Total Pageviews

Monday, July 31, 2017

Great Himalaya Trail (Day-20) Deuli To Satthaple(Humla)

Day-20
Great Himalaya Trail
Deuli To Satthaple(Humla)
31 July 2016


हुम्लाको सातथाप्लेमा प्याँस मेटाउनलाई रेडबुल हातमा लिनु हुँदै किशोर सर र बिशाल भान्जा

उठ्न मन नलागि नलागि उठ्यौ 0630Hrs। सिमसिम पानी परिरहेको थियो। देउलीबाट पुर्वतिर नियाल्दा पुरै कुहिरोले ड्याम्मै छोपेको थियो केहि देख्न सकिएन। पश्चिम तिर नियाल्दा तल देवकोटा बडा र पुछारमा लोतीखोला अनि पिपल्याङ गाउ देखिएको थियो।हिजो उक्लिदा लोथ बनाए बाटो बिहान नियाल्दा गजबको सौन्दर्य देखिएको थियो। बस्ति पुरै हरियालीले छाता ओढेर बस्दाको दृष्य लोभ लाग्ने देखिन्थ्यो। चिया र वाई वाई खाजा खायौ। 4600 रुपियाँ तिर 0730Hrs छाता ओढ्दै बाटो लाग्यौ।

पातलो जङ्गलको ठाडो बाटो पछ्याउदै हिड्यौ। सेतो कुहिरो हुल डाडाबाट उड्दै अर्को डाँडा तिर गएका देखिन्थे। हिड्न थालेको एक घण्टामा बोहोर बडा गाउ देख्न थाल्दा तेर्स्रो मुलबाटो शुरु भयो। गाईहरु चरिरहेका देखिन्थे भेटिन्थे। हिडेको २ घण्टामा बोहरा बडामा पुग्यौ। पुरानो शैलीमा बनेको बाग्लो बस्ति रहेछ। धान खेती रहेछ। पानी मुसलधारे पर्न थाल्यो। स्याँउ गजबले फलेको थियो। हाँगै नुहुने गरि। खाने बेला भएको थिएन । तर पनि किन्न माग्यौ। पैसा बिना टिपेर ल्याईदिए । पानी नबसुञ्चेल स्याँउ टोक्दै बस्यौ। छाताले पानी छेक्ने  भए पछि हिलो बाटोमा हिड्न थाल्यौ। वतावरण चारै तिर शान्त थियो। सिमिसिम पानी र जंगलको दृष्य बाहेक अन्य दृष्यले खलबल गरेको थिएन। तल पुछारमा खोला बगेको स्वाँवाँवाँ आवाज बाहेक अरु आवाजले हाम्रो हिडाईलाई बिथोल्न खोजेको थिएन्। चारै तिर हरियाली जङ्गल र उडिरहेको सेतो कुहिरो नियाल्दै रमाउदै चुपचाप हिडि रहयौ।  

बोहरा बडा गाउ देखि ज्याँ खोला सम्म मुलबाटो तेर्स्रो रहेछ। प्राकृति सौन्दर्य भनेको जताततै जङ्गल देखिन्थ्यो त्यहि हेर्दै रमाउदै हिलो बाटो उफ्रिदै 1130Hrs पुग्यौ ज्याँ खोलामा। पसिना र पानीले भिजेर हल्का लोथ भएका थियौ। रेड बुल पियौ त्यस पछि तातो चिया पियौ। छेवैमा सङ्लो खोला बग्दै थियो। बाटामा हिलो गजगज थियो। खच्चर मुगु समान धुँवानीका लागि घण्टि बजाउदै गईरहेको देखिन्थ्यो।  खाना खायौ। स्वादिष्ठ थिएन। मासको तातो दाल गजबले पियौ।  अन्तिम गाउ भनेको नै ज्याँ खोला रहेछ। खाना खाएको 860 रुपैयाँ तिर बाक्लो जङ्गल भित्र नागबेली परेका  उकालो कुईनेटामा  कछुवा गतिमा हिड्न थाल्यौ।  गाई भैसी ठाउ ठाउको पाटामा चरिरहेका देखिन्थे। बिहान हिडे देखि पानी रहेको छैन्।    


