot- Ghodakhor (Dolpa)
14 August 2016
                                 स्व राजा बिरेन्द्रको निजि चौउरी गोठ डोल्पा
राती शौचालय लागेर उठ्दा चहचह जुन लागेको रहेछ। हिमाल हेर्नका लागि बार्दलीको छेउ तिर गए। टाकुरामा जमेका हिँउमा जुनको प्रकास पोखिदा रहर लाग्दो दृष्य देखे। म ट्वाल्ल परेर एकोहोरिएर रमाउदै हेरि बसे। क्षितिज सम्म टहटह जुन लागेको देखिन्थ्यो। घडी हेर्दा 0100Hrs भएको थियो। कुहिरो कतै देखिदैन थियो। मुन्तिर खोला बगेको आवाज मात्र सुनिन्थे। किराहरुको आवाज सुनिएको थिएन्। चिसो भने अतिनै थियो। यात्रामा टहटह जुन लागेको र जुनेली आकास  डोल्पाको चौरीकोटमा देख्न पाईयो भन्दै मनमनै हर्षले गदद भईरहेको थिए। जुम्ला देखि ६ दिनमा डोल्पाको भूमिमा टेकेका थियौ। ४ मिनेट जति चकमन्न जुनेली रातमा रमाउदै बसि रहे।
                                        हिड्नु पुर्व चिया पिउदै डोल्पाको चौरीकोटमा ।
0630Hrs बजे उठ्दा भुसभुसे पानी पर्दै थियो। चारैतिर भुईकुहिरोले ढाकेको थियो। किशोर सर र बिशाल भान्जालाई जुनेली रातको कुरा सुनाए। उहाँहरुले पनि जुनेली रात नियाल्न पाउदा खुशी भएका कुरा बताए। हिड्ने बेलामा पानी परेको थिएन्। चडिबुटीको चिया र वाईवाई खाजा खाए पछि ४८७० रुपैयाँ तिरी चौरीकोट बाट लाग्यौ 0700Hrs । चौरीकोट पारी बिशाल अक्कर भएकाले जुम्ला डोल्पाको दुनै जोड्ने सडकको ट्रयाक खोला सम्म मात्र खोलेका रहेछ। खच्चर हिड्ने बाटो जानेकी छोटो बाटो भएर जाने हामी दोधारमा भयौ। छोटो बाटो नै हामीले रोज्यौ र ज्यानको बाजी लगाउदै अक्करमा झुण्डिदै घिस्रिदै र बामे सर्दै। दश मिनेटमा कहाली लाग्दो भिरमा अाङ जिरिङ्ग हुँदै पार गर्यौ । एक महिना अगाडि यसै भिर बाट यार्सा खोज्न सेफोक्सुण्डो तिर जादा लडेर मरेका कुरा मौउरे पासमा लुटपाट गर्ने मनसायका आवाराहरुले हामीलाई सुनाएका थिए।  
0830Hrs रिमि गाउमा पुग्यौ। बस्ति रमाईलो लाग्यो। आदित्य होटलमा झोला बिसायौ। वाई वाई बनाउन लगायौ। जुम्ला देखि डोल्पाको रिमि सम्म झिङ्गा देखेनौ। झिङ्गा बाट मुक्त भएका छौ! हाँसो गरे मैले। हामीले झिङ्गालाई राष्ट्रिय किरा उपनाम दिएका थियौ। चिया पिउदै थकान भुलाउदै बस्यौ। खाजाको रु ८०० तिर 0900Hrs बाटो लाग्यौ। आजको खाना काईगाउमा खाने भन्दै ओरालो बाटो हिडि रहयौ। कर्णाली  अञ्चलमा हिडिरहदा ओखरको बोट जताततै भेटि्न्थे। झरेका ओखरका दाना बटुल्न थाल्यौ । फोडेर खाने काईगाउमा भन्दै।
                                   काईगाउ बाट बर्ल्याङको पास उक्लिदै
काईगाउ पुग्दा1000
