Day-34
चौरीकोट- घोडाखोर (डोल्पा)
Chaurikot- Ghodakhor (Dolpa)
14 August 2016
स्व राजा बिरेन्द्रको निजि चौउरी गोठ डोल्पा
राती
शौचालय लागेर उठ्दा चहचह जुन लागेको रहेछ। हिमाल हेर्नका लागि बार्दलीको छेउ तिर
गए। टाकुरामा जमेका हिँउमा जुनको प्रकास पोखिदा रहर लाग्दो दृष्य देखे। म ट्वाल्ल
परेर एकोहोरिएर रमाउदै हेरि बसे। क्षितिज सम्म टहटह जुन लागेको देखिन्थ्यो। घडी
हेर्दा 0100Hrs भएको थियो। कुहिरो कतै देखिदैन थियो। मुन्तिर
खोला बगेको आवाज मात्र सुनिन्थे। किराहरुको आवाज सुनिएको थिएन्। चिसो भने अतिनै
थियो। यात्रामा टहटह जुन लागेको र जुनेली आकास डोल्पाको
चौरीकोटमा देख्न पाईयो भन्दै मनमनै हर्षले गदद भईरहेको थिए। जुम्ला देखि ६ दिनमा
डोल्पाको भूमिमा टेकेका थियौ। ४ मिनेट जति चकमन्न जुनेली रातमा रमाउदै बसि रहे।
हिड्नु पुर्व चिया पिउदै डोल्पाको चौरीकोटमा ।
0630Hrs बजे उठ्दा भुसभुसे पानी पर्दै थियो। चारैतिर
भुईकुहिरोले ढाकेको थियो। किशोर सर र बिशाल भान्जालाई जुनेली रातको कुरा सुनाए।
उहाँहरुले पनि जुनेली रात नियाल्न पाउदा खुशी भएका कुरा बताए। हिड्ने बेलामा पानी
परेको थिएन्। चडिबुटीको चिया र वाईवाई खाजा खाए पछि ४८७० रुपैयाँ तिरी चौरीकोट बाट
लाग्यौ 0700Hrs । चौरीकोट पारी बिशाल अक्कर भएकाले जुम्ला
डोल्पाको दुनै जोड्ने सडकको ट्रयाक खोला सम्म मात्र खोलेका रहेछ। खच्चर हिड्ने
बाटो जानेकी छोटो बाटो भएर जाने हामी दोधारमा भयौ। छोटो बाटो नै हामीले रोज्यौ र
ज्यानको बाजी लगाउदै अक्करमा झुण्डिदै घिस्रिदै र बामे सर्दै। दश मिनेटमा कहाली
लाग्दो भिरमा अाङ जिरिङ्ग हुँदै पार गर्यौ । एक महिना अगाडि यसै भिर बाट यार्सा
खोज्न सेफोक्सुण्डो तिर जादा लडेर मरेका कुरा मौउरे पासमा लुटपाट गर्ने मनसायका
आवाराहरुले हामीलाई सुनाएका थिए।
0830Hrs रिमि गाउमा पुग्यौ। बस्ति रमाईलो लाग्यो। आदित्य
होटलमा झोला बिसायौ। वाई वाई बनाउन लगायौ। जुम्ला देखि डोल्पाको रिमि सम्म झिङ्गा
देखेनौ। झिङ्गा बाट मुक्त भएका छौ! हाँसो गरे मैले। हामीले झिङ्गालाई राष्ट्रिय
किरा उपनाम दिएका थियौ। चिया पिउदै थकान भुलाउदै बस्यौ। खाजाको रु ८०० तिर 0900Hrs
बाटो लाग्यौ। आजको खाना काईगाउमा खाने भन्दै ओरालो बाटो हिडि रहयौ।
कर्णाली अञ्चलमा हिडिरहदा ओखरको बोट जताततै भेटि्न्थे।
झरेका ओखरका दाना बटुल्न थाल्यौ । फोडेर खाने काईगाउमा भन्दै।
काईगाउ पुग्दा1000Hrs भएको थियो। घाम सिधै झरिरहेको थियो। सानी भेरी धमिलो थियो। प्रहरी थानाको छेवैमा होटल थियो। खाना पाक्न समय लाग्छ । बरु वाई वाई खाने सल्लाह सई साबले दिनु भयो। वाई वाई पाक्दै गर्दा सुरक्षा र अन्य सूचना सई साबले दिनु भयो। काईगाउ ५ जिल्लाको केन्द्रबिन्दु रहेछ। जुम्ला रुकुम जाजरकोट मुग र डोल्पा। द्वन्दकालमा खनिएका वारिपारी सबै बंगर छन् भन्दै सई साबले हातले संकेत गर्दै देखाए। त्यस ताका जनसरकार थिए यहाँ।
यार्साको सिजनमा करोड करोड पैसा यहाँ राख्छन् ब्यापारीहरुले। गतसाल
पैसा लुटन आएका थिए। स्वचालित हतियार अन्य स्थानमा छैन्। यस चौकीमा मात्र छ।