हाम्रो सहयोगी मोतीलाल भाईले जंखेलीको पास नकटे सम्म यस्तै उकालो छ भने। छाता ओड्दै उकालोमा चुपचाप लुरुलुरु हिडि रह्यौ।  पसिना र पानीले ज्यान गलाई सकेको थियो। एउटा थुम्का उक्ल्यो अर्को  थुम्का को उकालो हाजिर भई हाल्थ्यो। ठाउ ठाउमा हिड्ने बाटोमा मुल फुटेर पानी बगिरहेको थियो। सल्ला गुराँस र मालिङ्गो को बोटले भरिएको जङ्गल थियो। पानीमा भ्यागुते उफ्राई गर्दा गर्दा गोडा पनि थाकि सकेको थियो। थुम्का पनि गनि रहेका थियौ। ६ वटा थुम्का उक्लि सक्दा थाकेर हत्तु र बेहोस हुने अवस्थामा पुगेका थियौ । पानी पियौ। आराम गर्यौ सल्लाघारी भित्र। नुहाएको झै खलखल पसिनाले ज्यान भिजि सकेको थियो। लुगा निचोर्यौ।  अन्तिम ठाँडो उकालो हेर्दै हिडिरहदा हिउदमा हिँउले र बर्षामा पानीले पखालेर राखेको नाङ्गा पहाड देखिन थाल्यो। सजिलै संकेत दिदै थियो कि सातथाप्ले नजिक आउदै छ भनेर। नभन्दै आउला आउला भन्दै झ्याँप्पै आईहाल्यो। गजबको ठाँउ रहेछ सातथाप्ले। खुल्ला चारै तिर देखिने। खुशीले उफ्रियौ। सातथाप्ले उक्लिदा थाकेर लम्फु भईसकेका थियौ। 

चंखेली पास मोतीलाल भाईले त्यही हो भन्दै हातले ईसारा गर्दै देखाए ।कुहिरोले ड्याम्म बाँधेर राखेको थियो चंखेलीको शिरलाई। चंखेलीको ज्यान मात्र देखिएको थियो। । घडी हेर्दा दिउसोको ४ बजेको थियो। रेडबुल पियौ। चिया पिउदै पसिनाले भिजेको लुगा निचोर्यौ। चिया पिए पछि । सुकिलो लुगा फेर्यौ। तातो वाई वाई खायौ। आगोको राँपमा ज्यान न्यानो बनाउदै किशोर सर र बिशाल भान्जाले अर्ग्यानिक ट्वाँक र म अनि सागर भाईले चिया पिउदै साहु साहुनी संग गफगाफ गर्यौ। 

साहुनीले भन्दै थिईन्। जे काम गर्दा पनि महेश सर भन्थे। सर भन्नुको कारण सोधे मैेले। मेरो माईती गमगढी उहाँको हुम्ला देउली। म पढ्ने स्कूलमा शिक्षक थिए उहाँ। कक्षा ८ पढ्दै गर्दा हाम्रो लभ बस्यौ भागेर बिहे गर्यौ। शिक्षक पेशा छोडेर सातथाप्ले सेन्टर भएकाले यहि ठाउमा होटल चलाएर बसेका छौ। हिँउदमा हिँउले पुरै ढाक्छ यो ठाउमा। गत साल हिँउ पर्दा पनि यतै बस्यौ। अब यो सालको हिँउ पर्ने याममा पनि हामी यतै बस्छौ हगि महेश सर मायालु लवजमा भनिन्। पिठो मुस्दै थिईन् साहुनी बहिनी।  मैले फ्याँट्टै भने ओहो शिव र पार्वतीको जस्तै प्रेम कहानी रहेछ।  बस्ने ठाउ पनि क्याँ गजबको छ यो सातथाप्ले। कसैले पनि डिस्टब नगर्ने। राम्रो ठाउ रोज्नु भएछ । हामी सबै हाँस्यौ। बाहनमा पाक्दै गरेको तातो सिङ्गडा खायौ। ज्यान अडिलो बनायौ।  मुसलधारे पानी पर्दै थियो बाहिर । 

