Total Pageviews

Sunday, September 13, 2015

रामारोशन ताल

मोहनी लगाउने रामारोशन ताल

  1. Day काठमान्डु देखि धनगढी बस यात्रा घनगढी बाट माईक्रो बस मार्फत दिपायल सिलगढी ।
  2. Day सिलगढीबाट बस यात्रा गरि साँफेबगर (२४किलोमटर सिगढी देखि साँफबगर) ।( ३५किलोमिटर साँफेबगर देखि अछामको सदरमुकाम मंगलसेन) ।
  3. Day साँफेबगर -जयगढ बस ३०मिनेट जीप यात्रा । जयगढ देखि रामारोशन पदयात्रा 
  4. Day रामारोशन गाउदेखि २ घण्टा पदयात्रा गरि रामारोशन ताल दृष्यलोकन
  5. Day रामारोशन -बिनायक पदयात्रा
  6. Day बिनायक- राकाम पदयात्रा (राकमदेखि बस यात्रा गरि सुर्खेत)
  7. Day सुर्खेतमा आराम (बुलबुले ताल र काँक्रेविहार दृष्यलोकन) 
जानकारी:- डोटी जिल्लाको सदरमुकाम सिलगढी बाट सवारी साधन अछाम जिल्लाको मंगलसेन सम्म सुविधा छ। साँफेबगर बाट बिहान ७ देखि अन्तिम जीप ९ बजे मंगलसेन सम्म छुट्ने गर्दछन् ।
डोटी जिल्लाको खप्तड निकुञ्ज र अछाम जिल्लाको रामारोशन ताल नियाल्न हामीलाई औधी हुटहुटी भयो । बिस्तृत रुपमा ईन्टरनेटमा खोज्यौ तर सामान्य जानकारी मात्र पायौ । कसरी पुग्ने कहाँ बस्ने कुनै जानकारी पाएनौ । त्यो हौसिएको हाम्रो मन लाई बाँधेर राख्न सकेनौ र निर्कौलमा पुग्यौ दिपायल र मंगलसेन पुग्ने जानकारी लिने र निकुञ्ज अनि तालको दृष्यलोकन गरि फर्कने योजना बनायौ।  मित्र द्बय बिशाल  प्रताप र म काठमाण्डाै नयाँ बसपार्क गंगाबु बाट खप्तड डिलक्स गाडीबाट हुकियौ ७जनवरी २०१३। खप्तड निकुञ्जको जंगलमा हराएर हाम्रो अधकल्चो पदयात्रा भएता पनि रामारोशन तालमा पुगेर त्यहाँको मनमोहक प्राकृति गहनणामा रमाएर रतौली खेल्यौ । तर त्यहा सम्म यात्रा गर्न सजिलो भने रहेन्छ।
10 Jan 2013 रामारोशन ताल कसरी पुग्ने जानकारी  साँफेबगरको होटल डिलाईट्स बाट नपाए पछि ९ बजेको अन्तिम जीपबाट यात्रा गर्दै बयलपाटा जयगढ र कैलास खोला नियाल्दै १०तिस बजे मंगलसेनकोहोटल कर्णालीमा पुग्यौ। तातो खाना खाई केहि समय आराम गर्दै साहुजी संग रामारोशन पुग्नका लागि उहाँले बताउनु भयो। “रामारोशन जानका लागि सबै भन्दा उत्तम बाटो जयगढमा ओर्ली एक दिनको पदयात्रा गरि रामारोशन पुग्ने बताए तर पनि हामी फेरि फर्केर जयगढ नजाने बिचार लिए पछि उहाँले वलीगाउ जुपुगाउ भएर दर्ना गाउको पुछारमा कैलासखोलाको झोलुङ्गे पुलमा होटल छ । त्यहा बस्नुहोस भोलि आरामले रामारोशन पुग्नु हुने छ”। १२ बजे मंगलसेन बाट हिड्यौ। जीपु गाउ निवासी कक्षा ६ मा अध्ययनरत भाई बाटोमा भेट्यौ  HIV संक्रमित भएकी आफ्नी ४५ बर्षकी आमाका लागि दवाई लिई फर्के बताए। प्रत्यक महिनाको २५गते मंलसेन बजारमा दवाई बितरण गर्ने रहेछ। जीपु गाउमा ७जना महिला २ जना पुरुष भाईसबाट संक्रमित भएको बताए ति भाईले। ४दाजुभाई र आमाका साथ कष्टकर जीवन बिताउदै गरेका छौ भन्दै १० बर्ष अगाडि बितेका आफ्ना बाबालाई सम्झदै भाबुक बने।
कैलास खोलाको झोलुङ्गे पुलमा अवस्थित होटल दिर्जामा साँझको ५ बजे पुग्यौ। होटलमा पुग्दा रक्सी पिउदै गरेका युवा र बृद्धाका समुह अगेनुमा आगो ताप्दै गफिदै थिए। रामारोशन घुमघाममा आएका हामी काठमाण्डौबाट भन्दा रामारोशनको गुणगाउन थाले त्यहा भेला भएका युवाहरुको समुह। एक जना बुद्धा भने चुपचाप सुन्दै बसिरहेका थिए। के तपाईहरु पुग्नु भएको छ भनि सोध्दा कोहि नपुगेको बताए।यो बुढा जाने आउने गरेका छन् ईसारा बुढा तर्फ गरे युवाहरुले । मैले ति बाजे संग हामीलाई गाईड गर्न जानुहुन्छ अनुरोध गर्दा उहाँ हामी संग जाने सहमत हुनु भयो । परिचय गर्दा उहाँ दर्ना ४ निवासी नन्दराम रिमाल बताउनु भयो केहि बेर गफगाफ गरे पछि ३०मिनेट उकालो उक्लनु पर्छ मेरो घर पुग्नलाई भनि उहाँ हामी बाट छुटिनु भयो र अन्य युवाहरु पनि आफ्ना घर तिर लागे। त्यस होटलका साहुनी छोरा बुहारी र छोरी साह्रै मिजासिला रहेछन्। यति टाढा बाट पनि रामारोशन घुम्न आउनु भएको देख्दा हामीलाई खुशी लाग्यो भनेर गफगर्दै बस्यौ।
11 Jan 2013 होटल दिर्जा बाट  पौने ८ बजे रामारोशनका लागि हिड्यौ कैलाश खोलालाई पछ्याउदै । १० बजे मुजाबगरमा खाना खायौ। खोचमा अवस्थित मुजाबगर रमाईलो ठाँउ रहेछ तर पुरुषहरु प्राय बिहान देखिनै रक्सीले खुट्टा लरबराएको देखिन्थे। मुजाबगर बाट बाटो लाग्न लाग्दा हाम्रो झोला बोक्नका लागि मरिहत्ते गरेका थिए एक जना जड्याहाले तर ६५ बर्ष उमेर पुग्नु भएका नन्दराम रिमाल ज्यूले झण्डै झापड हान्ने जोस देखाउनु भए पछि ति हजकिए।  ११ बजे मुजाबगरलाई पछाडि पार्दै  कैलाश खोलालाई देब्रे राख्दै कहिले उकालो र तेर्स्रो  बाटोमा पछ्याउदै खोजको पदयात्रामा गफिदै हिड्दै आनन्दित  बनाईरहेका थिए तिनै कुईनेटा बाटोमा लुक्दै निस्कदै गरेको कलिलो सूर्यको उषाले । । सैनिक गाउबाट सोनानी गाउ सम्म एकदमै उकालो बाटो आराम्भ भयो जुन गोरेटो बाटो द्बन्द्ब कालमा माओवादीले खनेका रहेछन् । २ बजे दिउसो रामारोशन गाउमा पुग्यौ । नन्दराम रिमाल ज्यूले आफ्ना मित दाजु अम्वर बहादुर बुढा संग हामीलाई सामान्य चिनजान गराए पछि हाम्रो झोलाले उहाँको आगनमा बिसाउने मौका पायो। भुटेको मकै खाजा खायौ। साँझमा जौको भात र सिस्नोको मिठो स्वाँद लिएर खायौ।
