Total Pageviews

Monday, July 10, 2017

Day-15 (Rest Day) Great Himalaya Trail Simikot (Humla)

Day-15 (Rest Day)
Great Himalaya Trail
Simikot(Humla)
26July 2016

सिमिकोट बजारको शिरान मा घुम्दै जादा । प्राकृतिक सौन्दर्यको स्वरुप देख्दा हर्षले बिभोर भएका थियौ।

निन्द्राले छाड्यो। घडी हेरे 0800Hrs भएको रहेछ। बिशाल भान्जा र किशोर सर मस्त सुत्दै थिए। यात्राको थकान मेटाउदै। आराम गर्ने दिन भएकाले उठेर हिड्नु पर्ने थिएन्। हिजो बिलुकी देखि परेको पानी अझै रोकिको छैन्। झरीमय थियो  सिमिकोट बजार। पानी पार्नका लागि सेतो कुहिरोको हुल डुल्दै गरेको देखिन्थे। कर्णाली नदी पारी पुरै सेतो बादलले पर्दा ढ्याम्मै ढाक्थ्यो। मुसलधारे पानी पर्थ्यो। प्राकृतिक नाटकमा बार्दलीमा बसेर एक्लै रमाईरहेको थिए म। चिया पिउनका लागि झरे डाईनिङ्ग हलमा। होटलका राम दाई संग चिया पिउदै गफ गर्दै बसे। नेटवर्क आउने जाने भएकाले ईन्टरनेट चलाउन अल्छी लाग्यो। किशोर सर र बिशाल भान्जालाई बिस्तारमा चिया लगि दिए। 1100Hrs खाना खायौ। खाना स्वाँदिष्ट थियो।

दिउसोका लागि मःम तयार गर्दै थिए। सिमिकोटमा खसी बाहेक अरु मासु पाईदैन्। खाना खाए पछि बिस्तारामा आराम गर्दै ईन्टरनेट चलाउने साथै चिया र कफिको सुर्का लगाउदै समय बिताउन थाल्यौ। झरीले छोडेको छैन् । पानी पर्दै छ। लुगा धोएको सुकेको छैन्। भोलि यहि चिसो लुगा लगाई जाने गफ गर्दै अतिनै स्वाँदिष्ठ तीन तीन प्लेट मःम बजायौ। अचार पनि जिब्रोमा झुण्डिने खालको थियो। मौसम खराब भएकाले नेपालगंञ्जका उडान रद्द भएकाले कैलाश मानसरोवर दर्शन गर्न जाने र फर्केका दर्शनार्थी भारतिय पर्यटकहरु र नेपाली गाईड खिन्न देखिन्थे। सिमिकोट बाट पारी देखिने पर्वतमालामा मुसलधारे पानीको लर्को बनेर रतौली खेल्दै गरेका देखिन्थे। तर सिमिकोट बजारमा त्यो पानीको लर्को तरेको थिएन्।

पारी नियाल्दा चुच्चा थुम्का खोचमा कर्णाली नदीको रवाफ वरिपरि जौउ वारी आलुवारी  बिचमा हवाई धावन मार्गको कृतिले सिमिकोटको  सौन्दर्यको दम छ । 2900 मिटरको उचाईमा अवस्थित सिमिकोटको चिसो वतावरण संग घुलमिल गर्न पाउदा अवष्मरणिय दिन थियो हाम्रो। 


सन्ध्याले स्वागत गर्न थाल्यो। प्राङ्गन र बलेसीमा पानी खस्दै थियो। जाडो मौसमलाई खेदाउन र Great Himalaya Trail को थकान भुलाउन रमाईलो गर्न  राम दाई संग बसेर वाईन् र भोड्का चुस्कि लगाउदै गफ गर्न थाल्यौ। राम दाई काठमाण्डुको बन्स्थली बोर्डिङ्ग मा अध्ययन गर्नु भएको रहेछ। किशोर सर पनि बन्स्थली बोर्डिङ्गमा पढेकाले । उहाँहरुले बिगतमा बन्स्थली पढ्दाका रोचक कुराहरु गर्न थाले । वाईनको चुस्कि लिदै म र बिशाल भान्जा सुन्दै बस्यौ। रसिया बाट ईञ्जिनिएर पास गर्नु भई नेपाल सरकारको कर्मचारी भएर काम गर्नु भएको रहेछ । सरकारी काम गर्दा वाक्क लागेर राजीनामा दिनु भई सिमिकोटमा रलिङ्ग होटल ब्यवसाय गर्नु भएको रहेछ। उहाँले चार जनालाई रोजगारी दिनु भएको रहेछ । सिमिकोटमा बसेर आनन्द र  सन्तोष लागेको छ गफगाफमा भन्नु भयो । बिभिन्न क्षेत्रका बिषयमा गफगाफ गर्यौ।

सिमिकोट बजारको बिभिन्न आकृति ।

रात छिप्पिदै थियो। किशोर सरले गीटारका तार बाट धुन निकाल्दै  गीत गाउन थाल्नु भयो। मैले हल्का स्वर दिए। फ्याट्ट फुट्ट नाचे पनि। सिमिकोट निर्वाचन कार्यलयका कार्यरत स्थानिय युवा साथीले पनि स्वर दिईरहनु भएको थियो। उहाँले पनि समय समयमा गीटारको लोभ लाग्ने धुन निकाल्नु हुन्थ्यौ। स्थानिय लाल बुढा र अभिनास लामा काठमाण्डु जानु भएकाले खल्लो लागिरहेको थियो। उहाँहरु भएको भए अझ थप रौन्क्ता हुन्थ्यौ होला। रलिङ्ग होटलमा संगीतमय रात हुँदै थियो। छिप्पि सकेको रातमा रमाईले गरिरहेको अवस्थामा 0030Hrs नानी लिएर २ जना बहिनीहरु आए। नानीको आमा सेन्तेरेमले लठ्ठ भएको देखिन्थे। गीटारको धुन मा नाचिन् उनी। तिनीलाई सुत्न जाउ भन्दै राम दाईले बिनम्र अनुरोध गरी फकाएर पठाईन्। रातको 0130Hrs सम्म रमझम गर्दै बितायौ।    

वाँह! क्या रहर लाग्दो वतावरण 

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...