Hrs भएको थियो। घाम सिधै झरिरहेको थियो। सानी भेरी धमिलो थियो। प्रहरी थानाको छेवैमा होटल थियो। खाना पाक्न समय लाग्छ । बरु वाई वाई खाने सल्लाह सई साबले दिनु भयो। वाई वाई पाक्दै गर्दा सुरक्षा र अन्य सूचना सई साबले दिनु भयो। काईगाउ ५ जिल्लाको केन्द्रबिन्दु रहेछ।  जुम्ला रुकुम जाजरकोट मुग र डोल्पा। द्वन्दकालमा खनिएका वारिपारी सबै बंगर छन् भन्दै सई साबले हातले संकेत गर्दै देखाए। त्यस ताका जनसरकार थिए यहाँ। 
यार्साको सिजनमा करोड करोड पैसा यहाँ राख्छन् ब्यापारीहरुले। गतसाल पैसा लुटन आएका थिए। स्वचालित हतियार अन्य स्थानमा छैन्। यस चौकीमा मात्र छ। यार्साको सिजनमा लुटपाट हुने भएकाले आजकाल फ्याँट फुट्ट चेक लिएर हिड्न थालेका छन् ब्यापारीहरु। यस भेगमा लुटपाट गर्ने प्रायः जुम्लाको गर्ज्याङकोटका युवाहरु छन्। लुटपाट धेरै जसो गर्ज्याङकोट देखि रिमीको बिच भेग तिर गर्ने गर्छन्। काईगाउबाट कागमारा हुँदै सेफोक्सुण्डो जाने बाटो  छुटिने रहेछ। रु ११०० बिल तिरि काईगाउ बाट 1100Hrs बाटो लाग्यौ। 
                                  बर्ल्याङको पास उक्लिदा लोथ भएको क्षण
सानी भेरीको झोलुङ्गे पुल तरि उकालो बाटो लाग्नु अगाडि हात मिलाउदै शुभयात्रा भन्दै सई साब संग बिदावरी भयौ। घाम सिधै ओर्लिरहेको थियो। उकालो बाटोमा लम्फु भईसकेका थियौ। मालिङ्गो घारिभित्र पानी पिउदै ३ ठाउमा बिसाउदै 3300 मिटरको पास बर्ल्याङ उक्लि सक्दा सालाक सुलुक भई सकेका थियौ। २घण्टा लाग्यो काईगाउ बाट बर्ल्याङ उक्लन।  तागत गई सकेको अवस्थामा थियौ। खाएको वाईवाईले छोडि सकेको थियो। चकलेट र पानी पिए पछि तङ्ग्रेयौ। उकालो तेर्स्रो बाटो हिडिरहदा  सिम लाङ्गाना पाटामा २ वटा गोठ भेट्यौ। एक एक कुरुवा जिसो दहि बजायौ। डम्म पेट पार्यौ। गोठका दाईका छोरी सेफोक्सुण्डोमा कक्षा ८मा पढ्ने रहिछिन्। हिड्ने बेलामा हाते पत्र लगिदिने बिन्ति गरे । हुन्छ भन्यौ। झोलामा हाते पत्र राखे मैले। ४ माना दहिको रु ४०० तिर हिड्यौ।
                                  सिमलाग्नाको पाटामा दहि खादै।
बाटामा एक हुल भेडा भेटिए । दुनै बेच्न लागेका। जंगलको उकालो बाटोमा फिटिक्कै हिड्न सकि रहेका थिएनौ। कारण धेरै दहि खाएकाले। अटस मटस वाक्क आउला जस्तै भईरहेको थियो। बाटामा हिड्दै गर्दा एक जना युवा बटुवा हामीलाई भेटाउन आईपुगे। गफ गर्दै हिड्यौ। बिगतमा डाँक सेवाको झोला परिवर्तन गर्ने यहिनै होनी दाई भने। पसिनाले लोथ हुँदै बसिरहदा भने। जोरधारा मा एउटा गोठ रहेछ। जडिबुटिको चिया पियौ। लाग्नापास गर्नाको लागि थप उर्जा थप्यो तातो चियाले। लाग्नापास गर्नका लागि उकालो बाटो छिचोल्ने क्रममा डोल्पाली दिदिबहिनीहरु त्रिपुराकोट धाम जान हिडेका भेट्यौ। 3800 मिटरको लाग्ना पासमा पुग्दा खुशीको सास फेर्दै आराम गर्न बस्यौ।  डोल्पाली लवज सु्न्न पाउदा रमाई रहेका थियौ। थकान मेटाए पछि ओरालो बाटोमा कछुवाको चालजस्तै गरि  झर्न थाल्यौ।
