Total Pageviews

Friday, April 24, 2020

Upper Dolpa Trek Day-10



21May 2019

Shimen To komas

















 नेपालका कान्छा वडा अध्यक्ष  शेफोकसुण्डो गाउपालिका वडा न‌ं १ का जिग्मे लामा संग उहाँको घुरेनमा (कोमास गाउ माथिल्लो डोल्पा)

0530Hrs ब्युँझदा लामा बाजेको बुहारीले उवाको रोटी पोल्दै गरेकी थिईन्। लामा बाजे पुजा गर्दै गरेको थिए। हरी भाई र म भोटे चिया पिउदै गर्दा लामा बाजेको छोरा र कोमास गाउ बाट आएका पाहुना पनि उठे। आफ्नी श्रीमती लाई भोटे भाषामा बोलाउथे तर केहि नबोली रोटी पोलीरहेको थियो। हिजो रातीको बैठकको निर्णय के भयो राम्रो भयो होला हैन दाई। कहाँ हुनुनी त्यतिकै सकियो। भोलि फेरि बैठक छ भन्दै गर्दा घरमा ल्याउदा भई हाल्यो नी रिसाउदै र कर्के आँखा तर्दै उनीकी श्रीमतीले भनिन् । सिमेन गाउबाट 0620Hrs बजे बाटो लाग्यौ। काठे पुल तर्ने बितिक्कै उकालो बाटो सुरु हुन थाल्यो।चिसो वतावरण थियो। घामको किरणा नाङ्गा पहाडको चुचुरोमा आईपुग्दै गरेको देखिन्थ्यो।




उभिदै बिसाउदै सिमेन गाउलाई नियाल्दै सिमेन पास 0820Hrs २घण्टामा सामुन्द्रिक सतह बाट ४३७० मिटरको पास मा पुग्दा खुशीले भाव विभोर भए। हिमश्रृखलाहरुमा सेताम्मे भएर मुस्कुराउदै बसेको देख्दा  सिमेन पासको बिशेष आकर्षण रहेछ। १० मिनेट पासमा आराम र फोटो खिचे पछि पास बाट  सिधा र ओरालो बाटो शुरु हुन थाल्यो । सुनसान वतावरणमा हरि भाई अगाडि म पछाडि झर्दै गर्दा कोमास खोलामा गाउलेहरु काठे पुल बनाउदै गरेका भेट्यौ। खोलामा आई पुग्दा 0900Hrs भएको थियो। हरि भाईले ग्याँसमा  चिया र चाउ चाउ पकाउन थाले।चिया पिउदै काम गरि रहेका दृष्य नियाल्दै थकान मेटाए मैले। सिमेन बाट बोकेका २ईञ्ज बराबरको ऊवाँको रोटी र वाई वाई  खायौ। हरि भाईले पुल बनाउका लागि सघाए। हेर्दा हेर्दै खोलामा पानी बढि रहेको देखिन्थ्यो। हिँउ पग्लेकाले पानी बढेको सजिलै अनुमान लगाउन सकिन्थ्यो। घण्टा घण्टामा काम गरि सके पछि छ्याङ् खाने चलन रहेछ। युवा युवतीहरु काम गर्दा र खाजा खादा जिस्किरहेका देखिन्थे। पारिलो घाम झरिरहेको थियो। कुनै हल्ला खल्ला थिएन् । केवल खोला बग्दा निस्केको गीत मात्र सुन्न सकिन्थ्यो। आजको गन्तब्य कोमास भएकाले हतार थिएन् हामीलाई । 

एक भाईले मलाई खुसुक्कै कानमा भने। त्यो केटी जस्तो देखिन्छ केटी होईन्। छक्का हो नी दाई भने। केहि भनिन ति भाईलाई तर मनमा चस्कै भएर आयो । समाजमा कति तिरस्कार खप्दै बसेको होलान् भनेर। एक महिला २ पुरुष आईपुगे 1300Hrs। उनीहरु सिमेन जानका लागि । गन्तब्य काठमाणडु हिडेका रहेछन्। सालदाङ र कराङ गाउका रहेछन्। महिला भने कराङका रहेछन्। गाउलेहरु संग मातृभाषामा गफ गरे। फेरी धान पाक्ने याम आउछु भनेको सुन्दा धान फल्दैन होला मैले भने। सबै जना हाँसे। उवा पाक्ने बेलामा आउछु भन्दै सच्याए आफ्नो बोली। ध्वो तराप भएर काठमाण्डु जाने योजना भएको तर खोला बढेकाले सिमेन तिञ्जे हुँदै ध्वो तराप जाने बैकल्पिक बाटो हिडेको बताए मलाई। धेरै ठाउमा खोला तर्नु पर्ने र झोलुङ्गे पुल नभए पछि गाउलेहरु यसरी धुमाउरो बाटो भएर जाने रहेछन्।