यि युगल जोडिले पर्यटकका लागि सफा ब्यावस्थित कोठा र चर्पी अनि फडान गरि बन्दा र आलु खेती पनि गरेका रहेछन्। होटलको बार्दलीमा  बस्दै चंखेलीको शिरमा अंगालो हाल्दै गरेको कुहरोले चुम्वन गरि रहेको थियो। हामी क्यामरा हातमा लिई दाउ हेर्दै बस्यौ। तर अँह! छोड्दै छोडेन् कुहिरोले । सातथाप्लेको चिसो र रमणिय वतावरणमा हामी रमाईरहेका थियौ। हामीलाई यात्राको तागद दिई रहेको छ। देउली देखि सातथाप्लेको ट्रेकिङ रुट साहासिक रहेछ हैन बिशाल भान्जा र किशोर सरलाई भने मैले। झमझम पानी परिरहेको छ। गोधुली सन्ध्याले पनि स्वागत गर्न लाग्दै छ। सायद भोलि बिहान चै खुल्छ होला । चंखेलीको शिर भोलि बिहान हेरौला भन्दै खाना खाना लाग्यौ। साँझको खाना खायौ। कोठामा टेण्ट टाँगेका थियौ। आफ्नो आफ्नो सिल्पिङ्ग ब्याग भित्र लुटुपुटु भयौ।  



सातथाप्ले हिड्न अगाडी हुम्लाको देउलीमा। यसै होटलमा हामी बास बसेका थियौ। 



सातथाप्ले पुग्नका लागि किशोर सर उकालो बाटोमा उक्लिदै

सातथाप्ले पुगे पछि  हर्षित मुद्रामा म । मेरो पछाडि हाम्रो सहयोगी मोतिलाल बोहोरा भाई। चंखेलीको लेकलाई कुहिरोले पुरै छोपेर राखेको अवस्था छ।

सातथाप्लेको भान्छा घर
सातथाप्लेमा हामी ३ जना रेडबुल पिउदै  हर्षित मुद्रामा
सातथाप्लेको बन्दाकोपी

बोहरा बडा गाउमा किशोर सर आराम गर्नु हुँदै
बोहोरा बडा गाउको स्याँउ
बोहोरा बडाका नानीहरु स्कूल जान लाग्दै
बोहोरबडा गाउको स्याँउ





Saturday, July 29, 2017

डुल्दै जादा



मेरिना बे फ्रन्टबाट नियाल्दा ।






Thursday, July 27, 2017

कलाकारिता मार्फत सिङ्गापुर गोर्खाले पाउने तक्माको ख्याती हुने भयो।

५ बर्ष  जनताका लागि सेवा गरे बापत सिङ्गापुर पुलिस फोर्सले दिईने तक्मालाई गुड सर्भिस मेडल भनिन्छ।  यसै गुड सर्भिस मेडल बिरेन लिम्बुले(14062) चर्चित कलाकार तक्मे बुढालाई हस्तान्तरण गर्नु भयो। हस्तान्तरण गरिएको भिडियो गाएक अशोक मुकारुङको (14817) फेसबुक मार्फत हेर्न पाईयो। त्यस पछि Blogging गर्न मन लाग्यो मलाई।

