19May
2019
kharka
To Tinje
डोल्पाको माथिल्लो भेग नेपाल चाईनको सिमाना नजिक रहेको उच्च हिमाली बस्ति तिन्जे गाउका गाउलेहरु संग। यहा ४ जना बाहेक अन्यले नेपाली भाषा बोल्न र बुझ्न सक्दैन्।
1230Hr तिन्जेका लागि बाटो लाग्यौ। तिन्जे बाट ध्वो तराप गाउ जानका लागि चाईनिज
बाईक गुडेका भेटिन्थे। तिन्जे देखि ध्वो पुग्न बाईक बाट ३घण्टा लाग्ने बताएका थिए
साहुजीले। ग्राभल गरिएको जस्तै लाग्ने फराकिलो सडक खनेको रहेछ।
नाङ्गा पठारको काखमा हिमाली शैलीमा बनेको बस्ति तिञ्जे गाउ आईपुग्दा
खुशीले रमाए म। उच्च भेगमा बसेको नेपाल चाईना सिमाना नजिकको बाग्लो बस्ति तिञ्जे
गाउ स्वर्गको एक टुक्रा जस्तो लाग्थ्यो। सामुन्द्रिक सतहबाट ४२०० मिटरको उचाईमा
रहेको बस्तिमा चाईनिज बाईकहरु देखिन्थे।
चिसो
बिहानी तर शान्त र स्वच्छ वतारणमा रमाउदै 0730Hrs बाटो लाग्यौ। सुन्दर फाँटमा हिड्दै गर्दा हिमपहिरोले मरेको भाले नाउर
भेट्यौ। फोटो खिचे। फाँटको बिचमा कञ्चन खोला बग्दै गरेको देखिन्थ्यो। हिउले
पखालेका नाङ्गा चुचुराहरु मोहित पार्ने खालका देखिन्थे।बाटामा छोपेर राखेका डोजर
देख्यौ। केहि क्षण हरि भाई र म डोजर माथी चढ्यौ। अनुमान लगायौ छार्का भोट गाउ
जोड्का लागि सडक खन्नका लागि। खनिएको सडकमा हिड्दै गर्दा एक हुल च्याग्रा
चराउनका लागि २ जना बहिनिहरु भेट्यौ। बोलायौ तर लजालु ति बहिनीहरु भाषा नबुझेर
नबोलका होलान जस्तो लाग्यो ।
थकान
भुलाउदै गर्दा मोटर साईकलमा गोबर र दाउरा बोकेर ल्याउदै गरेका देख्यौ। नाङ्गा
पठारको बिचमा दुईखोलाको दोभानमा आईपुग्यौ। हरि भाईले यो ठाउलाई छोर्तेन मार्को
भनिन्छ पारी देखिएको सडक ध्वो तराप जाने सडक र देखिएको घर होटल हो । कटकट खाने चिसो खोलामा हल्ला गर्दै तर्यौ। घडि हेरे
1030Hrs भएको थियो। घाम गजबले लागेको थियो। निलो आकास
मुनि हिमाल र नङ्गा पहाड चारै तिर उभिएका देखिन्थे। होटल भित्र पस्यौ। अुदुवाको
चिया पियौ। साहु साहुनी संग खाना नपाकुञ्जेल कुराकानी गर्दै बस्यौ। साहु जी हिजो
आईपुगेका रहेछन् काठमाण्डु बाट। यार्सा साथै भोटमा ब्यापर हुने सिजन भएकाले आएको
कुरा बताए । मिठो खाना पकाउनु भएकाले २ पटक थपेर खायौ।
खोला
वारिपारी गोठ साथै च्याङ्ग्रा र चौरीहरु चरिरहेका देखिन्थे भिेटिन्थे। लहरै बिभिन्न स्वरुपमा देखिएका हिमालहरु नियाल्दै नाङ्गा पठारमा रमाउदै हिड्दाको आनन्द
लिदै थिए म। छार्का भोट गाउका लागि पारि खनेको रोड देखिन्थे। हामी हिडिरहेको सडक
ध्वो तराप गाउ जाने सडकमा हिड्दै गर्दा झोलुङ्गे पुल भेट्यौ। आराम गर्दै हरिभाईले
बिगतको कथा सुनाए। ३ बर्ष भयो झोलुङ्गे पुल बनेको । पुल नहुदा खैरेहरुलाई
डोरी टाँगेर तर्ने गरिन्थ्यो। झोलुङ्गे पुल तरे पछि चौउर सुरु भयो। यहि चौउममा
चाईनीजहरुले बिमान स्थल बनाई प्लेन उडाएका र नेपाल सरकारले थाहा पाए पछि बन्द
गराएको कुरा हरि भाईले भने। चौउर लाई तिञ्जेका टाठा बाठाले मिची सकेको
देखिन्थे। चौउरमा रमाउदै हिड्दै गर्दा महिलाहरु ढुंगा बोक्दै गरेका भेट्यौ। सोधे
के लागि भन्दा भोटे लवजमा नेपाली जान्ने तीन जना किशोरीले जवाफ फर्काए। फुटबल
खेल्ने ग्राउण्ड। भोलि पर्सी बाँकी रहेको चौउरलाई मिच्ने देखिने भएकोले फुटवल
ग्राउण्ड बनाएको भने। केटाहरु छैन् त मैले भन्दा हामी केटीहरुले बनाउने हामी नै
खेल्नै हो सुनाए। राम्रो बनाउनु होला भन्दै हामी लाग्यौ।
हरि
भाईको मितको घरमा पुग्दा 1530Hrs भएको थियो ।
भोटे चिया खादै हरि भाई र उनकी मित कुराकानी गरे। उहाँहरुको कुरा सुन्दै बसे।
साँझका लागि हरि भाईले थेन्दुक बनाए। हरि भाईको मितले ९५ घर धुर भएको कुरा बताए
मलाई। बिदेशी सहायताले निर्मित स्कूल र स्वास्थ्य सेवा केन्द्र रहेछन् । नेपाल
दुरसेवाको टावर बनाउनको लागि गाउका ठिटाहरु सबै लेकमा गएका कुरा बताए। श्रमदानले
टावर बनाउदै गरेको बताए। हिमाली कथा ब्याथाका
कुराहरु सुनाए हरिका मितले। 2100Hrs सम्म मित मितेनी र
हरि भाई गफगाफ गर्दै गरेको कुरा सुन्दै बसे म।

No comments:
Post a Comment