20 May 2019
फापरको
रोटी र जडिबुटिको चिया संग सातु खाजा खायौ। 0630Hrs बाटो लाग्यौ सिमेन गाउका लागि।
२०मिनेट तेर्स्रो बाटामा हिडि रहदा बाटामा साना नानीहरु स्कूल आउदै गरेका भेट्यौ।
चिसो वतावरण थियो। हिड्दै गर्दा पाल गाउ भेट्यौ। रमाईलो रहेछ बस्ति। नेपाल चाईना
सिमाना मरिमल्ला नाका पुग्नका लागि यहि गाउ बाट सडक खनिएको रहेछ। परिमल्ला नाका
बाईकमा ४५मिनेटमा पुग्ने कुरा बताए गाउलेहरुले। तिन्जे देखि सिमेन सम्म बाटो पुरै
तेस्रो भएकाले थाकेको अनुभूति भईरहेको थिएन्। छेवैमा हिमखोला सुसाउदै थिए। खोला
पारीका नाङ्गा पठारमा भेडा च्याँङग्राका बथानहरु देखिन्थे। गोठालेहरु ठिर्याउने
चिसो खोलामा तर्दै गरेका देखिन्थे। तिञ्जे देखि सिमेन गाउ
जानका लागि खनेका सडकमा हिड्दै गर्दा गोठ सार्नका लागि बाईकमा समानहरु बोकेर
गुडिरहेका देखिन्थे भेटिन्थे। हिड्दै गर्दा बाटाको दायाँ साईटमा गजबको गुफा भेट्यौ। गोठ राख्दा गोठालेहरु बस्दाका अगारहरु देखिन्थे। केहि क्षण गुफा वरिपरि नियाले। छेवैमा छङछङ खोला बगेको थियो। घाम सिधै झरि रहेको थियो। चौउरमा थकान मार्दै गर्दा खोला पारी फू गुम्बा देखाउदै लामाहरु छन् भने चिया खाना जानु पर्छ भने हरि भाईले। हेर्दा पुरै बन्दा थिए। ३ जना महिला गोठालेहरु च्याँङ्ग्रा चराईरहेका मात्र देख्यौ।
सिमेन
गाउ पुग्नै लाग्दा लस्करै मानेहरु देखिए। नाङ्गा
पहाडको फेदीमा मनमोहक देखिएका मानेहरुको दृष्यलाई रहर पुगिञ्जेल तस्विर र भिडियो
खिचे। वरिपरि च्याङ्ग्राका बथान चरिरहेका देखिन्थे। गाउ वरिपरि गोब्रे सल्लाहका
पोथ्रा तिर नावर चरिरहेका देख्यौ। हरि भाईले बताए पहिले बन्दुकले नावर
मारेर खाएका थियौ तर अहिले मार्न नपाउने नियम बनाएका छन्। यस गाउमा एक जनाको
बन्दुक थियो। सिमेन गाउको गल्लि छेवैमा पुग्दा
धनीवाल संग हिड्दै गरेको डरलाग्दो कालो रंगको कुकुर देख्यौ।
सिमिने
गाउ आरामले 1230Hrs पुग्यौ। ३९७० मिटरको उचाई अवस्थित माथिल्लो डोल्पाको न्यानो भेग
भएको सिमेन गाउको खेतका कान्ला तिर देखिएको रुखहरु रोपेको कुरा बताए हरी भाईले । सिमेनमा होटल र पसल
नभएकाले हरि भाईले चिनेको लामाको घरमा गयौ। छोरा बुहारी गोठ र बारीमा उवा छर्नका
लागि गएको कुरा लामा बाजे सुनाए।हरिभाईले
खाना पकाउन थाले। खाना पकाउदै गर्दा लामा बाजेका छोरी आईन्। छोरी मिजासिल स्वभाकी रहेछिन्। केहि समय हामी संग
कुराकानी गरे पछि काम गर्न लागिन्। खाना खाए पछि स्कूल तिर लाग्यौ। बिदेशीको
सहयोगमा संञ्चालित स्कूल रहेछ ।1530Hrs बजे स्कूल पुग्यौ।नानीहरु कखग पढिरहेका सुनिन्थे। सोलार बाट शिक्षकहरुका लागि डिस होम र
मोबाईल चार्ज गर्नका लागि सुबिधा रहेछ।हामीले हाम्रो मोबाईल चार्ज गर्न स्कूलका
कुक भाईलाई दियौ। हरिभाईको गाउ आसपासका शिक्षकहरु रहेछन् सबै चिनारुहरु। ४ बजे स्कूल समाप्त हुँदो रहेछ। स्कूलका कुक
