Total Pageviews

Friday, November 3, 2017

Great Himalaya Trail (Day 27 Rara Lake)

Great Himalaya Trail (Day 27 Rara Lake)
Day-27 
Great Himalaya Trail
Gamgadhi to Rara Lake (Mugu)
07 August 2016

0900Hrsउठ्यौ। गमगढीको डेनल होटलको बार्दलीमा घाम छरिसकेको रहेछ। वाईफाई चलाउदै चिया पिउदै घाम ताप्दै बार्दलीमा बस्यौ। मुगु कर्णाली नदी धमिलो रंग बोग्दै स्वाँङ आवाज बगेको प्रस्टै सुनिन्थ्यो। चारै तिर घाम लागेको देखिन्थे। सेतो कुहिरोको हुल थुम्का तिर उड्दै गरेको देखिन्थे। तीन दिन बसेको खाएको जम्मा बिल ९००० तिरी 1030Hrsडेनल होटलबाट लाग्यौ राराताल तिर। रेडिसन क्याँफेमा खाना खान छिर्यौ। ईश्वर मल्ल जी र हाम्रो सहयोगी भौउ बहादुर पनि 1040Hrs आईपुग्नु भयो। खाना खादै रमाईलो गफगाफ गर्दै बस्यौ। ईश्वर जी संग फेरिभेटौला भन्दै हात मिलाउदै 1200Hrs बिदा भयौ गमगढी बजार बाट।
मुगुको गमगढी बजार डेनल होटल सामुन्ने छुटिनु पुर्व सामुहिक तस्विर लिने क्रममा रिलदुक भाई र उहाँको साथीहरु माँझ म र किशोर सर । फोटोग्राफर बिशाल भान्जा। 


उकालो बाटो खुईया गर्दै नबिसाई कछुवाको गतिमा उक्लियौ ४ जना। कतै घाम कतै सिमसिम पानी परेको देखिन्थे वारीपारीको डाँडा तिर । चंखेलीको लेकमा कुहिरोले छोपी राखेको देखिन्थ्यो।1500Hrsरारातालमा पुग्यौ। दुबै तिरका आर्मी चेक पोष्टका सुरक्षा सेनाले हामीलाई चिनिसकेका थिए यात्रा रमाईलो होस भन्ने शुबेच्छा दिए। होटल हेरिटेजका हेम भाईको सत्तकारले हामीलाई मख्खै बनाई हाले फेरी लठ्ठै भयौ। साँझको आगमन संगै मुसलधारे पानी पर्न थाल्यो। मुगाली तीनपानेको साथमा हामी गफिदै बस्यौ। जुनकुरी  भुसुना र किरा फट्याँङ्ग्रा सोलार बत्तीमा वरिपरि ठोकिदै थिए। 2000Hrs खाना खायौ। 2100Hrs सुत्न गयौ। बिशाल भान्जालाई गुलाम अलीका गीतहरु मोबाईमा बजाउन बित्ति गरे। भोलि जु्म्ला तिर हानीने योजना गर्दै संगीत सुन्दै कति बेला भुसुक्कै भए छौ। 
मुगुको गमगढी बजारको रेडिसन क्याँफेमा ईश्वर मल्लका साथमा म बिशाल भान्जा र किशोर सर हर्षित मुद्रामा हामी

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...