                                     डोल्पाको लाग्ना पासमा पुग्दा खुशीको क्षण।
हिडेको २० मिनेटमा स्व राजा बिरेन्द्रको याक फामको भग्नाअवषेस भएका गोठहरु देख्यौ। चौउरी खच्चर र घोडाहरु चरिरहेका थिए। सागर भाईलाई साँझको खाना बनाई राख्नु भन्दै अगाडि पठायौ। घोडाखोर गाउ सिधै तल देखिरहेका थियौ। वारि पारीको पाखामा बाक्लो जंगल देखिन्थे। सिधै माथी नाङ्गा हरियाली पहाड देखिन्थे। डाँडा तिर पानी परिरहेका देखिन्थे। ओरालो बाटोमा कछुवाको गतिमा 1700Hrs पुग्यौ घोडाखोर गाउमा  । सुनसान र शान्त गाउ थियो। हामी पुग्दा सागर भाईले चिया र वाई वाई तयार बनाई राखेका रहेछन्। पसिनाले भिजेका लुगा फेर्यौ। धारामा हात खुट्टा धोयौ। फ्रेस भई जडिबुटीको चिया पियौ। वाई वाई खायौ। पेट डम्म बनायौ। थकित ज्यान फुरुङ्ग भयो। सागर भाई ट्वाँक पिउदै साँझको खाना पकाउन सघाउदै  गरिरहेका देखिन्थे साहुनी संग। किशोर सर बिशाल भान्जाले घोडाखोरको तिन पाने पिई सक्दा झम्के साँझ भई सकेको थियो। सागर भाईले भने अलिक धेरै दिई सकेकाले साहुनीलाई गफ गजबले दिन थाल्दै देखि्नथे । हामी मुसुमुसु हाँस्दै साँझको खानाको प्रतिक्षामा थियौ।
                                   स्व राजा बिरेन्द्रको निजि चौउरी गोठमा
साहुनीका बाबा आामा बुढा बुढी थिईन्। सानो दोकान र होटल चलाएका रहेछन्। दुनै देखि बेनी बजार सम्म डोल्पाको जुफाएल वासी सहयोगी हरि रोका भाईले सुनाएका थिए। घोडाखोरका साहुनीको बिहे गरेको एक महिना नपुग्दै बुढा घोडाबाट लडेर मरेको हो । त्यहि याक फार्ममा।  हरि रोक्का भाई जुम्ला र डोल्पाका अनुभवि ट्रेकिङ कुक हुन्। बाहिर पानी झमझम परिरहेको थियो। साहुनी बहिनी बिरामी भएको जस्तै देखेर मैले सोधे। बिरामी हुनु भएको हो? टाउको हल्लाईन तर बोलिन् । उहाँकी बाबा र आमाले एकै स्वरमा भने ओखती छ भने दिनुसन! ज्वरो र टाउको दुःखेको ओखती दिए मैले। ओखती खाएको एक घण्टा पछि चंगा भए भनि बताईन्। त्यस पछि हामी संग पनि गफगर्ने भईन्। सायद झ्याँम्मि सकेकाले होलान्। बाबा आमा डोल्पाली लवजमा बोल्थे भने छोरीको भने स्थानिय बोलिने लवजमा सुनिदैन थे। साँझको खाना खाई सक्ने बित्तिकै टेण्ट भित्र छिर्यौ। स्लिपिङ ब्याँग भित्र पस्ने बित्तिकै ३ भाई भुसुक्कै भईसकेका थियौ। सागर भाई भने साहुनी संग गफ गर्दै थिए। 
डोल्पाको चौउरीकोट गाउ
 सागर भाई चौउरीकोटको भाले समाउदै।


