ओखल्ढुंगाको मानेभन्ज्याङ्ग गाउपालिका अन्तर्गत ओखरबोटे ब्याण्ड
Total Pageviews
Sunday, July 16, 2017
ताईसेङ्गको भूमि संग मेरो ढुकढुकी
ताईसेङ्ग जहिले पनि
मेरो लागि प्यारो स्थल हो। हिडडुल गर्न, कुद्न र बरालिनका लागि उत्तम लाग्छ। बाँड्न मिल्ने साईकल प्रविधिको
सुविधा लिदै ताईसेङ्ग वरिपरि यसरी डुल्दा झनै मस्ति लाग्छ। सितल पवन संग र गोधुली
साँझको वतावरणमा उठस बस गर्न पाउदा । कामको थकान मिलिक्कै भुलिदो रहेछ। पक्कै पनि
ताईसेङको भूमि संग उठबस गर्दा हर्षले ढुकढुकी फराकिलो हुन्छ।
कुमारी मल्ल (D/O 4701) Singapore बाट फर्के पछि साडी लगाएर क्याम्पस अध्ययन गर्दाका क्षण
कुमारी मल्ल (D/O 4701)
Time:-1130Hrs
Location:- Thamel
Date:- 08 March 2013
पृष्ठभूमि:- स्यम्भूबाट धनिषा पुन संग कुराकानी समाप्त गरि ११ बजे
ट्याक्सी लिई ११३०बजे एक्सप्लोर हिमालय ट्रेकिङ कार्यलयमा पुग्यौ म र धनुमाया भान्जी।
कार्यलयमा केहि समय गफगाफ गरि
कार्यलयकै छेवैमा अवस्थित एक रेष्टुरेन्टमा हामी गफगाफ गर्दै कफिको सुर्का
लगाउदै सिङगापुर बसाईको बारेमा कुरा गर्न थाल्यौ। ठमेलमा सूर्यको किरण बिस्तारै रेष्टुरेन्टको कुलेसा र बगैचामा
छिर्दै थियो।हल्का ठिर्ह्याउदै थियो। पाहुनाहरु त्यति देखिदैन्थे। खाली कुर्सीहरुलाई सरसफाई गर्दै गरेका देखिन्थे । गफगाफको
अन्त्यमा मःम खादै हाँस्दै केहि तस्विर खिच्यौ। बिदावरी हुदा सूर्यको उषा पोखी सकेको थियो। गाडीको टिट प्वाँट टिट प्वाँट निक्कै चर्को दिक्क लाग्दो थियो।
-------------------------------------------------------------------------------------------------------------
-------------------------------------------------------------------------------------------------------------
८ बर्ष देखि डाईरेक्टर र चिप एजुकेटिभको पदभार सम्हाल्दै गर्नु भएकी एक्सप्लोर हिमालय
ट्रेकिङका कुमारी मल्लको जन्म स्थान सिङगापुरको केके अस्पतालमा भएको थियो ।
वाल्यकाल र किशोर अवस्थाको जीवन कसरी बिताउनु भएको
थियो सिङ्गापुरमा? मैले जिज्ञासा राख्दा हाँस्दै बताईन्। सानो छदा थ्री स्टोन खेल Mount
Vernon को प्ले गाउण्डमा रमाईलो गरि खेल्थ्यौ। पौडि खेल्न पुलिस एकेडेमी जान्थ्यौ।कालाङ
पौडिपोखरीमा साथीहरु संग जाने गर्थ्यौ। साथीहरु संग ECP मा स्केट गर्न गईन्थ्यो अतिनै रमाईलो हुन्थ्यो। स्केट खेली सके पछि समुन्द्रको छाल संग पौडिन्थ्यौ ।
ECPमा कम्पनी र प्याटुनको Picnic हुँद ममी र आन्टीहरुले घर बाट लगेका सेलरोटी, आलुदम,चट्टनी र मामाहरुले BBQ पोलेर
ल्याई दिनु हुन्थ्यो। भान्जी टोलीहरु बसेर स्वाँदिलो
