Saldang-
High Camp(Vijer)
23 May
2019
हिजो बुलुकीको उब्रेको थेन्दु संग वाई वाई खाजा खायौ। ज्यान तातो बनायौ। लामा बाजेका बुहारी चौरीका दुध दुहुदै थिए। सबै जनालाई फेरी भेटौला भन्दै 0630Hrs सालदाङ बाट हिड्यौ।
उचाई
बढिरहेको थियो। सास बढिरेहको थियो। कछुवा गतिमा उकालोमा उक्लि रहयौ। उक्लिदै गर्दा
सानो पोखरी भेट्यौ। नेपाल टेलिकमको टावर निमार्ण भईसकेको देख्यौ। लामा बाजेले अबको २ महिना
भित्रमा टेलिफोन सेवा गाउमा चल्छ भनेको थियो हिजो हामीलाई। कराङ गाउ सिधै तल
देखिरहेको थियो। सालदाङ गाउलाई थुम्काले छेकीसकेको थियो। 4600 मिटरको उचाईमा
पुग्दा खाजा खाने सल्लाह भयो। हरि भाईले तातो पानी तताउन थाले। आचार संग फापरको
रोटी खाजा खायौ। तातो पानी र चिया पियौ। ज्यान तातो बनायौ। बादलले घामलाई लुकाउने
र छोड्दै गरेको वतावरण थियौ। ४५ मिनेट सुत्यौ।
ब्युँझिए
पछि चारै तिर मुस्कुराएर बसेको हिमालको तमास नियाल्दै उक्लिदै गर्दा नाङ्डोला पास
वरिपरिका हिमालहरु देखिन थाले। नेपाल र चाईना तिरका हिमालहरुले क्षितिज संग मिले
बसेको देखिन्थे। नाङ्डोला पास पुग्नै लाग्दा हिँउ संग कुस्तिनै खेल्नु पर्यो।
कहिले भासिने कहिले पछारिने चिप्लिदै गर्दै स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै 5370
मिटरको नाङ्डोला पासमा पुग्दा हर्ष र उल्लाष छाउन थाल्यो।
देखिदै
गरेका हिमालका चुचुराहरुलाई कुहिरोले छोपि सकेको थियो। पास बाट छेवैमा ढाका टापी
लगाएर बसेको जस्तै आकृतिमा रहर लाग्दो हिमाल मुस्कुराउदै बसेको देख्न पाउदा खुशीले
गदगद भए। ईच्छा पुगुञ्जेल तस्विर र भिडियो खिचे। पासमा १५मिनेट बस्यौ। पास बाट
झर्दै गर्दा हिउले कुटेर राखेको जस्तै लाग्ने चिउराको आकृतिमा देखिने खालका काला
ढुंगामा टेक्दै हिड्दा थकानको महसुस भएको थिएन्।
आकासमा
कालो बादलको हुल हिमालको टाकुरा तिर उड्दै गरेको
देखिन्थे। नाङ्गा पठारमा ४८८० मिटरको उचाईमा एक्यापले निर्माण गरेका एउटा हट
भेट्यौ। भिजेर गाउ पुछारमा देख्दै थियौ। बाटो पुरै ओरालो भएकाले थकानको भान हुँदै
थियो। खोलाको छेवैमा 4650 मिटरको उचाईमा भिजेर नपुग्ने हाई क्याम्पमा बस्ने योजना बन्यौ।
1630Hrs हरियो चौउरमा टेण्ट टाग्यौ। सिधै तल देखि रहेको याक
फार्म र चिज फ्याँक्ट्री हो । हरि भाईले टेण्ट टाउदै मलाई सुनाए। सालदाङ बाट बोकेको उसिनेको आलु रोटीको साथमा वाई वाई को सुप संग खाने
भन्दै हरि भाईले पानी तताउन थाले। आकास खुलेको थियो। घाम किरण टाकुराहरुको शिरमा पुगिसकेको देखिन्थे। टेण्ट
भित्र खाना खाई सके पछि साँझ नपर्दै स्पिङ ब्याग भित्र सुत्न थाल्यौ। कोलाहल केहि
थिएन्। शान्त वतारण थियो। छेवैमा खोला बग्दाको आवाज मात्र सुनिन्थे। हरि भाई आफ्नो
मोबाईलमा डाउन लोड भएका भिडियो हेर्दै थिए। म नारायण गोपालका गीत सुन्दै हरि भाईले
भने आज सालदाङ देखि १० घण्टा हाई क्याम्पमा आई पुग्यौ । भोलि सजिलै आरामले २
घण्टामा आरामले पुगिन्छ भिजेर हरि भाईले भने। गीत सुन्दै गर्दा निदाए छु म।






