Total Pageviews
Monday, February 1, 2021
Thursday, July 2, 2020
Upper Dolpa Trek Day-14
भिजेर- शेगुम्बा
25 May 2019
0730Hrs बजे
टासिबुटि बहिनी र उनकी अन्य साथीहरुलाई धन्यवाद भन्दै भिजेर गाउ बाट हिड्यौ। चिसो
बिहानीमा सूर्यको किरण प्रवेष भई सकेको थिएन्। चारैतिर नाङ्गा पहाडको उपत्यका भित्र
लुकेर बसेको सुन्दर भिजेर गाउलाई छाडेर जाने रहर थिएन् । भिजेर गाउको छेवैमा तर्न
नसकिने खोला आफ्नै लय सुनाउदै थियो। काठेपुल तर्ने बित्तिकै नाकै भाँचिएला जस्तै उकालो बाटो शुरु हुन थाल्यो। खुईया गर्दै उक्लि रहयौ। उक्लिदै गर्दा
नाउरको बथान चर्दै गरेका केहि सुतिरहेका देख्यौ। खुईयाँ गर्दै भिजेरको थुम्का
सामुन्द्रिक सतह बाट 4815 मिटरको
पासमा उक्लिदा सम्म पनि घामको कलिलो किरण पासमा पोखि सकेको देखिदैन्थ्यो ।
पासमा पुग्दा खुशीले गदगद भए। हरि भाईले तल देखिएको गाउ टाटा गाउ साथै ऐतिहासिक
गुम्बा भएको ठाँउ हातले ईसारा गर्दै देखाए। चारै तिर हिमालहरुको पंक्ति
मुस्कुराईरहेको देख्दा थप रौनकत्ताको खुशीले चौप्ट भएको थिए म। पास बाट
चारैतिरका फरक दृष्यका हिमाल र नाङ्गा पहाड हेर्नु बिशेष रहेछ। हिउले
बिगारेको बाटामा हिड्दै गर्दा भिजेर गाउका र ३ जना भिजेर देखि साल्दाङ गाउ सम्म
सडक सर्वे गर्नका लागि ईञ्जिनियरहरु भेट्यौ। बाटो तेर्स्रो भएकाले थकानको महसुस भईरहेको
थिएन्। पाटन तिर च्याङ्ग्राका हुलहरु चरिरहेका देखिन्थे। हल्का भोक लाग्ला जस्तो
अनुभव भएकोले कलकल बग्दै गरेको खोला छेउमा आँखाले हेरि भ्याउने चौउरमा बसेर
बोकेको फापरको रोटी र चिया पियौ। प्राय धेरै जसो ठाँउमा बाटो उकालो भेटिन्थ्यो।
हिड्दै गर्दा घाम चरक्क चर्केको थियो। ओरालो बाटो झर्दै गर्दा थाकेको महसुस भएकाले खोला छेउको हरियो चौउरमा एक घण्टा सुत्यौ।
उकालो बाटोमा लोथ हुँदै शेगुम्बा जानका लागि अन्तिम पास 4830 मिटरको पास छिचोले पश्चात ओरालो बाटो शुरु हुन थाल्यो। पास बाट मनोरम क्रिस्टल हिमालहरुको लस्कर देख्दा मन फुरुङ्ग भएको थियो। शेगुम्बा पुग्नलाई चार हजार भन्दा माथिको तीन वटा पास छिचोलेर शेगुम्बामा पुग्दा थाकेर लोथ भएको थिए। शेगु्म्वामा साँझको 1830Hrs पुग्यौ। नावरहरुको बथान बास बस्नका लागि पाखामा तयार भएको देखिन्थ्यो। मुख्य गुम्बा बाहेक जम्मा ४ वटा घरहरु रहेछन्। हरि भाईले चिनेको लामा बाजेको घरमा छिर्यौ। लामा बाजेले सजिलै हरि भाईलाई चिनी हाले। भोटे चिया संग सातु खादै भोकलाई दबाई रहेका थियौ। गफगाफमा लामा बाजे राजनिति कुराहरु बडो ब्यावहारिक ढंगले भन्थे । बिकासको नाममा कसरी बजेटलाई गोदछन् भनेर। गुम्बा हेरचाह गर्न उहाँको पालो भएकोले यो साल अन्तिम हो मेरो भन्दै सुनाए। गुम्वाको सक्ली मुर्ती चोरि सक्यो नक्कली मात्र छ। दुःखी हुँदै सुनाए। । लामाका श्रीमती चौउरीहरुलाई खोले दिदै थिईन्। हरि भाईले किचनमा साँझको थेन्दुक बनाउदै थिए । खाना नपाकुञ्चेल सम्म माथिल्लो भेग डोल्पाको कथा र ब्याथाहरुको कुरा सुन्दै बसे म। हरेक दुई दुई सालमा गुम्बा हेरचाहको लागि साल्दाङका हरेक घरवालाहरुले आफ्नो पालोमा गर्नु पर्ने नियम भएको सुनाए। कुराकानी गर्दै गर्दा हरि भाईले थेन्दुक तयार बनाई सके। हामी ४जना बसेर खायौ। 2100Hrs सुत्यौ। ढल्कके बित्तिकै भुसुक्कै निदाए छु।