12 Jan 2013 रामारोशन गाउबाट अम्वर बहादुर बुढा लगाएत हामी पाँच जना लाग्यौ रामारोशन ताल नियाल्न ७ बजे । जंगल भित्रको लुकामारी बाटोमा कहिले आकास देखिने कहिले जंगलले छाता ओढोर बसेको बाटोमा हिड्दै गफिदै  ९ बजे पुग्यौ रामेखण्डमा। सूर्यको छिप्पेको प्रकासले चारैतिर ढाकी सकेको यो खण्डमा पुगेर जौको सुख्खा रोटी  खादै चिसो र शान्त वातावरणमा लुकामारी गर्दै करिव आधा घण्टा यहाको प्राकृतिक सौन्दर्यमा हरायौ। पहिलो ताल देख्दा सारा थकान भुल्यौ र क्यामरा समाउदै हतारिदै रमाउदै रमणिय प्राकृतिक सौन्दर्य र ताललाई कैद गर्न थाल्यौ। २०मिनेट जंगल भित्र यात्रा गर्दा  दोस्रो ताल भेट्यौ जसलाई बाटुल्ला भन्दा रहेछन्।अंग्रेजी साल २०१२ रामारोशन महोत्सव गर्दा बाबुराम भट्टराई जीलाई सयल गराईएको परम्परागत ढुंगा तालको किनारीमा तैरिरहेको देख्यौ। त्यसैमा हामी ३ जना  डुंगामा सयल गर्दै तालको चिसो पानी र भेला भएको चिसो हावामा रमाउदै खप्तड यात्रा गर्दा हराएको क्षण र यो ताल नियाल्नका लागि गर्नु परेको २ दिन पदयात्राको कष्ठलाई भुलाउदै करिव २ घण्टा बस्यौ। रामारोशन क्षेत्रमा भनाईमा १२ वटा ताल भनिए पनि सबै पुरिएर अव ८वटा मात्र रहेको बताए अम्वर बहादुर बुढा दाईले ।
6रामेखण्डमा दुई घण्टाको थकान मेटाउदै ६५ बर्षिय नन्दराम रिमाल ज्यू । उहाँ हाम्रो गाईड हुनुहुन्थ्यो दर्ना रामारोशन र विनायक सम्म । स्वच्छ र शान्त वातावरणमा जौको सुख्खा रोटी खाजा खादै र पारिलो घाम ताप्दै बिशाल र प्रताप । यो खण्डमा भविष्यमा स्थानिय बासीले बस पार्क निर्माण गर्ने र होमस्टेको अवधारणा हुँदै छ अम्वर दाईले बताउनु भयो ।
5रामारोशन ताल क्षेत्रको  यो देखिएको पहिलो ताल हो । यो तालमा पुग्न अगाडि हामीलाई अम्वर दाईले यस क्षेत्रमा पाईने  ७ किसिमका जडिबुटी खोज्दै देखाउदै लैजानु भयो। धना जंगलको बिचमा निष्चल शान्त निलो रंग लिएर बसेको ताल देख्दा हामी मख्खै भयौ। अडिग भएर नियाली रहयौ । हाम्रो दिमागमा अरु केहि थिएन केवला ताल र जंगलको आकृति ।
