Total Pageviews

Thursday, July 27, 2017

Great Himalaya Trail (Day-19) Sarkeghat To Deuli (Humla)

Day-19
Great Himalaya Trail
Sarkeghat To Deuli
30 July 2016
हुम्लाको सरिसल्ला गाउमा स्वाँदिष्ठ खाना खाने क्रममा हामी ।   

बिहान सात बजे उठ्यौ। चिया र वाई वाई खायौ। ज्यान फुर्तिलो बनायौ। एकमुष्ठ रु ३००० हजार तिर्यौ। साहुनी! राम्रो संग बस्नु होला। समय मिलेमा फेरी तपाईको गाउमा भेटौला भन्दै 0800Hrs बाटो ततायौ। भुसभुसे पानी पर्दै थियो। बाटो ओरालो तेस्रो भएकाले थकानको महशुस भएको थिएन्। घाम लागेको थिएन्। खोचको बाटो भएकाले गर्मी थियो। सरिसल्ला गाउ पुग्न लाग्दा सल्लाका बाग्लो जंगल भेटिन थाल्यो। दाहिने छेउमा कर्णाली नदी धमिलो रंग लिएर हल्ला गर्दै बग्दै थियो।

लोतीखोला र कर्णाली नदीको संगम स्थल रहेछ सरिसल्ला गाउ। सानो ठाउ भए पनि रमाईलो ठाउ रहेछ। खोज भएकाले गर्मी भने थियो। ब्यापारिक केन्द्र रहेछ। छाप्रे लाईन होटल रहेछ। खच्चरको धुँवानी परिवर्तन गर्ने स्थल  रहेछ सरिसल्ला।  हल्का थकान र भोक लागेको थियो। साहुजीलाई खाना पकाउन लगायौ। साहुजीले आफ्नी बहिनीलाई खाना पकाउ भने। ११ बजे पुग्यौ सरिसल्ला । कोदालो गैती र झम्पलले सडक निर्माण गर्नका लागि खन्दै गरेको देखिन्थे। देउली जाने बाटो पहिरोले लगेको छ तर फिक्कर लिनु पर्दैन् डोरीमा झुण्डिएर जान सकिन्छ पहिरो गएको ठाउलाई देखाउदै साहुजीले भने।  बिशाल भान्जा र किशोर सर बेञ्चमा आराम गर्न थाल्नु भयो। म भने वरिपरि घुम्न थाले। खाना नपाकुञ्जेल सम्म। लोतीखोला संगलो थियो। खाना खायौ। खाना स्वाँदिष्ठ थियो।  खाना खाएको 1150 रुपियाँ तिर 1300Hrs बाटो लाग्यौ। 
जमुना बहिनी देउलीमा जेटिए पहिलो बर्षमा अध्ययनरत रहिछिन्। बिदा भएकाले दाईको होटलमा सघाउन आएकी रहेछिन्। काम गर्ने क्रममा लडेर दाहिने हातमा घाउ भएको रहेछ। रगत बग्थे पानीले पखाल्थे। यो देखेर हामीले बोकेका ‌ओखती  र हेण्डी प्लास्टर लगाई दियौ। स्वास्थ्य चौकीमा कुनै ओखती नभएको गुनासा पोखिन्। उहाँको कुरा सुनेर हाम्रो मन भारी भएर आएको थियो। 

सरिसल्ला बाट हिड्ने बित्तिक्कै पहिरोले लगेको बाटो देखेर अचम्मित भयौ । कसरी पार गर्ने। सडक खन्नेले पहिरो भत्केको खण्डमा सडक बनाउन लागेका रहेछ। कामदारले टागेको डोरीमा झुण्डिदै र कामदारले हामीलाई सहयोग गर्यौ। जोखिम थियो । केहि भईहाल्यो भने उर्लेको भेल लोती खोला मा सिधै झ्वाँम्मै। ढुक ढुक हुँदै पार गर्यौ । एक घण्टा उक्लिए पछि फेरि आङ्नै सिरिङ्ग हुने अक्कर को बाटोमा हिड्यौ। मुटु बलियो बनाउदै । तारेभिर र अक्कर पार गर्न हामीलाई २०मिनेट लाग्यो।

