Total Pageviews

Friday, July 7, 2017

Great Himalaya Trail 2016 (Day-13) Tumling To Okharthala(Humla)

Day-13
Great Himalaya Trail  2016
Tumling To Okharthala

24July 2016

न्यानुला पासमा हामी 

राती २ बजे दाईहरु जाने हो लाप्चा पास  मालिक र ड्राईभरले हाम्रो निन्द्रा खलबलाउदै भन्यौ। हामी नजाने। किशोर  सर र बिशाल भान्जा सुत्दै थिए। तुम्लिङ्गको को कलिलो बिहानको वतावरण हेर्न निस्के म । चिसो वतावरण थियो। खुल्ला आकास थियो।शिखरमा हिँउ टल्लकेको थियो। म एक्लै रमाउँदै थिए। आधा घण्टा पछि किशोर सर र बिशाल भान्जा पनि हेर्न निस्किए। हामी औधी रमायौ। लामा दाईले भोटे चिया ल्याई दिनु भयो। चिसो सिरेटोमा चौरीहरु पुच्छर हल्लाउदै थिए। नेपाल दुरसंचारका २ जना ईञ्जिनिएर हिजो अर्को होटलमा बसेका रहेछ। उहाँहरु पनि हामी संग गफगाफ गर्न आउनु भयो। भोटे चियामा ऊवाँको सातु घोलेर खायौ। वाई वाईको सुप पनि बजायौ । ज्यान तातो र डम्म पेट बनायौ।

रु 9000 तिरी न्यानुला पास सम्म गाडि चल्ने भएकाले हिजोकै कवाडि ट्रकमा हिड्यौ 0730Hrs । तलुङको फाँटमा मनमोहक हिमताल देख्यौ। फाँटमा चौरी घोडा जोक्पे भेडा च्याङ्ग्रा चरिरहेका थिए। यहाको दृष्य देख्दा हामी स्वर्गमा पुगेको जस्तो लाग्यो। 40मिनेटमा न्यानुला पास पुग्यौ। चारै तिर खुल्ला आकास थियो ।हेेर्नुहोस कैलाश पर्वत त्यही हो भन्दै देखाए ड्राईभर भाईले। क्षितिजमा एक्लै कैलाश पर्वत उभेका देख्यौ। यात्रामा थप २ जना नेपाल दुरसंचारका ईञ्जिनिएर थिए। पासमा सामुहिक फोटो खिच्यौ। २०मिनेट न्यानुला पासमा बस्यौ। पहिरो बाटो रोकेकोले गाडी गुड्न सकेन् । हामी ५ जनाले हिमाल र नाङ्गा पर्वतको दृष्य नियाल्दै ओरालो झर्न थाल्यौ।  सेलीमा हिमताल देख्दा अचम्मित भयौ। पानीको निकास देखिदैन्। वरिपरि हरियाली पाटनमा बुकी फूलको सौन्दर्य र याक चौरी घोडा च्याँङ्ग्रा चरिरहेका देख्दा अझ थप आकर्षण थियो।

छुङ्सा भ्याल्लीमा 1030Hrs पुग्यौ। घाम तापु तापु लाग्ने भएकाले जडिबुटीको चिया पिउदै जुत्ता खोल्यौ । 4200 मिटर को उचाईमा थकान मेटाउदै  पारी छङछङ्गे झरना नियाल्दै गफगाफ नगरी बस्यौ । कारण थकाईले गर्दा। वाई वाईको तातो सुप खाए पछि थकान मेटियो। टम्बु थापेर होटल चलाएका युवा जोडी हेप्का गाउका निवासी श्रीमान श्रीमतीले चलाएका रहेछन्। खर्क भएकाले गोठालेहरुका लागि पसल थापेका रहेछ। साह्रै  मिठो खाना खायौ। राँयोको साँग अतिनै मिठो गरि बनाएकी रहेछिन्। छुङ्सा उपत्यकाको मनमोहक दृष्य छोडेर जानु मन लागेको थिएन तर के गर्ने यात्रु भए पनि बसेर नहुने। भाई बहिनी यस्तो बिकट ठाँउमा मिठो खाना खुवाउनु भयो । राम्रो बस्नु होला । फेरि भेटौला नमस्ते गर्दै बाटो ततायौ।

