Total Pageviews

Monday, June 5, 2017

The Great Himalaya Trail (Travel Diary) Day-2

Great Himalaya Trail 

Day-2(13 July 2016) Nepalgungja


१३जुलाई २०१६ असार २९ गते नेपालगंञ्ज

असारे महिना भए पनि चारै तिर आकास खुलेको थियो। फाटफुट आकासमा सेतो कुहिरो उड्दै गरेको देखिन्थे। नेपालगंञ्जको गर्मीको रापले भने हामीलाई मुसार्दै थिए।


भारतको भूमि रुपिडिया बजार । रेल्वे स्टेसन अगाडि ३ भाईको जोस। टुकटुक रिजर्भ गरि भारतको रुपिडिया बजार र नेपालगंञ्जको चोकचोक चहारेका थियौ। किशोर सर चालक बन्नु हुँदै । भान्जा र म यात्रु। 

FaceBook Live


नेपालगंञ्जको प्रख्यात र आगन्तुको घुईचो भएको होटल सिदार्थमा ९ बजे बिहान रिसेप्सनमा पुग्यौ ।  अनिदो र गाडीको घङघङ्ती बाट फ्रेस हुनका लागि नुहायौ। स्वाँदिष्ठ नेपाली खानाका परिकार खाए पछि ३ जना लाठे युवक Air Con चिसो बनाई १२बजे देखि ४ बजे सम्म कुम्भकर्ण भयौ।  होटलको झ्यालबाट नियाल्दा चारै तिर हरिया धानबारीका फाँट  क्षितिज सम्मै देखिन्थे। बिच बिचमा उम्रिन नजाेको च्याँउ झै घरहरु। नेपालगंञ्जमा रिक्सा बिस्थापित भईसकेछ। टुकटुक  बहान लिई । हामी ५बजे  नेपाल भारत सिमान रुपिडिया बजार नियाल्न लाग्यौ । १हजारमा टुकटुक रिजर्भ गरि।  रुपिडिया बजार सुन्दा रमाईलो होला ठानेका थियौ तर भुत्रोहुनु राम्रो । नमिलेको बस्ति । फोहोर पनि उत्तिकै। टुकटुक चालक भाईले रुपिडिया बजारको गल्लि गल्लि  र चोक चोकमा घुमाए । भारु पैसा चाहिन्छ भन्दै टुकटुक छेउ तिर आउथे दले भाईहरु । चालक भाईले बडो जोसले हकार्थे साला  पैसा चाहिदै तेरो । दाईहरु घुम्न आएको भन्थे । हामी मुसुमुस हाँस्दै बस्थ्यौ। नजिक बाट रुपिडिया बजारले मोहनी लगाउन सकेन हामीलाई । युवा जोस भएका ति भाई अविवाहित रहेछ तर अन्तरजातिय गल्फ्रेड भएकाले अर्को साल भगाएर भारत जाने योजना सुनाए।  भारतीय सिमाबल सैनिक र प्रहरी बाटा छेउमा उभि बस्या देखिन्थे। भारतीय सिमा सैनिकले मेरो झोला जाँच गर्यो। नेपाली रुपैयाँको बिटा देखेर सोध्यो । हामी घुम्न निस्केका त्यसका लागि हो । यो रकम हामीले भन्यौ। सिद्धार्थ कटेजमा हामी३भाई लुस्क्कै पस्यौ । खसीको भुटुन खायौ। म र बिशाल भान्जाले चाख्यौ तर मिठो लागेन। नेपालगंञ्जको सुर्खेत रोडको मिनिमार्टमा ५हजार २ सयको किन्यौ यात्राका लागि चाहिने आवश्यक समानहरु ।  होटल सिद्धार्थमा साँझको ७तिस बजे फर्कयौ। भोलि सिमिकोट पुग्ने मिठो सपना का साथ गफगाफ Wi Fi चलाउदै बस्यौ। Air Con को चिसो वतावरणले भरिएको कोठामा सिरक भित्र लुटुपुटु हुँदै शुभरात्री बाँड्दै सुत्यौ।   



होटल सिद्धार्थको ४ तलाबाट नेपालगंञ्जको दृष्य नियाल्ने क्रममा ।


FACEBOOK Live .Great Himalaya Trail 





डाक्टर चित्रकारको साथमा सिद्धार्थ होटलको रिसेप्सनमा अचानक भेटघाट हुँदा । 


होटल सिद्धार्थको खान्कीमा रमाउनु हुँदै किशोर सर । भान्जा बिशाल पछाडी आउनु हुँदै 


भारतको रुपिडिया बजार । कस्तो न होला भनेर घुम्न गएका थियौ। कुनै दिन फेरि नेपालगंञ्ज  पुग्यौ भने रुपिडिया बजार चाहि गईदैन् । 

