Total Pageviews

Tuesday, April 28, 2020

Upper Dolpa Trek Day-11


22May 2019
komas To Saldang


काराभान फिल्ममा आयुर्वेदिक डाक्टरको भूमिका अभिनय गरेका लामा ज्यु संग। साल्दाङ गाउ

हामी उठ्दा लामा पुजा पाठ गर्दै थिए। उनकी बुहारी हाम्रा लागि रोटी पोल्दै थिए।चिया तीन तीन कप पियौ। वडा अध्यक्ष जिग्मे जी घोडा याक र चौरीलाई  घाँस दिदै गरेका देखिन्थे।पुजा पाठ समाप्त गरे पछि लामा ज्यूले चिया पिउदै कुराकानी गरे हामी संग। हरी भाईले पाकेको ४ वटा रोटी झोलामा राख्दै थिए। खाएको बसेको कति भयो होला बिल तिर्न खोज्दा लामा ज्यूले तिर्नु पर्दैन भने। उल्टो धन्यवाद दिए हरि भाईलाई हिजो खोलामा पुल बनाउन सघाएकोमा।लामा र उनकी बुहारीलाई धन्यवाद भन्दै बिदा भयौ। वडा अध्यक्ष आगनमा जीनकाटी कस्दै थिए। कता हिड्ने तर्खर अध्यक्ष ज्यू मैले भन्दा तल पुछारमा उवा छर्नका लागि खनजोत गर्न जान लागेको बताए। उहाँ संग हात मिलाउदै फेरि कुनै दिन भेट होला भन्दै बिदा भयौ।0600Hrs कोमास गाउ देखि बाटो लाग्यौ।

सिधै माथि देखिएको पास देखाउदै त्यहि पास कटेर  साल्दाङ पुग्ने आज हरि भाईले भने। उकालो बाटो भएकोले चिप्ले किराको गतिमा हिड्दै गर्दा घामको प्रकाश छरिसकेको थियो। पास त्यहि देखे पनि थाकेर लोथ भएको थिए।घामको प्रकाश कोमास गाउमा पोखिदाको रमणिय दृष्य र हिमालहरुको स्वरुप नियाल्दै उकालो बाटमा थकान भुलाउने ओखती जस्तै लाग्थे।  पाखामा काँडाका पोथ्राहरुमा फक्रेका फूलहरु देखिन्थे। २ घण्टामा कोमास पास सामुन्द्रिक सतह बाट ४६२० मिटरको उचाईमा पुग्यौ। खुलेको दिन थियो। घाम चारै तिर पोखीसकेको देखिन्थे। पासमा हावा चलेको थिएन्।खुशीले गदगद हुँदै चिच्याँयौ। पास बाट नाङ्गा पठारको फेदीमा सालदाङ र कराङ गाउको दृष्य मोहित र आकर्षित देखिन्थे। भोलि नाङ्डोला पास हुँदै भिजेर पुग्ने बाटो देखाए पास बाट।  निक्कै हिँउ भएको जस्तो देखिए पनि जान सकिन्छ होला सुनाए हरि भाईले । १०मिनेट बस्यौ पासमा।

बाटो पुरै ओरालो भएकाले थकानको महसुस भएको थिएन्। खोलाको छेउमा खान्की खाने योजना बन्यो। ग्याँसमा पानी उमाल्न तयारी गरे हरि भाईले। तातो चिया पिउदै साथमा अचार संग चोप्दै रोटी खायौ।४५मिनेट सुत्यौ। ब्यूँझदा 1130Hrs बजे भएको थियो। ओरालो बाटोमा झर्दै गर्दा नाङ्गा पाखामा काँडाका पोथ्रा भित्र च्याँङ्ग्राका बथान चरिरहेका देख्यौ ।हिड्दै गर्दा बाटामा एक जना किशोरी मोबाईलमा टिवेटिएन गीत सुन्दै आउदै गरेका भेट्यौ। बोलाए तर बोलिन् सायद भाषा बुझेन जस्तो लाग्यो मलाई । सिधै पारी रमणिय गाउ सालदाङ र कराङ गाउ आँखै भरी लोभलाग्दो दृष्य पोखीरहेको देखिन्थे। सालदाङको फेदीमा झोलुङ्गे पुलमा पुग्दा1200Hrs बजेको थियो। हावाले रंगीन थाङ्काहरु फरफराई रहेको देखिन्थे। खोला पुरै कालो रंगको धमिलो भेले बग्दै गरेको देखिन्थे। जीपीएमा हेरे पुलको निर्माण भएको स्थान सामुन्द्रिक सतह बाट ३९०० मिटर देखायो। सालाङ बस्ति सिधै माथि देखिन्थे। पुल तरेर आराम गर्दै गर्दा एक जना बृद्ध बाजे आए। सालदाङ बाट दबाई लिएर आएको रहेछ। उनको श्रीमती बिती सकेको रहेछ।मेरो बुढेस कालको सहारा कोहि छैन्। बाजेको त्यो कुरा सुन्दा मेरो मन बाँउडिएको थियो। हल्का नेपाली भाषा बोल्दा रहेछ। हरि भाईले केहि बेर जिस्काए। राम्रो संग जानुहोला बाजे हामीले भन्यौ।   

