हिजो नुहाई धुवाई गरेकाले बिहान उठ्दा फुर्तिलो ज्यान भएको थियो। रातभरी मुसलधारे पानी परेको थियो। 0800Hrs उठ्यौ। चारै तिरका पाखामा घामको किरण छरिसकेको देखिन्थ्यो। निलो आकास मुनि दुनै बजार सुन्दर देखिन्थ्यो। ठुली भेरीको काखमा अवस्थित दुनै बजार ठुली भेरी रिसायो भने कुनै दिन बगरमा परिवर्तन गर्न सक्ने अवस्थामा देख्यौ । किचनमा कफि लिन गए म। बिशाल भान्जा र किशोर सरलाई कफि ल्याई दिए। कफिको सुर्का लिदै ईन्टरनेट चलाउदै बस्यौ। बेलाबखत ठुली भेरी उर्लदा निस्केका आवाजले हाम्रो आँखा पुग्थ्यो भेरीको भेलमा। ठुली भेरी पुरै धमिलो देखिन्थ्यो। दाँत नमाझी तातो कफि वा चियाको सुर्का लगाउने बानी परिसकेको थियो हाम्रो। 0900Hrs स्वाँदिष्ट खाजा बजायौ। धुएको लुगा सुकायौ। चर्को घाम लागेको थियो। दिउसो दुनै बजार वरिपरि घुम्यौ। बजारमा चलहपहल देखिन्थ्यो। हजाम घरमा र फ्याँटफुट्ट तराई मुलका नेपाली दोकान थापेर बसेका पनि देख्यौ। डोल्पाको दुनै जस्तो ठाउमा पनि तराई मुलका नेपाली देख्दा खुशी भयौ। झोलुङ्गे पुर तरी पारि भित्तबाट वारी दुनै बजार नियाल्यौ। भोलि सेफोकसुण्डो हिड्नका लागि चाहिने समान झोलामा मिलायौ। साँझको खाना खादै गर्दा NGOका भद्र महिला पुरुषको समुह टेवलमा गफगर्दै गरेका सुनिन्थे। टेण्ट भित्र ईन्टरनेट चलाउदै गफिदै यात्राको थकान भुल्न पाउदा हामी रोमाञ्चित भएका थियौ। मध्यारात सम्म तीन भाई चकाप हान्दै बस्यौ।
17 अगष्टका दिन 0700Hrs उठ्यौ। रोटी आलु चना खाजा खायौ। खाएको बसेको रु 9470 बिल तिर यात्राका लागि सेफोक्सुण्डो ताल तिर 0830Hrs बाटो लाग्यौ । सिमसिम पानी परेको थियो। फर्कदा म्याग्दीको बनीबजार सम्मका लागि २ जना सहयोगी खोजी राख्नु भनी बिजय तमाङ भाईलाई भन्यौ। उहाँ ब्लू सिप होटलका कुक थिए। दुनै बजारको बस स्टप पुग्दा मेरो दाहिने घुडाको सिन दुखेर हिड्न सक्ने अवस्थामा भईन् । भान्जा बिशाल र किशोर सरलाई तपाईहरु घुमेर आउनु होला दुनैमा बस्छु भने मैले। तर उहाँहरु मान्नु भएन बरु २ दिन आराम गरि संगै जाने भने पछि होटल ब्लू सिपमा फर्क्यौ। कफिको साथमा ईन्टरनेट चलाउदै बस्यौ। दिउसो चर्को घाम लागेको थियो। साँझ पख मुसल धारे पानी पर्न थाल्यो। साँझको खाना खाई ईन्टरनेट चलाउदै टेण्ट भित्र पल्ट्यौ।
