Total Pageviews

Saturday, May 23, 2020

Upper Dolpa Trek Day-13


High Camp- Bhijer

24May 2019
भिजेर गाउकी राजदुतको गाउमा पुग्दा





















माथिल्लो डोल्पा भिजेर  गाउकी राजदुत टासीबुटी संग। बाँया बाट टासीबुटी लामा ।


0600Hrs उठ्यौ । वाई वाई को सुप र चिया पियौ। ज्यान न्यानो बनायौ। छेवैमा खोला बगेको आवज सुनिन्थ्यो। नाङ्गा पाखा र शिखरमा हिँउको चमक देखिन्थ्यो। शान्त वतावरणमा रमाउदै 0630Hrs ओरालो बाटो पच्छाउदै झर्न थाल्यौ। हिड्दै गर्दा बिदेशीले संञ्चालन गरेको चिज फ्याँक्ट्री भवन सिजन नभएकाले बन्द भएका देख्यौ। खोलापारी गोठमा धुवाँ उडिरहेका देखिन्थे। चौरी र याकहरु पाखामा चर्दै गरेका देखिन्थे। बाटो ‌ओरालो भएकाले थकानको महशुस भएको थिएन्। घामको प्रकास छिप्पि सकेको थियो। भिजेर गाउ आईपुग्नै लाग्दा बाटमा एक किशोरी बहिनी संग भेट भयो। काठमाण्डु बाट एसईईको परिक्षा दिएर गाउमा आएकी रहेछिन्।  दाउरा खोच्न पाखा तिर हिडेकी बताईन् । गफगर्दा फर्सीला तरिकाले बोल्थिन।


वारीपारी नाङ्गा पाखाको बिचमा कञ्चन खोला बगेको थियो। भिजेर गाउको भौगलिक स्वरुप अकल्पनिय ढंगबाट निर्मित रहेछ। आँखाले हेरि भ्याउने टारबारीमा मोहित पार्ने बस्तिको  शौन्दर्य आँखै भरी नृत्य गरि रहको देख्दा हरिभाईलाई  भिजेर गाउ स्वर्गको एक टुक्रा खसेर बसेको जस्तै रहेछ भने। भिजेर गाउ सामुन्द्रिक सतह बाट 3840 मिटरको उचाईमा अवस्थित जीपीएसले देखाउदै थियो। ऊवाँ छर्नका लागि गाउलेहरु गरा कान्ला खन्दै गरेको देखिन्थे। हिड्दै तस्विर र भिडियो खिचे। गाउको सिरानमा पाठशाला भवन रहेछ। स्कूले नानीहरु घाम ताप्दै पढ्दै गरेका देखिन्थे। गाउको पुछारमा बिदेशीको अनुदानमा निर्मित साथै अनुदान बाटै संञ्चालित हस्पिटलमा पुग्दा0830Hrs भएको थियो। 

हरि भाईको चिनारु टासीबुटी बहिनी हस्पिटलको बार्दलीमा चिया पिउदै गरेको देख्यौ। उहाँकै घरमा बस्ने योजना हिजै हरिभाईले मलाई सुनाएका थिए।टासीबुटी बहिनी पिउदै गरेको चियाको कप संगै आगनमा ओर्लिए। अर्की आर्युवेद बहिनी र कुक बहिनी पनि आईन्। भोटे चिया पिउदै प्राङ्गनमा घाम ताप्दै गफ गर्न थाल्यौ। सिजनमा भिजेर गाउका गाउलेहरुको दुःखी रहेका घाउहरुलाई मलन लगाउन आउने र बेसिजनमा काठमाण्डु मा बस्ने बताईन्। भिजेर गाउ र फो गाउमा  परिचित डाक्टर भनेर चिनीने गर्दा रहेछन् टासीबुटी बहिनीलाई। भिजेर गाउमा उनीको नाम त चुलीमानै रहेछिन्। टासीबुटी स्टाफ नर्सको गुणगान मलाई हिजै हरि भाईले बताएको थियो। उहाँको कुरा गर्ने शैली देखि म प्रभावित भईरहेको थिए। नेपाल सरकारको उपस्थित नभए पनि मैले सकेको मेरो जन्मभूमि गाउलाई सकेको सेवा र बिकास गर्नमा लागि रहेने कुरा बडो मृदुभाषी तवरले बताईन मलाई।मनमनै सोचे टासीबुटी बहिनी भिजेर गाउकी मात्रै नभएर माथिल्लो डोल्पाकै राजदुत रहेछिन् । उनीमा जोस जाँगर र उत्साहले भरेको देखिन्थे। 
गफगर्दै गर्दा फो गाउका २ जना महिलाहरु लाई टाउको दुखेको दवाई खाने तरिका सिकाईन्। भोटे भाषामा। यी दुई जना हिजो आएकी हुन्। आज दबाई लिएर फो गाउ फर्कन्छन्।  आउन १ दिन र फर्कन १ दिन लाग्ने कुरा बताईन् टासीबुटी बहिनीले। हरेक शुक्रवारका दिन टासीबुटी बहिनीले स्वस्थ्य सम्बन्धी स्कूलका नानीहरुलाई शिक्षा दिने बताईन्। घडी हेरिन् स्कूल जाने बेला भएछ भन्दै कोठा तिर लागिन्।  मौलिक भोटे भेषभुषामा सजिएर भरै कुरा गरौला भन्दै स्कूल तर्फ गईन् 1145Hrs। खाना खाए पछि सुत्यौ हरि भाई र म। 1400Hrs ब्युँझ्यौ। टासीबुटी बहिनी संग कुराकानी गर्दै भोटे चिया पियौ। घाम सिधै झरिरहेको थियो। हावा हल्का चल्दै थियो। चारै तिर नाङ्गा पठारको बिचको उच्च हिमाली बस्तिमा रोचक वतारण देखिन्थ्यो। 

