21May 2019
नेपालका कान्छा वडा अध्यक्ष शेफोकसुण्डो गाउपालिका वडा नं १ का जिग्मे लामा संग उहाँको घुरेनमा (कोमास गाउ माथिल्लो डोल्पा)
0530Hrs ब्युँझदा लामा बाजेको बुहारीले उवाको रोटी पोल्दै गरेकी थिईन्। लामा बाजे पुजा गर्दै गरेको थिए। हरी भाई र म भोटे चिया पिउदै गर्दा लामा बाजेको छोरा र कोमास गाउ बाट आएका पाहुना पनि उठे। आफ्नी श्रीमती लाई भोटे भाषामा बोलाउथे तर केहि नबोली रोटी पोलीरहेको थियो। हिजो रातीको बैठकको निर्णय के भयो राम्रो भयो होला हैन दाई। कहाँ हुनुनी त्यतिकै सकियो। भोलि फेरि बैठक छ भन्दै गर्दा घरमा ल्याउदा भई हाल्यो नी रिसाउदै र कर्के आँखा तर्दै उनीकी श्रीमतीले भनिन् । सिमेन गाउबाट 0620Hrs बजे बाटो लाग्यौ। काठे पुल तर्ने बितिक्कै उकालो बाटो सुरु हुन थाल्यो।
1515Hrs बजे खोला बाट हिड्यौ कोमास गाउ। बाटो पुरै उकालो थियो । आराम र थकान मेटाएकाले होला
सजिलै1600Hrs कोमस गाउ पुग्यौ। अस्ताउनका लागि घामको प्रकाश हिमालहरुका घाटि घाटि
सम्म पुगेको देखिन्थे। कोमास गाउमा पसल र होटल नभएकाले हरि भाईले चिनेको लामाको घरको
आगनमा पुग्दा लामाका छोरा र बुहारी साथै तिनका कामदारहरुले घोडा चौरी लाई घास र
दाना पानी दिदै देखिए। औतारी लामाका दाईको छोरा बलेसीमा भेटायौ। उहाँ संग कुराकानी
गर्ने क्रममा हाम्रा दाई नेपालकै कान्छा उमेरका वडा अध्यक्ष सुनाए। मैले कान्छा
वडा अध्यक्ष जिग्मे लामा भने सुनेको थिए तर कुन गाउका भनेर
थाहा थिएन् । खुशी लाग्यो बधाई र शुभकामना भन्दै हात मिलायौ। उहाँले हामीलाई
न्यानो आत्मियताका साथ घर भित्र भित्राउनु भयो। झोला बिसायौ। चिया पियौ।
आतारी
लामाका घर फर्कदा पुल बनाउने गाउलेहरु फर्कदै गरेका देख्यौ। वडा अध्यक्षका श्रीमतीले
खाना बनाउदै थिए। लामा पुजा पाठ गर्दै थिए। चिया पिउदै युवा वडा अध्यक्षलाई सोधे कहाँ
पढ्नु भयो। काठमाण्डुको नामग्याला बोर्डिङ स्कूल बाट १२कक्षा पास गरे पश्चात गाउमा
आए। गाउको बिकासको लागि राजनीति गर्न मन लाग्यो। वडा अध्यक्ष भए। गाउको बिकास गर्न
मैले चाहेर पनि अलिक गाह्रो हुँदो रहेछ। मेरो वडाको जनताको बस्तिमा पुग्न २ दिन
लाग्छ। मैले वडा अध्यक्षको भनाईलाई सहमती जनाए। तपाईको उमेर २१ अनि श्रीमतीको उमेर सोध्दा १९
बर्ष पुगेको बताए। लामा पुजा पाठ समाप्त गरे पछि उहाँ संग
कुराकानी गरे। हलेसी महादेश दर्शनका लागि धेरै पटक पुगी सक्नु भएको रहेछ। हलेसी
महादेब थान दर्शन गर्न गए धेरै आयु बढ्ने बिश्वास सुनाए।
आज खोलामा पुल बनाउदै गरेका बारेमा सोध्दा । गत साल पुल बगाएका थियो। मेरो छोरीको
स्तन क्यान्सर निको भएको। उसको नाममा पुल बनाई दिएको कुरा बताए। बहुमपती प्रथा कोमास गाउमा पहिला देखिनै नभएको बताए लामा जीले। छोरी र श्रीमती
अहिले काठमाण्डुमा बस्दै गरेको छ। साँझको खाना सिस्नोको तिहुन संग चामलको भात मिठो स्वाँदका साथ
खायौ। लामाको बुहारीलाई भोली बिहान हाम्रा लागि ४ वटा रोटी बनाई दिनु होला हरि भाईले भने।
सुत्ने
बेलामा हरि भाईले बताए यो औतारि लामा हो।
ज्यादै प्रख्यात छ यो ठाउमा।
केहि क्षणमै भुसुक्कै निदाए छौ।