तरिकाले खान्थ्यौ ।साईकल कुदाउथ्यौ पनि। दशैमा हामी पेप्सी कोक
पिउदै परेड स्वायरमा मामाहरु र भान्जा भान्जीहरुको नाचगाना हेरिन्थ्यो ।कालरात्रीमा मामाहरुको
नाच गान र मारघरमा राँगालाई मार हानेको हरेक साल हेर्न जान्थे
साथीहरु संग। जमरा र रातो टिका
लगाउदा क्याँ रमाईलो लाग्थ्यो । मादल बजाउदै आन्टीहरुको बराण्डामा गई भैलो देउसी भट्याउँदै पैसा जम्मा
पार्थ्यौ। भैलो देउसी गीतहरु१५दिन अगाडि देखि अभ्यास गर्ने गर्थ्यौ।
प्रार्थमिक बिद्यालय साउथ एलिङ र माउण्ट भर्नन् हाईस्कूल बाट
सन् १९९० सालमा ओ लेवल पास गरे पछि नेपाल फर्के। सिंगापुर
बाट नेपाल फर्कने अगिल्लो रात सम्झनु पर्दा साथीहरु छोड्नु नरमाईलो लागेको थियो। कति बेला नेपाल पुग्ने उत्साह
थियो। जीवनको नयाँ अध्याय खोल्नु आतुर थिए म। बाबा आमा नेपाल बिदामा हामीलाई गाउमा लैजानु हुन्थ्यो गाउघरमा बस्दा
त्यो बेला रमाईलो लाग्थ्यो ।
नेपाल फर्कदा Airport मा मैले बोलेको
नेपाली भाषा र पुलिसले
बोलेको भाषा नबुझ्दा जाँच गर्ने मेसिन कराएर ७ आठ चोटी गरेको
थिए । नेपाल Airportको कुरा सम्झना झट्टै अर्को कुरा पनि बताई हालिन् कुमारी
भान्जीले।
त्यस बेला मैले ठुलो
टेडि बियिर लिएर आएको थिए । पर कुनामा मेरो जस्तै सानो टेडि बियिर लिएर खेल्दै गरेको देखेको थिए
सानी बच्चीले।
काठमाण्डु अहिलो जस्तो
घुईचो थिएन्। केहि हप्ता बसे पछि बाबा आमाको जन्म थलो पर्वत
गए। गाउघरको प्राकृतिक सौन्दर्य देख्दा लोभ लागेर
हुरुक्क भएकी थिए। बिहान उठ्दा सूर्योदयको
प्रकास
धवलागिरी हिमालमा देख्दा गजब लाग्थ्यो। ताजा खानेकुरा देखि फलफूलहरु खादा सिङगापुरक सम्झना र यादहरु भुले। गाउघरको रमझममा तीन महिना अलमलिए पछि काठमाण्डु पढ्न आए।
नेपाली भाषाको एक बर्ष सम्म
ट्युसन पढे। पदम कन्या
क्याम्पसमा आई एस्सी बिषय पढ्न थाले। साडी लगाउने बानी नभएकाले एक हप्ता सम्म क्याम्पस जादा र घर फर्कदा ट्याक्सी बाट आउने जाने गरेकी थिए। शुरु शुरुमा ममीले साडी लगाई
दिनु हुन्थ्यो। क्याम्पसमा साथीहरु संग
गफ गर्दा मेरो नेपाली बोलेको
सुन्दा छक्क पर्थे अचम्म मान्थे। ममी
संग तरकारी किन्नु जादा मैले बोलेको नेपाली भाषा नबुझेर उनीहरु हाँस्थे । भाषाको
कारणले धेरै ठाउमा दुःख पाएकी थिए।
आई एक्सी पास भए । काम गर्ने रहर
लाग्यो।मैले ट्राभल एजेन्टमा काम
गर्न थाले। बिभिन्न खालका मान्छेहरु संग काम गर्दा
नेपाली भाषामा अन्तरकृया गर्ने मौका
पाए। नेपाली भाषा राम्रो बोल्न सक्ने हुँदै गयो। हाल एक्सप्लोर हिमालय ट्रेकिङ कम्पनीमा आवद्ध छु। नेपाल फर्केर
नेपाली शैलीमा जीवन बिताउनु पाउदा खुशी छु।
जीवन भनेको हाँसेर बिताउने हैन र ?
