Day-18
Great Himalaya Trail
Limle To Sarkeghat
29 July 2016
हुम्लाको न्याँसी गाउमा हामी। थकान लाई भुलाउदै
राती पानी ठुलो पर्यौ
हैन । टिनको छाना भएकाले निक्कै ठुलो आवाज सुनिन्थ्यो हैन । बेला बेलामा हाम्रो निन्द्रा
भंग गर्न प्रयास पनि गर्यो। हामै छेवैमा मोतीलाला र एक जना स्थानिय
यात्री सुतेका थिए। सर्प हो कि
के हो मैले समातेर कुनामा
फालेको छु बति बाल्नुहोस ति यात्रीले भने।
मोतीलाल भाईले
भन्दा मैले छिटो हेडल्याम्प
बाले। बिरालो पो रहेछ। रातीको पानी
र सर्प समातेको यस्तै कुरा गर्दै लिम्ले गाउको बिहानीमा चिया र वाई वाई खादै
मरि मरी हिक्क हिक्क हुँदै हाँस्यौ। पारी सेतो बादलको हुल जुलुस लिएर उड्दै गरेको
देखिन्थ्यो। 0800Hrs रुपैयाँ 5000 तिरि लिम्ले गाउलाई फेरी भेटौला भन्दै बाटो लाग्यौ।
सिमसिम पानी पर्दै थियो। बाटो हिलो थियो। ओरालो बाटो भएकाले
सजिलो महशुस हुँदै थियो। सालटाँडी गाउ कर्णाली नदी छेवैमा अवस्थित रहेछ। थकान मार्दै
चिया पिउदै कर्णाली नदीको धमिलो भेल ओर्लदै गरेको हेर्दै बस्यौ। दर्कने पानी झन ठुलो पर्न थाल्यो।दहि खायौ। बर्षाको कारणले सार्केघाट बाट खच्चरबाट समान
धुवानी गर्नलाई बाटो बिग्रेकाले वाई वाई सकेको कुरा बताए। राती परेको पानीले बाटो पहिरोले भत्तकाए पछि बिधार्थीहरु सार्के घाट नगएको कुरा चिया पिउदै गर्दा बताए। आधा घण्टा आराम गरे पछि कर्णाली नदीको दोस्रो पटक
झोलुङ्गे पुल तर्यौ।
पानी सिमसिम पर्दै थियो। बाटो पुरै भत्तेको थियो। पहिरो आउछ कि भन्दै टाठो हुँदै हिड्न थाल्यौ।
बाटो जोखिम पुर्ण यात्रा थियो। पहिरो आईरहेको
थियो ठाँउ ठाँउमा। ढुंगा झरेको
गोहो आलो देखिन्थ्यो। डराई डराई यात्रा अगाडि बढाई रहयौ उपया थिएन। बाटो भत्केकाले हामफाल्ने झुण्डिने घस्रिने र चिप्लिने गर्ने क्रममा किशोर सरको पैतालाको ब्लिस्टर सबै फुट्यौ। हिड्दै
गर्दा कुनै ठाउमा पहिरो जानलाई तयारी अवस्था देखिन्थे । पहिरो आयो भने कता दगुर्ने
कता भाग्ने योजना पनि हुन्थ्यो। कुनै बेला पालै पालो हिडेर पार गर्नु पर्ने अवस्थाको बाटो थियो। कतै बाटो पुरै भत्केर कर्णाली नदीको छेवैमा पुगेको देखिन्थ्यो ।
हिड्दै गर्दा पानी रहे पनि कर्णाली नदी पारी
कालो धमिलो भेल उर्लदै कर्णालीमा मिसेको देखियो। ठुलो पानी परेर ठुलो पहिरो गएको जस्तो लाग्यो हामीलाई। उकालो ओरालो गर्दै थकित र स्यान्टीफ्लाट भएर
न्याँसीमा गाउमा आईपुग्यौ। आज बाँचेर आईपुग्यौ भन्दै लामो सास फेर्दै होटलको आगनमा बस्यौ। रमाईलो ठाउ लाग्यो न्याँसी गाउ। छेवैमा कर्णाली नदी बगेको नियाल्दै चिया
पिउदै बस्यौ। वाई वाई पाक्दै थियो। साहुलाई माछा छैन् कर्णालीको । बेलुकीको बाढीले
ढडिया बगायो। बाटो अव सुरक्षित खालको थियो। पहिरो र ढुंगा झर्ने खालको थिएन्।
सार्केघाटमा आजको खाना खान पुगिन्छ भन्दै तातो वाई वाई खायौ। हिड्दा कतै कतै रातीको मुसलधारे
पानीले बाटो ठाउ ठाउमा भत्केको पार गर्दै मुण्डी गाउमा छिर्यौ। बाग्लो बस्ति रहेछ। हिलो मा गड्दै
भासिदै अगाडि हिड्यौ।
गर्मी
पसिना तिर्खा र भोकले मुर्छा भएर पुगेका थियौ1300Hrs
सार्केघाटमा । खाना पाक्दै थियो। पानी परेको थिएन्। चिया
पिउदै गर्दा सार्केघाटमा बस्ने योजना भयो हाम्रो।
होटलको कोठामा टेण्ट टाग्यौ। खाना खाए पछि सुत्यौ1700Hrs सम्म। साहुनी अन्तरजातिय विवाह गरेकी रहेछिन् ।बालबच्चालाई सुर्खेत पढाएका
रहेछन्। बिशाल भान्जा किशोर सरले साँझ लोकल चिरिप चिरिप पिउदै हामी
साहुनी संग गफगाफ गर्दै थियौ । २ जना स्थानिय आईपुगे। सामान्य परियच गर्यौ ।
राजनिति गफगाफ शुरु भयो । म र बिशाल भान्जा सुन्ने बेला बेलामा किशोर सरले प्रश्न
सोध्थे। तर ति २ जना झगडा गर्ला जस्तै गफ गर्थे। एक जना एमाले बिचार धारा अर्को
माओवादी बिचार धारा । उनीहरुको राजनितिक गफ सुन्दै खाना खायौ।
न्याँसी गाउबाट कर्णाली
नदीलाई नियाल्दा । किशोर सर माछा नियाल्दै।
सार्केघाटको वरिपरी
सार्केघाट होटलको
प्राङ्गनमा किशोर सर र म । थकानले लोथ भए पनि बिशाल भान्जाले फोटो सुटको पोजमा यसरी देखाउनु भयो हामी हलभाईलाई
सार्केघाटको मकैबारी





No comments:
Post a Comment