4द्बन्द्ब कालमा माओवादीले ताल नियाल्नका लागि वरिपरि निर्माण गरेका पेभमेन्ट। यो पेभमेन्ट निर्माण गर्न रामारोशन गाबिसका सम्पुर्ण  गाउलेहरुलाई दिनको एक रुपैयाँ ज्याला दिई निमार्ण गरेका । जो आउदैन् त्यसलाई भाटा खुवाउने डर धम्की दिएकाले सबैले जोसफुर्सिका साथ हामीले बनाएको हौ यो। त्यस बेला डराईन्थ्यो आजकाल भएको भए के बनाईन्थ्यो र भन्दै जानकारी हामीलाई दिनु भयो अम्बर दाईले।
3रामारोशन क्षेत्रको सबै भन्दा ठुलो ताल हो यो। मेरो उचाई मापन गर्ने घडीले समुन्द्रको सतहबाट २३०० मिटरको उचाईमा अवस्थित देखायो। हलचल नगरि बसेको यो तालको पानीमा जंगलको पुरै आकृतिको मेकप गरि बसेको देख्दा हामीले पेभपेन्टमा बसेर फोटोग्राफी र तालको दृष्यालोकन गर्दै हाम्रो थकानलाई भुलायौ ।
2निलो आकास मुनि चारैतिर बाग्लो जंगलले ढाकेर राखेको बिशाल यो रोशन फाँटमा बिच भागबाट सङ्लो पानी बग्दा रहेछ। प्राकृतिक सौन्दर्यको गहनाले श्रृगारिएको दृष्यालोकन गर्दागर्दै भुसुक्कै निदाउनु पुगेछन् मेरा मित्र प्रताप। बर्षा ऋतुमा रामारोशन गाउका बासीले भैसी गोठ राख्ने गर्दा रहेछन्। प्रायः नन्दराम रिमाल आफ्नो मित दाईको गोठमा बर्षा ऋतुमा दुध दही खाना आउने गरेको त्यो सम्झना हामीलाई सुनाए। यो फाँट कालिकोट र अछाम जिल्लाको सिमाना भएकाले कालिकोट जिल्ला बासीले पनि गोठ ल्याउने गर्दा रहेछन् ।
1(किनिमिनी फाँट) द्बन्द्बकालमा माओवादीले रामारोशन गाविसका निवासीलाई यस किनिमिनी फाँटमा धान रोपाउन कटाउने निफन्न लगाई धान लिएर गएका कुरा पनि बताए अम्बर दाईल‍े। यस फाँटको पुछारमा बिशाल भडखाला रहेछ द्बन्द्बकालमा सेनाको हवाई गस्ति गर्दा लुक्ने गर्थे माओवादी ।तालिम पनि गर्ने गर्थे सायद अझ पनि हुन सक्ने बिस्वास गर्छन् रामारोशन बासीले बिष्पोटक पदार्थ यो सुरुङ भित्र ।
9
सामुदायिक बनभएकाले कसैले पनि बनका काठपात जडिबुटी संकलन गर्न नपाईने नियम रहेछ। आन्तरिक पर्यटकका लागि एक वटा मात्र लौराका रुपमा चिनो लैजाने नियम भएकाले मालिङ्गो समाउदै किनिमिनी फाँटको किनारमा घाम ताप्दै आराम गर्दै बाँया बाट प्रताप दोस्रो लहरमा बिशाल रक्सीको सिसी समाउदै रामारोशन निवासी हाम्रो पथप्रदर्शक दाई अम्वर बहादुर बुढा र आदरणिय बाजे नन्दराम रिमाल ज्यू । अम्बर बहादुर बुढाको जेठी छोरी  छापामार भएकीले नेपाली सेनाले मारेको र नन्दरामा रिमालको छोरा नेपाली सेनामा सेवारत हुँदा दोहोरो भिड्न्तमा मृत्यु भएको कुरा रामारोशन देखि विनायक पदयात्राको दौरानमा बताए।