पिपल्याङ गाउ आईपुग्यौ। आँखाले हेरि भ्याउने खालको रहर लाग्दो र रमाईलो टार रहेछ। बिचमा बस्ति वरिपरि खेती।मकै गजबले फल्दो रहेछ। एउटै बोटमा ३ घोका मकै फलेको देख्यौ।  पुछारमा लोतीखोला,पारी देवकोटा बडा,पोखरा र सिरानमा देउली साथै चुच्चा थुम्काले आकास संग अंगालो मारेको जस्तै दृष्य पिपल्याङ गाउ बाट हेर्दा प्राकृतिक सौन्दर्यको आकृति बबाल देखिदो रहेछ। प्रहरी चौकी पनि रहेछ। देउली सिधै पारी देखिएकाले पिपल्याङ बस्ने योजना बनाएनौ। देउली हाकिने आँट कस्यौ। 

लोतीखोलाको झोलुङ्गे पुल तर्यौ। नाक ठोकिएला झै उकालो शुरु भयो। पसिना र हिड्ने गति कम भयो। थाकेर लास्टै लोथ  भयौ। पिपल्याङ बाट  हेर्दा सजिलै पुगिएला ठानेका थियौ तर के हुनु बाफ्रे एकदमै लास्टै उकालो रहेछ । थकान मार्दै पसिनाले लुथ्रुक भिजेको कमिज निकालेर पसिना नचोर्यौ। पानी नबोकेको भए । ढलिने रहेछ भन्दै पानी पियौ। पेट खाली भैसकेको थियो। बोकेका चकलेट र पानी खायौ।  तागत ह्वतै बढ्यो।

हुम्ली सैलीमा बनेको देबकोटा बडा बस्ति राम्रो लाग्यो। बाग्लो बस्ति भए पनि मान्छेहरु देखेनौ। सिधै माथी पोखर भन्ने गाउ रहेछ। पानी प्रस्तत भएकाले धान खेतीले बारीको कान्लाको सोभा देखिएको थियो। सिधै माथी देउली नजिकै देखिदै थियो । गोधुली साँझ हुनलाई तरखर मा थियो। वतावरण चिसो थियो।  स्यालले आफ्नो भाकाहरु फेर्दै कराउदै गरेको सुनिन्थ्यो। हिड्दै गर्दा झ्याँप्पै अध्यारोको हुलले बाटो छेक्न थाल्यो। हेड लाईट बाल्दै देउली पुग्न नाकै ठोकिने उकालो बाटोमा चुपचाप हिड्न थाल्यौ। ठुलो आवाजमा माईकमा गण्डकी अञ्चलको भेक तिर गाईने लोक गीतका भाखाहरु चर्को सुनिन्थ्यो।  

ठ्याँक्कै साँझको 2020Hrs देउली पुग्यौ। सिमसिम पानी पर्न थाल्यो। डाँडा भएकाले चिसो सिरेटो थियो।कोठामा टेण्ट लगाउदै थियौ । अर्को कोठामा  खाली चेकमा कसरी सहि गरि बजेट हाम्म गर्ने योजना सुन्दै थियौ। एक जना स्थानिय रक्सी पिउदै थिए। हामीलाई देखे पछि पाहुनालाई किन यसरी सत्कार गर्छौ मलाई किन गर्दैनौ भन्दै निहु खोज्दै साहुजीलाई भन्दै थिए। बढ्ता नबोल गईहाल नत्र तलाई थप्पड लगाई दिनु भने पछि गुनगुन गर्दै लागे। कम स्रोत र सुविधा भए पनि।साहुजीले हामीलाई सत्कार गर्नु भएको थियो। 
चिया पिउदै गर्दा लोकल भाले देख्यौ। मोतीलाल भाईलाई ठिकठाक बनाउन लगायौ। गीत बज्दै छ त माईकमा भनेर सोध्यौ। यता गीत बजाउने चलन छ साहुनीले भनिन्। प्रायः 1600Hrs बाँस बस्थ्यौ। ढिला बास र साँझको खाना 2145Hrs खाँदै छौ भनि हल्का ठठ्ठा गर्यौ।  2215Hrs शुभरात्री भनेको केहि मिनेटमै कुम्भकर्णको साथी भएछौ मिलिक्कै।
थकान मेटाउदै मोतीलाल बोहोर भाई र किशोर सर । हुम्लाको सरिसल्ला गाउमा
जमुना बहिनी अचार बनाउनु हुँदै
पिपल्याङ गाउका नानीहरु स्कूल बिदा भएकाले सरिसल्ला गाउमा मही र दुघ लिएर झरेका रहेछन्।