18 अगष्टका दिन 0700Hrs उठ्यौ। आराम पाएकाले ज्यान फुर्तिलो थियो हाम्रो। चना र अण्डा खाजा खायौ। घाम लागेको थियो। बिहान फड्को जाने खालको घाम लाग्ने । दिउसोमा मुसलधारे पानी पर्ने मौसम दुनैमा हुन्थ्यो। 1000Hrs बजार घुम्न निस्क्यौ। हिड्दा सिन दुखाई हुन्छ कि हुँदैन परिक्षण गर्नु थियो। गजबले हिड्न सके । दुखाई भएन्। हामीले बोकेको ओखती र क्रिमले काम गरेछ। भोलि सेफोक्सुण्डो हिड्ने पक्का भयो भन्दै अाघा घण्टा बजार घुमी होटल तिर फर्क्यौ। 1130Hrs खाना खाएर सुत्यौ। 1500Hrs उठ्यौ। उठ्दा पानी सिमसिम पर्दै थियो। कफि पिउदै ईन्टरनेट चलायौ। माथिल्लो डोल्पा पदयात्रा गरि फर्केका युगल कुहिरेको जोडी र तिनका गाईड आईपुगे। साँझ पख INGO काम गर्ने भद्र ३ जना महिलाहरु राम्रो कोठा मिलाई दिनु पर्यो भन्दै बिजय तमाङ भाईलाई अनुरोध गर्दै थिए। तमाङ भाईको सहयोगी माईला दाई साह्रै मिजासिलो स्वभावका थिए। समय समय चिया कफि खाजा के ल्याई दिउ के लिनु हुन्छ भनि सोध्न आउथे हामी कहा । चाहेका समान किन्न पठाउथ्यौ बजारमा हामीले। साँझको खाना खादै गर्दा हाम्रो टेबल नजिकै हेलिकप्टरका पाईलट संग परिचय भयो। सालदाङमा एक प्रहरी जवान लेक लागेर मृत भएको लास लिन आउनु भएको रहेछ। आर्मी ब्यारेकमा हेली राखेकी । ब्लू सिप होटलमा साँझको खाना खान आउनु भएको रहेछ। उहाँले Great Himalaya Trail को शुभकामना दिए। नेपालीले पनि घुम्न पर्छ भने। उहाँ संग आधा घण्टा गफगाफ गरि शुभरात्री भनि हात मिलाउदै छुटिनु भयो। हामी पनि बिस्तारा तिर लाग्यौ। २ दिनको आरामले मेरो सिन ठिक भयौ भन्दै खुशी हुँदै टम्बु भित्र छिर्यौ। होटल भित्र पनि हामीले टेण्ट लगाएका थियौ। किरा फट्याङ्ग्र कान्सुत्ला बाट जोगिन ।
शौचालय नभएकाले तीन जना लाठे लाग्यौ पाखातिर Great Himalaya Trail को बिशेषता भन्दै। जरुवा पानीको धारामा मुख धोयौ। रमाईलो विहान थियो। खुलेको बिहान थियो तर चिसोले च्याँप्पै समाउने खालको वतावरण थियो। देबकोटा बडा गाउ पारि देखिन्थ्यो। जडिबुटीको चिया पिउन पस्यौ चुला तिर। सागर भाई र साहुनीका बाबा आमा चिया र वाई वाई तयार गर्दै देख्यौ। खोईत छोरी सोधे मैले। बिरामी भएर सुतेकी बताईन् । बिरामी बहिनीलाई ओखती दिए र ४ घण्टा पछि अर्को दवाई खानुस निको हुन्छ मैले भने। रु१२४० तिरि घोडाखोर बाट 0730Hrs बाटो लाग्यौ।
डोल्पाको दोभानमा झरिलो आरु खादै हामी