Thursday, September 10, 2015

भाचिएको मुलबाटो

भाचिएको मुलबाटो

on August 23, 2010

कोईलीको सुरिलो स्वर सुन्दै युथ ओलम्पिक गेम हेर्नका लागि म सर्कल लाईनको रेलगाडि स्टेसन तिर लम्कदै थिए।सूर्यको कलिलो उषा संगै सुरिलो भाखामा कोईलीले जिब्रो तन्काई तन्काई गीत गाईरहेको थियो। सर्कल लाईनको ढोकामा पुग्दा चालक रहित रेल घच्याक्क रोकियो। १०मिनेटको रेलयात्रा पछि बिसान रङगसालामा पुगे। बिश्वका २०५ राष्ट्रका झण्डाहरु हावाको दिशानुसार फर्फराईरहेका थिए। नेपालको झण्डा अन्य भन्दा भिन्नै आकृतिको देख्न पाउदा छाती गर्विलो भएर आयो। नेपालका खेलाडिहरु सवै छनौटक्रम बाटै बिदा भईसकेका थिए। राष्ट्रिय झण्डामुनि बसेर युथ ओलम्पिकको आनन्द लिने क्रममा पहिलो खेल ४००मिटर हडलको डङग गर्ने आवाज सुन्ने बित्तिकै खेलाडीहरु आफ्नो शक्तिले भ्याए सम्म फिनिसिङ पोईन्ट तर हस्याङ पस्याङ गर्दै पुगे। को रहेछ स्टार्टस भनेर नियालेर हेर्दै गर्दा मेरै सहकर्मी मित्र पो रहेछ सुरेन्द्र। म गजबले गदगदिदै गम्मक लागेर उसलाई नियाल्दै बसे। युथ ओलम्पिक खेलमा बिश्वका नामीखेलाडीहरुलाई नजिक बाट नियाल्नु पाउनका साथै तिनै खेलाडीलाई खेलको चमत्कारीलाई स्टार्टस डङगर्ने शिप तिनै मेरा सहकर्मीको कला देखेर मनमनै गदगद हुँदै बाकी खेल हेर्दै गए। त्यस बाहेक अन्य एथलेटिक्स ईभेन्ट भईरका  तिर पनि साथीहरु अफिसियलको जिम्मेवारी निभाउदै देखिदै गएको देखे। करिव २ घण्टाको आजको एथलेटिक्स ईभेन्ट युथ ओलम्पिक खेल समाप्त भए पछि लुरुलुरु घर तिर फर्के। लुथुक्कै हुने गरि म पनि हामै घर आगनमा भएको ट्रयाकमा दगुरे। बाटामा फर्कदा सिमसिमे पानीले रुझायो। घर आईपुग्दा सन्ध्याले स्वागत गरिसकेको थियो । युथ गेमको प्रत्यक्ष खेल टेलिभिजन सेट अगाडि हेर्दै आनन्द लिदै थिए। समाचार आउने समय भएकाले च्यानल न्यूज एसिया समाचार को च्यानल दवाउदा फिलिपिन्सको मनिलमा भएको बस होस्टेजमा प्रहरीले स्ट्रोम गरेको दृश्य लाईभ देखाईरहेका रहेछ।  भाचिकएको मुलबाटो जस्तै लाग्यो। अकालमा ज्यान गुमाएका ति हङकङका नागरिकहरुले। मन खिन्न भएर आयो।