सरीसल्ला गाउ
रेडबुल पिउदै थकान भुलाउदै बिशाल भान्जा र किशोर सर । हुम्लाको सरिसल्ला गाउमा
दाँया बाट लोतीखोला र बाँया बाट कर्णाली नदीको संगम स्थला
सरिसल्ला गाउमा भान्जा बिशाल थकित मुडमा।
पिपल्याङ गाउ पुग्नै लाग्दा पारी देखिएको देबकोटा बडा र देउली गाउको मनोरम दृष्यमा एक झ्याँप फोटो खिच्दै
बिशाल भान्जा र  किशोर सर  थकित भएता पनि रमाउनु हुँदै ।
पिपल्याङ बाट नियाल्दा चारै तिर देखिने  सौन्दर्यको नाटक वाँह वाँह 

Saturday, July 22, 2017

Pungol को वतावरणमा रमाउदै।

एक ताका हामी जाल खेल्न आउथ्यौ तल देखिएको भिडियोमा । अहिले स्वरुप परिवर्तन भईसकेको छ। रमाईलो गर्न र मन हल्का बनाउन बनाउन साईकल दगुराउदै गर्दा देखिएका भौगलिक स्वरुप सिङ्गापुरको पोङ्गोल शहर । 





Great Himalaya Trail (Day 18) Limle To Sarkeghat (Humla)

Day-18
Great Himalaya Trail
Limle To Sarkeghat

29 July 2016


हुम्लाको न्याँसी गाउमा हामी। थकान लाई भुलाउदै

राती पानी ठुलो पर्यौ हैन । टिनको छाना भएकाले निक्कै ठुलो आवाज सुनिन्थ्यो हैन । बेला बेलामा हाम्रो निन्द्रा भंग गर्न प्रयास पनि गर्यो। हामै छेवैमा मोतीलाला र एक जना स्थानिय यात्री सुतेका थिए। सर्प हो कि के हो मैले समातेर कुनामा फालेको छु बति बाल्नुहोस ति यात्रीले भने। मोतीलाल भाईले भन्दा मैले छिटो हेडल्याम्प बाले। बिरालो पो रहेछ। रातीको पानी र सर्प समातेको यस्तै कुरा गर्दै लिम्ले गाउको बिहानीमा चिया र वाई वाई खादै मरि मरी हिक्क हिक्क हुँदै हाँस्यौ। पारी सेतो बादलको हुल जुलुस लिएर उड्दै गरेको देखिन्थ्यो। 0800Hrs रुपैयाँ 5000 तिरि लिम्ले गाउलाई फेरी भेटौला भन्दै बाटो लाग्यौ।

सिमसिम पानी पर्दै थियो। बाटो हिलो  थियो। ओरालो बाटो भएकाले सजिलो महशुस हुँदै थियो। सालटाँडी गाउ कर्णाली नदी  छेवैमा अवस्थित रहेछ। थकान मार्दै चिया पिउदै कर्णाली नदीको धमिलो भेल ओर्लदै गरेको हेर्दै बस्यौ। दर्कने पानी झन ठुलो पर्न थाल्यो।दहि खायौ। बर्षाको कारणले सार्केघाट बाट खच्चरबाट समान धुवानी गर्नलाई बाटो बिग्रेकाले वाई वाई सकेको कुरा बताए। राती परेको पानीले बाटो पहिरोले भत्तकाए पछि बिधार्थीहरु सार्के घाट नगएको कुरा चिया पिउदै गर्दा बताए। आधा घण्टा आराम गरे पछि कर्णाली नदीको दोस्रो पटक झोलुङ्गे पुल तर्यौ।

