२० अगष्ट २००७
कसरी भनु ?
कुमार धनकुटे
भित्र कटुपन बोकेर बाहिर
दाता देखाउनेलाई
बिना अपराध
निर्धाहरुलाई ब्यर्थै घोडा टेकाउनेलाई
महापुरुष भनि
कसरी भनु,आफु हासेर अरु रुवाउनेलाई
कसरी सम्बोधन
गरु म दुनिया रोएको नदेख्नेलाई
आम अनुरोधको
बेवाश्ता गरी दुई शब्द पनि नलेख्नेलाई
कसरी म प्रशंसा
गरौ जीवन र जगत नबुझ्नेलाई ।।
काम ठग्न पल्केको हरेक
बहाना बनाउनेलाई
महंगै अत्तर
हाले पनि देख्दै छबी गनाउनेलाई
मान्छे भनि
कसरी भनु,कुकुर ब्यहोरा देखाउनेलाई ।।।
आफ्नोलाई अमृत खुवाई,पराइलाई बिष खुवाउनेलाई
अंङैगको भैशी
नदेखेर अर्काको जुम्रा चियाउनेलाई
सज्जन भनि कसरी
भनु,हरेक सत्तकर्म बिठ्याउनेलाई ।।।
कंयौ जीवनको पसीनामा एक्लै बिजयउत्सब मनाउनेलाई
फगत झुटो
आश्वासनमा सारा दुनिया झुलाउनेलाई
असल भनि कसरी
भनु,कालोलाई सेतो भनाउनेलाई ।।।
०९ अप्रिल २००८
मकुण्डो
कुमार धनकुटे ,
सिंगापुर
एउटा मकुण्डो सेतो देखे, अर्को मकुण्डो
कालो देखे
हेर्दा हेर्दे रंग बदलियो, कालो सेतो भो, सेतो
कालो भो
धेरै थरिको धेरै मकुण्डो सक्कली हो कि नक्कली हो
बाहिर हेर्दा त सेतै देख्छु भित्र के छ चिन्न
गाह्रो भो ।
अस्ति सेतो देखेको मकुण्डो आज कालो देख्न थाले
जे देख्छस् त्यो हुँदैन भन्नुहुन्थो सानै छदा
मेरो बाले
छेपारोको रंग बदलिए झैं रुप बदलिने धेरै मकुण्डो
पाएदेखी खेल्ने थिए नौटकीं मकुण्डोको मैले
भकुण्डो ।।
एउटा मकुण्डोले अर्को मकुण्डोलाई आफ्नो बिरनो
भन्दो रैछ
आफ्नो लाई सेतो चस्मा,
पराइलाई कालो दिदो रैछ
गोरो-कालो रंगी बिरंगी,
परिमार्जन गर्न मिल्ने
मकुण्डो
हितैषिलाई सुरक्षा दिने, पराइलाई खेल्छ
यसले
भकुण्डो ।।।
मकुण्डोको विभीधतामा अचम्मिएको म पनि त एउटा
मकुण्डो
दुराचार को परिधिलाई रोक्न लागि परेको मकुण्डो
कती खेल्छौ आजै खेल तिमीहरुले मेरो भकुण्डो
भोली कस्ले देखेको छ र्, तिमी भकुण्डो
अनी म
मकुण्डो ।।।।
(अनलाईन विश्व वेभक्याम कविता प्रतियोगितामा वाचन
गरिएको कविता हो
११अप्रिल २००८
कसरी भनु ?