कुटी र मकै बारी

कुटी र मकै बारी 

on August 27, 2010

पौने बाह्र हुनै लागेको थियो। सरसमान किन्नका लागि जुसेङ बजारमा जानै लाग्दा बाटामा दर्कने झरिले गर्दा बाध्य भएर प्रतिक्षालयमा घुस्न करै लाग्यो। साना साना केटाकेटीहरु पाठशाला जानका लागि तिनै प्रतिक्षालयमा बस कुरिरहेका थिए। बैज्ञानिक ढंगबाट निर्मित छाताहरु तथा घुमहरु ओढेर तिनै केटाकेटीहरु पानीमा खेल्दै असाध्य रमाउदै गरेका देखिन्थे। तिनका आमाहरुले बालबच्चाहरुलाई ज्यादै नरम स्वरमा पानीमा खेल्नु हुँदैन् भन्दै थिए। तर कहा मान्नु नी ति बच्चाहरु। दर्कने पानीले छाडेको थिएन् । केहि समयावधि पछि बस पनि खरायोको गतिको रफतारमा आएर प्रतिक्षालयको छेवैमा घच्याक्क गरि ब्रेक लागेकाले पाङ्ग्राहरु अचल भए। नानीहरु रमाउदै बस भित्र उक्लिदै गए। सवै नानीहरुले आफ्ना आमाहरुलाई हात हल्लाउदै बाईबाई गर्दै बसको रफतार पाठशाला को गन्तब्य स्थल तिर लम्के।
पानीको मुस्लो हाईराईज भवनको धुँरिबाट सिमेन्टे सडकमा बज्रिदै उछिट्टिदै गरेका र  बछिट्टाहरु प्रतिक्षालयको काख सम्म आईपुगेका थिए । अविरल बर्षाले मलाई भदौरे महिनाको सम्झना  दिलायो।
थुम्काको अग्लो स्थान चुनी कुटि निर्माण गरि थोत्रे मट्टितेलको खाली ट्यांका ठटाउदै बर्षे बिदामा मकैको घोगा स्याँलहरुले रजाई नगरोस भन्दै ठुलो ठुलो आवाज निकाल्दै र त्यहि ट्यांका ठटाउदै बस्थे। भुईकुहिरोले वारिपारि माथितल तथा थुम्कै ड्याम्मै हुने गरि घुम ओढिराख्थे। मकैको पातमा सिमसिम पानीले बजार्दा मकै घारी भित्रै  बिनायो बाजाले निकालेको आवाजको अनुभूति हुन्थे। कहिले काहित उराठ लागेर आउथ्यो । तर के गर्ने त्यो मेरो बाध्यता थियो । पारि तिर स्याँल र बाँदरले मकै बिठ्याई नगरोस भनेर वारी बाट म मेरो स्वर खासिने पाराले आवाज र ठुलो ठुलो आवाज निस्कने गरि  ट्यांका थोक्थे। बर्षे बिदामा मकै घारीमानै बित्थे प्राय जसो मेरो समय । ९ र १० कक्षामा अध्ययन गर्ने दाईहरु खकन र टोक्मा लिदै साहुको भारि बोक्ने जान्थे मधेर तिर  । साँझमा किराको एकोहोर किरिकिरीरी आवाज भुईकुहिरले ड्याम्म त्यसैमा रमाउदै निस्कन्थे एक हुल जुनकिरीको समुह।  बर्षे बिदामा भारि बोकेर आर्जन गरेका रुपैयाँ बर्ष भरिको लागि बिधालयको शुल्क तिर्नका लागि जम्म पार्थे लाडे दाजुहरु ।  
अघि भर्खरै ति बालबच्चाहरुलाई सम्झे । साह्रै भाग्यमानी ति बालबच्चाहरु ! भन्दै मनमनै गुनगुनाए। वाह वाह क्याँ भाग्यमानी ति नानीहरु सुविधा युक्त गाडिमा गुणस्तरिय शिक्षा हासिलका लागि बिश्वकै नामी पाठशाला तथा पुस्तकालयमा अध्ययन गर्न पाउनु ति केटाकेटीहरु साह्रै नै भाग्यमानी भन्दै भुसभुसे पानीलाई अटेर गर्दै म पनि किनमेलका लागि बजार तिर मेरा पाईला लाई अघि बढाए।


रजत जयन्ती

रजत जयन्ती 

कामको खापाखाप भएता पनि आज केहि समय पाएकाले म लामो दुरि दगुर्ने सोच  भएकाले चर्को घामको पर्वाह नगरि दगुर्दै थिए। पसिनाले ज्यान निथ्रुक्क रुझाएको थियो। धेरै समयको अन्तराल पछि दगुर्दा खुट्टाहरु बेलाबखत नलर्वराएको हैन्। त्यहि भएता पनि मेरो कदमको रफतारलाई घटाउन चाहिन। बाटामा धेरै मित्रहरुले  नजिस्काएको पनि होईन्। त्यहि भएता पनि मैले एक कानले सुने अर्को कानले नसुने झै रफतारलाई बढाउदै गए।  आदरणिय दाजुहरुको आफ्नो जागिरको रजत जयन्ती मनाउनका लागि आफ्ना सपरिवारका साथ गाडिको प्रतिक्षामा लहरे बर घुमाउने चौतारा नजिकै बिभिन्न पहिरणमा सजीएर आफ्ना श्रीमान् का रजत जयन्तीको त्यो खुशीका क्षण नंम्वर्नीहरु एक आपसमा साटसाट गर्दै गरेका देखिन्थे। त्यो लहरे बर घुमाउने चौतारी झ्याम्म होचो बरको रुख काटे पछि मैले मेरो रफतार घटाए। मनमा कस्तो आनन्द भएको होला त्यो जागिरको रजत जयन्ती मनाउन पाउदा । खै मेरो पनि त्यो बेला सम्म पुग्ने होकी होईन भन्ने मनभरी सुनकोशी र दुधकोशीको संगममा मेला खादा उठेका छाल जस्तै मडारिदै हुत्तिनै ठोक्किदै बलौट किनारीमा आईपुग्दा शक्तिहिन छाल जस्तै  म पनि कुल डाउन गर्ने स्थान तिर लुरुक लुरुक हुँदै बाटो तताए ।