पानी सिमसिम पर्दै थियो। बाटो पुरै भत्तेको थियो। पहिरो आउछ कि भन्दै टाठो हुँदै हिड्न थाल्यौ। बाटो जोखिम पुर्ण यात्रा थियो। पहिरो आईरहेको थियो ठाँउ ठाँउमा। ढुंगा झरेको गोहो आलो देखिन्थ्यो। डराई डराई यात्रा अगाडि बढाई रहयौ उपया थिएन  बाटो भत्केकाले हामफाल्ने झुण्डिने घस्रिने र चिप्लिने गर्ने क्रममा किशोर सरको पैतालाको ब्लिस्टर सबै फुट्यौ। हिड्दै गर्दा कुनै ठाउमा पहिरो जानलाई तयारी अवस्था  देखिन्थे । पहिरो आयो भने कता दगुर्ने कता भाग्ने योजना पनि हुन्थ्यो। कुनै बेला पालै पालो हिडेर पार गर्नु पर्ने अवस्थाको बाटो थियो। कतै बाटो पुरै भत्केर कर्णाली नदीको छेवैमा पुगेको देखिन्थ्यो

हिड्दै गर्दा पानी रहे पनि कर्णाली नदी पारी कालो धमिलो भेल उर्लदै कर्णालीमा मिसेको देखियो। ठुलो पानी परेर ठुलो पहिरो गएको जस्तो लाग्यो हामीलाई। उकालो ओरालो गर्दै थकित र स्यान्टीफ्लाट भएर न्याँसीमा गाउमा आईपुग्यौ। आज बाँचेर आईपुग्यौ भन्दै लामो सास फेर्दै होटलको आगनमा बस्यौ। रमाईलो ठाउ लाग्यो न्याँसी गाउ। छेवैमा कर्णाली नदी बगेको नियाल्दै चिया पिउदै बस्यौ। वाई वाई पाक्दै थियो। साहुलाई माछा छैन् कर्णालीको । बेलुकीको बाढीले ढडिया बगायो। बाटो अव सुरक्षित खालको थियो। पहिरो र ढुंगा झर्ने खालको थिएन्। सार्केघाटमा आजको खाना खान पुगिन्छ भन्दै तातो  वाई वाई खायौ। हिड्दा कतै कतै रातीको मुसलधारे पानीले बाटो ठाउ ठाउमा भत्केको पार गर्दै मुण्डी गाउमा छिर्यौ। बाग्लो बस्ति रहेछ हिलो मा गड्दै भासिदै अगाडि हिड्यौ। 


गर्मी पसिना तिर्खा र भोकले मुर्छा भएर पुगेका थियौ1300Hrs सार्केघाटमा   खाना पाक्दै थियो। पानी परेको थिएन्। चिया पिउदै गर्दा सार्केघाटमा बस्ने योजना भयो हाम्रो। होटलको कोठामा टेण्ट टाग्यौ। खाना खाए पछि सुत्यौ1700Hrs सम्म। साहुनी अन्तरजातिय विवाह गरेकी रहेछिन् ।बालबच्चालाई सुर्खेत पढाएका रहेछन्। बिशाल भान्जा किशोर सरले  साँझ लोकल चिरिप चिरिप पिउदै  हामी साहुनी संग गफगाफ गर्दै थियौ । २ जना स्थानिय आईपुगे। सामान्य परियच गर्यौ । राजनिति गफगाफ शुरु भयो । म र बिशाल भान्जा सुन्ने बेला बेलामा किशोर सरले प्रश्न सोध्थे। तर ति २ जना झगडा गर्ला जस्तै गफ गर्थे। एक जना एमाले बिचार धारा अर्को माओवादी बिचार धारा । उनीहरुको राजनितिक गफ सुन्दै खाना खायौ।



