मेरो गन्तब्य पङगोल थियो। ६२नं बस लिई यात्रा गर्दै थिए। बस भित्र समय कटाउन सजिलो होस भनेर होला मिस्टर बिनको हासाउने प्रस्तुति आईरहेको थियो। मैले पनि त्यसको स्वाँद लिदै पङगोल बस ईन्टरचेन्ज सम्म अन्तरमनबाट मुस्कुराउदै ओर्लिए। वातावरण एकदमै आनन्द खालको थियो । सधाझै गरम र छिट छिट पसिना निकाल्ने थिएन्। लाकुरी भन्ज्याङमा परेको सिमसिमे पानीझै लाग्ने वातावरण थियो। यानेकी त्यहाँ पुग्दा सिमसिमे पानीले म लगाएत त्यहा घुम्न वा आफ्नो काम बिशेष गएकालाई केहि समय भए पनि अलमालाएर ठुलो चिउरिको फेदमा ओत लागे झै लाग्ने बैज्ञानिक ढंगले निर्मित बस ईन्टरचेन्ज टरमिनलको छातामुनि आरामदायी ढंगले ओत लागिरहेका थिए। म पनि केहि बेर त्यहि संजाल भित्र रमाउदै बसे। गाडिहरु आफ्नो आफ्नो लेनमा पार्क गर्नमा अटसमटस कनिदै ठुलो ठुलो आवाज निकाल्दै थिए। यात्रुहरु ओर्लन र पालो कुरेर चढ्नमा ब्यस्त पनि देखिन्थे। डिजीटल प्रविधिको मनिटर भित्तामा लप्कै लाजले टाँसिझै टाँसिएर बस छुट्ने समय निरधारण गर्नमा आतुर देखिन्थे। उसलाई काउकुति लागेर होला नंम्वरहरु देखाउदै लुकाउदै गर्दै गरेको देखिन्थे। त्यहाँ देखिएका बस नंम्वरहरु पनि आफ्नो समय भए पछि ४पांग्रा बटार्दै आफ्नो आफ्नो गन्तब्य तिर सोझिदै थिए।
सिमसिमे पानी बिसेक भए पछि म पङगोल पुस्तकालय भित्र छिरे। मेरो लागि पहिलो पल्टक थियो त्यहाँको पुस्तकालय। भुई देखि टुप्पै सम्म दोकान नै दोकान रहेछ। ग्राहाकहरु समान किन्न म्याकडोनाल्ड खानामा भिडामभिड देखिन्थे सायद आज रविवारको दिन भएर होला। पुस्तकालय कस्तो रमाईलो आनन्द सुनसान माहोल सवै अध्ययन गर्ने ब्याक्तिहरु पुस्तक अध्ययन गर्नमा ब्यस्त देखिन्थे त कोहि पुस्तक रेगमा किताहरु खोज्नमा ब्यस्त देखिन्थे। पुस्तकालयको त्यो माहोल देखेर मलाई बिगतको याद दिलायो। मेरो बाल्यकाल किशोर अवस्थामा यस्ता खालका सुबिधा युक्त पुस्तकालयमा स्तरीय किताव पढ्न पाएको भए म कत्ति रमाउथे होला। तर यस्ता खालको पुस्तकालयको सट्टा सल्लाको सिम्टा झार्न वा सिमलीको सिवलमा बसेर बाख्रा चराउनमा ब्यस्त हुन्थे। के को पुस्तक पढ्ने किताव आफ्नो पाठ्यक्रम भन्दा अलावा अरु पुस्तक पढ्न नै नपाईने। त्यस्तो क्षण अहिले सम्झदा पनि बिरसिलो लाग्छ। हाम्रो देशको सरकारी क्षेत्रको शिक्षा प्रणाली देख्दा ।
बास्तवमा मलाई पुस्तकालयको ज्ञान कक्षा ९ मा पुग्दा बल्ल पाठ्यक्रममा अध्ययन गर्दा थाहा भएको थियो। तर पुस्तकालय भित्र कस्ता किसिमको पुस्तकहरु हुन्छन र कसरि सजिएर राखेको हुन्छ भन्ने कुरो हाईस्कूल पुरा गरिसके पछि अध्ययनको लागि खकन र टोक्मा लिएर राजधानी छिर्दा पिपल्स क्याम्पसको पुस्तकालयमा छिरेर पछि मात्र थाहा पाईयो। यस्तै यस्तै कुराहरु सम्झदै कितावहरु केहि समय अध्ययन गरे र मोबाईलको घण्टी बजेकाले घर छिटो आईज भन्ने संकेत गरेको जस्तो लागेर पुस्तकालय बाट बाहिरिए।
No comments:
Post a Comment