भोलि १४ जुलाई २०१६ ग्रेट हिमालय ट्रेलको लागि अन्तिम रात होटल सिद्धार्थमा । उत्सुक्ताको साथ किशोर र म पाखाली भ्याकुर । 

Sunday, June 4, 2017

हामीले देखेको घुमेको हुम्ला ।

Great Himalaya Trail हुम्लाको सिमिकोट हिल्सा लिमि भ्याल्ली हुँदै  सिमिकोट सम्मको । हामी तीन जना किशोर बिशाल र पाखाली भ्याकुरले देखेको नेपाल हेर्नु होस।




Great Himalaya Trail .Day-1(Travel Diary)

Great Himalaya Trail 

Day-1(12 July 2016) KTM- NEPALGANJA

१२जुलाई २०१६ असार २८ गते हामी ३ जना किशोर बिशाल र म ग्रेट हिमालय ट्रेलका लागि काठमाण्डुबाट नेपाल गञ्ज लागेका थियौ बस यात्रा गरि । मैले बसको टिकट किनेको थिए प्रति ब्याक्ति १२५० को दरले ३७५० हिड्न भन्दा १ हप्ता अगाडि कान्तिपुर  डिलक्स सेवामा ।  प्राय ग्रेट हिमालय ट्रेल ताप्लेजुङ देखि आरम्भ भएर हुम्लामा टुङ्गिन्छ । तर हामीले भने हुम्ला देखि पदयात्रागरि ताप्लेजुङ मा समाप्त गर्ने गरि काठमाण्डु देखि नेपालगञ्ज बस यात्रा र नेपालगञ्ज देखि हुम्लाको सिमिकोट सम्म विमान सेवा लिएका थियौ । नेपालको २ वटा जिल्लाका सदरमुकाम छन् अझै राष्ट्रिय सडक संञ्जालले नछोएको  हुम्ला र डोल्पा ।  राष्ट्रको ईच्छा सक्ति भएमा ३ बर्ष भित्रमा यि २ जिल्लामा जोडिने देख्यौ तर यस्तै पारा भएमा दशकौ लाग्ने भन्दै हामी ३ जनाले कर्णालीका ५ जिल्ला घुमिसक्दा आँकडा गर्यौ ।




ग्वाँगबु बस पार्कमा हामी ३ भाई कान्तिपुर डिल्कस पर्खदै 

FACEBOOK Live Great Himalaya Trail 


असारको महिना भएकोले सिमसिम पानी पर्दै थियो। फूलचोकी र ककनीको डाँडातिर भूईकुहिरो बरालिदै गरेको देखिन्थे। ६बजे गाडी छुट्ने भएकोले हिलाम्मै रोडमा मनपरि गुडेका गाडी र त्यसले निकाल्ने दिक्क लाग्दो हर्न सुन्दै ट्याक्सीबाट साढे पाच बजे गंगाबु बस पार्कमा हामी ३ जना भेट भयौ।  नेपाली समय त हो ६ बजे भनेको ६तिस बजे बल्ल गंगाबु बसपास पार्क बाट गुड्न थाले कान्तिपुर डिलक्स सेवा ।  कलंकी र थानकोटको जाम छाड्दै  कान्तिपुर डिल्कसले आफ्नो गति नागबेली कुर्इनेटामा धुँवा फ्याँक्दै रनिङ गर्न थाल्यो। सन्ध्याले स्वागत गर्न थाल्दै गर्दा कति बेला भुसुक्कै निदाए छौ। किशोर सरले दाई मलेखु आईपुग्यौ खाना खानु पर्छ भन्नु भयो। खाना खायौ।  खानाको एक हजार तिर्यौ। खाना मिठो थिएन। रात छिप्पिदै थियो। गाडी मुग्लिन तर्फ गुड्दै थियो । गर्मी महसुर भएर हामी ३ जनाले एकै स्वरमा Air Con लगाउनुन भन्यौ कन्डक्टर भाईलाई। त्रिशुली नदीको धमिलो भेल र बिपरित दिशा बाट आईउदै गरेको गाडीको उज्यालो प्रकाशमा एअर कन्डिसनको चिसो वतावरणमा रमाउदै गर्दा । हाम्रो अगाडी बस्नु हुने २ जना महिला बहिनीहरुले जाडो भयो । एअरकन अफ गर्नुसन भन्दै Air Con अफ गरे मुग्लिन नपुग्दै। मुग्लिन काटे पछिका तारे भिरतिरको कुइनेटा तिर पुग्दा फेरी तातो महसुस हुन थाले पछि हामीले  पुन एअरकन अन गर्न लगायौ तर त्यहि हो फेरि नारायणीको पुल कटे पछि ति बहिनीहरुले अफ गर्न लगाए एअरकन । त्यस पछि हामी ३ भाई पनि हवस है कति भन्ने भन्दै हामी पनि नेपालगंञ्ज पुग्ने उत्सुक्ताको साथ निदाउने प्रयास गर्दै गर्दा फुस्सै निदाए छौ। 