नाङबेली आकृतिमा बगेको सङ्लो खोला र अजङ्गाका पहाडको फाँटमा  हिड्दा थकानको महसुस भएको थिएन्। उचाई घट्दै जादै थियो। 3000 मिटरको उचाई देखि बाग्लो सल्ला घरीभित्र लाप्चा- सल्ली सडक ट्रयाकको बाटो हिड्दै गर्दा जोक्पेको हुल भारि बोकेर आउदै गर्दा। अचानक एउटा जोक्पे रुखको कापेमा अलझेर मर्न लागेका रहेछ। २जनाले धकेल्दै गरेका देख्यौ। मरेको जस्तो लागेको थियो। हामी ५ जनाले उठाएर मुण्टो सिधो बनायौ। एक छिनमा धर्मराउदै उठ्यो। भारी कसी दिए। हिड्न थाल्यो। यो जोक्पे भन्ने जन्तु ज्याद्रो हुने रहेछ भन्दै हिड्यौ।  

पुरै बाटो ओरालो छ। बाग्लो जंगलको वतावरणमा रमाउदै कहिले गफगर्दै  कहिले चुपचाप हिड्यौ। सल्ली खोलाको काठे पुल तर्यौ। सल्ली डाँडा पुग्न 20 मिनेटको उकालो बाटोले हामीलाई लोथ बनायो। ज्यान पुरै पसिनाले भिजायो । सल्ली डाँडामा 1730Hrs आईपुग्यौ। सूर्यको उषा पनि मलिन हुन तरखर गर्दै थियो। भोटे चिया पिए पछि। किशोर सर बिशाल भान्जा र लामा दाईले ट्वाक चिरिप चिरिप दिनु भयो। चिसो हावा चलेको थियो। २ जना ईन्जिनियर पनि आधा घण्टा पछि आईपुग्नु भयो। ओखरथालामा 1830Hrs आईपुग्यौ।

ओखथलामा गोधुली साँझको वतावरणलाई स्वागत गर्दै । भोटे चिया पिउदै बस्यौ। आकास खाली देखिन्थ्यो । पानी पार्ने बादल देखिदैन् थियो। साँझको खाना खाई टेण्ट भित्र पस्यौ। सुत्दा हाम्रो हुटहुटी मेटियो हैन? हिल्सा र लिमि भ्याल्लीको भूगोल र समाज नजिक बाट बुझ्न पायौ । हामी ३ जना घुम्ते खुशी हुँदै भोलि सिमिकोटमा पुग्ने ईन्टरनेट चलाउने , नुहाउने र २ दिन बस्ने  गफगाफ गर्दै गर्दा केहि क्षण सुटुक्कै निदाए छौ।


तलुङको हिमताल
तलुङको हिमताल
तलुङ्को दृष्यमा रमाउदै किशोर सर

तलुङ्को हरियाली फाँट
तलुङको फाँटमा चौरीको बथान
चौरीको बथान तलुङ फाँटमा

लिमी सल्ली सडक मर्मत

न्यानुला पास नजिक



तलुङको सौन्दर्य


बिशाल भान्जा रमाउनु हुँदै






न्यानुला पास नजिक बाट पृष्ठभूमिमा तलुङको फाँट


न्यानुला पासमा हामी

न्यानुला पास



सेलीमा ताल




सेलीमा ताल र खर्क
सेलीमा तालको वरिपरी बिशाल भान्जा
सेलीमा तालको पाटनमा किशोर सर




सेलीमा तालको छेवैमा खर्कमा लामा श्रीमान श्रीमती
नाती बजु
सेलीमा ताल
सेलीमा ताल
सेलीमा ताल
छुङ्सा भ्याल्ली
छुङ्सा भ्याल्ली

छुङ्सा भ्याल्ली
हामीले स्वाँदिष्ट खाना खाएको होटल । छुङ्सा
यो झरना नियाल्दै थकान मेटाएका थियौ। छुङ्सा भ्याल्ली

छुङ्साबाट सल्ली डाँडा तिर झर्दै

अजङ्गको पर्वत क्याँ बेजोडको देख्या छ



बिशाल भान्जा र लामा दाई थकान मेटाउदै सल्ला घारी भित्र।

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...