हिडेको एक घण्टामा होटल भेटायौ। वाई वाई खाने सल्लाह भयो। चिया पिउदै थियौ। वाई वाई पाक्दै थियो। थाङ्नाले बाँधेका खुट्टा देख्यौ साहुनीको। सिसाले गहिरो काटेको रहेछ । तातो पानीले धुन लगायौ र हामीले बोकेका दबाई किशोर सर र मैले लगाई दियौ। भरै साँझ यसरीनै धुएर लगाउनु होला भनि दबाई दियौ। खाजाको रु ५०० तिर्यौ। राम्रो संग बस्नु होला भन्दै तेर्स्रो बाटो हिड्न थाल्यो। कान्ला माथि र मुन्तिर धानचामर भएको मकै बारी देखिन्थे। हिड्दै गर्दा एक हुल बिधार्थी भेट्यौ साथै बाटो माथी बाक्लो बस्ति देख्यौ। आलो पहिरो गएकाले बाटो थुनेकाले उफ्रिने क्रममा किशोर सर झण्डै कान्ला मुनि पुग्नु भयो । चिप्लिएर। झ्याँप्पै सिस्नुको बोट समात्नु भयो । सिस्नुको बोट नसमाउनु भएको भए सिधै कान्ला मुन्तिर बल्ड्याङ हुने पक्का थियो। अप्रिय घटना भएन। आथा भन्दै हिलोमा पछारिनु भयो। सिस्नुले पोलेको ठाउमा दबाई लगाई दिए मैले। फोका उठ्न पाएन्।
लिकु गाउ मा पुग्यौ। हाईस्कूल रहेछ। बाग्लो बस्ति रहेछ। बस्ति रमाईलो लाग्यो। स्कूलको छेवैमा होटलमा वाई वाई र चिया खाने सल्लाह भयो। थाकेर लोथ भएका थियौ। गफगाफ गर्ने जाँगर थिएन हाम्रो । गाउको दृष्य राम्रो भए पनि फेरि झिङ्गाको हुलले हामीलाई वरिपरि घेर्न थालि हाल्यो। खाना पाक्दैन् बरु वाई वाई पकाई दिन्छु भने साहुनीले। चौरीकोटमा लामा समुदायका बस्ति छोडे पछि शाही र बुढा समुदायको रहन सहन साथै भेषभुषा देख्न पाईयो लिकु गाउमा। रेडबुल कोक र वाई वाईको एक मुष्ठ रु १५०० तिर्यौ र 1100Hrs लिकु बाट बाटो लाग्यौ।
लिकु बाट पारि नियाल्दा बाग्लो बस्ति देखिन्थ्यो। स्कूल बिदा भएर बिधार्थीहरु घर जादै गरेका भेट्यौ। बिना कारण स्कूल बिदा भएका कुरा बताए । हिड्ने बित्तिकै पानी बर्सन थाल्यो। छाता ओढ्दै ओरालो बाटोमा हिड्न थाल्यौ। मान्छेले खनेको सडकको ट्रयाकमा हिड्दै दोभानमा पुग्दा घुरेनमा लटरम्म पाकेको आरु देख्यौ। ५०रुपैयाँको किन्यौ। रसिलो आरु खादै थकान भुलायौ। 1200Hrs त्रिपुराकोटमा पुग्यौ। त्रिपुराकोट धाम थुम्कामा देखिन्थ्यो। धाम हेर्न जाने योजना थियो तर थाकेर जान मन लागेन। ठुली भेरी धमिलो भेल देखिन्थ्यो। लोभ्याउने उपत्यका रहेछ त्रिपुराकोट। गजबको बजार रहेछ।
डोल्पालीहरु बजारमा किनमेल गर्न आएका देखिन्थे। मोबाईलमा गीत भर्न पसलमा लाईन बसेका देखिन्थे। गण्डकी अञ्चल भेगका लोकगीतहरु घन्कीरहेका सुनिन्थे। बजारमा चहलपहल निक्कै देखिन्थ्यो। लाग्थ्यो हामी डोल्पा हो कि होईन जस्तो लाग्थ्यो । एउटा होटलमा झोला बिसायौ। चाउमिन पकाउन लगायौ। त्रिपुराकोट बजारमा झिङ्गाको कुरै नगरौ। बाफ्रे! लिकु गाउको भन्दा दोब्बर थियो। रेडबुल र कोक पियौ। थाकेर लोथ भएका थियौ। किशोर सर र बिशाल भान्जा बेञ्चमा झिङ्गा धपाउदै गर्दा भुसुक्कै निदाउनु भयो। दुबै जनाको खुट्टै ढाँक्ने गरि झिङ्गा रमाउन थालेको देखि पछि झोला बाट जुका लामखुट्टे भुसुना मार्ने स्प्रे छर्कि दिए। झिङ्गा सर्लक्कै भुईमा उत्तानो हुन थाले।