यार्साको सिजनमा लुटपाट हुने भएकाले आजकाल फ्याँट फुट्ट चेक लिएर हिड्न थालेका
छन् ब्यापारीहरु। यस भेगमा लुटपाट गर्ने प्रायः जुम्लाको गर्ज्याङकोटका युवाहरु
छन्। लुटपाट धेरै जसो गर्ज्याङकोट देखि रिमीको बिच भेग तिर गर्ने गर्छन्। काईगाउबाट कागमारा हुँदै सेफोक्सुण्डो जाने बाटो छुटिने
रहेछ। रु ११०० बिल तिरि काईगाउ बाट 1100Hrs बाटो लाग्यौ।
बर्ल्याङको पास उक्लिदा लोथ भएको क्षण
सानी भेरीको झोलुङ्गे पुल तरि उकालो बाटो लाग्नु अगाडि हात मिलाउदै
शुभयात्रा भन्दै सई साब संग बिदावरी भयौ। घाम सिधै ओर्लिरहेको थियो। उकालो बाटोमा
लम्फु भईसकेका थियौ। मालिङ्गो घारिभित्र पानी पिउदै ३ ठाउमा बिसाउदै 3300 मिटरको
पास बर्ल्याङ उक्लि सक्दा सालाक सुलुक भई सकेका थियौ। २घण्टा लाग्यो काईगाउ बाट बर्ल्याङ
उक्लन। तागत गई सकेको अवस्थामा थियौ। खाएको वाईवाईले
छोडि सकेको थियो। चकलेट र पानी पिए पछि तङ्ग्रेयौ। उकालो तेर्स्रो बाटो हिडिरहदा
सिम लाङ्गाना पाटामा २ वटा गोठ भेट्यौ। एक एक कुरुवा जिसो दहि
बजायौ। डम्म पेट पार्यौ। गोठका दाईका छोरी सेफोक्सुण्डोमा कक्षा ८मा पढ्ने
रहिछिन्। हिड्ने बेलामा हाते पत्र लगिदिने बिन्ति गरे । हुन्छ भन्यौ। झोलामा हाते
पत्र राखे मैले। ४ माना दहिको रु ४०० तिर हिड्यौ।
सिमलाग्नाको पाटामा दहि खादै।
बाटामा एक हुल भेडा भेटिए । दुनै बेच्न लागेका। जंगलको उकालो
बाटोमा फिटिक्कै हिड्न सकि रहेका थिएनौ। कारण धेरै दहि खाएकाले। अटस मटस वाक्क
आउला जस्तै भईरहेको थियो। बाटामा हिड्दै गर्दा एक जना युवा बटुवा हामीलाई भेटाउन
आईपुगे। गफ गर्दै हिड्यौ। बिगतमा डाँक सेवाको झोला परिवर्तन गर्ने यहिनै होनी दाई
भने। पसिनाले लोथ हुँदै बसिरहदा भने। जोरधारा मा एउटा गोठ रहेछ। जडिबुटिको चिया
पियौ। लाग्नापास गर्नाको लागि थप उर्जा थप्यो तातो चियाले। लाग्नापास गर्नका लागि उकालो बाटो छिचोल्ने क्रममा डोल्पाली दिदिबहिनीहरु त्रिपुराकोट धाम जान
हिडेका भेट्यौ। 3800 मिटरको लाग्ना पासमा पुग्दा खुशीको सास फेर्दै आराम
गर्न बस्यौ। डोल्पाली लवज सु्न्न पाउदा रमाई रहेका थियौ।
थकान मेटाए पछि ओरालो बाटोमा कछुवाको चालजस्तै गरि झर्न थाल्यौ।
डोल्पाको लाग्ना पासमा पुग्दा खुशीको क्षण।
हिडेको २० मिनेटमा स्व राजा बिरेन्द्रको याक फामको भग्नाअवषेस भएका
गोठहरु देख्यौ। चौउरी खच्चर र घोडाहरु चरिरहेका थिए। सागर भाईलाई साँझको खाना बनाई
राख्नु भन्दै अगाडि पठायौ। घोडाखोर गाउ सिधै तल देखिरहेका थियौ। वारि पारीको
पाखामा बाक्लो जंगल देखिन्थे। सिधै माथी नाङ्गा हरियाली पहाड देखिन्थे। डाँडा तिर पानी
परिरहेका देखिन्थे। ओरालो बाटोमा कछुवाको गतिमा 1700Hrs पुग्यौ
घोडाखोर गाउमा । सुनसान र शान्त गाउ थियो। हामी पुग्दा
सागर भाईले चिया र वाई वाई तयार बनाई राखेका रहेछन्। पसिनाले भिजेका लुगा फेर्यौ।
धारामा हात खुट्टा धोयौ। फ्रेस भई जडिबुटीको चिया पियौ। वाई वाई खायौ। पेट डम्म
बनायौ। थकित ज्यान फुरुङ्ग भयो। सागर भाई ट्वाँक पिउदै साँझको खाना पकाउन सघाउदै
