Day-32
गोठीचौउर - चोत्र
GothiChaur-Chotro
12 August 2016
बिदाई हुनु पुर्व गोठोचौउरमा फोटो खिचि टोपलिदै ।
हाम्रो यात्रा भरि बिहान उठाउने घण्टीको काम भान्जा बिशाल को मोबाईल फोन हुन्थ्यो । सुत्ने बेला ७ बजेको अलराम लगाएको
हुन्थ्यो तर उठ्ने बेला ७तिस कि ८ बजे उठाई हुन्थ्यो हाम्रो। ७ बजेको अलराम संगै म
ब्यूझे। किशोर र बिशाल भान्जा भने स्लिपिङ ब्याग भित्रै सुत्दै थिए। बाहिर निस्कदा जाडो थियो । घाम झुल्किनु भन्दा अगाडीको दृष्य हेर्ने रहर भएकाले कोठा बाट बाहिर निस्के। रमाईलो
दृष्य देख्दा म दंग भए। हरियो नाङ्गो पाटन मा भेडा र गाईबस्तु चर्दै र उभिरहेका देखिन्थे। त्यो दृष्य देख्दा झनै मेरो मन फुरुङ भयो। हतार हतार नृत्यकर्म गर्न
दगुरे। हाम्रो सहयोगी सागर बिक भाई अगेनामा जडिबुटिको चिया र वाई वाई तयार गर्न लाग्दै थिए।
रातभरि पानी परेकाले आकास रित्तो देखिन्थे । निलो आकास देखिन्थे। सेतो बादलको हुल
डाँडा काडामा उड्दै गरेको देखिन्थे। चञ्चल पानी बगेको देखिन्थे तल पुछारमा।
गोठीचौउरको रमाईलो बिहान र चिसो वतावरणमा रमाउदै म एक्लै फोटो खिच्दै थिए।
बार्दलीबाट किशोर सर पनि क्यामरा र सुल्फाको धुवाँ उडाउनु हुँदै देखे। बिशाल
भान्जा दाँत मन्जन गर्दैं चारैतिर नियाल्दै हसिलो मुहारमा देखिन्थे। सागर भाईले तातो चडिबुटीको चिया ल्याए। चियाको सुर्का दिदै हामी ३ जना चुपचाप गोठीचौउरको दृष्य नियाल्दै बस्यौ। झुल्केको घाम हरियो पाटन र नाङ्गो थुम्का बाट झर्दै गरेका देखिन्थ्यो। वाई वाई खाजा खायौ। रु १३०० साहुनीलाई बिल तिरि फेरि भेटौला भनी 0845Hrs बाटो लाग्यौ। गोठीचौउर बाट । छोड्ने रहर फिटिक्कै थिएन तर के गर्नु पदयात्री भए पछि छोड्नै पर्यो। खुलेको बिहानी थियो तर बाटो लाग्ने बेलामा सेतो कुहिरोको हुलले घामलाई छेक्दै गरेको देखिन्थ्यो। गोठीचौउर उपत्यकाको बिच बाट सङ्लो खोला बग्दै थियो। त्यसै खोलाको पछि पछि लाग्यौ। ओरालो तेर्स्रो बाटो भएकाले रमाउदै हिडि रहेका थियौ। तल्लो मणिसाँधु गाउ पातलो बस्ति रहेछ तर अतिनै रमाईलो ठाँउ रहेछ। बिचमा तर्न नसक्ने सङ्लो खोला बग्दो रहेछ। ठाउ साह्रै रमाईलो लाग्यो तर के गर्नु बाटो भने पुरै घुडा घुडा भासिने गजगजे हिलो थियो। हिलोमा तर्किदै हिड्दै कहि उफ्रिदै हिड्दा थाकेर लम्फू भईसकेका थियौ।उफ्रिने क्रममा किशोर सर हिलोमा ल्वात्तै भाँसिनु भयो। भान्जा बिशाल र म गजबले हाँस्यौ।बुरजुत्ता पुरै हिलाम्मै भयो किशोर सरको।