कछुवा गतिमा उक्लिदै गर्दा ऊवाँ छर्नका लागि बारीमा खनजोत गरि रहेका देखिन्थे।नाङ्गा पठारमा निर्मित गुम्बा चैत्य माने र बस्ति नजिक बाट नियाल्न पाउदा पुलकीत भई रहेको थिए म। माथिल्लो डोल्पाको रमणिय बस्ति तिन्जे सिमेन र कोमास गाउमा होटल को साईन बोर्ड झुण्ड्याका छैन् र होटल र किराना पसल छदा पनि रहेन्छ। तर छार्का भोट र सालदाङ गाउमा होटलको साईन बोर्डले केहिन केहि भए पनि गाउको बिकास र चेताना भएको झल्काउदो रहेछ भन्ने मलाई फेरि सालदाङमा लामा होटलको साईन बोर्डले दर्सायो।लामा होटलमा पुग्दा 1400Hrsबजेको थियो। लामा बाजेले हरि भाईले देख्ने बितिक्कै चिनी हाले।सालदाङमा उनले होटल साथै क्याम्पिङको लागि चौउर पनि बनाएको रहेछ।हरि भाईले चुलोमा थुक्पा खाजा पकाउन थाले। आगनमा घाम ताप्दै चिया पिउदै बसे म। थुक्पा संग चाईनिज कोकाकोला खायौ। खाजा खाई सके पछि आगनमा चिया पिउदै लामा बाजे संग कुराकानी गर्न थाल्यौ।  कराभान फिल्ममा आयुर्बेदिक डाक्टरको भूमिका खेलेको कुरा हरि भाईले मलाई बाटोमा आउदा भनेको थिए। लामा बाजे संग काराभान फिल्म खेलेको सुटिङ गरेको बारेमा सोधे। काराभान फिल्मको धेरै सुटिङ ध्वो तरापमा खिचेको बताए। थिन्ले बिरामी भएको र मैले ओखती दिएको सुटिङ छार्का भोटमा खिचेको सुनाए। फिल्मको सुटिङ सके पछि फिल्ममा खेलेका सबैलाई पोखरामा एक महिना घुमाए यरिक भ्याल्लीले हामीलाई।
घाम ताप्दै आगनमा एक घण्टा सुते म। हरि भाई कोठा तिर सुत्न लागे। 1600Hrs बजे साल्दाङको स्कूल साथै वरिपरि घुम्न निसक्यौ।माथिल्लो डोल्पाको सुन्दै आएको उच्च हिमाली बस्ति सालदाङमा आईपुग्दा खुशीको तरंग फैलिएको थियो मेरो। पारि नाङ्गा पाखा र क्षितिज संग अंगालोमा बाँधिएको जस्तै देखिन्थे टाकुराहरु।

साँझको खाना हरि भाईले चुलामा थेनदुक बनाउदै थिए। लामा पुजा पाठ गर्दै थिए। लामाका श्रीमती र बुहारी भोलि हाम्रा लागि रोटी बनाउका लागि पिठो मुछ्दै थिए। पुजा पाठ सके पछि लामा बाजे बडो रोमान्टिक कुराकानी गर्न थाले । उहाँकी श्रीमतीलाई जिस्काउदै अझै अर्कै बिहे गर्नु पल्ला भन्दै थिए। हरिभाई ले हो लामा जी बिहे गर्नु पर्छ भन्दै उकास्दै थिए। श्रीमती र बुहारी लजाउदै गरेको देखिन्थे। हामीले लामा बाजेलाई थप रोमान्टिक गफ थपि दिन्थ्यौ। लामा बाजे झन थप रोमान्टिक गफ निकाल्थे। ठट्यौली गर्दै हरि भाईले थेन्दुक बनाई सके। सबै बसेर खाँयौ। 2030Hrs बजे सुत्यौ। सुत्नु भन्दा अगाडि सालदाङ गाउको लामा होटलको उचाई जीपीएसमा हेर्दा  ४०६० मिटर देखाएको थियो।



No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...