Great Himalaya Trail
Day-2(13 July 2016) Nepalgungja
१३जुलाई २०१६ असार २९ गते
नेपालगंञ्ज
असारे महिना भए पनि चारै तिर आकास
खुलेको थियो। फाटफुट आकासमा सेतो कुहिरो उड्दै गरेको देखिन्थे। नेपालगंञ्जको
गर्मीको रापले भने हामीलाई मुसार्दै थिए।
भारतको भूमि रुपिडिया बजार । रेल्वे स्टेसन अगाडि ३ भाईको जोस। टुकटुक रिजर्भ गरि भारतको रुपिडिया बजार र नेपालगंञ्जको चोकचोक चहारेका थियौ। किशोर सर चालक बन्नु हुँदै । भान्जा र म यात्रु।
FaceBook Live
नेपालगंञ्जको प्रख्यात र आगन्तुको घुईचो भएको
होटल सिदार्थमा ९ बजे बिहान रिसेप्सनमा पुग्यौ । अनिदो र गाडीको घङघङ्ती बाट फ्रेस हुनका लागि
नुहायौ। स्वाँदिष्ठ नेपाली खानाका परिकार खाए पछि ३ जना लाठे युवक Air Con चिसो
बनाई १२बजे देखि ४ बजे सम्म कुम्भकर्ण भयौ। होटलको झ्यालबाट नियाल्दा चारै तिर हरिया
धानबारीका फाँट क्षितिज सम्मै देखिन्थे। बिच बिचमा उम्रिन नजाेको च्याँउ झै घरहरु। नेपालगंञ्जमा रिक्सा बिस्थापित भईसकेछ। टुकटुक बहान लिई । हामी ५बजे नेपाल भारत सिमान रुपिडिया बजार नियाल्न लाग्यौ ।
१हजारमा टुकटुक रिजर्भ गरि। रुपिडिया बजार
सुन्दा रमाईलो होला ठानेका थियौ तर भुत्रोहुनु राम्रो । नमिलेको बस्ति । फोहोर पनि
उत्तिकै। टुकटुक चालक भाईले रुपिडिया बजारको गल्लि गल्लि र चोक चोकमा घुमाए । भारु पैसा चाहिन्छ भन्दै
टुकटुक छेउ तिर आउथे दले भाईहरु । चालक भाईले बडो जोसले हकार्थे साला पैसा चाहिदै तेरो । दाईहरु घुम्न आएको भन्थे ।
हामी मुसुमुस हाँस्दै बस्थ्यौ। नजिक बाट रुपिडिया बजारले मोहनी लगाउन सकेन हामीलाई
। युवा जोस भएका ति भाई अविवाहित रहेछ तर अन्तरजातिय गल्फ्रेड भएकाले अर्को साल
भगाएर भारत जाने योजना सुनाए। भारतीय
सिमाबल सैनिक र प्रहरी बाटा छेउमा उभि बस्या देखिन्थे। भारतीय सिमा सैनिकले मेरो
झोला जाँच गर्यो। नेपाली रुपैयाँको बिटा देखेर सोध्यो । हामी घुम्न निस्केका
त्यसका लागि हो । यो रकम हामीले भन्यौ। सिद्धार्थ कटेजमा हामी३भाई लुस्क्कै पस्यौ । खसीको भुटुन खायौ। म र बिशाल भान्जाले चाख्यौ तर मिठो लागेन। नेपालगंञ्जको सुर्खेत रोडको मिनिमार्टमा
५हजार २ सयको किन्यौ यात्राका लागि चाहिने आवश्यक समानहरु । होटल सिद्धार्थमा साँझको ७तिस बजे फर्कयौ। भोलि सिमिकोट पुग्ने मिठो सपना का साथ गफगाफ Wi Fi चलाउदै बस्यौ। Air Con को चिसो वतावरणले भरिएको कोठामा सिरक भित्र लुटुपुटु हुँदै शुभरात्री बाँड्दै सुत्यौ।
होटल सिद्धार्थको ४ तलाबाट नेपालगंञ्जको दृष्य नियाल्ने क्रममा ।
FACEBOOK Live .Great Himalaya Trail
डाक्टर चित्रकारको साथमा सिद्धार्थ होटलको रिसेप्सनमा अचानक भेटघाट हुँदा ।
होटल सिद्धार्थको खान्कीमा रमाउनु हुँदै किशोर सर । भान्जा बिशाल पछाडी आउनु हुँदै
भारतको रुपिडिया बजार । कस्तो न होला भनेर घुम्न गएका थियौ। कुनै दिन फेरि नेपालगंञ्ज पुग्यौ भने रुपिडिया बजार चाहि गईदैन् ।
भोलि १४ जुलाई २०१६ ग्रेट हिमालय ट्रेलको लागि अन्तिम रात होटल सिद्धार्थमा । उत्सुक्ताको साथ किशोर र म पाखाली भ्याकुर ।






No comments:
Post a Comment