साना साना नानीहरु हिलो बाटोमा फूलका बेर्ना लिएर आउदै गरेका भेट्यौ। सोध्यौ के का लागि बोकेका फूलका बोट । स्कूलको वरिपरि रोप्ने र तिहारका लागि। हामीलाई हिजो सरले ल्याउनु भन्नु भएर लिएर हिडेका । 1000Hrsतल्लो मणिसाँघुको चिया पसलमा झोला बिसायौ। घाम पनि चर्को लागेको थियो। गर्मीले लुथ्रुक्कै भएका थियौ। थाकेर सेन्टि फ्याँट भएका थियौ। वाई वाई पाक्दै थियो। जडिबुटिको चिया पिउदै छेवैमा बगेको खोला नियाल्दै र खोलाको आवज सुन्दै बस्यौ। आधा घण्टा आराम गरे पछि लाग्यौ माथिल्लो मणिसाँघु गाउ। दुईखोलाको दोभानमा अवस्थित पातलो बस्ति रहेछ।२०मिनेटमा पुग्यौ। झोलुङ्गे पुलको आड्मा भर्खर बिहे गरेका जोडीले खाजा घर चलाएका रहेछन्। वाई वाई बनाउ लगायौ। घाम सिधै झरिरहेको थियो। प्रहरी जाँच पोष्ट पनि रहेछ। वाई वाई रेडबुल र अण्डा खाएको रु ९२० तिर बाटो लाग्यौ 1130Hrs।
छाता ओढ्दै जुम्ला खल्ङ्गा देखि डोल्पा जाने सडको ट्रयाँक खनेको रोडमा हिड्न थाल्यौ। रहर लाग्दा अंगालो मार्दा पनि नभेटिने लेकाली सल्लाको बोट ,हरिया पाटन र बेला बेलामा काठे साँघु तर्दै खोला वारिपारी गर्दै अगाडि लम्कि रहेका थियौ। हल्का उकालो बाटो भएता पनि थकानको महुस भएको थिएन। ३ जना रसिएन पुरुष पर्यटक र गाईड साथै ४ जना भरिया रारा जाना हिडेका भेट्यौ। नेपाली गाईड भाईले हामीलाई The Great Himalaya Trail को शुभकामना दिए। मणिसाँघु देखि हिडे पछि चोत्र गाउ सम्म पुग्दा कुनै बस्ति भेटिएन तर रमाईलो पाटन, बडेमानका गोब्रे सल्लाका रुख र मुलफुटेर बगेको सङ्लो खोला पच्छ्याउदै गर्दा1300Hrs चोत्र गाउमा पुग्यौ।
कोठा भित्रा टेन्ट टाग्यौ। स्लिपिङ ब्याग भित्र सुत्यौ। हाम्रो सहयोगी सागर भाई भने गाउ डुल्न जान्छु भने हिडे। 1700Hrs ब्युँझ्यौ। दरकने पानी पर्दै थियो। चिया पिउदै साहुनीलाई सोधे बस्ति पारि घनाजङ्गल पुरै डढेलो लागेको जस्तो छ ।जनयुदद्धको समयमा डढेलो लागेको भनेर साहुनीले भनिन्। मोओवादीले लगाएको भनिन्। पुछारमा खोला स्वाँ गर्दै बगिरहेको सुनिन्थ्यो। साँझको लागि खाना पाक्दै थियो चुलोमा । 1900Hrs खाना खायौ। 1930Hrs टेण्टभित्र सुत्न लाग्यौ। हाम्रो सहयोगी सागर भाई भने चुलोमा साहुनी संग गफगर्दै थिए।
रातभरि पानी परे पछि रित्तो आकासमा मुनि घाम र भुईकुहिरोको लुकमारी । गोठिचौउर जुम्ला
गोठिचौउरको
रहर लाग्दो दृष्य देख्दा हामी प्रफुल्लित भएका थियौ।
तत्लो
मणिसाँघु गाउ बाट देखिने बस्ति
तल्लो मणिसाँघुको वतावरण देख्दा खुशीले गदगद भएका थियौ।
तल्लो मणिसाँघु गाउमा सागर भाई र बिशाल भान्जा थकान मार्दै
मणिसाँघुको कोशेली
थाकेर
लोथ भएको क्षण। तल्लो मणिसाँघु जुम्ला
घाम ताप्दै नानीहरु । तल्लो मणिसाँघु
तल्लो मणिसाँघुका नानीहरु बिधालय जादै ।
तिहारका लागि भनेर फूलका बिरुवा बोक्दै नानीहरु
माथिलो मणिसाँघु बस्ति
माथिलो मणिसाँघु बस्ति
माथिल्लो मणिसाँघु बस्तिमा तान बुन्दै
तत्लो मणिसाँघु
चोत्र गाउ पुग्नका लागि काठे पुल तर्द
चोत्र बस्ति
चोत्र गाउ बाट पारि नियाल्दा। जनयुद्धताका लागेको डढेलो ।
चोत्र गाउको जंगली च्याँउ। ज्याँदै स्वाँदिष्ट ।








No comments:
Post a Comment