Thursday, July 13, 2017
Great Himalaya Trail 2016 (Day-16) Simikot To Sunkhada(Humla)
Day-16
Great Himalaya Trail
Simikot To Sunkhada(Humla)
27 July 2016
मौसम
ठुस्केको थियो। घामको प्रकाश आउने अत्तोपत्तो थिएन्।
आलु रोटी र वाई वाई खाजा गजबले खायौ। रुपैयाँ16000 तिरि रलिङ्ग होटलका राम दाई संग बिदावरी हुने तरखर गर्यौ । उहाँले सुरक्षित पदयात्राको
शुभेच्छा दिनु भयो। साथै सिमिकोट देखि गमगढी सम्मका बस्ने बासहरुको नाम लेखि दिनु
भएको थियो। हाम्रो लागि मुगुको गमगढी सम्म सहयोगी मोति बोहरा ब्यवस्था गरिदिनु
भएकोमा धन्यवाद भन्दै हात मिलाउदै सिमिकोट बजारबाट ओरालो झर्न थाल्यौ 0730Hrs।
घाम
नलागे पनि गर्मीले लुगा भिजि सकेको थियो स्याम्ने गाउमा झर्दा। चिया पिउदै ।
सोध्यौ के खनेको खोला पारी? कर्णाली राजमार्ग मान्छेले कोदालो र
झम्पल्ले ढुंगा फुटाउदै गर्दै देखिन्थे। कर्णालीको खोचमा नाल्ना गाउ पुरानो परम्परागत
हुम्ली सभ्यताको बस्ति देख्यौ। कर्णाली नदीको खोचमा उत्सुक्ता का साथ हिड्दै
कर्णाली नदीलाई पछ्याउदै थियौ। खर्पुनाथ खोला आईपुग्यो। पातलो बस्ति भए पनि भौगलिक
बनावट राम्रो लाग्यो। कर्णाली र खर्पुनाथ खोलाको संगम स्थलमा त्रिकोणात्मक आकार
देख्दा केहि क्षण टक्क अडेर हेर्यौ। गजब लाग्यो। ठुला ठुला खोला मिसिए अझ ठुलो
देखिनु पर्ने तर कर्णाली जहाँ बाट हेरे पनि उत्रै देखिरहेका थियौ ।
सभासद
जीवन बहादुर शाहीले आफ्नो गाउमा रोड पुर्याउनका लागि बजेट दिएकाले पाखामा गाउलेहरु
कुटो कोदालाले खन्दै गरेका देख्यौ। बाटाका यात्रुलाई सोध्दा । चिप्रा गाउ हुँदै मोतिबिसौना पुग्दा घाम सिधै झरिरहेको थियो। छाता
ओढ्दा पनि हप हप गर्मीले आकुल ब्याकुल बनाउदै थियो। मौसम सफा भएकाले आकासमा बिमान
उड्दै गरेको देखिन्थ्यो। याङ्चुङ्ग गाउमा स्याँउको फार्म
रहेछ। लटरम्म फलेका देख्यौ। लत्रेर भुँईमा छोएला झै थियो। तर पाकेको थिएन्। रहर लाग्दो थियो।
पानी पिउदै हिड्दै छौ । एकनासको रफतारले हिड्यौ कर्णाली नदीलाई दाँहिने पारेर।
बोक्चे
गौडामा 1200Hrs पुग्यौ। एक मात्र होटल रहेछ। चिया
पियौ। वाई वाई खायौ खाना नपाकुञ्जेल सम्म। खाना पाक्दै थियो। थाकेर लम्फु भएका
थियौ। गजगज हिलो थियो। बुट हामीले खोलेका थियौ। खु्ट्टै नचिन्ने गरि रमाउन थाले
झिङ्गाको बथानले पनि।४ वटा हाँस चर्दै थियो। कर्णाली छेवैमा हामफाल्दै
थियो। खोज भएकाले सर्प आउछ होला बाजेलाई सोधे मैले । आउथ्यो पहिले हाँस पाले देखि
सर्प आएको छैन् । हाँस पाले पछि सर्प नआउने रहेछ भन्ने हामीलाई पनि थाहा भयो। हामी
