Total Pageviews

Thursday, November 2, 2017

रुकुमको कमल दह तिर बरालिन जाँदा

रोल्पा र रुकुम जिल्लाको झरना र ताल नियाल्न जाने क्रममा शुरुमा लाग्यौ हामी रुकुमको बाँफीकोटमा अवस्थित स्याँर्फूताल हेर्न। स्याँर्फूताल नियाल्यौ। दोस्रो गन्तब्य थियो रुकुमकै रुकुमकोटमा अवस्थित कमल दह। कमल दहमा पुग्दा हामी खुशीले रमायौ। मैदान बाट कमल दहलाई मैले यसरी उतार्ने प्रयास गरे।

कमल दहको लागि हिड्यौ दिउसो २बजे स्याँर्फूताल बाटसानी भेरी तरि स्याँलापाखामा साँझको ५ बजे पुग्यौ। स्याँलापाखाको होटलमा असलमाछा खाँदै जीप पर्ख्यौ। मुसिकोटबाट रुकुमकोट चिप सेवा संञ्चालन हुँदो रहेछ। जीप नआए स्याँलापाखामा बस्ने योजना बनाएका थियौ हामीले। हाम्रो यात्रामा म संग मेरो नम्बरीहरु 14588 14562 14610 र 20018 थियौ। साँढे पाँचमा खचाखच भरिएको जीप आए। सिटखाली छ भन्दै हामीलाई पनि हुटमा बस्न भने । हामीले पनि हुटमा सिट बनाई हाल्यौ। दुर्घटना भयौ भने सिधै सानी भेरीको भंगालमा झ्याँम्मै। साँझको ८ बजे रुकुमकोटमा पुग्यौ। बाटामा स्याँलहरु निक्कै हेर्न पायौ। बाटा मुनि र माथी बत्तिएर दगुर्थे स्याँल । जीपको प्रकासले गर्दा स्याँलको आँखा लरबरिदो रहेछ। खाना खायौ। समान्य होटलमा हाम्रो बास भयो। सुते देखि मिरमिरे बिहानी सम्म स्याँल खुबै कराउदो रहेछ। गजब लाग्यो स्याँलहरुको दोहरी खेल्ले भाकाले। बिहानको साँढे पाँच बजे उठ्यौ। चिया पियौ। त्यस पछि कमल दह नियाल्दै मैदानको थुम्का उकल्यौ। मैदानमा तातो तातो चाउ चाउ खादै कमल दह नियाल्दै साथमा सिस्ने हिमालको चिसो सिरेटेपनि लिदै २ घण्टा बस्यौ मैदानको थु्म्कामा। जनयुद्धताका सहिद भएकाहरुको समाधि स्थल पनि निर्माण गरेका रहेछ मैदानमा । नाम चाही मैदान तर भौगलिक स्वरुप भने थुम्का ।




 रुकुमकोटमा अवस्थित कमल दह
 रुकुम जिल्लाको रुकुमकोटमा अवस्थित कमल दह। मैदानको थुम्काबाट दहलाई उतार्दा
 शाही र मल्ल समुदायको बस्ति रुकुमकोट। खोचमा सानी भेरी आफ्नै गतिमा ।
कमल दह र क्षितिजमा सिस्नेहिमपर्वत माला

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...