गरिरहेका देखिन्थे साहुनी संग। किशोर सर बिशाल भान्जाले घोडाखोरको
तिन पाने पिई सक्दा झम्के साँझ भई सकेको थियो। सागर भाईले भने अलिक धेरै दिई
सकेकाले साहुनीलाई गफ गजबले दिन थाल्दै देखि्नथे । हामी मुसुमुसु हाँस्दै साँझको
खानाको प्रतिक्षामा थियौ।
स्व राजा बिरेन्द्रको निजि चौउरी गोठमा
साहुनीका बाबा आामा बुढा बुढी थिईन्। सानो दोकान र
होटल चलाएका रहेछन्। दुनै देखि बेनी बजार सम्म डोल्पाको जुफाएल वासी सहयोगी हरि
रोका भाईले सुनाएका थिए। घोडाखोरका साहुनीको बिहे गरेको एक महिना नपुग्दै बुढा घोडाबाट लडेर मरेको हो । त्यहि याक फार्ममा।
हरि रोक्का भाई जुम्ला र डोल्पाका अनुभवि ट्रेकिङ कुक हुन्। बाहिर
पानी झमझम परिरहेको थियो। साहुनी बहिनी बिरामी भएको जस्तै देखेर मैले सोधे। बिरामी
हुनु भएको हो? टाउको हल्लाईन तर बोलिन् । उहाँकी बाबा र
आमाले एकै स्वरमा भने ओखती छ भने दिनुसन! ज्वरो र टाउको दुःखेको ओखती दिए मैले। ओखती
खाएको एक घण्टा पछि चंगा भए भनि बताईन्। त्यस पछि हामी संग पनि गफगर्ने भईन्। सायद
झ्याँम्मि सकेकाले होलान्। बाबा आमा डोल्पाली लवजमा बोल्थे भने छोरीको भने स्थानिय
बोलिने लवजमा सुनिदैन थे। साँझको खाना खाई सक्ने बित्तिकै टेण्ट भित्र छिर्यौ।
स्लिपिङ ब्याँग भित्र पस्ने बित्तिकै ३ भाई भुसुक्कै भईसकेका थियौ। सागर भाई भने
साहुनी संग गफ गर्दै थिए।
डोल्पाको चौउरीकोट गाउसागर भाई चौउरीकोटको भाले समाउदै।
चौउरीकोटमा भुटभाट गर्न लाग्दै हामी
अमिलोको काम गर्ने रहेछ। यसैको अचार खाँदै हिडेका थियौ।
काईगाउबाट बर्ल्याङ तिर उक्लदै
काईगाउ र सानी भेरी को साईनो
बर्ल्याङको पास उक्लिने क्रममा
बर्ल्याङ्को जंगल भित्र थकित र प्रफुल्लित मुद्रामा किशोर सर र भान्जा बिशाल
बर्ल्याङको झाडीभित्र
जंगली च्याँउ
बर्ल्याङ पास उक्लिन अन्तिम कुईनेटामा भान्जा बिशाल
बर्ल्याङ्को पासमा लखतरान अवस्थामा हामी
सिमलाग्ना पाटन पुग्नै लाग्दा नेपालगंञ्जबाट दाउरा बोक्न ल्याएका साईकल
सिमलाग्ना पाटामा पानी थापेर ल्याउदै किशोर सर
सिमलाग्ना पाटालाई यसरी उतार्दा
सिमलाग्नामा दहि खादै सागर भाई
सिमलाग्ना पाटाको चिसो दहिको स्वाँद लिदै किशोर सर
चिसो दहि खान लाग्दै बिशाल भान्जा
सिमलाग्नाको पाटा अर्ग्यानिक रक्सी पार्दै
सिमलाग्ना पाटालाई यसरी नियाल्दा
क्षितिजमा देखिदै लाग्ना पास
क्षितिजमा देखिदै लाग्ना पास ।
जोरधार कटे पछि भेटिएको भेडाको हुल
लाग्ना पास पुग्नै लाग्दा
लाग्ना पासमा पुग्नै लाग्दालाग्ना पासमा म र किशोर सरको खुशीको रवाफ भन्नु पर्ला
लाग्नापासमा हाम्रो खुशीको रवाफ कस्ले छेक्ने
लाग्ना पास को वरिपरि नियाल्दा
त्रिपुराकोट दर्शन बाट आएका डोल्पाली दर्शनार्थी
लाग्नापासमा दर्शनार्थीको साथमा किशोर सर
लाग्ना पासमा हामी
स्व राजा बिरेन्द्रको निजि याक गोठ
स्व राजा बिरेन्द्रको निजि याक फार्म
याक फार्मको पारी
याक फार्ममा किशोर सर थकित मुद्रामा
स्व राजा बिरेन्द्रको निजि याक फार्मको भग्नाअवषेस गोठ











No comments:
Post a Comment