                                        चौउरीकोटमा भुटभाट गर्न लाग्दै हामी
       अमिलोको काम गर्ने रहेछ। यसैको अचार खाँदै हिडेका थियौ।




















                                              रहर लाग्दो बस्ति काईगाउ डोल्पा
                                              काईगाउबाट बर्ल्याङ तिर उक्लदै 
                      काईगाउ र सानी भेरी को साईनो


















































बर्ल्याङको पास उक्लिने क्रममा































बर्ल्याङको पास उक्लिने क्रममा थकान मेटाउदै भान्जा बिशाल र सागर
बर्ल्याङ्को जंगल भित्र थकित र प्रफुल्लित मुद्रामा किशोर सर र भान्जा बिशाल
बर्ल्याङको झाडीभित्र
जंगली च्याँउ
बर्ल्याङ पास उक्लिन अन्तिम कुईनेटामा भान्जा बिशाल
बर्ल्याङ्को पासमा लखतरान अवस्थामा हामी
सिमलाग्ना पाटन पुग्नै लाग्दा नेपालगंञ्जबाट दाउरा बोक्न ल्याएका साईकल 

सिमलाग्ना पाटामा पानी थापेर ल्याउदै किशोर सर
सिमलाग्ना पाटालाई यसरी उतार्दा

सिमलाग्नामा दहि खादै सागर भाई

सिमलाग्ना पाटाको चिसो दहिको स्वाँद लिदै किशोर सर
चिसो दहि खान लाग्दै बिशाल भान्जा
सिमलाग्नाको पाटा अर्ग्यानिक रक्सी पार्दै
सिमलाग्ना पाटालाई यसरी नियाल्दा
क्षितिजमा देखिदै लाग्ना पास
क्षितिजमा देखिदै लाग्ना पास ।

जोरधार कटे पछि भेटिएको भेडाको हुल
लाग्ना पास पुग्नै लाग्दा 
लाग्ना पासमा पुग्नै लाग्दा
लाग्ना पासमा म र किशोर सरको खुशीको रवाफ भन्नु पर्ला
लाग्नापासमा हाम्रो खुशीको रवाफ कस्ले छेक्ने
लाग्ना पास को वरिपरि नियाल्दा
त्रिपुराकोट दर्शन बाट आएका डोल्पाली दर्शनार्थी
लाग्नापासमा दर्शनार्थीको साथमा किशोर सर
लाग्ना पासमा हामी


त्रिपुराकोट धाममा दर्शन गर्न हिडेका तिर्थालु दिदिबहिनीहरुको साथमा हामी
स्व राजा बिरेन्द्रको निजि याक गोठ
स्व राजा बिरेन्द्रको निजि याक फार्म
याक फार्मको पारी
याक फार्ममा किशोर सर थकित मुद्रामा
स्व राजा बिरेन्द्रको निजि याक फार्मको भग्नाअवषेस गोठ



स्व.गायिका Tsering Choeyi ले नेपाली लयको गीतलाई टिबेटिन लयमा गाएका गीत



नेपाली गीतको लय टिबेटिन लयमा Thundrel भन्ने गीत कर्ण प्रिय स्वरमा गाएका गीतलाई YoutTubeमा हेरि सके पछि गायिकाको बारेमा ईन्टरनेटमा खोजतलास  गरे। Tsering Choeyi गायिकाको नाम रहेछ। उहाँको जन्म २४ मार्च १९८८ टिबेटको युसु स्थानमा भएको रहेछ। तीन छोरीहरु मध्य उहाँ जेठी छोरी हुनुहुँदो रहेछ। सानै देखि टिबेटिएन साँस्कृतिक परम्परामा रुची भएकाले त्यसैमा अध्ययन पुरा गरेकी रहेछिन्।

१३ डिसेम्बर २०१७ का दिन ल्हासा,सिंगात्से पछि टिबेटको तेस्रो ठुलो शहर चाम्दो कारमा जादै गर्दा कार दुर्घटनामा पर्नु भई गम्भिर घाईते हुनु भएको रहेछ। चाम्दोको अस्तालमा उपचारको क्रममा उक्त दिनमै उहाँको अल्प आयुमा मृत्यु भएको रहेछ। गायिकाको बाबा डिसएबल हुनुहुदो रहेछ । आमा साथै दुईटी बहिनीलाई बिश्व बिद्यालयमा अध्ययन र अन्य आर्थिक स्रोतको माध्यम गायिकाको कमाई रहेछ।
गीत हेरिरहदा सुनिरहदा म हर्षित भईरहेको थिए तर  उहाँको बारेमा खोजतलास गर्दा दुःख घटना जानकारी भए पछि आँखामा आँसु थामिएन मेरो।
उहाँका अन्य भिडियोहरु