 on September 23, 2010

आरुको फूल

आरुको फूललाई सम्झदा आज 

शनिवारको दिन हुन्थ्यो।गाईबाख्रा चराउन बार्खान बनमा लैजान्थ्यौ। गाईबाख्रा मुसेखर्की घाँस र सराघारी भित्र रमाईरहेको हुन्थे। हामी उरेन ठेउला ठिटाहरु पारी गैराबारीका डिलमा आरु र आरुबखडाको झ्याङमा चढेर तल्ला गाउका युवतीहरुलाई ढुकेर बसेका हुन्थ्यौ। उनीहरु पनि बख्राहरु धपाउदै बिनायो र मुर्चुङगाको स्वरमा गीत गाउदै हामी भएतिर आउदै हुन्थे। हामीले तिनै आरु र आरुबखडाको फूलहरु टिपेर उनीहरुको शिरमा झार्थ्यौ। ए कति साह्रो हो तिमीहरु के पक्कै बैशले कुतकुताएको हो। यति राम्रो फूललाई टिपेर किन बर्बाद गर्छौ। उनीहरुको मुर्चुङगा र बिनायोको खिरिलो आवाज ठप्पै हुन्थे। नरम गरम अनि कर्के आँखाको हाम्रो  हेराईले उनीहरु पनि बिस्तारै नौनी ध्यू बिलाए झै बिस्तारै हामीलाई नरम स्वरमा बोलाउथे झर छिटो आज तिमीहरुले कुन गैरा तिर गाईबाख्रा लगाएका छौ त? उ त्यहि पर पटपटे पाखोमा लगाएका छौ। खै फेरि बजाउन बिनायो र मुर्चुङगाको धुन। खित्का छोडी छोडि हाँस्थे आउदैन है हामीलाई धुन निकाल्न। तर हाम्रो एकोहोर बिन्तिलाई स्विकार गर्दै तिनै धुनमा हामी धुलो उडाउदै नाच्दै भरै गाईबाख्रा घर नल्याईनजेल सम्म नाँच्ने गाउने जिस्कने गर्दै शनिबारको दिनहरु यसरी बित्थे  बिगतमा।