फोटो:- पाखाली भ्याकुर

बृटिस सेना र सिङ्गापुर प्रहरीका लागि  पोखरा र धरान बाट  छनौट गरिन्थ्यो बिगतमा। हाल पोखरा बाट मात्र छनौट गरिन्छ। बिरेन लिम्बु संखुवासभाको नुनढाकी गाउका पहाडे युवा केटा धरान देखि सिङ्गापुर प्रहरी फोर्समा २६ बर्ष सेवारत हुँदा सिङ्गापुर जनताले दिनु भएको तक्मा गुड सर्भिस मेडल  बिरेन लिम्बु साबले आफ्नो कोठामा सजाई राख्न मन लागेन्। कलाकारिता मार्फत बिश्वमा सिङ्गापुर गोर्खाले पाउने तक्मा चिनाउको लागि कलाकारिताको राजदुत तक्मे बुढालाई हस्तान्तरण गर्नु भयो। कलाकार तक्मे बुढाको छातीमा अब सिङ्गापुर गोर्खाको सक्कली तक्मा चम्कने छ। धन्यवाद बिरेन लिम्बु साब तपाईलाई।

पाखाली भ्याकुर  




Great Himalaya Trail (Day-19) Sarkeghat To Deuli (Humla)

Day-19
Great Himalaya Trail
Sarkeghat To Deuli
30 July 2016
हुम्लाको सरिसल्ला गाउमा स्वाँदिष्ठ खाना खाने क्रममा हामी ।   

बिहान सात बजे उठ्यौ। चिया र वाई वाई खायौ। ज्यान फुर्तिलो बनायौ। एकमुष्ठ रु ३००० हजार तिर्यौ। साहुनी! राम्रो संग बस्नु होला। समय मिलेमा फेरी तपाईको गाउमा भेटौला भन्दै 0800Hrs बाटो ततायौ। भुसभुसे पानी पर्दै थियो। बाटो ओरालो तेस्रो भएकाले थकानको महशुस भएको थिएन्। घाम लागेको थिएन्। खोचको बाटो भएकाले गर्मी थियो। सरिसल्ला गाउ पुग्न लाग्दा सल्लाका बाग्लो जंगल भेटिन थाल्यो। दाहिने छेउमा कर्णाली नदी धमिलो रंग लिएर हल्ला गर्दै बग्दै थियो।

लोतीखोला र कर्णाली नदीको संगम स्थल रहेछ सरिसल्ला गाउ। सानो ठाउ भए पनि रमाईलो ठाउ रहेछ। खोज भएकाले गर्मी भने थियो। ब्यापारिक केन्द्र रहेछ। छाप्रे लाईन होटल रहेछ। खच्चरको धुँवानी परिवर्तन गर्ने स्थल  रहेछ सरिसल्ला।  हल्का थकान र भोक लागेको थियो। साहुजीलाई खाना पकाउन लगायौ। साहुजीले आफ्नी बहिनीलाई खाना पकाउ भने। ११ बजे पुग्यौ सरिसल्ला । कोदालो गैती र झम्पलले सडक निर्माण गर्नका लागि खन्दै गरेको देखिन्थे। देउली जाने बाटो पहिरोले लगेको छ तर फिक्कर लिनु पर्दैन् डोरीमा झुण्डिएर जान सकिन्छ पहिरो गएको ठाउलाई देखाउदै साहुजीले भने।  बिशाल भान्जा र किशोर सर बेञ्चमा आराम गर्न थाल्नु भयो। म भने वरिपरि घुम्न थाले। खाना नपाकुञ्जेल सम्म। लोतीखोला संगलो थियो। खाना खायौ। खाना स्वाँदिष्ठ थियो।  खाना खाएको 1150 रुपियाँ तिर 1300Hrs बाटो लाग्यौ। 
जमुना बहिनी देउलीमा जेटिए पहिलो बर्षमा अध्ययनरत रहिछिन्। बिदा भएकाले दाईको होटलमा सघाउन आएकी रहेछिन्। काम गर्ने क्रममा लडेर दाहिने हातमा घाउ भएको रहेछ। रगत बग्थे पानीले पखाल्थे। यो देखेर हामीले बोकेका ‌ओखती  र हेण्डी प्लास्टर लगाई दियौ। स्वास्थ्य चौकीमा कुनै ओखती नभएको गुनासा पोखिन्। उहाँको कुरा सुनेर हाम्रो मन भारी भएर आएको थियो। 