त्रिपुराकोट बाट भित्ति जाने क्रममा हामी ।
त्रिपुराकोटमा बास बस्ने योजना थियो तर साहुले भित्ति देखि जिप दुनै सम्म चल्ने सुनाए । योजना बन्यो दुनै पुग्ने हाम्रो। चाउमिन स्वाँदिष्ठ थियो। रु २४५० तिर्यौ र ठुली भेरीको झोलुङ्गे पुल तरि एक घण्टामा भित्ति गाउमा पुग्यौ। रु15000 तिर दुनै तिर गुड्यौ। जुफाएल बिमान स्थलको पुछार कटे पछि तर्न नसकिने खोला भेटिए । काठको मुढा तेर्साएको रहेछ। त्यसैमा चढी चिपको पाङ्ग्रा गुड्दा आङ जिरिङ्ग भएको थियो। हेलीकप्टर बाट चिप ल्याएका रहेछ। ड्राईभर थिए सुर्खेत तिरका भाई। ठुली भेरीको बगरमा खेतीका लागि तीन जना महिलाहरुले खनी रहेका देखेका थियौ। अचम्म लाग्यो। सेफोक्सुण्डो खोला र ठुलीभेरीको संगम स्थल सुलीघाटामा आर्मी चेक पोष्ट रहेछ। हाम्रो झोला चेक गरे। ठुली भेरीको किनारै किनार गुड्दै दुनै बजारमा 1600Hrs पुग्यौ।
हुम्ला देखि ३५ दिनमा डोल्पाको दुनै पुग्दा हर्षको सिमान थिएन हाम्रो। ठुली भेरीको काखैमा दुनै बजार रमाईलो लाग्यो। गीत घन्की रहेका सुनिन्थे। दुनैको नाम चलेको होटल ब्ल्यू सिपमा झोला बिसायौ। पालै पालो नुहायौ। जुम्ला देखि हिडे देखि नुहाएका थियौ। फ्रेस भयौ। सल्लाको रुख मुनि चौतारा बनाएका रहेछ। बेञ्चमा बस्दै चिया कफिको सुर्का दिदै ईन्टरनेटमा फोटो र अन्य आफन्त र साथीहरु संग च्याट गर्न थाल्यौ। झिङ्गाले दुःख नदिदा सञ्चो महसुस भएको थियो। नाम थाहा नभएको हेर्दा राम्रो लाग्ने चरी घासमा चर्दै गरेका देख्यौ । सिन्धुपाल्चोका मास्टर सेफ भाईले स्वाँदिष्ट खाजाहरु तयार गर्दै टेबलमा ल्याई दिन्थे। साँझको खाना खाना 2000Hrs बस्यौ टेवलमा । छेवैमा INGO मा कार्यरत दुईटी महिला र एक पुरुष रवाफिलो तरिकाले गफ गर्दै गरेका सुनिन्थे । सफासुग्घर र चिरि च्याँट थियो होटल । जुम्ला देखि दुनै सम्म सहयोगी सागर बिक भाई भोलि बिहानै जुम्ला फर्कने भएकाले उहाँलाई रु 8500 दियौ। आराम संग जुम्ला पुग्नु भन्यौ। ईन्टरनेट चलाउदै 0000Hrs बस्यौ। वाहिर पानी झमझम पर्दै गरेको थियो। ठुली भेरीको आवाज स्पष्ट सुनिन्थ्यो।
काम बाट फर्कदै थिए
म। बाटामा भेटिए धावन क्षेत्रमा स्वर्ण पदक बिजेता निमेष गुरुङ। जीन्दगीका
आरोह अवरोहका गाथालाई भिडियोग्राफी गर्ने सल्लाह भयो। उहाँ संग भिडियोग्राफी गरिरहदा म भाबुक भईरहेको थिए ।
