Day-12
Great Himalaya Trail
Halji To Talung
23 July 2016
मिरमिरे बिहानीमा मस्त निन्द्रमा थियौ। कित्लिको मसिनो आवाजले मेरो आँखा खोल्यौ। हेर्दा
सरिता मिसले थर्मसमा भोटे चिया हाल्दै थिईन्। गुडमर्निङ मिस । सेम टु यु ।
बिशाल भान्जा र किशोर सर मस्त निन्द्रमा सुत्दै गरेको देखे। मुख धुए । अतिनै चिसो
थियो वाहिर। भोटे चिया पिउदै विवाह भयो छैन केटा साथी त होलान् नि छैन्।
उसो भए विवाहित परे म । मेरा २ जना साथी अविवाहित हुन् । विवाह गर्ने हो हाँस्दै
ठट्टयौली गरे। यति भनि रहदा खै के भयो सरिता मिसले आफूले ओढ्नु भएको बर्कीले अनुहार पुरै
छोपेर घोप्टो परिन्। मलाई सकस लाग्यो केहि बोलिन म । मलिन मुन्द्रामा देखिन् उनी।
मैले कुराको प्रसंग बदले।
हाल्जिको बस्तिमा
हाल्जी बस्तिमा हामी
हाल्जिको बस्तिमा
हाल्जी बस्तिमा हामी
हाल्जीको सबै भन्दा पुरानो र एेतिहासिक गुम्बा
भोटे चिया गजबको स्वाँदिलो बनाउनु भएछ। धन्यवाद। कहिले सिमिकोट फर्कनु हुन्छ । भदौको अन्तिम हप्ता। अाधा घण्टा चिया पिउदै गफगाफ गर्दा 0700Hrs भान्जा बिशाल उठ्नु भयो। ओछ्यानमै बसेर भोटे चिया पिउनु भयो। हाम्रो गफगाफ भान्जा बिशालले सुनि रहनु भएको
रहेछ। मामा जिको गफ ठिक छ है। यति भनि सक्दा किशोर सर स्लिपिङ्ग ब्याग बाट
आँखा मिच्दै उठ्नु भयो। आज त भोटे चिया खादिन्। राती कस्तो गाह्रो भयो धेरै
पिए छु हिजो। उवाँको सातु र तातो पानी संग धोलेर खायौ खाजा। पैसा
तिर्न खोज्दा लिनु मान्नु भएन पालजोर दाईले। गुडवाई सरिता मिस राम्रो संग बस्नुहोला साथै पालजोर दाईको श्रीमतीलाई पनि फेरि भेटौला खाना बस्न दिनु भयो धन्यवाद । नेपाली नबुझ्ने भएकाले उहाँ हाँस्नु भयो। हाल्जीको पुरानो गुम्बा घुमाउन पालजोर दाईले लानु भयो। गुम्बामा भि स्याँट फोन रहेछ। सुनखानी चौकीबाट ४ जना नेपाल
प्रहरीका जवान आफन्तलाई फोन गर्न आएका रहेछ । 0800Hrs पालजोर दाई धन्यबाद फ्रिमा बस्न र खाना खुवाउनु भयो। हाल्जीको बारेमा
जानकारि दिनु भयो धन्यवाद फेरि भेटौला । उहाँ संग बिदावरी भयौ।
हरियाली
जङ्गलले ढाकेको लिमिखोलाको गड्तीर तिर हिड्न थाल्यौ। मौसम
घुम्मेको थियो। पानी बोकेर बसेको कालो बादलको हुल नाङ्गा थुम्कालाई छोपेर बसेको थियो। पानी पार्नको लागि जोखना हेर्दै थियो। हाल्जीको
प्राकृतिक सौन्दर्य र सामाजिक रहन सहनको गफ सकेकाले हामी चुपचाप हिडि रहयौ। सुनखानी आईपुग्न लाग्दा १०मिनेटको
उकालो बाटोले लोथ बनायो। सुनखानी गजबको फाँट रहेछ। नेपाल प्रहरीको एक मात्र चौकी घर रहेछ। प्रहरी जवानले हामीलाई चिया पिउनको लागि बोलाउनु भयो। छेवैमा लिमी खोला
धमिलो भए पनि वरिपरिको वतावरण सफा र आनन्दमय थियो। चौकीमा चिया पिउदै गफगाफ गर्यौ असई साब संग।
संचार सेवा र गाउ
भन्दा अपाएक ठाउमा रहेछ त चौकी हामीले सोध्यौ।गाउलेको सोचाई नजिक भयो भने
दुःख दिन्छन् भनेर यहाँ राखेका रे। यस ठाँउमा पुरानै चलन भएकाले
तिल हाल्जी र जाङ्गमा स्थानियले चुनेका अदध्यक्षले सबै किसिमका समस्या र झैझगडा मिलाउने गर्ने गर्छन्।
हाम्रो चौकीमा कुनै उजुरी अहिले सम्म गर्न आएका छैन् । जाडो छ । कम सुविधा भएता पनि जनताको सेवा गरेका छौ। २ जना जवान बिरामी भएर मुचु चौकी गएका छन्। तुम्लिङ
देखि सुनखानीसम्म सडकको ट्याक खोली सकेको भएता पनि जाङ्ग देखि चाईनिज ट्रक लाप्चा सम्म चलेका छन असई साबले भने। एक घण्टा आराम गरे पछि तातो चिया खुवाउनु भयो असई साब फेरी भेटौला। उहाँले यात्राको शुभकामना भन्दै हात मिलाउदै बाटो लाग्यौ।
बाटामा अमेरिकन गोरा र नेपाली बिद्बनहरुको समुह भेटिए । उहाँहरु संग कुराकानी गर्यौ। लिमि भ्याल्ली हुँदै कैलाश मानसरोवर सम्म घुम्न निस्केका रहेछ। कुईरेले हाम्रो ग्रेट हिमालय ट्रेलको बिषयमा आईफोनमा भिडियो कुराकानी रिकर्ड गरे। किशोर सर र बिशाल भान्जाले अंग्रेजी भाषामा र मैले नेपाली भाषामा भटटट दियौ। हुम्लाको भुपु एमाले नेताले हामीलाई सुझाब दिए। किन एक्कलै घुम्न निस्केका यि हामी त बुढी लिएर घुम्न निस्केका छौ । बिहे गरेकाले बुढी नगरेकाले गलफ्रेड लिएर संगै घुमाउनु ल्याउनु पर्दैन । तपाईहरुले खिचेको तस्विर देखेर अब रिसाउने छन् भन्दै गर्दा छेवैमा भएकी सोलुखुम्बुकी मञ्जो निवासी डा पासाङ याङ्जी शेर्पाले भनिन् । हिजो देखि दाई यस्ता कुराहरु गरि राख्नु भाँ छ । हामी सबै हाँस्यौ। नेता जी बुढा भए पनि बोलाईमा जोस थियो गाँठे। मानसरोवरको दर्शन सुःख र आरामदायी रहोस शुभयात्रा भन्दै हामी छुट्यौ ।
बाटामा उवाको लोभ लाग्ने हरियाली दृष्य आँखा भरी नियाल्दै सुनखानी बाट एक घण्टामा जाङ्ग पुग्दा २ बजेको थियो। तिल र हाल्जी को बस्ति भन्दा फरक शैलीको बस्ति देख्यौ।खाजा ऊवाँको सातु खाएकाले भोक लागेको थिएन्। थकाई भने लागेको थियो ।भोटे चिया पिउदै थकान मेटायौ। यात्रा जाङ्ग सम्म थियो हाम्रो । तुम्लिङ सम्म दर्ता बिनाको कवाडी चाईनिज ट्रक गुड्न लागेकाले तुम्लिङका लागि हुँईकियौ हामी पनि। नेपाल दुरसंचारको २जना ईञ्जिनिएर भिस्याट बिग्रेकाले बनाउन आएका रहेछन् । भरै तुम्लिङ्गमा भेटौला भन्यौ। लिमिखोलाको फाँटैफाटमा ट्रकको पाङ्ग्रा गुड्न थाल्यो।

