Total Pageviews

Thursday, July 27, 2017

Great Himalaya Trail (Day-19) Sarkeghat To Deuli (Humla)

Day-19
Great Himalaya Trail
Sarkeghat To Deuli
30 July 2016
हुम्लाको सरिसल्ला गाउमा स्वाँदिष्ठ खाना खाने क्रममा हामी ।   

बिहान सात बजे उठ्यौ। चिया र वाई वाई खायौ। ज्यान फुर्तिलो बनायौ। एकमुष्ठ रु ३००० हजार तिर्यौ। साहुनी! राम्रो संग बस्नु होला। समय मिलेमा फेरी तपाईको गाउमा भेटौला भन्दै 0800Hrs बाटो ततायौ। भुसभुसे पानी पर्दै थियो। बाटो ओरालो तेस्रो भएकाले थकानको महशुस भएको थिएन्। घाम लागेको थिएन्। खोचको बाटो भएकाले गर्मी थियो। सरिसल्ला गाउ पुग्न लाग्दा सल्लाका बाग्लो जंगल भेटिन थाल्यो। दाहिने छेउमा कर्णाली नदी धमिलो रंग लिएर हल्ला गर्दै बग्दै थियो।

लोतीखोला र कर्णाली नदीको संगम स्थल रहेछ सरिसल्ला गाउ। सानो ठाउ भए पनि रमाईलो ठाउ रहेछ। खोज भएकाले गर्मी भने थियो। ब्यापारिक केन्द्र रहेछ। छाप्रे लाईन होटल रहेछ। खच्चरको धुँवानी परिवर्तन गर्ने स्थल  रहेछ सरिसल्ला।  हल्का थकान र भोक लागेको थियो। साहुजीलाई खाना पकाउन लगायौ। साहुजीले आफ्नी बहिनीलाई खाना पकाउ भने। ११ बजे पुग्यौ सरिसल्ला । कोदालो गैती र झम्पलले सडक निर्माण गर्नका लागि खन्दै गरेको देखिन्थे। देउली जाने बाटो पहिरोले लगेको छ तर फिक्कर लिनु पर्दैन् डोरीमा झुण्डिएर जान सकिन्छ पहिरो गएको ठाउलाई देखाउदै साहुजीले भने।  बिशाल भान्जा र किशोर सर बेञ्चमा आराम गर्न थाल्नु भयो। म भने वरिपरि घुम्न थाले। खाना नपाकुञ्जेल सम्म। लोतीखोला संगलो थियो। खाना खायौ। खाना स्वाँदिष्ठ थियो।  खाना खाएको 1150 रुपियाँ तिर 1300Hrs बाटो लाग्यौ। 
जमुना बहिनी देउलीमा जेटिए पहिलो बर्षमा अध्ययनरत रहिछिन्। बिदा भएकाले दाईको होटलमा सघाउन आएकी रहेछिन्। काम गर्ने क्रममा लडेर दाहिने हातमा घाउ भएको रहेछ। रगत बग्थे पानीले पखाल्थे। यो देखेर हामीले बोकेका ‌ओखती  र हेण्डी प्लास्टर लगाई दियौ। स्वास्थ्य चौकीमा कुनै ओखती नभएको गुनासा पोखिन्। उहाँको कुरा सुनेर हाम्रो मन भारी भएर आएको थियो। 

सरिसल्ला बाट हिड्ने बित्तिक्कै पहिरोले लगेको बाटो देखेर अचम्मित भयौ । कसरी पार गर्ने। सडक खन्नेले पहिरो भत्केको खण्डमा सडक बनाउन लागेका रहेछ। कामदारले टागेको डोरीमा झुण्डिदै र कामदारले हामीलाई सहयोग गर्यौ। जोखिम थियो । केहि भईहाल्यो भने उर्लेको भेल लोती खोला मा सिधै झ्वाँम्मै। ढुक ढुक हुँदै पार गर्यौ । एक घण्टा उक्लिए पछि फेरि आङ्नै सिरिङ्ग हुने अक्कर को बाटोमा हिड्यौ। मुटु बलियो बनाउदै । तारेभिर र अक्कर पार गर्न हामीलाई २०मिनेट लाग्यो।

पिपल्याङ गाउ आईपुग्यौ। आँखाले हेरि भ्याउने खालको रहर लाग्दो र रमाईलो टार रहेछ। बिचमा बस्ति वरिपरि खेती।मकै गजबले फल्दो रहेछ। एउटै बोटमा ३ घोका मकै फलेको देख्यौ।  पुछारमा लोतीखोला,पारी देवकोटा बडा,पोखरा र सिरानमा देउली साथै चुच्चा थुम्काले आकास संग अंगालो मारेको जस्तै दृष्य पिपल्याङ गाउ बाट हेर्दा प्राकृतिक सौन्दर्यको आकृति बबाल देखिदो रहेछ। प्रहरी चौकी पनि रहेछ। देउली सिधै पारी देखिएकाले पिपल्याङ बस्ने योजना बनाएनौ। देउली हाकिने आँट कस्यौ। 