 




Sunday, April 15, 2018

Great Himalaya Trail

Day-33
चोत्र-चौरीकोट (डोल्पा)
Chotro- Chaurikot(Dolpa)
13 August 2016
जुम्ला र डोल्पाको सिमाना मौउरे पास 3900 मिटरमा हर्षित हुँदै हामी।

वाईवाई खाजा खायौ। साहुनीलाई हिजो र आजको जम्मा रु १५०० बिल तिरि फेरि भेटौला भन्दै जुम्लाको चुत्रो बाट 0730Hrs बाटो लाग्यौ। भुसभुसे पानी परेकाले छाता ओढ्दै हिड्यौ। चिसो वतावरण थियो। पारी बाग्लो जंगल देखिन्थ्यो । जंगल भित्रको गोरेटो घोरेटो र डोल्पा जाने सडकको ट्रयाक पनि कहि कतै पछ्याउदै हिडि रहयौ। पुछारमा खोला स्वाँ गर्दै बगेको देखिन्थ्यो। नाङ्गो पहाडको फेदिमा भैसीगोठ भेट्यौ । घाम लागेको थिएन तर ज्यान पसिनाले भिजि सकेको थियो। हल्का थाकेका थियौ। वाई वाई खाजाले छोडिसकेको थियो। कराईमा दुध उम्लदै थियो। किसोर सर भान्जा बिशाल र सागर भाईले एक एक कुरुवा पिउनु भयो। तातो दुध। मैले दहि खाए। एक हप्ता पछि गोठ मणिसाँधु तिर लगिन्छ भन्दै थिए । गोठका भाईहरुले। दुईवटा गोठ थिए। सिधै माथी मौउरे डाँडा देखिन्थ्यो। दुधदही खाएको ६०० तिर राम्रो संग बस्नु होला भन्दै हिड्यौ मौउरे तिर। 
       The Great Himalaya Trail 2016 । खोला तर्दै हामी
मुल फुटेको खोला भेट्यौ। तर्न नसकिने खालको थियो। मुढा तेर्याईएका रहेछ। टेक्दै होसियारिका साथ खोला तर्यौ। चिप्यो भने सधैका लागि गुड नाईट हुने थियो। गाँठ्ठे! नि हौउ! बाटो सिधै नाँक ठोक्किने खालको छ त भन्दै हल्ला गर्दै उक्लि रहयौ। उचाई बढ्दै थियो। साँस बढेर स्वाँ स्वाँ भईरहेको थियो। पसिनाले लुथ्रुक्क भएका थियौ। लोथ भएर 3900 मिटरको मौउरे पास 1130Hrs पुग्यौ। खुशीको सिमान रहेन हाम्रो। ३३ दिनमा डोल्पाको भूमि टेक्यौ भन्दै खुशीका क्षण साटासाट गर्यौ। जुम्ला र डोल्पाको सिमानामा रहेछ मौउरे । ३ वटा सामान्य होटल रहेछ। भेडा र चौउरी पाटनमा चरिरहेका देखिन्थे। चिसो हावा संगै घाम पानी र कुहिरोको हुलले रतौली खेलिरहेको मौसम थियो। जडिबुटीको चियाको सुर्का लगाउदै फोटो खिच्यौ र चिच्याँयौ पनि । टाढा टाढा सम्म नाङ्गा र हरियाली पटनलाई सेतो कुहिरोले लुकाउने र देखाउने गरिरहेका दृष्य देखिरहेका थियौ। हाम्रो पेट खकुलो भईरहेको थियो। वाई वाईले डम्म बनायौ शुरुमा।त्यस पछि खाना नपाकुञ्जेल सम्म अर्को दुई दुई कप चिया पियौ। छुर्पी अगेना माथि सुकाईरहेका देख्यौ साथै भाडामा छुर्पीका लागि महि देखि रहेका थियौ। रुपेगोटाको ३00 वटा किने। आगो ताप्दै र छुर्पी टोक्दै चिया पिउदै गफगाफ गर्दै बस्दा। 
१०जना जुम्लाको गर्ज्याङकोटका गजेडियाहरु हल्ला गर्दै रक्सी छ साहुनी भन्दै भित्र छिरे। ३ बटल रक्सी बाँडेर पिउन थाले। धमास पिट्न थाले पनि। सेफोक्सुण्डो तिर यार्सा खोज गएका रहेछ्न्। पुर्जी बिना गएकाले आर्मीले साह्रै नराम्री सट्ठ्याए नि हामीलाई भन्दै हामीलाई सुनाए। हामी ए होर भन्यौ त्यो भन्दा बढी बोलेनौ। हेर्दै गर्दा एक एक जना गर्दै बिस्तारै अगेना बाट बाहिर निस्कदै थिए। रक्सीको पैसा तिर्ने बेलामा त एक जना मात्र भईसकेका थिए। रक्सीको २०० रुपैयाँ तिर्न पनि गोजी टकटकाउदै थिए। बाहिर कुखुरा कटकट र करेक्क करेक्क गर्दै भालेहरु कराएका  सुन्यौ। साहुनी हतार हतार कराउदै निस्के। हामी पनि निस्कदा कसैले लात्ले त कसैले पक्रेर लैजान खोजेका रहेछ। हामीलाई देखेर ओरालोमा बतास गरि भागे। 