सरिसल्ला बाट हिड्ने बित्तिक्कै पहिरोले लगेको बाटो देखेर अचम्मित भयौ । कसरी पार गर्ने। सडक खन्नेले पहिरो भत्केको खण्डमा सडक बनाउन लागेका रहेछ। कामदारले टागेको डोरीमा झुण्डिदै र कामदारले हामीलाई सहयोग गर्यौ। जोखिम थियो । केहि भईहाल्यो भने उर्लेको भेल लोती खोला मा सिधै झ्वाँम्मै। ढुक ढुक हुँदै पार गर्यौ । एक घण्टा उक्लिए पछि फेरि आङ्नै सिरिङ्ग हुने अक्कर को बाटोमा हिड्यौ। मुटु बलियो बनाउदै । तारेभिर र अक्कर पार गर्न हामीलाई २०मिनेट लाग्यो।

पिपल्याङ गाउ आईपुग्यौ। आँखाले हेरि भ्याउने खालको रहर लाग्दो र रमाईलो टार रहेछ। बिचमा बस्ति वरिपरि खेती।मकै गजबले फल्दो रहेछ। एउटै बोटमा ३ घोका मकै फलेको देख्यौ।  पुछारमा लोतीखोला,पारी देवकोटा बडा,पोखरा र सिरानमा देउली साथै चुच्चा थुम्काले आकास संग अंगालो मारेको जस्तै दृष्य पिपल्याङ गाउ बाट हेर्दा प्राकृतिक सौन्दर्यको आकृति बबाल देखिदो रहेछ। प्रहरी चौकी पनि रहेछ। देउली सिधै पारी देखिएकाले पिपल्याङ बस्ने योजना बनाएनौ। देउली हाकिने आँट कस्यौ। 

लोतीखोलाको झोलुङ्गे पुल तर्यौ। नाक ठोकिएला झै उकालो शुरु भयो। पसिना र हिड्ने गति कम भयो। थाकेर लास्टै लोथ  भयौ। पिपल्याङ बाट  हेर्दा सजिलै पुगिएला ठानेका थियौ तर के हुनु बाफ्रे एकदमै लास्टै उकालो रहेछ । थकान मार्दै पसिनाले लुथ्रुक भिजेको कमिज निकालेर पसिना नचोर्यौ। पानी नबोकेको भए । ढलिने रहेछ भन्दै पानी पियौ। पेट खाली भैसकेको थियो। बोकेका चकलेट र पानी खायौ।  तागत ह्वतै बढ्यो।

हुम्ली सैलीमा बनेको देबकोटा बडा बस्ति राम्रो लाग्यो। बाग्लो बस्ति भए पनि मान्छेहरु देखेनौ। सिधै माथी पोखर भन्ने गाउ रहेछ। पानी प्रस्तत भएकाले धान खेतीले बारीको कान्लाको सोभा देखिएको थियो। सिधै माथी देउली नजिकै देखिदै थियो । गोधुली साँझ हुनलाई तरखर मा थियो। वतावरण चिसो थियो।  स्यालले आफ्नो भाकाहरु फेर्दै कराउदै गरेको सुनिन्थ्यो। हिड्दै गर्दा झ्याँप्पै अध्यारोको हुलले बाटो छेक्न थाल्यो। हेड लाईट बाल्दै देउली पुग्न नाकै ठोकिने उकालो बाटोमा चुपचाप हिड्न थाल्यौ। ठुलो आवाजमा माईकमा गण्डकी अञ्चलको भेक तिर गाईने लोक गीतका भाखाहरु चर्को सुनिन्थ्यो।  