कान्तिपुर डिल्कस सेवा भित्र हामी हर्षित मुद्रामा
FACEBOOK Live Great Himalaya Trail 





मेरो नाता साङ्निला उत्तामा स्कूल संग

4June 2017
SangNila Uttama School ,Singapore
1053hrs 
तल देखिएको तस्विर साङ्निला उत्तामा स्कूलको भूभाग हो । साङ्निला उत्तामा स्कूल प्राङ्ग भित्र  सात कोठा भएको लामो एक तले   भवन , पाँच कोठे भएको दुई तले भवन, तीन तले  तीन कोठे भएको  एउटा भवन, मल्टिपर्पोज हल एक, लात्ते भकुण्डो चौउर र मल्टिपर्पोज कोर्ट थिए दुई दशक अगाडि । आजकाल माथि भनिएका संरचनाहरु केहि छैन। जमिनले काँचुली फेरि सकेको अवस्थामा छ। तल तस्विर आफैले बोल्दै छ।


तल देखिएको साङनिला उत्तामा स्कूलको जमीन हो। भौतिक संरचना र जमिनको भूभाग परिर्तन भए पनि आफू बसेको ठाँउमा बिगतमा भोगेका अनुभव गरेका दुःख  र सुःखका क्षणहरु आउदो रहेछ। चारैतिर शान्त वतावरण हुन्थ्यो उ बेलाको साङ्निला उत्तामा । मानब बस्ति केहि थिएन। चकमन्न रात हुन्थ्यो । स्ट्रिट बत्तिहरु पनि थिएन्। वरिपरि अग्ला अग्ला नरिवलका रुखहरुले साङ्निला उत्तामाको सोभा बढाएको देखिन्थ्यो। छेवैमा जरुवा पानी कलकल गर्दै बग्दै गरेको सुनिन्थ्यो। बिहानी र बेलुकी चरा चुरुङ्गीको हुल पानी पिउनका लागि आउथे । प्याँस मेटाए पछि उनीहरुले निकालेका आफ्नै आफ्नै आवाज सुन्न मज्जा आउथ्यो। फाँटफुट ठुला ठुला दुरेनका रुख थिए। रम्बुतानको झाङ्ग भित्र बाट कोईलिको उराठ लाग्दो भाखामा गीत गाएको सुन्न पाईन्थ्यो। कोईलिले पनि ऋतु अनुसार आफ्नो भाका फेर्ने गर्थ्यो। ओसिलो र शान्त जमिन भएकाले होला King Cobra / Black Cobra र अजिङ्गरले हामीलाई तर्साउन आउथ्यो। सन्ध्याको आगमन संगै मध्यरात सम्म तेस्रो लिङ्गीको समुह हिडडुल गरेको देखिन्थ्यो ।  


हाईराजई भवन उठ्न लाग्दै गरेको देख्न सकिन्छ तल देखिएको तस्विरमा । जुन स्थानमा हामी लात्ते भकुण्डो खेल्दाको क्षण गजब हुन्थ्यो। कुनै प्रतियोगिता हुदा बिपक्षका समुहको भकुण्डो हिर्काउनको साटो छिर्कि लगाईदे, खुट्टा भाँचिदे भन्दै हुटिङ्गको आवाज खुबै गर्जिन्थ्यो उबेलामा । छिर्कि लागे  पश्चात बाङबाङ बुङबुङ कुस्ति मुड्कि लगाउनेको हुल  हुन्थ्यो । उ बेलाको जबाना भनेको उबेलै हो रहेछ। अहिले सम्झदा मरिमरि हाँस्न मन लाग्छ। त्यो बेलाको जोस र उमंग देख्दा  ।   




अव साङ्निला उत्तामा स्कूलको भूगोललाई चारै तिर अग्ला अग्ला भवनको हुलले घेरि सकेको छ।  साङ्निला उत्तामाको नाम र जमिनको स्वरुप अहिले परिवर्तन भईसकेको छ। 