गमगढी हिडेका भनेकाले उहाँले भने सातो लैजान्छ सात थाप्लेको उकालो बाटोले ।चंखेली लेक कटे पछि मात्र गमगढी पुगिन्छ। सात वटा उकालो भएकाले सात थाप्ले
भनेको रे।
उहाँले
हामीलाई भन्नु भयो।
किशोर सर बिशाल भान्जा बेञ्चमा पल्टनु भयो। बाजेले खाना पकाउनु
हुँदै थियो। खाना तयार भयो।खायौ। 1400Hrs बाटो
ततायौ। घाम पानी स्यालको बिहे हुँने खालको थियो मौसम। हिड्दै जादा पारी
थुम्का बाट पानीको मुस्लो ओरालो झर्दै हामीलाई गोद्न आईपुगि हाल्यो। ३
वटा बादर ओरखरको बोटमा थियो। ढुंगा हानेको बहान गरेको थियो
हामफाल्दै भाग्यो। लालीबगर पुग्दा पानी बस्यो। चिया पियौ। हामी थाकेर लोथ भएका
थियौ। बस्ने योजना बनायौ तर मोतीलाल भाईले हैन सुनखडा जानु पर्छ अगाडीको डाँडा
पछाडि भने पछि सुनखडा पुग्न हौसियौ।
सुनखडा पुग्न लाग्दा जोखिम पुर्ण बाटोमा हिड्यौ। पहरामा झार ढु्गा समाउदै। खिसिक्क
खुस्क्यौ भने सिधै १मिटर तल बग्दै गरेको धमिलो कर्णाली नदीमा स्वाँट्टै। क्या
जोखिम थियो बाटो होसियारका साथ मुटु कसेर अक्कर पार गर्यौ। सिस्नु को राजधानी रहेछ
सुनखडा ।1730Hrs पुग्यौ। एक मात्र होटल रहेछ। खुशीभयौ। ज्यान
भिजेकाले आगो ताप्दै चिया पियौ। । तातो बनायौ ज्यान।
आगनमा
भाले देखेकाले किन्यौ ।समाउन गाह्रो भयो। लखेट्यौ कहिले सिस्नु घारी कहिले ओडार
भित्र पस्ने। समाउन करिव १० मिनेट लाग्यो हामी ४ जनालाई। लोकलभाले
ठिकठाक गर्नु भन्यौ मोतीलाल भाईलाई। रहर लाग्दो स्याँउ टिपेर खायौ।मुठ्ठि भरिको ३ वटा असला माछा झुण्डिएका
देख्यौ अगेना माथी। भुटभाट गर्न लगायौ। भोकले होला काडा साडा चराप चिरिप बनौयौ
असला माछाको ।
हुम्ली
भन्दा फरक अनुहार नानी काखामा राख्दै खाना पकाउदै गाईको दुध तताएर
दुधदानीमा बच्चलाई पनि खुवाउदै देख्दै थियौ। मलाई उत्सुक्ता लागि रहेको थियो । मैले
साहुजी लाई सोधे। मेरो बुहारी । छोरा १२ कक्षाको अन्तिम परिक्षा दिन काठमाण्डु गएको छ।
१२ कक्षा पढ्दा प्रेम बिवाह भए छ। नानी भयो। यहाँ आएर बसेको छ। एक बर्षको नातिनी
हो। बहिनीको काठमाण्डु घर कहाँ मैले सोधे भत्तपुर। सासुले हुम्ली लवजमा थपिन् ।
अन्तरजातिय प्रेम बिवाह गरेको। यिनी नेवार मेरो छोरा बुढा । बुहारी हल्का
हाँसिन् । बसाई कस्तो लागिरहेछ मैले सोधे ति बहिनीलाई ठिक्कै छ जीन्दगी । जहा बसे
पनि एउटै हो तर अरु भन्दा पनि बच्चा बिरामी भयो भने एकदम चिन्ता लाग्छ। दबाई पाईदैन्।
अस्पताल छैन्। यो कुराले अलिक दुःखी हुन्छु। अरु त ठिक्कै छ। गफ गर्दै गर्दा मोतिलाल भाईले लोकल
भालेको भुटुवा तयार पारे। सबै संगै बसेर खायौ भुटुवा। मोतिलाल भाई ट्रेकिङमा