ठ्याँक्कै साँझको 2020Hrs देउली पुग्यौ। सिमसिम पानी पर्न थाल्यो। डाँडा भएकाले चिसो सिरेटो थियो।कोठामा टेण्ट लगाउदै थियौ । अर्को कोठामा  खाली चेकमा कसरी सहि गरि बजेट हाम्म गर्ने योजना सुन्दै थियौ। एक जना स्थानिय रक्सी पिउदै थिए। हामीलाई देखे पछि पाहुनालाई किन यसरी सत्कार गर्छौ मलाई किन गर्दैनौ भन्दै निहु खोज्दै साहुजीलाई भन्दै थिए। बढ्ता नबोल गईहाल नत्र तलाई थप्पड लगाई दिनु भने पछि गुनगुन गर्दै लागे। कम स्रोत र सुविधा भए पनि।साहुजीले हामीलाई सत्कार गर्नु भएको थियो। 
चिया पिउदै गर्दा लोकल भाले देख्यौ। मोतीलाल भाईलाई ठिकठाक बनाउन लगायौ। गीत बज्दै छ त माईकमा भनेर सोध्यौ। यता गीत बजाउने चलन छ साहुनीले भनिन्। प्रायः 1600Hrs बाँस बस्थ्यौ। ढिला बास र साँझको खाना 2145Hrs खाँदै छौ भनि हल्का ठठ्ठा गर्यौ।  2215Hrs शुभरात्री भनेको केहि मिनेटमै कुम्भकर्णको साथी भएछौ मिलिक्कै।
थकान मेटाउदै मोतीलाल बोहोर भाई र किशोर सर । हुम्लाको सरिसल्ला गाउमा
जमुना बहिनी अचार बनाउनु हुँदै
पिपल्याङ गाउका नानीहरु स्कूल बिदा भएकाले सरिसल्ला गाउमा मही र दुघ लिएर झरेका रहेछन्।




सरीसल्ला गाउ
रेडबुल पिउदै थकान भुलाउदै बिशाल भान्जा र किशोर सर । हुम्लाको सरिसल्ला गाउमा
दाँया बाट लोतीखोला र बाँया बाट कर्णाली नदीको संगम स्थला
सरिसल्ला गाउमा भान्जा बिशाल थकित मुडमा।
पिपल्याङ गाउ पुग्नै लाग्दा पारी देखिएको देबकोटा बडा र देउली गाउको मनोरम दृष्यमा एक झ्याँप फोटो खिच्दै
बिशाल भान्जा र  किशोर सर  थकित भएता पनि रमाउनु हुँदै ।
पिपल्याङ बाट नियाल्दा चारै तिर देखिने  सौन्दर्यको नाटक वाँह वाँह 

Saturday, July 22, 2017

Pungol को वतावरणमा रमाउदै।

एक ताका हामी जाल खेल्न आउथ्यौ तल देखिएको भिडियोमा । अहिले स्वरुप परिवर्तन भईसकेको छ। रमाईलो गर्न र मन हल्का बनाउन बनाउन साईकल दगुराउदै गर्दा देखिएका भौगलिक स्वरुप सिङ्गापुरको पोङ्गोल शहर । 





Great Himalaya Trail (Day 18) Limle To Sarkeghat (Humla)

Day-18
Great Himalaya Trail
Limle To Sarkeghat

29 July 2016


हुम्लाको न्याँसी गाउमा हामी। थकान लाई भुलाउदै

राती पानी ठुलो पर्यौ हैन । टिनको छाना भएकाले निक्कै ठुलो आवाज सुनिन्थ्यो हैन । बेला बेलामा हाम्रो निन्द्रा भंग गर्न प्रयास पनि गर्यो। हामै छेवैमा मोतीलाला र एक जना स्थानिय यात्री सुतेका थिए। सर्प हो कि के हो मैले समातेर कुनामा फालेको छु बति बाल्नुहोस ति यात्रीले भने। मोतीलाल भाईले भन्दा मैले छिटो हेडल्याम्प बाले। बिरालो पो रहेछ। रातीको पानी र सर्प समातेको यस्तै कुरा गर्दै लिम्ले गाउको बिहानीमा चिया र वाई वाई खादै मरि मरी हिक्क हिक्क हुँदै हाँस्यौ। पारी सेतो बादलको हुल जुलुस लिएर उड्दै गरेको देखिन्थ्यो। 0800Hrs रुपैयाँ 5000 तिरि लिम्ले गाउलाई फेरी भेटौला भन्दै बाटो लाग्यौ।

