नेपाली गीतको लय टिबेटिन
लयमा Thundrel भन्ने गीत कर्ण प्रिय स्वरमा गाएका गीतलाई YoutTubeमा
हेरि सके पछि गायिकाको बारेमा ईन्टरनेटमा खोजतलास
गरे। Tsering Choeyi गायिकाको नाम रहेछ। उहाँको जन्म
२४ मार्च १९८८ टिबेटको युसु स्थानमा भएको रहेछ। तीन छोरीहरु मध्य उहाँ जेठी छोरी
हुनुहुँदो रहेछ। सानै देखि टिबेटिएन साँस्कृतिक परम्परामा रुची भएकाले त्यसैमा
अध्ययन पुरा गरेकी रहेछिन्।
१३ डिसेम्बर २०१७ का
दिन ल्हासा,सिंगात्से पछि टिबेटको तेस्रो ठुलो शहर
चाम्दो कारमा जादै गर्दा कार दुर्घटनामा पर्नु भई गम्भिर घाईते हुनु भएको रहेछ।
चाम्दोको अस्तालमा उपचारको क्रममा उक्त दिनमै उहाँको अल्प आयुमा मृत्यु भएको रहेछ। गायिकाको
बाबा डिसएबल हुनुहुदो रहेछ । आमा साथै दुईटी बहिनीलाई बिश्व बिद्यालयमा अध्ययन र
अन्य आर्थिक स्रोतको माध्यम गायिकाको कमाई रहेछ।
गीत हेरिरहदा
सुनिरहदा म हर्षित भईरहेको थिए तर उहाँको
बारेमा खोजतलास गर्दा दुःख घटना जानकारी भए पछि आँखामा आँसु थामिएन मेरो।
उहाँका अन्य भिडियोहरु
उहाँका अन्य भिडियोहरु
No comments:
Post a Comment