Total Pageviews
Sunday, June 19, 2016
Friday, June 17, 2016
Sunday, May 15, 2016
१३ फेब्रवरी २००८
२४फेब्रवरी २००८
यहाँ थुप्रै छन्
एम. के.१४०६८ धराने
यहाँ बाघको दुध पीएर
मान्छे नपिटेको धेरै भएकोछ भन्नेहरु पनि थुप्रै
छ्न
यहाँ झ्याप भएको झोंक्मा
अर्काको च्यापु ताक्दा अनुहार सिमेन्ट्मा परेर
आफ्नै बाङंरा गान्नेहरु पनि थुप्रै छन्
यहाँ गर्छु त भन्ने तर पारा नल्याउनेहरु पनि
थुप्रै छन
यहाँ ड्युटी फ्री पिएर बर्षमा एक पटक झ्याप
हुनेहरु पनि थुप्रै छन
अर्काले पैसा तिरेको जांड उंट्ले पानी पिएको
जस्तो पिउने
आफ्नो पाला आउँदा पैसा बोक्न बिर्सेंछु भनेर शकल
गाएब हुनेहरु पनि थुप्रै छन
यहाँ महिनाको पे डे मा तलब थाप्ने
तर ऋणले गर्दा अर्काको निम्ती जागिर गर्नेहरु पनि
थुप्रै छन
यहाँ गोली राम्रो हान्छु, निशानेबाज हुँ
भनी भाम
ओबर हुने
तर अर्काको तार्गेट्मा भ्वाङ पार्नेहरु पनि
थुप्रै छन
यहाँ नकुदी नहुने,
नखाइ नहुने, नखोकी नहुनेहरु
पनि थुप्रै छन
२४फेब्रवरी २००८
क्या र्याक भेजा खराब हुंदा
एम के१४०६८ धराने
बूज पिएर हरिफ पल्टदा
रातको तीन बजे बूज संगै घर फर्कदा
नो म्युजिक बट वाइफको गीत सुन्नु पर्दा
क्या र्याक भेजा खराब
हुंदा
घरको ढोका मेम साबले चाबी नभेटेकोले बन्दै राख्दा
डो फांक बूजको ट्रिपमा बाहिर उभिनु पर्दा
लाइफ क्या रड्डी लास्ट बोरिङ्ग हुँदा
क्या र्याक भेजा खराब
हुंदा
१२ जुन २००७
१२ मार्च २००७
बदलिएछ
कमल श्रेष्ठ(२०५६०)
मैले त्यहाँ छाडे देखि धेरै हेरफेर भएछ
गुराँस फुल्ने पाखाहरु सबै पहिरो गएछ
भञ्ज्याङ्को चौतारीमा छाडे अरे बिसाउन
पारी बनका खोल्सीहरु छाडे अरे सुसाउन
मिर्मिरेमा न्याउली गाउथ्यो एकान्तमा कोइली चरी
शान्ति खोज्दै अन्तै तिर गयो अरे बसाइ सरी
सुसाउने सल्लेरीमा ठूलो आगो सल्किएछ
बादलु र आकास पनि जंगलबाट फर्किएछ
छाडे अरे लड्नलाइ एक आपसमा दाजु भाइ
फकाउन खोज्दैछन् रे प्यारी आमा नेपाललाइ
रिसाएकी शान्ति पनि आउदै छिन् रे चाडै घर
बिकास पनि चाडै आउने पायो अरे खबर
१६ मार्च २००७
निष्ठुरी तिमी
कमल श्रेष्ठ(२०५६०)
तिम्रो बिश्वास गरेको थिए पाँए ठूलो चोट
अनायसै इज्जतमा लागी हाल्यो चोट
संगै जिउने,
मर्ने कसम बिर्सिएछौ आज
यति चाडै बद्ली हाल्यौ लाग्नु पर्ने लाज
स्वाभिमान र इज्जतको कुरा गर्थ्यौ खुब
छेपारो झैं छिन-छिनमा फेर्दो रहेछौ रुप
तिम्रो इच्छा त्यही रैछ मलाइ दु:ख दिने
कुटनीति जाल बुनी केही फाइदा लिने
जे भए पनि खुशी साथ बाँच संधै भरी
तिमीले गर्दा मेरो जीवन भयो काँडा सरी
मान्छे तिमी
मिलन याखा(२०१६९)
सर्बश्रेष्ठ प्राणी तिमी चेतनशील पनि
बन्यौ क्यारे सर्बश्रेष्ठ महा स्वार्थी हौ नि
जसले दियो जीवन तिमीलाइ मुखमा गाँस
बनाइ छाड्यौ आखिरीमा उसकै सर्बनास
लंगडोलाइ आँखा त अन्धोलाइ खुट्टा दिने दानी
मख्ख परि खिस्स हास्यौ ढोका बन्द गरी
मान्छे तिमी कति स्वार्थी नामै मात्र जाती
रुख चढाइ फेद ढाल्ने पायौ कति कति
सर्बश्रेष्ठ प्राणी तिमी महास्वार्थी पनि
धिक्कार होला बाँच्न तिमीलाइ धर्तीको बोझ बनी
हरि गुरुङ्ग१४१४५
०२जुन २००७
घायल गुराँसका बोटहरु
हरि गुरुङ्ग१४१४५ ,
सिङ्गापुर
बारुद ,
गोला र बमका चोटहरुले
क्षतबिक्षत भएर घाइते भएकाछन् ,
ती राताम्मे फूल्ने मेरा गुराँसका बोटहरु ।
किनकी,
