दैलेखको सदरमुकामबाट एक्लै हानीए श्रीस्थान खोला तिर प्रज्वलित
ज्वाँला हेर्न। घाम लागेको थियो तर गर्मी महसुस भएको थिएन्। घुमाउरो र कुईनेटा बाटालाई
पछ्याउदै सालघारीको जंगलमा एक्लै। छामघाट खोला नजिकै झोलुङ्गे पुल रहेछ। त्यसैको
आडमा चिया पसल थापेका रहेछ। चुलोमा धुँवा उड्दै देखिन्थे । कित्लिमा पानी उम्लिदै
थिए। बुईकलबाट साहुजु बोल्दै झरे मलाई देखे पछि। चिया बनाउदै साहुँजीले
सोधे कहा हिड्नु भएको ? श्रीस्थान खोलाको ज्वाँला हेर्न।
चिनजानीको क्रममा नेपाली सेना बाट अवकास प्राप्त सैन्य हुनुहुदो
रहेछ उहाँ। चिया पसल थापेर बस्नु भएको रहेछ। श्रीस्थान जाने बाटो देखाई दिए ।
१०मिनेट मात्र लाग्छ भने। सरसमान मिलाएर आउछु हिड्दै गर्नु होला भने उहाँले। श्रीस्थान
खोला तिर लागे म। मन्दिर र घरहरु देखिए। श्रीस्थान खोला तर्न सकिने खालको रहेछ। प्रज्वलित ज्वाँला साथै कालो धुँवा बलिरहेको देखे।
मुक्तिताथको जस्तैLPG Gass को सुगन्ध आएको थिएन्। खोला पारी
भित्तामा ढुंगा भित्र अग्नि बलि रहेको देखे। फोटो स्याँटकि स्याँट खिचे। खोला र
चराचुरुङ्गीको आवाज बाहेक अन्य आवाज सुनिदैन्थे। फोटो खिचि सक्दा ३जना युवकहरु
आए। तिनीहरु घुम्न आएका रहेछ। बगेको पानीमा सालको हरियो पात सोली बनाउदै घुम्न
आएका आफ्ना साथीलाई लाईटर बाल्दै आगो बाले। भिडियो खिचे मैले। चिया पसले बाजे आईपुग्नु
भयो । उहा संग गफगाफ गर्दै बसे।
प्रज्वलित ज्वाँला श्रीस्थान खोलामा अवस्थित ।
प्रज्वलित ज्वाँला श्रीस्थान खोलामा अवस्थित
खोलापारी ढुंगा भित्र प्रज्वलित ज्वाँला ।
श्रीस्थान खोला
यसै घर भित्र ज्वाँला देखिन्छ ढुंगा भित्र
खोला पारी देखिएको घर भित्र सुरक्षित तरिकाले जोगाई राखेका छन्। प्रज्वलित ज्वाँला
श्रीस्थान खोलाको पाखोमा अवस्थित धर्मशाला
श्रीस्थान खोलाको पाखाोमा अवस्थित मन्दिर
श्रीस्थान खोलाको पाखामा अवस्थित
श्रीस्थान खोलाको पाखामा अवस्थित मन्दिर । पुजारी बाहेक अन्य प्रवेष नगर्ने रहेछ।श्रीस्थान खोला मा अवस्थित घर । राजा बिरेन्द्रको पालामा निर्मित यस घरमा दर्शन गर्न आउने मान्छे बस्न का लागि रहेछ।
No comments:
Post a Comment