भाईले शिक्षकहरुका लागि खाजा बनाउदै थिए। चिया र थेन्दुक शिक्षकहरु संगै बसेर
खायौ। डिस होममा नेपाली फिल्म हेर्दै। 1730Hrs शिक्षक र स्थानिय युवाहरु बिच
बिधालयको प्राङ्गनमा धुलो उडाउदै फुटबल खेल्न थाले। ४ र ५ कक्षामा अध्ययरत
भाईहरुले कक्षा कोठाहरु सरसफाई गरिरहेका थिए। 1800Hrs शिक्षकहरु संग हात मिलाई
छुट्यौ।
लामा बाजेको घरमा हरि भाईले थेन्दुक बनाउन लागे। लामा बाजे पुजा पाठ गर्दै
थिए। लामा बाजेकी बुहारी आई पुगिन् । हरि
भाई ट्रेकिङ गर्ने भएकाले सजिलै चिनिन्। भोटे लवजमा तिमीले मिठो खाना बनाउछ भन्दै
गान्टेमुला निकाल्दै दिईन्। भोटे चिया पिउदै थिए म। लामा बाजेले पुजा गरि सके
पश्चात लामाको छोरा आईपुगे। ठेन्दुक
पाकी सकेको थियो। सबै बसेर खायौ। हरि भाईले ज्याँदै स्वाँदिष्ठ पकाएको थियो। लामा
बाजेको बुहारी र छोरा खासै बोलेको थिएन्। बुढा बुढीको ठाकठुक परेको जस्तै सजिलै
थाहा पाईसकेको थिए। खाना खाए पछि दाईहरु राम्रो संग सुत्नु होला। आज गाउमा बैठक छ भन्दै लागे उनी। तिनका श्रीमतीलाई सोधे। के को बैठक यस्तो रातको समयमा। यसले गाउका एक जना आईमाई लाई भुडी बोकाएको
थियो। ६ बर्षको छोरी छ। त्यो केटी एक हप्ता अगाडि मर्यौ। त्यो नानी लाई कस्ले हेर्ने
त्यसैको लागि गएको त्यो। यसको दिदीले बाउ बिनाको छोरी छ। दिउसो देख्नु भयो होला
तपाईहरुले। १० बर्षको छ। बिहान को खाना यहा खान्छ। साँझमा आमा छारी अर्को घरमा आफै पकाई खान्छ।
सासु २ बर्ष भयो बितेको। यो गाउमा बाउ बिनाको नानीहरु धेरै छन्। यो गाउमा एक जना
आईमाईको धेरै लोग्ने चलन छ कि छैन सोधे। सिमेन गाउमा छैन तर मेरो माईती गाउमा छन्।
मलाई मन पर्दैन यस्तो चलन। तपाईको माईती तिञ्जे हो मैले सोधे। होईन मरिमला पास
जाने भन्दा तल पर्छ मेरो माईती।
हाम्रो
प्रेम बिहे भएको हो। यसको यस्तो खालको आनीबानी थाहा पाएको भए बिहेनै गर्ने थिईन्।
यि नानीहरु नभएको भए छोडी दिएर माईती गएर बस्थे। आक्रोस पोख्दै सुनाईन् मलाई।
तपाईको श्रीमान त अग्लो र ह्याड सम रहेछ नी मैले भन्दा । हाँस्दै के गर्नु फसी
हाले म। सिमेन गाउमा छोराहरु लाई स्कूल पठाउ छन् । छोरीहरुलाई पठाउदैन्। तर मैले
छोरा र छोरीलाई स्कूल पठाएको छु। हामी गफगरि रहदा कक्षा २ पढ्ने छोरा कखग पढ्दै
थिए। छोरी शिशु कक्षा पढ्दा रहेछिन्। तपाई राम्रो नेपाली बोल्नु हुँदो रहेछ । कहाँ
र कसरी सिक्नु भयो। हाम्रो माईती तिर बोल्छ अनि म काठमाण्डु बसेको त्यहा पनि
सिकेको। लामा बाजे र हामी संगै सुत्ने हिसाबले चुलाकै एक तिर बिस्तारा लगाए ।
लामाकी बुहारीले २ वटा नानीहरु संग चुलाकै एक तिर बिस्तार लगाईन्। भोली हाम्रो
लागि ४ वटा रोटी पोली दिनु है हरि भाईले भने। 2100Hrs सोलार बाट बालेको बत्ति अफ गरे
लामा बाजेले। सबै सुत्यौ ।

No comments:
Post a Comment