उहाँको भोगाईको कारुणिक कथा सुन्दा। निमेषको जीवनको भोगाईका गाथा हेर्न
नछुटाउनु होस।
राती
शौचालय लागेर उठ्दा चहचह जुन लागेको रहेछ। हिमाल हेर्नका लागि बार्दलीको छेउ तिर
गए। टाकुरामा जमेका हिँउमा जुनको प्रकास पोखिदा रहर लाग्दो दृष्य देखे। म ट्वाल्ल
परेर एकोहोरिएर रमाउदै हेरि बसे। क्षितिज सम्म टहटह जुन लागेको देखिन्थ्यो। घडी
हेर्दा 0100Hrs भएको थियो। कुहिरो कतै देखिदैन थियो। मुन्तिर
खोला बगेको आवाज मात्र सुनिन्थे। किराहरुको आवाज सुनिएको थिएन्। चिसो भने अतिनै
थियो। यात्रामा टहटह जुन लागेको र जुनेली आकासडोल्पाको
चौरीकोटमा देख्न पाईयो भन्दै मनमनै हर्षले गदद भईरहेको थिए। जुम्ला देखि ६ दिनमा
डोल्पाको भूमिमा टेकेका थियौ। ४ मिनेट जति चकमन्न जुनेली रातमा रमाउदै बसि रहे।
हिड्नु पुर्व चिया पिउदै डोल्पाको चौरीकोटमा ।
0630Hrs बजे उठ्दा भुसभुसे पानी पर्दै थियो। चारैतिर
भुईकुहिरोले ढाकेको थियो। किशोर सर र बिशाल भान्जालाई जुनेली रातको कुरा सुनाए।
उहाँहरुले पनि जुनेली रात नियाल्न पाउदा खुशी भएका कुरा बताए। हिड्ने बेलामा पानी
परेको थिएन्। चडिबुटीको चिया र वाईवाई खाजा खाए पछि ४८७० रुपैयाँ तिरी चौरीकोट बाट
लाग्यौ 0700Hrs । चौरीकोट पारी बिशाल अक्कर भएकाले जुम्ला
डोल्पाको दुनै जोड्ने सडकको ट्रयाक खोला सम्म मात्र खोलेका रहेछ। खच्चर हिड्ने
बाटो जानेकी छोटो बाटो भएर जाने हामी दोधारमा भयौ। छोटो बाटो नै हामीले रोज्यौ र
ज्यानको बाजी लगाउदै अक्करमा झुण्डिदै घिस्रिदै र बामे सर्दै। दश मिनेटमा कहाली
लाग्दो भिरमा अाङ जिरिङ्ग हुँदै पार गर्यौ । एक महिना अगाडि यसै भिर बाट यार्सा
खोज्न सेफोक्सुण्डो तिर जादा लडेर मरेका कुरा मौउरे पासमा लुटपाट गर्ने मनसायका
आवाराहरुले हामीलाई सुनाएका थिए।
0830Hrs रिमि गाउमा पुग्यौ। बस्ति रमाईलो लाग्यो। आदित्य
होटलमा झोला बिसायौ। वाई वाई बनाउन लगायौ। जुम्ला देखि डोल्पाको रिमि सम्म झिङ्गा
देखेनौ। झिङ्गा बाट मुक्त भएका छौ! हाँसो गरे मैले। हामीले झिङ्गालाई राष्ट्रिय
किरा उपनाम दिएका थियौ। चिया पिउदै थकान भुलाउदै बस्यौ। खाजाको रु ८०० तिर 0900Hrs
बाटो लाग्यौ। आजको खाना काईगाउमा खाने भन्दै ओरालो बाटो हिडि रहयौ।
कर्णालीअञ्चलमा हिडिरहदा ओखरको बोट जताततै भेटि्न्थे।
झरेका ओखरका दाना बटुल्न थाल्यौ । फोडेर खाने काईगाउमा भन्दै।
काईगाउ बाट बर्ल्याङको पास उक्लिदै