सिमसिम पानी पर्दै थियो। बाटो हिलो  थियो। ओरालो बाटो भएकाले सजिलो महशुस हुँदै थियो। सालटाँडी गाउ कर्णाली नदी  छेवैमा अवस्थित रहेछ। थकान मार्दै चिया पिउदै कर्णाली नदीको धमिलो भेल ओर्लदै गरेको हेर्दै बस्यौ। दर्कने पानी झन ठुलो पर्न थाल्यो।दहि खायौ। बर्षाको कारणले सार्केघाट बाट खच्चरबाट समान धुवानी गर्नलाई बाटो बिग्रेकाले वाई वाई सकेको कुरा बताए। राती परेको पानीले बाटो पहिरोले भत्तकाए पछि बिधार्थीहरु सार्के घाट नगएको कुरा चिया पिउदै गर्दा बताए। आधा घण्टा आराम गरे पछि कर्णाली नदीको दोस्रो पटक झोलुङ्गे पुल तर्यौ।

पानी सिमसिम पर्दै थियो। बाटो पुरै भत्तेको थियो। पहिरो आउछ कि भन्दै टाठो हुँदै हिड्न थाल्यौ। बाटो जोखिम पुर्ण यात्रा थियो। पहिरो आईरहेको थियो ठाँउ ठाँउमा। ढुंगा झरेको गोहो आलो देखिन्थ्यो। डराई डराई यात्रा अगाडि बढाई रहयौ उपया थिएन  बाटो भत्केकाले हामफाल्ने झुण्डिने घस्रिने र चिप्लिने गर्ने क्रममा किशोर सरको पैतालाको ब्लिस्टर सबै फुट्यौ। हिड्दै गर्दा कुनै ठाउमा पहिरो जानलाई तयारी अवस्था  देखिन्थे । पहिरो आयो भने कता दगुर्ने कता भाग्ने योजना पनि हुन्थ्यो। कुनै बेला पालै पालो हिडेर पार गर्नु पर्ने अवस्थाको बाटो थियो। कतै बाटो पुरै भत्केर कर्णाली नदीको छेवैमा पुगेको देखिन्थ्यो

हिड्दै गर्दा पानी रहे पनि कर्णाली नदी पारी कालो धमिलो भेल उर्लदै कर्णालीमा मिसेको देखियो। ठुलो पानी परेर ठुलो पहिरो गएको जस्तो लाग्यो हामीलाई। उकालो ओरालो गर्दै थकित र स्यान्टीफ्लाट भएर न्याँसीमा गाउमा आईपुग्यौ। आज बाँचेर आईपुग्यौ भन्दै लामो सास फेर्दै होटलको आगनमा बस्यौ। रमाईलो ठाउ लाग्यो न्याँसी गाउ। छेवैमा कर्णाली नदी बगेको नियाल्दै चिया पिउदै बस्यौ। वाई वाई पाक्दै थियो। साहुलाई माछा छैन् कर्णालीको । बेलुकीको बाढीले ढडिया बगायो। बाटो अव सुरक्षित खालको थियो। पहिरो र ढुंगा झर्ने खालको थिएन्। सार्केघाटमा आजको खाना खान पुगिन्छ भन्दै तातो  वाई वाई खायौ। हिड्दा कतै कतै रातीको मुसलधारे पानीले बाटो ठाउ ठाउमा भत्केको पार गर्दै मुण्डी गाउमा छिर्यौ। बाग्लो बस्ति रहेछ हिलो मा गड्दै भासिदै अगाडि हिड्यौ। 


