पानी पार्ने कुहिरोको जत्थाले सूर्यको उषालाई धकेल्दै हाईराईज भवनको
धुरीमा देखाउदै र लुकाउदै गरेको देखिदै थियो। कपल
रनको लागि मौसमले साथ दियो। संगीतको साथमा स्ट्रेचिङ गर्दा रमाईलो माहोल
थियो। 1730Hrs कपल रन प्रतियोगिताको हर्न बजि हाल्यो।
सबै आफ्ना श्रीमतीको साथ रमाईलो गर्दै दगुर्न थाल्यौ। सबैको उत्साह र उमंग देखिएको थियो रनिङ गर्दा। तालि बजिरहेको सुनिन्थ्यो। बार्दली र सडकको पेटिकामा सपोर्टरहरुको हुटिङ्ले वतावरणमा थप आकर्षण थपेको देखिन्थ्यो। रन समाप्त भए पछि आफ्ना कपल संग बिभिन्न आसनबाट कुलिङ डाउन गर्दा सबै रोमाञ्चित मुन्द्रामा देखिन्थे। बिजेता कपललाई पुरस्कार दिदा घाम पुरै बिदा भईसकेको थियो। चिसो वतावरणको हुल उपस्थित भईसकेको थियो। चिया कफीको पनि ब्यबस्था भएकाले आफ्ना अर्धाङ्गीनी संग मन्दिरको प्राङ्गनमा गफगर्दै चिया कफी पिउदै गर्दाका दृष्य रहर लाग्दो देखिन्थ्यो।
गजब भयो आजको कपल रन प्रतियोगिता सहभागिता हुँदा। हुँर्रे

No comments:
Post a Comment