1515Hrs बजे खोला बाट हिड्यौ कोमास गाउ। बाटो पुरै उकालो थियो । आराम र थकान मेटाएकाले होला सजिलै1600Hrs कोमस गाउ पुग्यौ। अस्ताउनका लागि घामको प्रकाश हिमालहरुका घाटि घाटि सम्म पुगेको देखिन्थे। कोमास गाउमा पसल र होटल नभएकाले हरि भाईले चिनेको लामाको घरको आगनमा पुग्दा लामाका छोरा र बुहारी साथै तिनका कामदारहरुले घोडा चौरी लाई घास र दाना पानी दिदै देखिए। औतारी लामाका दाईको छोरा बलेसीमा भेटायौ। उहाँ संग कुराकानी गर्ने क्रममा हाम्रा दाई नेपालकै कान्छा उमेरका वडा अध्यक्ष सुनाए। मैले कान्छा वडा अध्यक्ष जिग्मे लामा भने सुनेको थिए तर कुन गाउका भनेर थाहा थिएन् । खुशी लाग्यो बधाई र शुभकामना भन्दै हात मिलायौ। उहाँले हामीलाई न्यानो आत्मियताका साथ घर भित्र भित्राउनु भयो। झोला बिसायौ। चिया पियौ। 

कोमास गाउमा हरि भाईका गाउतिरका शिक्षकहरु भएकाले स्कूल घुम्न निस्कयौ। शिक्षकहरु खाजा खादै थिए। हामीलाई पनि खाजा खुवाए थेन्दुक। हरिभाई र शिक्षकहरु कुराकानी गर्दै थिए किचनमा। वरिपरिका दृष्यको तस्विर र भिडियो खिच्न बाहिर निस्के म। सामुन्द्रिक सतह बाट ४२०० मिटरको उचाईमा अवस्थि कोमास गाउ बाट चारै तिरको दृष्य मनमोहक देखिन्थ्यो । बिभिन्न आकृतिका हिमालहरुको मुस्कुराई रहेका प‌‍ङतिहरुमा  अस्ताउन तर्खर गर्दै गरेका घामका पहेला किरणले थप आकर्षित बनाउदै गरेका देखिए पछि। भ्याँट कि भ्याँट रहर पुगुञ्जेल तस्विर र भिडियो खिचे। स्कूलका शिक्षकहरु संग हात मिलाउदै थेन्दुक र चिया खुवाउनु भएकामा धन्यवाद भन्दै बिदा भयौ।

आतारी लामाका घर फर्कदा पुल बनाउने गाउलेहरु फर्कदै गरेका देख्यौ। वडा अध्यक्षका श्रीमतीले खाना बनाउदै थिए। लामा पुजा पाठ गर्दै थिए। चिया पिउदै युवा वडा अध्यक्षलाई सोधे कहाँ पढ्नु भयो। काठमाण्डुको नामग्याला बोर्डिङ स्कूल बाट १२कक्षा पास गरे पश्चात गाउमा आए। गाउको बिकासको लागि राजनीति गर्न मन लाग्यो। वडा अध्यक्ष भए। गाउको बिकास गर्न मैले चाहेर पनि अलिक गाह्रो हुँदो रहेछ। मेरो वडाको जनताको बस्तिमा पुग्न २ दिन लाग्छ। मैले वडा अध्यक्षको भनाईलाई सहमती जनाए। तपाईको उमेर २१ अनि श्रीमतीको उमेर सोध्दा १९ बर्ष पुगेको बताए।  लामा पुजा पाठ समाप्त गरे पछि उहाँ संग कुराकानी गरे। हलेसी महादेश दर्शनका लागि धेरै पटक पुगी सक्नु भएको रहेछ। हलेसी महादेब थान दर्शन गर्न गए धेरै आयु बढ्ने बिश्वास सुनाए। आज खोलामा पुल बनाउदै गरेका बारेमा सोध्दा । गत साल पुल बगाएका थियो। मेरो छोरीको स्तन क्यान्सर निको भएको। उसको नाममा पुल बनाई दिएको कुरा बताए। बहुमपती प्रथा कोमास गाउमा पहिला देखिनै नभएको बताए लामा जीले। छोरी र श्रीमती अहिले काठमाण्डुमा बस्दै गरेको छ। साँझको खाना सिस्नोको तिहुन संग चामलको भात मिठो स्वाँदका साथ खायौ। लामाको बुहारीलाई भोली बिहान हाम्रा लागि ४ वटा रोटी बनाई दिनु होला हरि भाईले भने।

सुत्ने बेलामा हरि भाईले बताए यो औतारि लामा हो। ज्यादै प्रख्यात छ यो ठाउमा। केहि क्षणमै भुसुक्कै निदाए छौ।







No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...