।
Monday, June 1, 2020
खप्तरी मगरको थाक थलो तल्लो रिचुवा गाउको चिनारी
खप्तरी मगरको थाक थलो तल्लो रिचुवा गाउको चिनारी।
Saturday, May 23, 2020
Upper Dolpa Trek Day-13
भिजेर गाउकी राजदुतको गाउमा पुग्दा
Saturday, May 2, 2020
Upper Dolpa Trek Day-12
हिजो बुलुकीको उब्रेको थेन्दु संग वाई वाई खाजा खायौ। ज्यान तातो बनायौ। लामा बाजेका बुहारी चौरीका दुध दुहुदै थिए। सबै जनालाई फेरी भेटौला भन्दै 0630Hrs सालदाङ बाट हिड्यौ।
Tuesday, April 28, 2020
Upper Dolpa Trek Day-11
काराभान फिल्ममा आयुर्वेदिक डाक्टरको भूमिका अभिनय गरेका लामा ज्यु संग। साल्दाङ गाउ
हामी उठ्दा लामा पुजा पाठ गर्दै थिए। उनकी बुहारी हाम्रा लागि रोटी पोल्दै थिए।चिया तीन तीन कप पियौ। वडा अध्यक्ष जिग्मे जी घोडा याक र चौरीलाई घाँस दिदै गरेका देखिन्थे।पुजा पाठ समाप्त गरे पछि लामा ज्यूले चिया पिउदै कुराकानी गरे हामी संग। हरी भाईले पाकेको ४ वटा रोटी झोलामा राख्दै थिए। खाएको बसेको कति भयो होला बिल तिर्न खोज्दा लामा ज्यूले तिर्नु पर्दैन भने। उल्टो धन्यवाद दिए हरि भाईलाई हिजो खोलामा पुल बनाउन सघाएकोमा।लामा र उनकी बुहारीलाई धन्यवाद भन्दै बिदा भयौ। वडा अध्यक्ष आगनमा जीनकाटी कस्दै थिए। कता हिड्ने तर्खर अध्यक्ष ज्यू मैले भन्दा तल पुछारमा उवा छर्नका लागि खनजोत गर्न जान लागेको बताए। उहाँ संग हात मिलाउदै फेरि कुनै दिन भेट होला भन्दै बिदा भयौ।0600Hrs कोमास गाउ देखि बाटो लाग्यौ।
Friday, April 24, 2020
Upper Dolpa Trek Day-10
21May 2019
नेपालका कान्छा वडा अध्यक्ष शेफोकसुण्डो गाउपालिका वडा नं १ का जिग्मे लामा संग उहाँको घुरेनमा (कोमास गाउ माथिल्लो डोल्पा)
0530Hrs ब्युँझदा लामा बाजेको बुहारीले उवाको रोटी पोल्दै गरेकी थिईन्। लामा बाजे पुजा गर्दै गरेको थिए। हरी भाई र म भोटे चिया पिउदै गर्दा लामा बाजेको छोरा र कोमास गाउ बाट आएका पाहुना पनि उठे। आफ्नी श्रीमती लाई भोटे भाषामा बोलाउथे तर केहि नबोली रोटी पोलीरहेको थियो। हिजो रातीको बैठकको निर्णय के भयो राम्रो भयो होला हैन दाई। कहाँ हुनुनी त्यतिकै सकियो। भोलि फेरि बैठक छ भन्दै गर्दा घरमा ल्याउदा भई हाल्यो नी रिसाउदै र कर्के आँखा तर्दै उनीकी श्रीमतीले भनिन् । सिमेन गाउबाट 0620Hrs बजे बाटो लाग्यौ। काठे पुल तर्ने बितिक्कै उकालो बाटो सुरु हुन थाल्यो।
HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी
23FEB 2024 काठमाण्डु - नवलपरासी DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...