गर्मी पसिना तिर्खा र भोकले मुर्छा भएर पुगेका थियौ1300Hrs सार्केघाटमा   खाना पाक्दै थियो। पानी परेको थिएन्। चिया पिउदै गर्दा सार्केघाटमा बस्ने योजना भयो हाम्रो। होटलको कोठामा टेण्ट टाग्यौ। खाना खाए पछि सुत्यौ1700Hrs सम्म। साहुनी अन्तरजातिय विवाह गरेकी रहेछिन् ।बालबच्चालाई सुर्खेत पढाएका रहेछन्। बिशाल भान्जा किशोर सरले  साँझ लोकल चिरिप चिरिप पिउदै  हामी साहुनी संग गफगाफ गर्दै थियौ । २ जना स्थानिय आईपुगे। सामान्य परियच गर्यौ । राजनिति गफगाफ शुरु भयो । म र बिशाल भान्जा सुन्ने बेला बेलामा किशोर सरले प्रश्न सोध्थे। तर ति २ जना झगडा गर्ला जस्तै गफ गर्थे। एक जना एमाले बिचार धारा अर्को माओवादी बिचार धारा । उनीहरुको राजनितिक गफ सुन्दै खाना खायौ।



   
न्याँसी गाउबाट कर्णाली नदीलाई नियाल्दा । किशोर सर माछा नियाल्दै।
सार्केघाटको वरिपरी


सार्केघाट होटलको प्राङ्गनमा किशोर सर र म । थकानले लोथ भए पनि बिशाल भान्जाले फोटो सुटको पोजमा यसरी देखाउनु भयो हामी हलभाईलाई  

सार्केघाटको मकैबारी


Thursday, July 20, 2017

Under 19s नेपाली क्रिकेट खेलाडीहरुले आफूले सकेको सिप राष्ट्रका लागि योग्दान दिए।

मलाई खासै क्रिकेटको पुरा नियम थाहा छैन् तर  क्रिकेट खेल मन पराउछु। Under 19s अफगानिस्तान र नेपालको क्रिकेट प्रतियोगिताको प्रत्यक्ष खेल हेर्न गए।नेपाली युवा खेलाडीहरु आफूले सकेका शिप देखाए खुशी लाग्यो। कम श्रोत र साधन हुँदा पनि युवा खेलाडीहरुले राष्ट्रका लागि योग्दान दिए। खेल जित्नु हार्नु आफ्नै ठाउमा छ। क्रिकेट खेल प्रेमीलाई क्रिकेट राम्रो खेल्छ भनेर थाहा छ अफगानिस्तानलाई ।

३ विकेट बाँकी रहदा । प्रशिक्षक बिनोद दास खेल मैदानको वरीपरी चक्कर लगाउनु थाल्नु भयो। उहाँ तनाबमा देखिनु हुन्थ्यो। भित्र आत्मा बाट मन भारी भएर आयो मलाई। स्मार्ट सिटीको सपना कबुल छन् नेताहरु। आफूले कबुलका कुराहरु तनाब लिदैन् ज्यूहरु। तर प्रशिक्षक दासले आफ्नो दाईत्वको तनाब र पिडा बोकेर हिडिरहेको अवस्थामा दास सर!  खेलाडीहरुले राम्रो खेलिरहेका छन् ! मैले भन्दा पुलुङक हेर्नु भयो। खेल समाप्त भयो । मन मनै खुशीले गदगद भए। कम श्रोत र साधानमा भए पनि खेलाडीहरुले बलियो टिमलाई सबै विकेट  लिन सफल त भयो।        


युवा खेलाडीहरको जोस स्यावास । 

 प्रशिक्षक बिनोद दास ३ बिकेट छदा । उहाँ तनाबले होला हिड्न थाल्नु भएको थियो।
प्रक्षिक दास सर तपाईले राष्ट्रका लागि योगदान दिनु भएको छ। राष्ट्रले के दियो खोज्ने हैन । राष्ट्रका लागि के दिऊ भन्ने तपाईले कुनै बेला टिभि कार्यक्रमा भनेको सुनेको थिए। तपाईले आफ्नो दाईत्व पुरा निभाउनु भएको छ। 
























HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...