सागर भाईले भने तपाईहरुलाई आर्मी हो भन्दा मैले हो भनेकाले त्यसैले यिनीहरु डराएर भागेका हुन्। आर्मी भने पछि यिनीहरु खुबै डराउछन्। बिशाल भान्जाको रुकस्याँक आर्मी रंग भएकाले काम लाग्यौ मौउरेमा। रक्सीको पैसा तिरे ति खुरापातीहरुले। सागर भाईको कुरालाई थप्दै साहुनीले भनिन्! तपाईहरु नभएको भए भाले लगि दिन्थे र रक्सी को पैसा तिर्दैन थे । अस्ति पनि रक्सी खाए पैसा नतिरी गएका हुन्। खाना पस्कन थालिन्। पेट डम्म बनायौ। खाना खाएको १२७० रुपैया तिर फेरि भेटौला भन्दै बाटो लाग्यो1130Hrs मौउरेको पासबाट। चिसो मौसम थियो। पानी पर्ला जस्तै मौसम हुँदै  थियो।
बाटो सिधै ओरालो र घुम्ति मा बिस्तारै झर्दै थियौ। न्याउली गाउमा पुग्दा मुसलधारे पानीले पिट्न थाल्यो। ३ वटा घर थिए न्याउलीमा। चिया पसलमा छिर्यौ। चिया पियौ। २०मिनेट आराम पछि जंगलको बाटो शुरु भयो। । बाटो ओरालो र तेर्स्रो मात्र भएकाले हिड्न सजिलो भईरहेको थियो। हिड्दै गर्दा  चौरीलाई बाँघेर घिसार्दै गरेका भेट्यौ। अटेरी चौरी रहेछ। गजबले बाँधेर मौउरेको लेक लैजान लागेका रहेछ। हुरिकोट देखि सामाजिक कार्यको उद्धघाटन गरि एक हुल अमेरिकन र तिनका गाईड भेटिए ओखरेना गाउ आईपुग्न लाग्दा।
              The Great Himalaya trail 2016 हुम्ला देखि हिड्दै डोल्पाको  मौउरे पासमा रमाउदै हामी

