Total Pageviews

Sunday, May 15, 2016

१३ फेब्रवरी २००८
यहाँ थुप्रै छन्
एम. के.१४०६८ धराने

यहाँ बाघको दुध पीएर
मान्छे नपिटेको धेरै भएकोछ भन्नेहरु पनि थुप्रै
छ्न

यहाँ झ्याप भएको झोंक्मा
अर्काको च्यापु ताक्दा अनुहार सिमेन्ट्मा परेर
आफ्नै बाङंरा गान्नेहरु पनि थुप्रै छन्

यहाँ गर्छु त भन्ने तर पारा नल्याउनेहरु पनि
थुप्रै छन
यहाँ ड्युटी फ्री पिएर बर्षमा एक पटक झ्याप
हुनेहरु पनि थुप्रै छन

अर्काले पैसा तिरेको जांड उंट्ले पानी पिएको
जस्तो पिउने
आफ्नो पाला आउँदा पैसा बोक्न बिर्सेंछु भनेर शकल
गाएब हुनेहरु पनि थुप्रै छन

यहाँ महिनाको पे डे मा तलब थाप्ने
तर ऋणले गर्दा अर्काको निम्ती जागिर गर्नेहरु पनि
थुप्रै छन

यहाँ गोली राम्रो हान्छु, निशानेबाज हुँ भनी भाम
ओबर हुने
तर अर्काको तार्गेट्मा भ्वाङ पार्नेहरु पनि
थुप्रै छन

यहाँ नकुदी नहुने, नखाइ नहुने, नखोकी नहुनेहरु

पनि थुप्रै छन






२४फेब्रवरी २००८
क्या र्‍याक भेजा खराब हुंदा
एम के१४०६८ धराने

बूज पिएर हरिफ पल्टदा
रातको तीन बजे बूज संगै घर फर्कदा
नो म्युजिक बट वाइफको गीत सुन्नु पर्दा

क्या र्‍याक भेजा खराब हुंदा
घरको ढोका मेम साबले चाबी नभेटेकोले बन्दै राख्दा
डो फांक बूजको ट्रिपमा बाहिर उभिनु पर्दा
लाइफ क्या रड्डी लास्ट बोरिङ्ग हुँदा

क्या र्‍याक भेजा खराब हुंदा



No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...