हिड्ने भएकाले आच्छाले भुटुवा बनाउन सिपालु रहेछ। भालेको झोल उम्लिदै थियो। बिशाल भान्जा र किशोर सरले हुम्लाको तीनपाने पिउदै थकान भुलाउदै हुनुहुन्थ्यो। बाहिर पानी पर्दै थियो। खाना खायौ ।
कोठा
भित्र हेडलाईट बाल्दै टेण्ट भित्र छिर्यौ। कोठा भित्र पनि हामीले सर्प उपिया उडुस कानसुत्ले बाट सुरक्षाका लागि टेण्ट लगाउन्थ्यौ। भत्तपुरको श्रेष्ठ बहिनीलाई कस्तो उराठ
लाग्छ होला हैन सर यसो अन्कण्टार ठाँउमा जीवन बिताउन लत्यास लाग्छ होला !! मैले किशोर सर बिशाल भान्जालाई भने। हो नि तर के गर्ने प्रेमजालमा भए
पछि यस्तै हो । हामी मज्जाले हास्यौ अनि अलिक भाबुक पनि बन्यौ। नानी बिरामी हुँदा औषधी
उपचार गर्न नपाउने कुरा भनेको सुन्दा। बिशाल भान्जाले मोबाईलमा गुलाम अलिको किन किन
तिम्रो तस्विर.........!! गीत बजेको सुन्दै कति बेला भुसुक्कै भएछौ।
Wednesday, July 12, 2017
Great Himalaya Trail 2016
The Great Himalaya Trail 2016 12 July 2016 का दिन आरम्भ गरेको आज १ बर्ष पुरा
भए छ।
हुम्ला देखि ताप्लेजुङ सम्म ९० दिनमा पदयात्रा समाप्त गरे पनि हामी सधै सम्झिरहने
छौ। हुम्लाको राम लामा, लाल बुढा, अभिनास लामा, मुगुका
ईश्वर मल्ल, डोल्पाको ब्लुसिप होटल, जुम्लाको
होटल काञ्जिरोवा, समाज सेवी डा महाविर पुन, पत्रकार
शौरभ ढकाल र गणेश राई,
BFBS Gurkha Radio Kathmanduका बिनाद ध्वोज खड्का TAGNepal ट्रभल एजेण्ट गोबिन्द गुरुङ Great Himalaya Trail 2016 नक्शा उतारि दिनु भएका बिजय देवान । मित्र द्वय जोसेप बुढासैनी मानध्वज राई। हाम्रा गाईडहरु सन्तोष बुढा, दाई लामा, मोतिलाल
बोहोरा, भौउ बहादुर बुढा, सागर
बिश्वकर्मा, हरि बहादुर डाँगी, देब
प्रसाद डाँगी, पासाङ शेर्पा, पेम्वा
रिन्जि शेर्पा र गोपी कुलुङ
Monday, July 10, 2017
Day-15 (Rest Day) Great Himalaya Trail Simikot (Humla)
Day-15 (Rest Day)
Great Himalaya
Trail
Simikot(Humla)
26July 2016
निन्द्राले
छाड्यो। घडी हेरे 0800Hrs भएको रहेछ। बिशाल भान्जा र किशोर सर मस्त सुत्दै थिए।
यात्राको थकान मेटाउदै। आराम गर्ने दिन भएकाले उठेर हिड्नु पर्ने थिएन्। हिजो
बिलुकी देखि परेको पानी अझै रोकिको छैन्। झरीमय थियो सिमिकोट बजार। पानी पार्नका लागि सेतो कुहिरोको
हुल डुल्दै गरेको देखिन्थे। कर्णाली नदी पारी पुरै सेतो बादलले पर्दा ढ्याम्मै ढाक्थ्यो। मुसलधारे पानी पर्थ्यो। प्राकृतिक नाटकमा बार्दलीमा बसेर एक्लै रमाईरहेको
थिए म। चिया पिउनका लागि झरे डाईनिङ्ग हलमा। होटलका राम दाई संग चिया पिउदै गफ गर्दै
बसे। नेटवर्क आउने जाने भएकाले ईन्टरनेट चलाउन अल्छी लाग्यो। किशोर सर र बिशाल
भान्जालाई बिस्तारमा चिया लगि दिए। 1100Hrs खाना खायौ। खाना स्वाँदिष्ट थियो।