लोतीखोलाको झोलुङ्गे पुल तर्यौ। नाक ठोकिएला झै उकालो शुरु भयो। पसिना र हिड्ने गति कम भयो। थाकेर लास्टै लोथ  भयौ। पिपल्याङ बाट  हेर्दा सजिलै पुगिएला ठानेका थियौ तर के हुनु बाफ्रे एकदमै लास्टै उकालो रहेछ । थकान मार्दै पसिनाले लुथ्रुक भिजेको कमिज निकालेर पसिना नचोर्यौ। पानी नबोकेको भए । ढलिने रहेछ भन्दै पानी पियौ। पेट खाली भैसकेको थियो। बोकेका चकलेट र पानी खायौ।  तागत ह्वतै बढ्यो।

हुम्ली सैलीमा बनेको देबकोटा बडा बस्ति राम्रो लाग्यो। बाग्लो बस्ति भए पनि मान्छेहरु देखेनौ। सिधै माथी पोखर भन्ने गाउ रहेछ। पानी प्रस्तत भएकाले धान खेतीले बारीको कान्लाको सोभा देखिएको थियो। सिधै माथी देउली नजिकै देखिदै थियो । गोधुली साँझ हुनलाई तरखर मा थियो। वतावरण चिसो थियो।  स्यालले आफ्नो भाकाहरु फेर्दै कराउदै गरेको सुनिन्थ्यो। हिड्दै गर्दा झ्याँप्पै अध्यारोको हुलले बाटो छेक्न थाल्यो। हेड लाईट बाल्दै देउली पुग्न नाकै ठोकिने उकालो बाटोमा चुपचाप हिड्न थाल्यौ। ठुलो आवाजमा माईकमा गण्डकी अञ्चलको भेक तिर गाईने लोक गीतका भाखाहरु चर्को सुनिन्थ्यो।  

ठ्याँक्कै साँझको 2020Hrs देउली पुग्यौ। सिमसिम पानी पर्न थाल्यो। डाँडा भएकाले चिसो सिरेटो थियो।कोठामा टेण्ट लगाउदै थियौ । अर्को कोठामा  खाली चेकमा कसरी सहि गरि बजेट हाम्म गर्ने योजना सुन्दै थियौ। एक जना स्थानिय रक्सी पिउदै थिए। हामीलाई देखे पछि पाहुनालाई किन यसरी सत्कार गर्छौ मलाई किन गर्दैनौ भन्दै निहु खोज्दै साहुजीलाई भन्दै थिए। बढ्ता नबोल गईहाल नत्र तलाई थप्पड लगाई दिनु भने पछि गुनगुन गर्दै लागे। कम स्रोत र सुविधा भए पनि।साहुजीले हामीलाई सत्कार गर्नु भएको थियो। 
चिया पिउदै गर्दा लोकल भाले देख्यौ। मोतीलाल भाईलाई ठिकठाक बनाउन लगायौ। गीत बज्दै छ त माईकमा भनेर सोध्यौ। यता गीत बजाउने चलन छ साहुनीले भनिन्। प्रायः 1600Hrs बाँस बस्थ्यौ। ढिला बास र साँझको खाना 2145Hrs खाँदै छौ भनि हल्का ठठ्ठा गर्यौ।  2215Hrs शुभरात्री भनेको केहि मिनेटमै कुम्भकर्णको साथी भएछौ मिलिक्कै।
थकान मेटाउदै मोतीलाल बोहोर भाई र किशोर सर । हुम्लाको सरिसल्ला गाउमा
जमुना बहिनी अचार बनाउनु हुँदै
पिपल्याङ गाउका नानीहरु स्कूल बिदा भएकाले सरिसल्ला गाउमा मही र दुघ लिएर झरेका रहेछन्।




सरीसल्ला गाउ
रेडबुल पिउदै थकान भुलाउदै बिशाल भान्जा र किशोर सर । हुम्लाको सरिसल्ला गाउमा
दाँया बाट लोतीखोला र बाँया बाट कर्णाली नदीको संगम स्थला
सरिसल्ला गाउमा भान्जा बिशाल थकित मुडमा।
पिपल्याङ गाउ पुग्नै लाग्दा पारी देखिएको देबकोटा बडा र देउली गाउको मनोरम दृष्यमा एक झ्याँप फोटो खिच्दै
बिशाल भान्जा र  किशोर सर  थकित भएता पनि रमाउनु हुँदै ।
पिपल्याङ बाट नियाल्दा चारै तिर देखिने  सौन्दर्यको नाटक वाँह वाँह 

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...