   
न्याँसी गाउबाट कर्णाली नदीलाई नियाल्दा । किशोर सर माछा नियाल्दै।
सार्केघाटको वरिपरी


सार्केघाट होटलको प्राङ्गनमा किशोर सर र म । थकानले लोथ भए पनि बिशाल भान्जाले फोटो सुटको पोजमा यसरी देखाउनु भयो हामी हलभाईलाई  

सार्केघाटको मकैबारी


Thursday, July 20, 2017

Under 19s नेपाली क्रिकेट खेलाडीहरुले आफूले सकेको सिप राष्ट्रका लागि योग्दान दिए।

मलाई खासै क्रिकेटको पुरा नियम थाहा छैन् तर  क्रिकेट खेल मन पराउछु। Under 19s अफगानिस्तान र नेपालको क्रिकेट प्रतियोगिताको प्रत्यक्ष खेल हेर्न गए।नेपाली युवा खेलाडीहरु आफूले सकेका शिप देखाए खुशी लाग्यो। कम श्रोत र साधन हुँदा पनि युवा खेलाडीहरुले राष्ट्रका लागि योग्दान दिए। खेल जित्नु हार्नु आफ्नै ठाउमा छ। क्रिकेट खेल प्रेमीलाई क्रिकेट राम्रो खेल्छ भनेर थाहा छ अफगानिस्तानलाई ।

३ विकेट बाँकी रहदा । प्रशिक्षक बिनोद दास खेल मैदानको वरीपरी चक्कर लगाउनु थाल्नु भयो। उहाँ तनाबमा देखिनु हुन्थ्यो। भित्र आत्मा बाट मन भारी भएर आयो मलाई। स्मार्ट सिटीको सपना कबुल छन् नेताहरु। आफूले कबुलका कुराहरु तनाब लिदैन् ज्यूहरु। तर प्रशिक्षक दासले आफ्नो दाईत्वको तनाब र पिडा बोकेर हिडिरहेको अवस्थामा दास सर!  खेलाडीहरुले राम्रो खेलिरहेका छन् ! मैले भन्दा पुलुङक हेर्नु भयो। खेल समाप्त भयो । मन मनै खुशीले गदगद भए। कम श्रोत र साधानमा भए पनि खेलाडीहरुले बलियो टिमलाई सबै विकेट  लिन सफल त भयो।        


युवा खेलाडीहरको जोस स्यावास । 

 प्रशिक्षक बिनोद दास ३ बिकेट छदा । उहाँ तनाबले होला हिड्न थाल्नु भएको थियो।
प्रक्षिक दास सर तपाईले राष्ट्रका लागि योगदान दिनु भएको छ। राष्ट्रले के दियो खोज्ने हैन । राष्ट्रका लागि के दिऊ भन्ने तपाईले कुनै बेला टिभि कार्यक्रमा भनेको सुनेको थिए। तपाईले आफ्नो दाईत्व पुरा निभाउनु भएको छ। 
























Wednesday, July 19, 2017

धावक निमेस गुरुङ(20844)


१६ जुलाई २०१७ सिङ्गापुर  Straits Times Run 2017 सम्पन्न भयो। दगुर्नु भने पछि हुरुक्क हुने निमेस गुरुङ पनि उक्त प्रतियोगितमा प्रतियोगि हुनु भई द्वितिय स्थान हुनु भयो। रनिङ गर्दाका अनुभव बाँड्नु हुँदै धावक निमेस गुरुङ।


निमेसका पदकहरु

Monday, July 17, 2017

Great Himalaya Trail 2016 ( Day-17) Sunkhada To Limle(Humla)