ओखरेना गाउमा ५ घरघुरी रहेछ।चौरीकोट गाउमा 1700Hrs पुग्यौ। बस्ति पातलो रहेछ। यार्साको सिजन भएकाले पुरुष सबै चाईना तिर ब्यापरका लागि गएका रहेछन्। चौरीकोटमा एक मात्र होटल रहेछ। थाकेर लोथ भएका थियौ। भोक पनि लागेको  थियो। कोठामा झोला राख्यौ। पसिना र पानीले रुझाएको लुगा फेर्यौ। स्वदेशी र बिदेशी पर्यटक आउने भएकाले ब्यवस्थित टि हाउस रहेछ। जडिबुटीको चिया पिउदै बार्दलीमा बस्यौ। दरकने पानी पर्दै थियो। रातो भाले हिड्दै गरेका देख्यौ। मैले किशोर सर र भान्जा बिशाल लाई भने भाले कट्ट गर्नु पर्छ होला। सागर भाईले वाई वाई तयार भयो भनि बोलाउनु आए। लाग्यौ किचन तिर। तिब्बेटिएन सैलीको किचन भित्र वाई वाईको तातो सुप पिउदै । रातो भालेको मोल३५००रुपैयाँमा छिनो फानो गर्यौ। सागर भाईले किचनको छेवैमा बसि काटकुट गर्दै थिए। साहुनी भरखरकी थिईन्। एक बर्षका छोरा कोक्रोमा सुत्दै थिए। उनका श्रीमान चाईना यार्सा ब्यापारमा गएका रहेछन्। जाडो सिजनमा काठमाण्डौ जान्छौ भन्थे गफगाफको दौरानमा। सिधै माथि हेर्नु भयो भने हिमाल देखिन्छ तर आज कुहिरोले छोपेको छ भन्दा हामी ३ जना हिमाल हेर्न बाहिर निस्कयौ तर हिमाल देखेनौ। पुरै ढ्याम्म ढाँकेको देखियो कुहिरोले। अजंगको पहाड अगि देखिएको थियौ । तर हिमाल भनेर थाहा थिएन्। भोलि बिहान हेर्न पाईन्छ भन्दै किचन भित्र छिर्यौ। साहुनी फर्साउली गजबले नेपाली बोल्ने ससुरा पनि तर सासु भने तिब्बेटिएन भाषा मात्र बोल्न  थिईन्। हामीले बोलेका कुरा बुहारीले मातृभाषामा भन्थिन्। 1930Hrs खाना तयार भयो। एकै परिवार झै साँझको खाना खायौ। खाना खाए पछि किशोर सर बिशाल भान्जा र सागर ले चौरीकोट ३३०० मिटर उचाईमा उब्जनी भएको ऊवाँको तीनपाने पिउदै 2030Hrs बजे सम्म कुराकानी गर्दै बस्यौ। मुसलधारे पानी बाहिर पर्दै थियो।
मौउरे पासको फेदिमा पुग्दा झ्याप्पै भेटिए भैसी गोठ
बिशाल भान्जा र सागर भाई मुख धुनलाई खोला तिर जान लाग्दै गर्दा ।
मौउरे पासको फेदी जुम्ला। भैसीगोठ देखे पछि दुध र दहि खाना पाईन्छ भनेर हामी हर्षित भएका थियौ।
दुध खाना अगाडि फोटो खिच्दै हामी। जुम्लाको मोउरे पासको फेदीमा।

मौउरेपास को फेदीमा बहिनी दुःध तताउदै गर्दा खिचिएको तस्विर
मौउरे पासको फेदीमा देखिएको गोठ
मौउरे पासको फेदीमा  खोला तर्ने क्रममा मुढामा टेक्दै किशोर बिशाल र सागर भाई
मौउरे पास उक्लने क्रममा भान्जा बिशाल को पसिना यस्तो देखिएको थियो।
देखिदा त्यहि लाग्ने तर फ्याँट्टै हिड्न नसक्दा बखत मौउरे पास
मौउरे पास पुग्नै लाग्दा । जुम्लाको भूमिबाट
मौउरे पास पुग्दै गर्दा ।
जुम्ला र डोल्पाको सिमाना मौउरे पास । यात्राको ३३ दिन डोल्पाको भूगोलमा हर्षित क्षण। पृष्ठभूमिमा जुम्लाको नाङ्गा पाटनलाई साक्षी राख्दै।
मौउरे पासको दृष्य।
                   मौउरे पास जुम्ला र डोल्पाको सिमाना । 3900 मिटरको उचाईमा अवस्थित।
                मौउरे पासमा रमाउदै गर्दा भान्जा बिशाल जीले यसरी उतारदिएका थिए।
     मौउरे पास बाट डोल्पाको चौउरीकोट हिड्ने बेला
चौउरीकोट हिड्ने क्रममा
मौउरे पास छिचोलेर डोल्पाको भूमिमा हिड्दै गर्दा। जुम्ला डोल्पा जोड्नका लागि खनिएका सडकको ट्रयाँक
















HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...