Day-6
The Great Himalaya Trail
यालबाङ -- तुमकोट( हुम्ला)
18 July 2016
मुशलधारे पानीले जस्ताको पाता थर्केर। निन्द्रा बिथोल्न खोज्थ्यो बेला बखतमा। राती
धेरै पानी पर्यो ।आकासमा पानी रित्यो होला । चारै तिर झलमल्ल घाम लागेको होला भन्दै 0730hHrs उठ्यौ । के को हुनु आकास ठुस्केर बसेको रहेछ।
पानी झर्ला झै अवस्था रहेछ।
0800Hrs टक्क पिरो घनियाँको अचार चोप्दै उसिनेको तात तातो आँलु खायौ। अडिलो खाजा खायौ अव सजिलै गेरुङ्पानी मा खाना खान पुगिन्छ भन्दै 2335 रुपैया तिर 0900Hrs
बाटो लाग्यौ। गुम्बाको प्राङ्गनमा भलिबल खेल्दै गरेको देख्यौ। होस्टेल
बाट छत्र छात्रा स्कूल जादै गरेको ग्रुप ग्रुपमा भेट्यौ बाटामा।
1000Hrs
याङ्कार बस्तिमा पुग्यौ। भोटे चिया पियौ। बस्तिमा पुरुष चाईनाको
ताक्लाकोट ब्यापार वा काम गर्न गएकाले गाउमा महिलाहरु बारीमा काम गरिरहेका
देखिन्थे। 1100Hrs याङकार बाट उकालो ओरालो र धुम्ती भएको बाटोमा चनाखो भई हिड्यौ। ठेस लाग्यो
भने सिधै कर्णाली उर्लेको भेलमा।थाकेर
लम्फु साथै पेटमा मुसा दगुरि सकेको थियो । खाना पकाउन समय लाग्ने भएकाले चिया र
वाई वाई खायौ गेरुङ्पानीमा।
साहुजी भाई आधा
बैषे थिए। गजबको कुराकानी गरे हामी संग। यहाँ दुःख गरेर पैसा कमाईन्छ चाईनाको
ताक्लाकोटमा गईन्छ । डिस्कोका नाचिन्छ। राम्री चाईनीज केटीहरुले बियर ग्लाँसमा हालि दिन्छन्।कमाएको पैसा बर्वाद हजुर। यस्तै छ जीन्दगी हाँस्दै भने। तपाईहरु आरामले तुमकोट पुग्नु हुन्छ। राम्रो खाना खानु हुन्छ
भने कमल बुढाकोमा । तरुनी हेर्नु हुन्छ भने रेखा थापाको होटलमा। हुन्छ भाई हामी
रेखा थापाको हैन कमल बुढाको मा बस्छौ भन्दै 1500 तिरि
1430Hrs बाटो लाग्यौ। पहिलो पटक जिर्ण अवस्थाको
कर्णाली नदी को झोलुङ्गे पुल तर्यौ।
सैपाल हिमालको
काखमा अवस्थित मुचु गाउ देख्दा हर्षित भयौ। ऊवाको खेतीले कान्लाहरु हरियाली। बारीको
कान्ला र गल्लीमा चुली पाकेर पहेलै भएको देख्यौ। चुली फल पहिलो पटक हामीले चाख्यौ। चुली फल हो सागर भाईले हामीलाई बताए। प्रहरी पोष्ट रहेछ मुचुमा । तुमकोट बजार 1730Hrs कमल
बुढाको होटलमा बास बस्यौ। रेखा थापाको होटल पनि हेर्न गयौ। कमल बुढा पाटन क्याम्पस
बिए अध्ययन गरे पछि हुम्ला फर्केका। बिवाह गरेका । सिमिकोटमा श्रीमती र बच्चालाई
पढाउदै गरेका रहेछ। उनी सेडा गाउ निवासी रहेछ।
तुमकोट ६ महिनाको अस्थाई ब्यापर गर्ने स्थल रहेछ। हिल्सा तुम्कोट
पक्की बाटो भएकाले चाईनाको सरसमान सजिलै बिना नंम्बर भएको कवाडी चाईनिज चिप र
ट्रिपरले यात्रु र समानहरु ल्याउने रहेछ।बाजुरा बझाङ र हुम्लाका भेडा च्याँङ चराउदै यहा सम्म ल्याउदा
रहेछ। 10 देखि 12 केजी सम्म खसी र
भेडालाई चामल वा अन्य चिज बोकाईदो रहेछ। खसी च्याँङ्ग्रा बेच्ने र चाईनिज बियर
लडाउने गर्दा रहेछ भेडी गोठालेहरु । मातेर
लठ्ठ भएर बसेको देख्यौ। साँझको खान ठिक्कै थियो। कमल बुढाको ठुलो टेण्ट रहेछ। आगन्तुक सुत्ने। त्यस
भित्र सुत्दै आज हाम्रो यालबाङ देखि तुमकोट सम्मको यात्रामा सबै भन्दा मज्जा
रमाईलो लागेको मुचु गाउ र तुमकोट बजार रह्यो भन्दै बिशाल भान्जाले बनाउनु भएको आधुनिक गीत सुन्दै सुत्न लाग्यौ।
याङ्कार उवा वारी पुछारमा कर्णाली नदी
यालबाङ बाट एक घण्टा हिडे पछि पुरानो शैलीमा निर्मीत लामा समुदायको बस्ति याङ्गार गाऊ
तुमकोट बजार सैपाल हिमालको फेदी । यहा देखिएको दाउरा हिल्सा हुँदै चाईनाको ताक्लाकोट जाने रहेछ।
हिल्सा सिमिकोट सडक खण्डको कर्णाली नदी माथि अधकल्चो पक्की पुल । धेरै बर्ष भईसकेको यस पुल कहिले निर्माण हुन्छ अन्यौल छ भन्थे स्थानिय तुमकोट निवासी ।
कर्णाली नदी पहडको भित्र बाट फुत्त निस्केको छ।
तुमकोट बजार
सैपाल हिमालको हिँउ पग्लेर बनेको तुमकोट खोला
कर्णाली नदी तुमकोट
तुमकोट
भेडी गोठालाहरको अस्थाई टम्बु।
तुमकोट बजार
भेडा च्याँङग्रा र खसी चरन क्षेत्र भएकाले लर्को लागेर जादै । तुमकोट।







No comments:
Post a Comment