एक घण्टामा तुम्लिङको फाँटमा पुग्यौ। चौरी भेडा
र जोक्पे फाँटमा चर्दै गरिरहेका देख्यौ। वाँह क्या गजबको ठाउ भन्दै ताली पिट्यौ। तुम्लिङको फाँट बाट हेर्दा क्षितिजमा
नाङ्गा पहाडको चुचुराले आकास छुएको झै उभिएको देख्दा खुबै रमायौ। अतिनै लोभलाग्ने खालको स्थल रहेछ तुम्लिङ । लाप्चा पास हिडेर जाने सम्भव भए
पनि खाना बस्नको असुविधा भएकाले नजाने योजना बन्यो। ट्रकले भोलि लैजाने कुरो थियो
तर साँझ खाना खादा नजाने भने पछि ठिक्कै छ भन्यौ।
तिल हाल्जी जाङ्ग र तुम्लिङको भौगलिक स्वरुप बेग्ला बेग्लै किसिमको प्राकृति शौन्दर्य रहेछ भन्दै गफगाफ गर्दै सुत्यौ। तिल हाल्जी र जाङ्ग तीन वटा बस्तिलाई लिमि भ्याल्ली भनिन्छ। जाङ्ग र सिमिकोट जाने सडकको संगम स्थल तुम्लिङ । नेपाल र भोटको ब्यापार थलो साथै दुवै देशको खर्क पनि थियो कुनै समय तुम्लिङ्ग।
जाङ्ग गाउ जाने क्रममा
जाङ्ग बस्ति ।
जाङ्ग बस्तिको पुछारमा लिमीखोला बग्दै
जाङ्ग गाउ
जाङ्ग बस्ति बाट पारि नियाल्दा
लिमिखोला
तु्म्लिङको फाँट बाट नियाल्दा
तुम्लिङको फाँट बाट नियाल्दा
म र किशोर सर तुम्लिङको फाँटमा
तुम्लिङको फाँटबाट नियाल्दा
तुम्लिङ्गको फाँट बाट देखिने सौन्दर्य

तुम्लिङ्गको मनमोहक दृष्य
तुम्लिङ्को फाँट बाट चौतर्फी सौन्दर्यको अखडाम र किशोर सर तुम्लिङको फाँटमा
तुम्लिङको फाँटबाट नियाल्दा
तुम्लिङ्गको फाँट बाट देखिने सौन्दर्य

No comments:
Post a Comment