 on September 23, 2010

रफतार

हाम्रो गाडिको रफतार कछुवाको दगुराईमा थियो। हामी सवै थकित थियौ। कारण गोलिबारुद पडकाएर। गोलिबारुद पड्काउदा साँच्चिकै थकित हुन्छ। मष्तिष्क देखि फिजिकल सवैलाई टाठो बनाउनु पर्ने हुन्छ। सूर्यको किरण क्षितपारि बिस्तारै लुक्दै जादै थियो। पासिरलाबा क्यामको वरिपरि राम्रीराम्री युवतीहरु लस्करै लागेर क्याम भित्र पस्दै गरेको दृश्य पनि केहि बेर परेलीलाई नझिम्काउदै हेर्दै सवैले त्यता तिर आँखा डुलाउदै थियौ। सायद पासिङ आउट परेड वा कुनै फङसन होला भन्दै हाम्रो थकित शरिरलाई गाडिको घुमाईको पांग्रासित घुमाउदै थियौ। सवैको घरफर्कने क्रमले होला हामीलाई निधार्रित समयमा आईपुग्ने समयमा नपुग्ने अवस्थामा थियौ। चार लाईन भएको सडकमा पुरै बर्षे दिनको झरिमा कमिलाहरु लस्करै हिडेको पाराले आँखाले भ्याए सम्म दृश्य देख्दा दिक्क लाग्दै एक मित्रले मलाई सुन्न मन नलाग्दै भन्दै थिए। हाम्रो देशमा रोड सानो भएकाले जाम यहाँ गाडि धेरै भएर जाम । म हाँस्न मन नलाग्दै जब्वर जस्ति हाँसो निकाले। संयमित ढंगले चालकले आफ्नो आफ्नो लेनमा गाडिलाई हाकिरहेका थिए। कुनै किसिमको हर्नको आवाज सुनिदैन थियो। लेन परिवर्तन गर्न परे पनि बत्तिको संकेतले परिवर्त गर्दै गरेका देखिन्थे। बाटावरि परि भएका डिजिटल प्रविधिमा अक्षरहरुले अगाडि ट्राफिक जाम छ कृपया बिस्तार गाडि हाँक्नु भन्ने संकेतहरु ठाँउ ठाँउमा डिस्प्ले भएका देखिन्थे। चार लेन भएको सडकको दृश्यमा लहरै गाडिहरु आफ्नै रफतारमा अगाडि बढ्दाको रमाईलो थियो। तर ज्यान सवैको थकित भएर होला कति बेला घर आईपुगेला भनेर सिटमानै झुल्न थालेका थिए।

on September 23, 2010

मुग्लानको शब्दकोष

मुग्लानको शब्दकोष 

२३सेक्टेम्वार२०१०
०८४०दिनाङक
पाखाली भ्याकुर काक्रे बनावटे गाडिबाट हाम्रो समुदाय भित्रका दाजुभाई दिदिबहिनीहरु संगै पोलिक्लिनिक जादै थिए। बाटामा कार्यलयको समय भएकाले कार गाडि भ्यान र ट्रकहरु कार्यलय भ्याउनमा आतुर भएको देखिन्थे। पोलिक्लिनिकको ढोकानिरै गाडिको चारवटा पाङग्राले बिस्राम लियो। बिधुतिय प्रविधिबाट लाईनको टिकट पनि एउटी परिचारिकाले दिईन। मेरो पालो कहिले आउला भन्दै बकुल्लाको धैर्यतामा बसियो। म आफ्नै संसारको भावनमा डुल्दै थिए। नेपाली आवाज मेरो जालीमा गुन्ज्यो। म पछाडि तिर फर्के। आफ्नो दोस्रो छोराको नाम जापानीज भाषा बाट आफ्ना मामाले राखिदिएको साथै पहिलो बच्चाको नाम पनि अंग्रेजी शब्द बाट न्वारान गरेका गफ आफ्ना साथीसित गर्दै रहेछन्। अर्की उहाँकी साथीले पनि छोराको नाम अंग्रेजी भाषा बाट राखेको छु भनेको पनि सुने। आफ्नो नानीहरु संग अंग्रेजी लवजमा कुराकानी गर्दै थिए। मैले सोचे किन होला नेपाली भएर पनि मातृभाषा शब्दकोष बाट के मातृभाषा शब्दहरु भेटाएन् के मातृभाषाका शब्दहरु पक्कै अनिकाल लागेकै कारणले मातृभाषाले पनि आजकाल मुग्लान प्रवेश गर्नु पर्ने बाध्यता  हो कि रहर हो। हाम्रो मातृभाषाको शब्दकोषमा अनिकाल लागेरै होलान्। आफ्ना ति नानीहरु संग अंग्रेजी शब्दहरुमा गफगरिरहेका थिए। मनमनै गुनगुनाए हैन हामी जुन धरतीबाट मुग्लानमा छौ किन यसो गर्छौ। यस्तो भयो भने हाम्रो भेषभुषाले पनि कालान्तरमा गएर सङग्राहलयमा मात्र देखिने पो हो कि भन्दै मगजको धमनीहरुमा रत्तप्रणालीहरु सञ्चालन हुदै गर्दा स्नायूले मेरो क्यून नंम्वर आएको संकेत बिधुतिय डिस्प्ले मा देखिएकाले म डाक्टरको ढोका तिर लम्के।

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...