काईगाउ पुग्दा1000Hrs भएको थियो। घाम सिधै झरिरहेको थियो। सानी भेरी
धमिलो थियो। प्रहरी थानाको छेवैमा होटल थियो। खाना पाक्न समय लाग्छ । बरु वाई वाई
खाने सल्लाह सई साबले दिनु भयो। वाई वाई पाक्दै गर्दा सुरक्षा र अन्य सूचना सई
साबले दिनु भयो। काईगाउ ५ जिल्लाको केन्द्रबिन्दु रहेछ।जुम्ला रुकुम जाजरकोट मुगर डोल्पा।
द्वन्दकालमा खनिएका वारिपारी सबै बंगर छन् भन्दै सई साबले हातले संकेत गर्दै
देखाए। त्यस ताका जनसरकार थिए यहाँ।
यार्साको सिजनमा करोड करोड पैसा यहाँ राख्छन् ब्यापारीहरुले। गतसाल
पैसा लुटन आएका थिए। स्वचालित हतियार अन्य स्थानमा छैन्। यस चौकीमा मात्र छ।
यार्साको सिजनमा लुटपाट हुने भएकाले आजकाल फ्याँट फुट्ट चेक लिएर हिड्न थालेका
छन् ब्यापारीहरु। यस भेगमा लुटपाट गर्ने प्रायः जुम्लाको गर्ज्याङकोटका युवाहरु
छन्। लुटपाट धेरै जसो गर्ज्याङकोट देखि रिमीको बिच भेग तिर गर्ने गर्छन्। काईगाउबाट कागमारा हुँदै सेफोक्सुण्डो जाने बाटोछुटिने
रहेछ। रु ११०० बिल तिरि काईगाउ बाट 1100Hrs बाटो लाग्यौ।
बर्ल्याङको पास उक्लिदा लोथ भएको क्षण
सानी भेरीको झोलुङ्गे पुल तरि उकालो बाटो लाग्नु अगाडि हात मिलाउदै
शुभयात्रा भन्दै सई साब संग बिदावरी भयौ। घाम सिधै ओर्लिरहेको थियो। उकालो बाटोमा
लम्फु भईसकेका थियौ। मालिङ्गो घारिभित्र पानी पिउदै ३ ठाउमा बिसाउदै 3300 मिटरको
पास बर्ल्याङ उक्लि सक्दा सालाक सुलुक भई सकेका थियौ। २घण्टा लाग्यो काईगाउ बाट बर्ल्याङ
उक्लन।तागत गई सकेको अवस्थामा थियौ। खाएको वाईवाईले
छोडि सकेको थियो। चकलेट र पानी पिए पछि तङ्ग्रेयौ। उकालो तेर्स्रो बाटो हिडिरहदासिम लाङ्गाना पाटामा २ वटा गोठ भेट्यौ। एक एक कुरुवा जिसो दहि
बजायौ। डम्म पेट पार्यौ। गोठका दाईका छोरी सेफोक्सुण्डोमा कक्षा ८मा पढ्ने
रहिछिन्। हिड्ने बेलामा हाते पत्र लगिदिने बिन्ति गरे । हुन्छ भन्यौ। झोलामा हाते
पत्र राखे मैले। ४ माना दहिको रु ४०० तिर हिड्यौ।
सिमलाग्नाको पाटामा दहि खादै।
बाटामा एक हुल भेडा भेटिए । दुनै बेच्न लागेका। जंगलको उकालो
बाटोमा फिटिक्कै हिड्न सकि रहेका थिएनौ। कारण धेरै दहि खाएकाले। अटस मटस वाक्क
आउला जस्तै भईरहेको थियो। बाटामा हिड्दै गर्दा एक जना युवा बटुवा हामीलाई भेटाउन
आईपुगे। गफ गर्दै हिड्यौ। बिगतमा डाँक सेवाको झोला परिवर्तन गर्ने यहिनै होनी दाई
भने। पसिनाले लोथ हुँदै बसिरहदा भने। जोरधारा मा एउटा गोठ रहेछ। जडिबुटिको चिया