दिउसोका
लागि मःम तयार गर्दै थिए। सिमिकोटमा खसी बाहेक अरु मासु पाईदैन्। खाना
खाए पछि बिस्तारामा आराम गर्दै ईन्टरनेट चलाउने साथै
चिया र कफिको सुर्का लगाउदै समय बिताउन थाल्यौ। झरीले छोडेको छैन् । पानी पर्दै छ।
लुगा धोएको सुकेको छैन्। भोलि यहि चिसो लुगा लगाई जाने गफ गर्दै अतिनै स्वाँदिष्ठ तीन
तीन प्लेट मःम बजायौ। अचार पनि जिब्रोमा झुण्डिने खालको थियो। मौसम खराब भएकाले नेपालगंञ्जका उडान रद्द भएकाले कैलाश मानसरोवर दर्शन गर्न जाने र फर्केका दर्शनार्थी भारतिय
पर्यटकहरु र नेपाली गाईड खिन्न देखिन्थे। सिमिकोट बाट पारी देखिने पर्वतमालामा
मुसलधारे पानीको लर्को बनेर रतौली खेल्दै गरेका देखिन्थे। तर सिमिकोट बजारमा
त्यो पानीको लर्को तरेको थिएन्।
पारी नियाल्दा चुच्चा थुम्का खोचमा
कर्णाली नदीको रवाफ वरिपरि जौउ वारी आलुवारी बिचमा हवाई धावन मार्गको आकृतिले सिमिकोटको सौन्दर्यको दम छ । 2900 मिटरको उचाईमा
अवस्थित सिमिकोटको चिसो वतावरण संग घुलमिल गर्न पाउदा अवष्मरणिय दिन थियो हाम्रो।
सन्ध्याले
स्वागत गर्न थाल्यो। प्राङ्गन र बलेसीमा पानी
खस्दै थियो। जाडो मौसमलाई खेदाउन र Great Himalaya Trail को थकान भुलाउन रमाईलो गर्न राम दाई संग बसेर वाईन् र भोड्का चुस्कि लगाउदै गफ गर्न थाल्यौ।
राम दाई काठमाण्डुको बन्स्थली बोर्डिङ्ग मा अध्ययन गर्नु भएको रहेछ। किशोर सर पनि
बन्स्थली बोर्डिङ्गमा पढेकाले । उहाँहरुले बिगतमा बन्स्थली पढ्दाका रोचक कुराहरु
गर्न थाले । वाईनको चुस्कि लिदै म र बिशाल भान्जा सुन्दै बस्यौ। रसिया बाट
ईञ्जिनिएर पास गर्नु भई नेपाल सरकारको कर्मचारी भएर काम गर्नु भएको रहेछ । सरकारी
काम गर्दा वाक्क लागेर राजीनामा दिनु भई सिमिकोटमा रलिङ्ग होटल ब्यवसाय गर्नु भएको
रहेछ। उहाँले चार जनालाई रोजगारी दिनु भएको रहेछ । सिमिकोटमा बसेर आनन्द र सन्तोष लागेको छ गफगाफमा भन्नु भयो । बिभिन्न
क्षेत्रका बिषयमा गफगाफ गर्यौ।
रात
छिप्पिदै थियो। किशोर सरले गीटारका तार बाट धुन निकाल्दै गीत गाउन थाल्नु भयो। मैले हल्का स्वर दिए। फ्याट्ट फुट्ट नाचे पनि। सिमिकोट निर्वाचन कार्यलयका
कार्यरत स्थानिय युवा साथीले पनि स्वर दिईरहनु भएको थियो। उहाँले पनि समय समयमा गीटारको लोभ लाग्ने धुन निकाल्नु
हुन्थ्यौ। स्थानिय लाल बुढा र अभिनास लामा काठमाण्डु जानु भएकाले खल्लो लागिरहेको थियो। उहाँहरु भएको भए अझ थप रौन्क्ता हुन्थ्यौ होला। रलिङ्ग
होटलमा संगीतमय रात
हुँदै थियो। छिप्पि सकेको रातमा रमाईले गरिरहेको अवस्थामा 0030Hrs नानी लिएर २ जना
