17May
2019
मस्त
निन्द्रामा निदाउदै थिए। मिर्मिरे बिहानीको आगमन संगै चराचुरुङ्गीको संगीतले आँखा
बिस्तारै खुल्न थाल्यो। समय 0545Hrs भएको रहेछ।
मेरो लागि न्यानो प्यारो भईरहको थियो। सिल्पिङ ब्याग भित्र गुडमुटि रहे। 0600Hrs टेण्टको च्यान खोली बाहिर निस्के। स्वर्णिम विहानीमा चिसो सिरेटोको हुँलले
झ्याप्पै बनाई हाल्यो तर पनि चारै तिरको मनमोहक वतावरणलाई नियाली रहे। छेवैमा
बगेको खोला बाट पानी भरि तातो पानी ताउन थाले हरि भाईले। चकलेट र तातो पानी खाने
सल्लाह भयो। चकलेट खाँदै तातोपानी पिउदै सामुन्द्रिक सतह बाट ४७०० मिटरको
उचाई भए पनि गजबले निदायौ हरि भाईलाई सुनाए।
याक
खर्क बाट 0700Hrs बाटो लाग्यौ। चिसो सिरेटो संग कुस्ति खेल्दै
कछुवाको गतिमा ३०मिनेटको उकालो बाटो छिचोल्यौ। चारै तिर आकासलाई छुन लागेका जस्तै
लाग्ने नाङ्गा चुचुराहरुर देखिन्थे। तिनलाई अडेस लगाएका जस्तै लाग्ने बिशाल पहाडका
खम्बाहरु वारिपारि देखिन्थे। खोचमा खोला आफ्नै लयमा बग्दै गरेको पनि देखिन्थे।
उकालो छिचोले पश्चात बाँकी बाटो तेर्सा र ओराला भेटिन थाले। कुईनेटहरुमा हिड्दै
गर्दा एक लाठे युवक भेटिए। पुरानो बाटोको अवस्था सोधे ।नयाँ बाटो भएर जानु भन्यौ
हामीले। उनी साङ्टा हिडेका रहेछन्। २ जना बिदेशि पर्यटक लिन। शुभयात्रा तपाईहरुलाई
भन्दै लागे ति भाई।
वकी
टकि लिदै गरेका अर्का एक जना युवक भेटिए फेरि । सोध्यौ कता हिडेका? घोडा खोज्न। अरु
गफगाफ गर्दा कोरियन एक टिम छार्कामा डकुमेन्ट्रिका लागि भिडियो खिच्दै गरेको कुरा
सुनाए। ति भाई घोडा खोज्न लागे पाखा तिर । हिड्दै
गर्दा देख्यौ पाखातिर याका र भेडा च्याङ्ग्रा चर्दै गरेका । २ वटा घोडा थपाउदै
आउदै गरेकि २ महिला भेटिए। काठमाण्डु देखि जोमसोम हुँदै साङटा आउदै गरेका आफ्ना
आमा र दिदीलाई लिन हिडेको बताईन्। छार्का भोट निवासी ति बहिनीहरुले जुङ्बेन ला पास
र गल्ड्याङ गु्ल्डुङ को पासमा हिउको बारेमा सोधे । तपाईहरुको घोडा मज्जाले जान
सक्छ भन्यौ। झोलुङ्गे पुल भेट्यौ। भर्खर बनेको हो पुल हरि भाईले मलाई सुनाए। बिहान
खोला सानो हुने दिउसो र साँझ खोलामा पानीको बहाव
ठुलो हुने रहेछ। हिउ पग्लिने कारणले मैले सिधै अनुमान लगाए। घाम
सिधै झरि सकेकोले वतावरण न्यानो हुँदै थियो। छार्का भोट गाउ देखिदै थियो। उत्सुक
हुँदै छार्का भोट गाउ प्रवेष गर्नुको लागि फेरि झोलुङ्गे पुल भेट्यौ। झोलुङ्गे
