Total Pageviews

Thursday, September 10, 2015

कुटी र मकै बारी

कुटी र मकै बारी 

on August 27, 2010

पौने बाह्र हुनै लागेको थियो। सरसमान किन्नका लागि जुसेङ बजारमा जानै लाग्दा बाटामा दर्कने झरिले गर्दा बाध्य भएर प्रतिक्षालयमा घुस्न करै लाग्यो। साना साना केटाकेटीहरु पाठशाला जानका लागि तिनै प्रतिक्षालयमा बस कुरिरहेका थिए। बैज्ञानिक ढंगबाट निर्मित छाताहरु तथा घुमहरु ओढेर तिनै केटाकेटीहरु पानीमा खेल्दै असाध्य रमाउदै गरेका देखिन्थे। तिनका आमाहरुले बालबच्चाहरुलाई ज्यादै नरम स्वरमा पानीमा खेल्नु हुँदैन् भन्दै थिए। तर कहा मान्नु नी ति बच्चाहरु। दर्कने पानीले छाडेको थिएन् । केहि समयावधि पछि बस पनि खरायोको गतिको रफतारमा आएर प्रतिक्षालयको छेवैमा घच्याक्क गरि ब्रेक लागेकाले पाङ्ग्राहरु अचल भए। नानीहरु रमाउदै बस भित्र उक्लिदै गए। सवै नानीहरुले आफ्ना आमाहरुलाई हात हल्लाउदै बाईबाई गर्दै बसको रफतार पाठशाला को गन्तब्य स्थल तिर लम्के।
पानीको मुस्लो हाईराईज भवनको धुँरिबाट सिमेन्टे सडकमा बज्रिदै उछिट्टिदै गरेका र  बछिट्टाहरु प्रतिक्षालयको काख सम्म आईपुगेका थिए । अविरल बर्षाले मलाई भदौरे महिनाको सम्झना  दिलायो।
थुम्काको अग्लो स्थान चुनी कुटि निर्माण गरि थोत्रे मट्टितेलको खाली ट्यांका ठटाउदै बर्षे बिदामा मकैको घोगा स्याँलहरुले रजाई नगरोस भन्दै ठुलो ठुलो आवाज निकाल्दै र त्यहि ट्यांका ठटाउदै बस्थे। भुईकुहिरोले वारिपारि माथितल तथा थुम्कै ड्याम्मै हुने गरि घुम ओढिराख्थे। मकैको पातमा सिमसिम पानीले बजार्दा मकै घारी भित्रै  बिनायो बाजाले निकालेको आवाजको अनुभूति हुन्थे। कहिले काहित उराठ लागेर आउथ्यो । तर के गर्ने त्यो मेरो बाध्यता थियो । पारि तिर स्याँल र बाँदरले मकै बिठ्याई नगरोस भनेर वारी बाट म मेरो स्वर खासिने पाराले आवाज र ठुलो ठुलो आवाज निस्कने गरि  ट्यांका थोक्थे। बर्षे बिदामा मकै घारीमानै बित्थे प्राय जसो मेरो समय । ९ र १० कक्षामा अध्ययन गर्ने दाईहरु खकन र टोक्मा लिदै साहुको भारि बोक्ने जान्थे मधेर तिर  । साँझमा किराको एकोहोर किरिकिरीरी आवाज भुईकुहिरले ड्याम्म त्यसैमा रमाउदै निस्कन्थे एक हुल जुनकिरीको समुह।  बर्षे बिदामा भारि बोकेर आर्जन गरेका रुपैयाँ बर्ष भरिको लागि बिधालयको शुल्क तिर्नका लागि जम्म पार्थे लाडे दाजुहरु ।  
अघि भर्खरै ति बालबच्चाहरुलाई सम्झे । साह्रै भाग्यमानी ति बालबच्चाहरु ! भन्दै मनमनै गुनगुनाए। वाह वाह क्याँ भाग्यमानी ति नानीहरु सुविधा युक्त गाडिमा गुणस्तरिय शिक्षा हासिलका लागि बिश्वकै नामी पाठशाला तथा पुस्तकालयमा अध्ययन गर्न पाउनु ति केटाकेटीहरु साह्रै नै भाग्यमानी भन्दै भुसभुसे पानीलाई अटेर गर्दै म पनि किनमेलका लागि बजार तिर मेरा पाईला लाई अघि बढाए।


No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...