Day-17
Great Himalaya Trail
Sunkhada To Limle

28 July 2016

लिम्ले गाउमा स्थानिय संग गफगाफ गर्ने क्रममा हामी। 

बिशाल भान्जाको मोबाईलको घण्टीले 0600Hrs ब्युँझायो। हेड ल्याम्प बाल्दै बाहिर निस्के। सिमसिम पानी पर्दै थियो।कर्णाली नदी धमिलो थियो। हिलो को गन्ध आउदै थियो। धमिलो पानी माथी सेतो बाफ उड्दै गर्दाको दृष्य लोभ लाग्दो देखिन्थ्यो। कलिलो बिहान उपस्थित भईसकेको थियो। मुख धोएर चुलोमा गए। साहुजी भैसी दुहुनु हुँदै देखिन्थे। सासु र बुहारी चुलामा आगो ताप्दै चिया र तातोपानी तताउदै देखिन्थे। चिया पिउदै गफ गरे। बहिनी दशैमा काठमाण्डु जानु हुन्छ होला भनि सोधे। हजुर दाई जान्छु। तर सासुले तुरुन्तै जवाफ फर्काए। यो जादैन काठमाण्डु अब। यहि बस्छ। हामी संगै। हुम्ली लवजमा भनिन्।  सासुको यस्तो कुरा सुनेर न्याउरो मुख लगाउदै उहाँको फेसिएल रिसले चुर भएको देखिन्थ्यो। तर चुपलागि बसिन्। दुध उम्लिदै थियो। किशोर सर र बिशाल भान्जा पनि मुख धोएर तातो दुध पिउनु भयो। खाजा वाई वाई खायौ। रुपैयाँ 4500 तिरी 0745Hrs बाटो लाग्यो ।

सिमसिम पानी पर्दै थियो। पाखा र थुम्का तिर सेतो कुहिरो उड्दै थियो। छाता ओढ्दै कर्णाली नदी खोजतिर हिड्न थाल्यौ । एक घण्टामा लेप्चे पुग्यौ र पहिलो पटक  कर्णालीको झोलुङ्गे पुल तर्यौ । लेप्चेको खोचमा एक होटल रहेछ। चिया पियौ। वाई वाई खाजा खायौ। ठुलो पानी पर्यौ खाजा खादै गर्दा। छाताले थेक्ने भए पछि लाग्यौ कर्णालीको तिरै तिर। पासिनाले ज्यान लुथ्रुक्कै भिजि सकेको  थियो। खोज र गडतिर भएकाले गर्मी हुने नै भयो। वारीपारी सल्ला घारी माथी नाङ्गा अक्कर नियाल्दै लिम्ले पुगि खाना खाने लक्ष्य बोक्दै चुपचाप अगाडी हिड्दै थियौ। घण्टै पिच्छे बिभिन्न नौला धरातलिय स्वरुप नियाल्न पाउदा थकान भुलाउथ्यो ति दृष्यहरुले । किशोर सरको हिजो देखि ब्लिस्टरले हिड्न मा असहज पारिरहेको थियो। कर्णाली अञ्चल नजिक बाट नियाल्ने  र बुझ्ने हुटहुटी भएकाले कष्ठ भए पनि रमाई रहेका थियौ हामी।