Saturday, June 3, 2017

OBS को झझल्को

3 June 2017
Time:-2330 hrs
OBS ,Singapore को झझल्को
दुई दशक अगाडी शारिरीक तन्दुरुस्त पार्न मिरमिरे बिहानी र गोधुली साँझमा बत्तिने गरि कुद्ने गर्ने गरेका बार्डली रोडको भूगोल परिवर्तन भईसकेको छ। आज त्यसरी दगुर्ने माहोल छैन्। कारण अत्याधिक सवारी साधनको चाप र बार्डली रेल सेवा आईसकेकाले मानिसको घुईचो छ।


तल देखिएको फोटोमा । हाम्रो काम समाप्त भए पश्चात फुर्तिलो बन्न प्रायः दिउसो 1600Hrs देखि 1900Hrs सम्म हाम्रो भाषामा हर्ल्याप भलिबल, बाँस्केटबल, सेपाक अनि ब्याँटमिन्टन खेल्ने बाँजी र च्याँखे थाप्ने साथै रमिते पनि हुन्थ्यो । सबै कोच पनि बन्थे।  बडो उत्साह र मज्जा आउथ्यो। यस्ता मनोरञ्जन गर्ने हाम्रो खेलकुद मैदान थियो OBS । हामी पहिला OBS भन्थ्यौ। आज बार्डली रिज भनेर अग्ला अग्ला भवनले स्वागत गरि सकेको छ।


तल देखिएको फोटोमा ।  SPCA को भवन भएकाले । कुकुर र बिरालो निक्कै भुक्ने गर्थे। अब हरियो चौउर घाँसमा परिवर्तन भईसकेको छ। सायद केहि बर्ष पश्चात भवन उभिन्छ होला ।




तल देखिएको फोटोमा। अग्लो थुम्का थियो। नर्सरी भएकाले हरियाली देखिन्थे उ बेला । हामी त्यसै भित्र दगुर्ने गर्थ्यौ। गजब आउथ्यो समुहमा दगुर्दा । कुद्ने बेला कस्तो मारा मारा हुन्थ्यो उबेला। रमाईलो हुन्थ्यौ।





तल देखिएको तस्विरमा। SPCA भवन अव रहेन। हरियाली दुबोले साईनो गाँसी सकेको छ। बार्डली रोडको छिमेकी जमिनले। सुनसान थियो जति हल्ला गरि गरि खेल खेले पनि कसैले सुन्दैनथे । अव त्यस्तो हल्ला गर्ने समयले कोल्टे फेरि सकेकाले Low टाईट भएर बसेको समुन्द्रको चालमा बाँध्य भएका छौ। बिगत भनेको बिगत नै थियो गाँठे। रमाईलो हुन्थ्यो हाम्रो खेलकुद गर्ने समय।




ताईसेङ्गको सम्झनाले सतायो

3 June 2017(आज ताईसेङको सम्झनाले सतायो मलाई ) Tai Seng ,Singapore
Time:-2256 Hrs
ताईसेङ्गको भूगोल संग परिचित भएको २१ बर्ष भई सकेछ। सूर्यको कलिलो उषा लुक्दै आईपुग्थ्यो निलो भवन देखिएको तिर ।  कफि र मि खादै गर्दा। तल देखिएको फोटोमा मानब निर्मित भवन थिएन उति बेला । केवल हरिया कास घारी र पिरे घारी थिए। फराकिला र चिल्ला सडक थिएन त्यस ताका ।  २ लेनका सडक थिए । फाँटफुट्ट सवारी कुदेका देखिन्थे। आजकाल खचाखच तछाड मछाड गर्दै गुडिरहेका देखिन्छन्।



तल देखिएका चिल्ला र फराकिला अपर पायालेबर हो राजमार्ग हो। उति बेला दाँया तिर रोकन लिएर बसेको दुई तले भवनहरु मात्र थिए। आज उ संग आकासलाई छुने गरि हाईराईज भवन वारि पारि उभी सकेको छ। हाम्रो भाषामा टोटो टिगम किन्न आईन्थ्यो यो ठाउमा हामी । आज टाईसेङ्गको यस्ता भूगोल  हुन्छ होला भनेर सोचेका थिएनौ।



तल देखिएको तस्विर बिगतको भन्दा नौलो आकृतिमा देखिएको छ। जलान बुङ्गान् रामपाई सडक हो । हाम्रो  जनचिब्रोमा हामी यसलाई मकालु चोक भनेर भन्थ्यौ। यसै चोकमा बसेर कफि बियर मि खानाका लागि आउथ्यौ ।  अब ति सम्झना केवल स्मृतिको पानामा सिमित छ।




Sunday, June 26, 2016

बिदादारी चिहान डाँडा ।








HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...