Total Pageviews

Tuesday, November 28, 2017

बिदादारी पार्कमा निम्तो

बिगतमा आफूले कसरत गर्ने ठाँउ नियाल्ने सोचले 1700Hrs बाटो लागे। सूर्यको उषा हाईराज भवनको धुरीमा तेर्सिदै गएको देखिन्थे। सडकमा सवारीहरु हतारिदै गुड्दै थिए। पुरानो OBS जहाँ गजबले लिवल सेपाक र हर्ल्याप खेलकुद गरिन्थ्यो। हाल बार्डली रिज भवन उभि सकेको छ। 

मुस्लिम चिहान डाँडाको जंगल भित्र दगुर्नुको मोज क्याँ गजब हुन्थ्यो। कुलगाउन गर्दै गफगाफ गर्नु अर्को मोज फेरि। आजकाल धमाधम भवन निमार्णका लागि काम हुँदै छन्। 

सबैको चौतारी हुन्थ्यो चाईनिज चिहान डाँडा बिदादारीमा । सखारै दगुर्नु साथै सैन्य अभ्यासको CFT परिक्षा दिनु IPPT दिदाको रोचक क्षण हुन्थ्यो। Big Walk X-Country  प्रतियोगितामा तछाड मछाड गर्दै दगुर्नुको आनन्द भिन्नै र 100Plus पिउदै तिर्सना मेटाउदै चकाप हान्ने क्षण उस्तै फेरि। 1630Hrs प्रायः बिदादारीमा घुईचो हुन्थ्यो कसरत गर्नका लागि । कहि जंगल कहि बुच्का फुटबल फिल्ड देखि नरिवल घारी थिए । हाल बिदारी चाईनिज चिहान डाँडालाई पुरै अप्पर अल्जुनिड रोड भनिन्छ। उक्त स्थानमा लोभ लाग्ने र रहर लाग्ने कंक्रिटको रंगीन भवन  निमार्ण हुँदै छ। हेर्दा हेर्दै दुई दशकमा भौगलिक स्वरुप परिवर्तन भईसके ।    

अप्पर अल्जुनिड रोड । दृष्य नियाल्नु। बिगतको ताजा सम्झनाहरु पक्कै दिने छन्।


कुदी सके पछि कुलडाउन गर्दै गफगाफ गर्ने कुईनेटा । बिदारी चिहान डाँडा
OBS मा भलिवल सेपाक र हरल्याप खेली सके पछि चाई दाईको नाफीमा  बियर पिउनुको मोज अर्कै हुन्थ्यो। 
OBS मा भलिवल सेपाक र हरल्याप खेली सके पछि चाई दाईको नाफीमा  बियर पिउनुको मोज अर्कै हुन्थ्यो।
मुस्लिम चिहान डाँडामा दगुर्दाको मोज अर्कै हुन्थ्यो । त्यो क्षण खोजेर पाईदैन्। केवल सम्झनामा सिमित।
मुस्लिम चिहान डाँडामा दगुर्दाको मोज अर्कै हुन्थ्यो । त्यो क्षण खोजेर पाईदैन्। केवल सम्झनामा सिमित।

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...