५ बर्ष जनताका लागि सेवा गरे बापत
सिङ्गापुर पुलिस फोर्सले दिईने तक्मालाई गुड सर्भिस मेडल भनिन्छ। यसै गुड
सर्भिस मेडल बिरेन लिम्बुले(14062) चर्चित कलाकार तक्मे बुढालाई हस्तान्तरण गर्नु
भयो। हस्तान्तरण गरिएको भिडियो गाएक अशोक मुकारुङको (14817) फेसबुक मार्फत हेर्न पाईयो। त्यस पछि Blogging गर्न मन लाग्यो
मलाई।
फोटो:- पाखाली भ्याकुर
बृटिस सेना र सिङ्गापुर
प्रहरीका लागि पोखरा
र धरान बाट छनौट गरिन्थ्यो बिगतमा। हाल पोखरा बाट
मात्र छनौट गरिन्छ। बिरेन लिम्बु संखुवासभाको नुनढाकी गाउका पहाडे युवा केटा धरान देखि सिङ्गापुर प्रहरी फोर्समा २६ बर्ष सेवारत हुँदा सिङ्गापुर
जनताले दिनु भएको तक्मा गुड सर्भिस मेडल । बिरेन लिम्बु साबले आफ्नो कोठामा सजाई राख्न मन लागेन्। कलाकारिता मार्फत
बिश्वमा सिङ्गापुर गोर्खाले पाउने तक्मा चिनाउको लागि कलाकारिताको राजदुत तक्मे बुढालाई हस्तान्तरण गर्नु भयो। कलाकार तक्मे बुढाको छातीमा अब
सिङ्गापुर गोर्खाको सक्कली तक्मा चम्कने छ। धन्यवाद बिरेन लिम्बु साब तपाईलाई।
पाखाली भ्याकुर

No comments:
Post a Comment