पुलको छेवैमा घाम ताप्यौ। थकान मेटायौ। कञ्चन पानी बगेको देखिन्थ्यो। पानी फाँटेको
ठाउ बाट तर्नु पर्थ्यो पहिले। पुल बनेको धेरै भएको छैन्। भर्खर २ बर्ष भयो हरि
भाईले बिगतको कथा सुनाए।
1230Hrs छार्का भोट गाउमा पुग्यौ । उच्च हिमाली बस्ति छार्का भोट ४३०० मिटर
अवस्थित गाउलेहरु बारीमा काम गरिरहेका देखिन्थे। हरि भाईले चिनेका होटलमा पुग्यौ।
भोक लखेट्न खाना खायौ। स्वाँदिष्ट थिएन्। साँझको लागि खाना म पकाउछु हरि भाईले
मलाई कानेखुशी गर्दै भने। कोरियनले डकुमेन्ट्रि खिच्दे गरेका ठाउमा पुग्यौ। गाउमा
कुलोको लागि चिठ्ठा हुने दिन रहेछ। भिडियो ग्राफी
गरिरहेका थिए २जना कोरियन क्यामरा म्यानहरुले। गाउका सबै जम्मा भएको देखिन्थे।
पुजा पाठ गरि चिठ्ठा लगाउने परम्परा हुँदो रहेछ। चिठ्ठा पछि आफ्नो कुलोको पालो
पाउने दिन एक जना महिलाले लेख्दै थिए। सबै किशोरी र महिला मात्रै देखिन्थे। पुरुष
काठमाण्डु र अन्यत्र गएका हुँदो रहेछन्।उच्च स्थानमा गुड्न सक्ने चाईनिज मोटर बाईक
युवाहरुले फाँटफुट गुडाएका देखिन्थे। मरिम्ला नाकामा भदौ याममा यार्सा र चौरी
बेचबिखन गरि किन्दा रहेछन् बाईक।
छार्का
भोट गाउमा निक्क चौरी पाल्दा रहेछन्। २ दिनमा छार्का भोट बासीहरु सजिलै जोमसोम
पुग्दा रहेछन्। एक लाख देखि साढे एक लाख सम्म जोमसोम तिर लगेर बेच्दा रहेछन्
याकहरु। कक्षा ३ सम्म पढाई हुने स्कूल रहेछ। उक्त स्कूल बिदेशीको अनुदान बाट चलेको
रहेछ। छार्का भोटको भौगलिक स्वरुप र वतावरण लोभ लाग्ने खालका देखिन्थे। बिशेष गरि
३ वटा दृष्य अदभुत लागि रहेको थियो । याक जस्तै आकृतिमा देखिन याक बीर हिमाल
। याक बीर हिमालकै नजिक ओदान जस्ता देखिने ३ वटा चुचुराहरु किप सुम्वा र फेटा वा
पगरि लगाएको जस्तै देखिने ट्रक राल्दुक हिमाल लाई क्यामरामा धोको पुगुञ्जेल तस्विर
र भिडियो खिचे।
गोधुली
साँझको आगमन संगै याक बीर हीमाल र ट्रक राल्दुकको ज्यादै आकर्षित दृष्यमा भुलीरहे
म। भान्सा कोठामा पस्दा साँझको खाना हरि भाईले ठेन्दुक बनाउद थिए। भोटे चिया पिउदै
साहुनी संग गफगाफ गरे। छार्का भोटमा जम्मा ६० घरधुरी भएको बताईन् साथै याक बीर
हिमाल हाम्रो कुल देवता हो भनिन्। याक बीर हिमाको पछाडि पट्टी ताल छ र त्यहाँ रंगीन
माछाहरु भएको कुरा सुनाईन्।
हरि
भाईले पकाएको ठेन्डुक ज्याँदै मिठो थियो। सबै बसेर खायौ। 2030Hrsसुत्यौ।

No comments:
Post a Comment