लिम्ले गाउमा लखतरान र भोकले हैलम्फु भएर 1300Hrs पुग्यौ। लिम्ले गाऊ सेन्टर भएकाले पसलहरु रहेछ। माध्यामिक बिधालय रहेछ। हामी पुग्दा बिधार्थीहरु भलिबल खेल्दै गरेका देख्यौ। वरिपरि गैयाँ,धान र काउनीको खेतीले गाउको शोभा बढाएको देख्यौ। छेवैमा तर्न नसकिने ठाँडो खोला रहेछ। सिधै पारी सल्ला घारी पुछारमा कर्णाली नदीको आवाज सुन्दै थकित ज्यानलाई चिया पिउदै साहुजी संग गफ गर्दै बस्यौ। साहुनीले खाना पकाउनु हुँदै थियो । किशोर सरको २ वटै खुट्टाको पैतालाको ब्लिस्टरलाई ओखती लगाई दिए मैले। खाना खायौ 1400Hrs । हिड्न मन लागेन् हामीलाई । लिम्लेमा बस्ने सल्लाह भयो। खाना खाए पछि होटलको कोठामा टेण्ट लगायौ सुत्यौ । 1600Hrs ब्युँझ्यौ। चिया पिउदै साहु साहुनी संग गफगाफ गर्दै बस्यौ। साहुको छोरी सि एम ए गरि काठमाण्डु बाट थाई जागिर गरेको १ बर्ष भएछ। उनी संग पसलमा गफ गर्दै फोटो एल्बमहरु हेर्दै बस्यौ। मैले सोधे तपाई बिवाहित कि अविवाहित? अविवाहित । बि एफ त होलान् नी? पहिले काठमाण्डु हुँदा थियो । अहिले छैन् ।


गफगर्दै गर्दा छिमेकी साहुनीकी छोरी कक्षा ६ मा अध्ययरत बहिनी दवाई होला चिलाउनेको दाई? छ पख है भनी मैले । झोलामा भएको मलम झिक्न थाले। पर्यटकहरुले दबाई बोक्दा छन् भन्ने भएकाले स्थानियहरुलाई राम्रो जानकारी रहेछ। हामीलाई बाटामा सोध्थे हामीले दिदै आएका थियौ। चोटपटक,चिलाउने,टाउको दुःखने,ज्वाँरो आउने,खटिरा, पेटदुःखने र पानी सुद्धपार्ने ओखती बोकेका थियौ। घरमा लगेर दलेर फिर्ता ल्याउनु है भनि चिलाउनको मल दिए। गाँजाको झाँङ्ग बारीको ढिलमा धेरै देखिन्थे। पानी परेको थिएन् ।स्थानिय दाईहरु गाँजाको चिलिमको सुर्को लगाउदै धुँवा उडाउदै हामी संग गफगाफ गर्नु भयो। 




 लिम्ले गाऊका स्थानिय संग भलाकुसारी गर्नु हुँदै किशोर सर।


साँझ पर्न लाग्दा मुसलधारे पानी पर्न थाल्यो। अगेनमा आगो ताप्दै गफ  गर्न थाल्यौ। शिक्षक र साहुका छोरा पाहा समाउन गए खोला तिर टर्च लाईट बाल्दै । चिलाउनेको मल माग्न आए ति बहिनी फेरि। साहुनीले भनिन्। हाम्रो पालमा कहिले नुहाउदैन थियौ हामी। चिलाउने कहिले आएन । आजकालका यिनीहरु दिनमा एक चक्की साबुन सकिने गरि नुहाउछन् ।झन चिलाउने आउछ । जवाना सकिएछ । हुम्ली लवजमा भनिन्। हामी मज्जाले हाँस्यौ। मैले हो बहिनी दिनमा एक चक्की साबुन सकाउछौ? हैन नी काकीले गफ दिनु भाँको नि। दिनमा कहि एक चक्की साबुन सकिन्छ। फेरी हामी ति बहिनीको कुराले हाँस्यौ। मल भोलि बिहान ल्याई दिनु है भन्दै दिए मैले। साँझको खाना खायौ। पाहा २ वटा समाएर ल्याए। चिरफार गर्दै पोल्दै थिए। शिक्षक गुल्मी तिर भएकाले । हुम्लीहरु पाखा नखाने चलन रहेछ। भागुतो पनि खाने भन्दै साहुनीले झण्डै बान्ता गरिन्। यि सर पनि के गर्छन् भन्दै साहुनी बाहिर निस्किन्। बिशाल भान्जा र किशोर सर हल्का लोकल चिरिप चिरिप गर्दै थिए। 


लिम्ले गाउका घैयाँ 

Sunday, July 16, 2017

फुर्तिलो बन्नका लागि





फुर्तिलो बन्नका लागि कसरत गर्ने जुक्ति

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...