बिदेशी अनुदान बाट संञ्चालित स्कूलका शिक्षकहरु संग गफगाफ गर्न लाग्यौ 1500Hrs। भिजेर गाउमा नेपाल सरकारको उपस्थिति केहि देखिएन्।बरु घरको घुरीमा फ्रान्सको राष्ट्रिय झण्डा फर्फराई रहेको देखिन्थ्यो। स्कूलमा पुग्दा च्याँङ्ग्राको मासु काटकुट गरिरहेका देख्यौ। हेडमास्टर र अन्य शिक्षकहरु  हरि भाईको गाउतिर भएकाले सजिलै चिनि हाले। परिचय भए पछि चिया पिउदै कुराकानी गर्न थाल्यौ। यार्साको सिजन हुन लागेकाले एक हप्ता पछि स्कूल बिदा हुने कुरा हामीलाई बताए। होस्टेलमा बस्ने केटाकेटीहरुका लागि हरेक १५ दिनमा महिनाको २पटक  च्याँङग्राको मासु काटेर खुवाउनका लागि बिदेशीले अनुदान दिएकाले काटकुट गर्दै गरेको देखाउदै सुनाए हेड सरले। हेड सर र अन्य शिक्षकहरु हरि भाई संग डोल्पा जिल्लाका  राजनितिज्ञ र प्रतिनिधीहरुको आलोचना गरेका कुराहरु सुन्दै बसे म। 1700Hrs स्कूल बाट फर्क्यौ। 
फर्कदा सूर्यको किरण चुचुराहरु बाट पछाडि सर्दै गरेको देखिन्थे। बस्तिको घुरीमा रंगीन थाङ्काहरु फरफराई रहेको देखिन्थे। बस्तिकै छेवैमा कञ्चन पानी बग्दै गरेको आवाज सुनिन्थ्यो। टासीबुटी बहिनीको आगनमा पुग्दा गोधुली साँझको आगन आउनका लागि लोभ्याउने खालको वतावरण उपस्थितिको लागि संकेत देखिदै थियो।
    

हामी घुमन्ते २ जना टासीबुटी बहिनी लगाएत१ जना आर्युबेद बहिनी र १ जना कुक बहिनी लगात जम्मा ५जना मिलेर साँझको थेन्दुक बनाउन लाग्यौ। टासीबुटी बहिनीलाई भिजेर देखि स्टाफ नर्स हुनका लागि गर्नु परेका यात्राहरुको बारेमा जिज्ञासा सोधे। बिदेशी छात्रबृती बाट काठमाण्डुमा पढ्न पाउने अवसर देखि स्टाफ नर्स पास गर्न बिदेशी सहयोग पाएकी बताईन्। सिजनमा भिजेर गाउमा आई बिरामीहरुको सेवा गर्ने र बेसिजनमा काठमाण्डुका अस्पताल साथै अन्य आईएन जीओको गतिबिधीमा ब्यस्त रहने कुरा भनिन्। अब अर्को साल देखि यहि गाउकी एक जना बहिनी स्टाफ नर्स भएकी छिन् । तिनी आउछिन्। म अन्य क्षेत्रमा कार्यमा ब्यस्त रहन्छु। अर्को साल बैवाहिक जीवनमा बाँधिने योजना भएको बताईन्। गफगाफ गर्दै थेन्दुक पनि तयार भयो। संगै बसेर खायौ। थेन्दुको शक्तिले भोलि सजिलै शे गुम्बा पुगिएला भन्दै हरि भाईलाई सुनाए। माथिलो डोल्पा भेगमा थेन्दुको बनाउन शिपालु र मिठो बनाउने आफ्नो परिचय बनाई सकेको रहेछ हरि भाईले। यि बहिनीहरुले पनि हरि भाईको थेन्दुको स्वाँदको तारिफ गरे। ३ जना बहिनीहरु टिभि हेर्न थाले। शुभरात्री भन्दै सुत्न लाग्यो हामी।  





No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...