पाक
शिक्षा भने पछि हुरुक्कै हुने दिदीबहिनीहरु को
जमात हर्षित मुद्रामा देखिन्थे। नेपाली परम्परागत खाना स्वास्थ्यकर र स्वाँदिष्ट
बनाउन आतुरमा देखिन्थे । एक घण्टामा आफूले कवुलेका नेपाली परम्परागत खान्कीका
आवश्यक समाग्रीहरु टेवलमा तयारी हालतमा देखिन्थे। वाहिरको वतावरण गर्मी भएता पनि
भान्सा घर भित्र कृति हावाको सुविधा भएकाले शिशिर याम जस्तै लाग्थ्यो। मेरा
अर्धाङ्गीनी साथै लाईनका दिदीबहिनीहरु पनि नेपाली खान्की बनाउने प्रतियोगीका रुपले
सहभागिता भएकाले फोटोग्राफी र भिडियोग्राफिमा मेरो हल्का रुचि भएकाले निर्धारित
समय भन्दा ३०मिनेट अगाडि पुगेका थिए। घडि हेर्दा स्थानिय समय 1100Hrs भएको थियो।
दिदिबहिनीको
हर्ष र उत्तसाहको ओतप्रोतले भरिएका हाउभाउमा देखिएका थिए। फो जि जेनेरेसनका
बहिनीहरुको खान्की बनाउमा हुटहुटी देखि रहदा म प्रभावित हुँदै थिए। समाजका लागि
आफूले सकेको के योगदान दिन सकिन्छ भन्ने अहोरात पाक शिक्षा क्षेत्रका स्वयम सेवीका गरि रहनु भएकी दिदिबहिनीहरु पनि उत्तसाहित र हर्षित मुद्रामा
देखिनु हुदै थिए। उहाँहरु समाजका लागि समय खर्चिनु साथै डटिनु भएको देख्दा । म आफै
भित्रिरुपमा खुशी भईरहेको थिए। बिगतको २० बर्ष अगाडीका हाम्रो समाजको दृष्टान्त
सोच मग्न पनि भए । यस्ता खालका प्रतियोगिताहरु आयोजना गरिरहदा र भईरहदा 4G जेनेरेसनका बहिनीहरुलाई एकनासको भान्सा कोठाको काम बाट केहि समय अल्गिन का
लागि यस्ता कार्यक्रमले फाईदा पुग्ला जस्तै महसुस पनि गरे।
प्रतियोगिताको
घण्टी बज्न साथ आफ्ना आफ्ना समुहमा बिभाजित हुनु भई कबुलेका नेपाली परम्परागत
खान्कीका लागि राखिएका टेवल तिर लागे। एक घण्टा भित्र तयार बनाई सक्नु
पर्ने नियम भएकाले । काममा बिभाजित हुँदै हस्याँङ फस्याङ र प्रतियोगताको फिभर
जस्तै प्राय दिदिबहिनहरुमा देखेको थिए। हर्ष उत्साह उमंग र कौतुहलताका साथ नेपाली
खान्की पकाउन ब्यस्त देखिन्थे। कसैलाई गफगर्ने फुर्सद देखिदैन थिए। समयको
पावन्धिले गर्दा हरेक समुहले गर्नु पर्ने काम बिभाजित गरेकाले एकग्रता भएर लागि
परिरहेका देखिन्थे। पाक शिक्षाको सिद्धान्त नियम र विधि पनि अपनाउनु हुँदै निर्धारित तोकिएको समयमा नेपाली परम्परागत खान्की
तयार पारे। सबै समुहका दिदिबहिनीहरु मख्ख र हर्षित हुँदै मन्द मुस्कानमा एक
आपसमा खुशी साटीरहेका देखिन्थे। फोटो र भिडियो खिचिरहदा बहिनीहरुले सोध्नु भयो।
कस्तो छ दाई टिपिकल नेपाली खाना?
मुसुक्क
हाँस्दै भने। वाँह कसरि तारिफ गरौ। हरेक समुहको आफ्नै किसिमका लोभ लाग्ने खालका
सजावट देखिएको छ। जिब्रो बाटै स्वाँदको स्वादिलो घुटुक्को निल्दै छु। सजावट
हेरिरहदा लाग्छ म कतै मरिना बे स्याँण्ड तिर छु। नेपाली खान्कीका परिकार देख्दा ।
म सोच मग्न हुँदै छु । लाग्दै छ। म अहिले कतै खले गरामा कोदोको नल काट्दै गर्दा
प्याँस र भोक लाग्दा ठेकी बाट महि अनि तम्बाको जाँड
पिउदै गरेको छु जस्तो लाग्दै छ । मैले भोगेका गरेका गाउले जीवन शैलीको वतावरण
भित्र छु जस्तो लाग्दै छ । यहाको वतावरणले । तर अझै त्यति मात्र भनेर पुग्दैन।
मैले थप्नै पर्छ। यहाँको रोटीका परिकार देख्दा। म मेलापात जादा होस वा सधाउ र
खेताला तिर जादा होस। रोटी को साथमा गुन्द्रुक र सिंकीको आचार चोबेर खादाको सम्झदा
बेस्सरी आउदै छ। गल्लीमा गाईबाख्रा थपाउदै मकै चपाउदै हिडेको पनि सम्झना दिलाउदै
छ। वाँह म त मेरो भेग तिर छु जस्तै लाग्दै छ भनि सासै
नफेरी उत्तर दिए।
नेपाली
परम्परागत खान्कीको बयान सुनेर बहिनीहरुको हर्षको मुस्कान प्रस्फुटित भएको देखे।
स्वास्थ्य
नै धन हो,स्वास्थ्यनै सुःखी परिवार हो भन्नु हुँदै एकै लएमा
बताए बिहिनीहरुले ।
खुशीले
मेरो छाती फराकिलो भएको छ कुराको बिट मार्दै मैले भने।
दिदीबहिनीहरु नेपाली खान्की स्वास्थ्यकर र स्वाँदिष्ठ बनाउका लागि आतुर अवस्थामा देखिनु हुँदै
भान्छामा ब्यस्त देखिनु हुँदै दिदिबहिनीहरु




No comments:
Post a Comment