कुमार धनकुटे सिंगापुर
भित्र कटुपन बोकेर बहिर दाँत देखाउनेलाई
बिना अपराध निर्धाहरुलाई ब्यर्थै घोडा टेकाउनेलाई
महापुरुष भनी कसरी भनु आफू हासेर अरु रुवाउनेलाई
।
कसरी सम्बोधन गरु म दुनियाँ रोएको नदेख्नेलाई
आम अनुरोधको बेवाश्ता गरी दुई शब्द पनि
नलेख्नेलाई
कसरी म प्रशंसा गरु जीवन र जगत नबुझनेलाई ।।
काम ठग्न पल्केको हरेक बहना बनाउनेलाई
महंगै अत्तर हाले पनि देख्दै छबी गनाउनेलाई
मान्छे भनी कसरी भनु म,कुकुर को ब्यहोरा
देखाउनेलाई ।।।
आफ्नोलाई अंमत खुवाइ,पराइलाई बिष खुवाउनेलाई
आफ्नै आङँको भैसी नदेखेर अर्काको जुम्रा
चियाउनेलाई
सज्जन भनी कसरी भनु,हरेक सत्कर्म बिठ्याउनेलाई
।।।।
कयौं जीवन को पसीनामा एक्लै विजय उत्सव मनाउनेलाई
फगत झुटो आश्वासनमा सारा दुनियाँ झुलाउनेलाई
असल भनी कसरी भनु,कालोलाई सेतो भनाउनेलाई ।।।।।
गुलामी अभिमन
कुमार,सिंगापुर
कत्रो ठुलो गौरब तिम्रो अर्काले दिएको खान पाउदा
कति घिन्लाग्दो अभिमन तिम्रो, फरियाको
साइनोले
मन्त्री पाउदा ।
फगत कति थकित तिमी हरेक दिन गुलामी मन्त्रालय
धाउदा
कती साह्रो थर्कामन तिमी, अन्जान
ब्यक्ती छेउ
आउदा।।
आफ्नो कर्तब्य नबुझी हुकुम दिन्छौ, माथिको मान्छे
छेउ देख्दा
थर् थर् गरी हात कपाउछौ भलाइको लागि एउटा निबेदन
लेख्दा ।
जतिबेला पनि चिया रुच्ने कस्तो अनौठो तिम्रो
बानी।
शायद फोकटको भएर होला यसले कहिल्यै हानी ।।
आफ्नोले टेम्पो कुदाउदा पनि, प्लेन उडायो
भनि
दिन्छौ
अर्काले हेली उडाउदा पनि, बस पल्टयो भनि
भन्छौ।
अर्काको भागको चोक्टा पनि रोइ कराई गरी आँफै
खान्छौ
त्यसैले हिजो आज तिमी गुलामी मन्त्रालय निरन्तर
धाउछौ।।
१८ अप्रिल २००८
शहिद तिम्रो बलिदानले
कुमार (२०२२४)
तिम्रो मृत्युमा म रोईन, बरु मैले गर्ब
गरे ।
देशको लागि मर्न सकिन कातँर भएको महशुस गरे।।
सलाम गर्न सकिन मैले मुखले राष्ट्र बनाउनेलाई ।
मान्छे भन्न चाहन्न म खोक्रो दुनियाँ सजाउनेलाई
।।
तिम्रो जीवनको बलिदानले अश्रुदाग सुकेकाछन् ।
हेर ! मानवरुपी दैत्यहरु तिम्रो सामु झुकेका छन्
।।
हासो खुशी छाएको छ,
नब बषन्त आएको छ ।
तिम्रो बलिदानले शहिद नयाँ बिहाँनी ल्याएको छ ।।
२४ अप्रिल २००८
अलराम
कुमार धनकुटे
हरेक रात सपनीमा तिमी आउने गर्छौ ।
बिक्ष्यप्त आनन्दका आभाष ल्याउने गर्छौ ।।
बिपनीमा तिम्रो बाटो कुर्दा-कुर्दा थाके ।
तिमी भनी मरी मेट्ने म एउटा पाखे ।।
हताश भई यो छाती धेरै हरेश खायो ।
तिम्रो याद्ले बार-बार कल्पित बषन्त ल्यायो ।।
हिजो पनि तिमीलाई सपनी देखें ।
अप्सरा झैं मुहारको एउटा गीत लेखे ।।
बाचेँ सँगै ,
हासे सँगै, मरे तिमी सँगै
।
दुई मुटु एक पारी पर्दै थिए दङै ।।
सखारमै अलराम बज्यो स्वोप्न भयो भङै ।
सखारमै अलराम बज्यो स्वोप्न भयो भङै ।
No comments:
Post a Comment