बहिनीहरु आए। नानीको आमा सेन्तेरेमले लठ्ठ भएको देखिन्थे। गीटारको धुन मा नाचिन् उनी। तिनीलाई सुत्न जाउ भन्दै राम दाईले बिनम्र अनुरोध गरी फकाएर
पठाईन्। रातको 0130Hrs सम्म रमझम गर्दै बितायौ।
वाँह! क्या रहर लाग्दो वतावरण
वाँह! क्या रहर लाग्दो वतावरण
Sunday, July 9, 2017
Great Himalaya Trail 2016 (Day-14) Okharthala To Simikot
Day-14
Great Himalaya Trail
Okharthala To Simikot
25 July 2016
बिशाल भान्जा ब्यस्त देखिन्छ।
बर्षा याम भए पनि पानी पर्ने लक्ष्ण थिएन। घाम उदाउनलाई तर्खर गर्दै
थियो। ओखलथलाको चिसो बिहानीमा भोटे चिया पियौ। वाई वाईको खाजा खायौ। रुपैयाँ 2700 तिरी बाटो लाग्यौ 0730Hrs।
ओखरथलाको लोभ लाग्ने रहर लाग्ने हिमाली वतावरणलाई बिदाई गर्यौ। केर्मीको अण्डा पाक्ने तातो पानी जाने चेष्टा गरेनौ। सुरुसुरु हिड्यौ। ओखरथला देखि घारापुरी सम्म बाटो ओरालो छ। केर्मी,ढाड केर्मी
र च्यान्दुको अक्कर कटे पछि खलखली गर्मी हुने बाटोमा हिड्न थाल्यौ। घाम सिधै
ओर्लदै थियो। चारै तिर घाम लागेको थियो। च्यान्दुकमा 1000Hrs
आईपुग्यौ। चिया पियौ। रेडबुल र
कोक पियौ। हाम्रो यात्रा भरि नामी खाजा वाई वाई खायौ । रु1650 तिरि 1100Hrs
धारापुरीमा खाना खाने योजनाले बाटो लाग्यौ। गर्मी किसिम थियो। डाँडाफैयाको उकालो र
घामले आज लोथ हुन्छौ होला भन्दै गफगाफ गर्दै 1200Hrs धारापुरीमा पुग्यौ।
ओखरथलाको भूगोल र वतावरण रमाउदै हामी
हिल्सा र
लिमि भ्याल्ली तिरका कुराकानी गर्यौ चौकीका
असई संग। हपहप गर्मी भईरहेको थियो। घाम ढल्केर हिड्ने योजना थियो । तर २ जना
ईन्जिनिएर छाता ओढेर हिड्ने तरखर गरे पछि रुपैयाँ1400 तिरि धन्यवाद फेरि भेटौला असई
र होटलका मालिक मालिक्नि संग 1300Hrs
घारापुरी देखि हिड्यौ। माँझ गाउमा स्याँउ बेच्न राखेका रहेछ । किनेर खायौ। घारामा
मुख धुयौ। चर्को घाममा र उकालो बाटोमा खुईया गर्दै पसिनाले पुरै ज्यान भिजि सकेको
थियो। लखतारान हुँदै 1500Hrs पानी न्याउलमा आईपुग्यौ। हेर्नु पर्ने दृष्य हेरि
सकेकाले फोटो खिच्ने कुनै चेष्टा गरेनौ। सिमिकोट पुग्नमा हतारो थियो। पानी न्याउला
देखि लाग्ना गाउ सम्म उकालो बाटो भए पनि
उचाई बढ्दै गएकाले गर्मी को महसुर भएको थिएन्। एक घण्टामा लाग्ना गाउमा निस्क्यौ।
1900Hrs रलिङ होटलमा
पुग्यौ। होटलका राम दाईले न्यानो स्वागत गर्नु भयो। पालै पालो नुहायौ। ईन्टरनेट मा
फोटो अपटेड गर्यौ। साँझ खाना खायौ। मुसल धारे पानि पर्यौ। ३ जना घुमन्ते
ईन्टरनेटमै ब्यस्त भयौ।
Subscribe to:
Comments (Atom)
HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी
23FEB 2024 काठमाण्डु - नवलपरासी DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...



