हाम्रो गाडिको रफतार कछुवाको दगुराईमा थियो। हामी सवै थकित थियौ। कारण गोलिबारुद पडकाएर। गोलिबारुद पड्काउदा साँच्चिकै थकित हुन्छ। मष्तिष्क देखि फिजिकल सवैलाई टाठो बनाउनु पर्ने हुन्छ। सूर्यको किरण क्षितपारि बिस्तारै लुक्दै जादै थियो। पासिरलाबा क्यामको वरिपरि राम्रीराम्री युवतीहरु लस्करै लागेर क्याम भित्र पस्दै गरेको दृश्य पनि केहि बेर परेलीलाई नझिम्काउदै हेर्दै सवैले त्यता तिर आँखा डुलाउदै थियौ। सायद पासिङ आउट परेड वा कुनै फङसन होला भन्दै हाम्रो थकित शरिरलाई गाडिको घुमाईको पांग्रासित घुमाउदै थियौ। सवैको घरफर्कने क्रमले होला हामीलाई निधार्रित समयमा आईपुग्ने समयमा नपुग्ने अवस्थामा थियौ। चार लाईन भएको सडकमा पुरै बर्षे दिनको झरिमा कमिलाहरु लस्करै हिडेको पाराले आँखाले भ्याए सम्म दृश्य देख्दा दिक्क लाग्दै एक मित्रले मलाई सुन्न मन नलाग्दै भन्दै थिए। हाम्रो देशमा रोड सानो भएकाले जाम यहाँ गाडि धेरै भएर जाम । म हाँस्न मन नलाग्दै जब्वर जस्ति हाँसो निकाले। संयमित ढंगले चालकले आफ्नो आफ्नो लेनमा गाडिलाई हाकिरहेका थिए। कुनै किसिमको हर्नको आवाज सुनिदैन थियो। लेन परिवर्तन गर्न परे पनि बत्तिको संकेतले परिवर्त गर्दै गरेका देखिन्थे। बाटावरि परि भएका डिजिटल प्रविधिमा अक्षरहरुले अगाडि ट्राफिक जाम छ कृपया बिस्तार गाडि हाँक्नु भन्ने संकेतहरु ठाँउ ठाँउमा डिस्प्ले भएका देखिन्थे। चार लेन भएको सडकको दृश्यमा लहरै गाडिहरु आफ्नै रफतारमा अगाडि बढ्दाको रमाईलो थियो। तर ज्यान सवैको थकित भएर होला कति बेला घर आईपुगेला भनेर सिटमानै झुल्न थालेका थिए।
No comments:
Post a Comment