शान्तिको उदगमस्थल,त्यो पावन भूमिमा,
मान्छेहरु अहिले,
घृणाले प्रेमलाई ठुंगेर मार्छन् ,
प्रेम पचाएर घृणा ओकल्छन् ।
फूल कतै मुस्काएको छैन मेरो माटोमा अहिले,
बारुदको घुवां माझ सेतो चन्द्रमा ओझेल परेको छ
मेरो आकाशमा
दीन,दु:खी,गरीव अनि
असाहय आत्माहरुले,
मुस्कानको परिभाषा जानेको छैन त्यहाँ ।
किनकी,
खोक्रो आडम्बर,
अन्तहिन स्वार्थ बोकेर,
एउटै आमाका सन्ततिहरु आपसमा भिडिरहेछन् ,
लडिरहेछन्,
जीवनको सार्थकता बन्दुकको गोलीमा खोज्नेहरु,
जीवन मासेर सुखद अनूभुति लिईरहेछन् ।
शान्तिको अग्रदुत भगवान बुद्धको जन्मस्थल,
सीता र भृकुटीको माईतीघर, ऋषिमहर्षिहरुको
तपोभूमि,
टुंगो नलाग्ने लडाई लड्ने रणभूमि बनेको छ ,
कुरुक्षेत्र बनेको छ ,
मेरा आफ्ना ढुकढुकीहरु बन्दुक र सङगीन बोकेर,
अनुहार भरि रगतका छिटाहरु पोतेर,
बाटो बिराएको यात्री जस्तै , एउटा लक्ष्य
बिहीन
यात्रामा,
त्यसै त्यसै रुमल्लिरहेछ्न् , भौतारी
रहेछ्न् ।
कृषण पौडेलका कविता
२५ फेब्रवरी २००८
असमञ्जस
‘म’
कृष्ण
पौडेल
यो
विशाल महासागरको अगम अगोचर विशालताले
मलाई
किन आफ्नै हीनतावोधको दृश्य सम्झाउन खोज्छ ?
टापू
र भूखण्डहरू क्रमश: खियाउँदै यसका
ज्वारभाटाहरू
युगौँदेखि
धराको अस्मितालाई श:नै श:नै खाइरहेछन्
कुनै
मिथकको अक्टोपस सदृश, ई ज्वारका
खुट्टाहरू
रक्तविजका
अंकूरित शिरहरू झैँ निरन्तर बढिरहेछन्
सर्वग्रासी,
सर्वभक्षी अनन्त जिह्वाहरू लपलपाउँदै
ढुङ्गा,
माटो , बालुवा , जरा अनि
पत्कररूपी अवरोध
खियाउँदै,
निल्दै, सोहोर्दै क्रमश: आफ्नै गतिमान
अंगालोमा
कसरी
निर्लिप्त बन्छन् ई बलशाली भूज अनि
स्तम्भहरू
यो
भीमकाय स्थूलता, अनि अजम्बर देखिने स्वरूपहरू
किन
खिइन्छन् र खाइन्छन् निरिहतामा, पानीका
स्पर्शले
ती
नूनिला पानीका लहरहरू पाइतालामा मद्दिम छोइँदा
?
म,
समुद्रका ई उत्ताल छालसंग , हुत्तिँदै रमाउन
सक्दिन
कुन्नि
किन ई ,
यसरी हरदम मच्चिँदै छन, अथाह
समयदेखि
किन
म आज हराइरहेछु , आफ्नै जीवनका
विष्मयहरूको
खोजीमा
ती
मसंग अन्तरंग रहेका वा भ्रममा नै मैले आफ्नै
ठानेकाहरू
किन
मसंग आत्मिय बन्न सक्दैनन? र शत्रूता नै
साध्न
खोज्छन्
म
अपलक जीवन हुनुका ई अफ्ठ्याराहरूको आँकलन
गणितमा
किन
यसरी निरतन्तर र अनवरत फँस्दै गैरहेको छु,
निष्णात
?
किन
मेरो मानसमा स्वप्नहरू मिठास बिम्बहरू दिन
खोज्दैनन
किन
यो स्वबोधको अनन्त गतिमा बढिरहेका लहरहरू
सञ्चारित
गराउन सक्दैनन म भित्र , मिठासका
उछ्छ्वासहरू
किन
यो अगम व्योमको यो अप्रतिम विशालता सिर्जना
गर्छ
म
भित्र ,
एउटा कहाली लाग्दो दु;स्वप्नका झुसिला
प्रभावहरू
?
किन
चट्टानको बलशाली दर्पिलो छाति, बालुवा बन्न
वाध्य
छ
पानीका
यी निरिह देखिने प्रभावबिहीन सुषुप्त
देखिने
छालहरू संग?
किन
अजस्र प्रभावको पथ्थरिलो छाति पनि यति निरिह
बन्छ
किन
सक्दिन म आँफ्नो परिचय त्यो विजेताको
अन्तरंगमा
खोज्न?
किन
अस्तित्वका ज्वार उत्साहहरू पनि घचेट्न खोज्छन
निरन्तर
मलाई
रंगरहित
,
ध्वंश अनि विनिर्माण र उदासिनताका
कोप्चेरा
खण्डहर भित्र !
Subscribe to:
Comments (Atom)
HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी
23FEB 2024 काठमाण्डु - नवलपरासी DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...

