पियौ। लाग्नापास गर्नाको लागि थप उर्जा थप्यो तातो चियाले। लाग्नापास गर्नका लागि उकालो बाटो छिचोल्ने क्रममा डोल्पाली दिदिबहिनीहरु त्रिपुराकोट धाम जान
हिडेका भेट्यौ। 3800 मिटरको लाग्ना पासमा पुग्दा खुशीको सास फेर्दै आराम
गर्न बस्यौ।डोल्पाली लवज सु्न्न पाउदा रमाई रहेका थियौ।
थकान मेटाए पछि ओरालो बाटोमा कछुवाको चालजस्तै गरि झर्न थाल्यौ।
डोल्पाको लाग्ना पासमा पुग्दा खुशीको क्षण।
हिडेको २० मिनेटमा स्व राजा बिरेन्द्रको याक फामको भग्नाअवषेस भएका
गोठहरु देख्यौ। चौउरी खच्चर र घोडाहरु चरिरहेका थिए। सागर भाईलाई साँझको खाना बनाई
राख्नु भन्दै अगाडि पठायौ। घोडाखोर गाउ सिधै तल देखिरहेका थियौ। वारि पारीको
पाखामा बाक्लो जंगल देखिन्थे। सिधै माथी नाङ्गा हरियाली पहाड देखिन्थे। डाँडा तिर पानी
परिरहेका देखिन्थे। ओरालो बाटोमा कछुवाको गतिमा 1700Hrs पुग्यौ
घोडाखोर गाउमा। सुनसान र शान्त गाउ थियो। हामी पुग्दा
सागर भाईले चिया र वाई वाई तयार बनाई राखेका रहेछन्। पसिनाले भिजेका लुगा फेर्यौ।
धारामा हात खुट्टा धोयौ। फ्रेस भई जडिबुटीको चिया पियौ। वाई वाई खायौ। पेट डम्म
बनायौ। थकित ज्यान फुरुङ्ग भयो। सागर भाई ट्वाँक पिउदै साँझको खाना पकाउन सघाउदैगरिरहेका देखिन्थे साहुनी संग। किशोर सर बिशाल भान्जाले घोडाखोरको
तिन पाने पिई सक्दा झम्के साँझ भई सकेको थियो। सागर भाईले भने अलिक धेरै दिई
सकेकाले साहुनीलाई गफ गजबले दिन थाल्दै देखि्नथे । हामी मुसुमुसु हाँस्दै साँझको
खानाको प्रतिक्षामा थियौ।
स्व राजा बिरेन्द्रको निजि चौउरी गोठमा
साहुनीका बाबा आामा बुढा बुढी थिईन्। सानो दोकान र
होटल चलाएका रहेछन्। दुनै देखि बेनी बजार सम्म डोल्पाको जुफाएल वासी सहयोगी हरि
रोका भाईले सुनाएका थिए। घोडाखोरका साहुनीको बिहे गरेको एक महिना नपुग्दै बुढा घोडाबाट लडेर मरेको हो । त्यहि याक फार्ममा।हरि रोक्का भाई जुम्ला र डोल्पाका अनुभवि ट्रेकिङ कुक हुन्। बाहिर
पानी झमझम परिरहेको थियो। साहुनी बहिनी बिरामी भएको जस्तै देखेर मैले सोधे। बिरामी
हुनु भएको हो? टाउको हल्लाईन तर बोलिन् । उहाँकी बाबा र
आमाले एकै स्वरमा भने ओखती छ भने दिनुसन! ज्वरो र टाउको दुःखेको ओखती दिए मैले। ओखती
खाएको एक घण्टा पछि चंगा भए भनि बताईन्। त्यस पछि हामी संग पनि गफगर्ने भईन्। सायद
झ्याँम्मि सकेकाले होलान्। बाबा आमा डोल्पाली लवजमा बोल्थे भने छोरीको भने स्थानिय
बोलिने लवजमा सुनिदैन थे। साँझको खाना खाई सक्ने बित्तिकै टेण्ट भित्र छिर्यौ।
स्लिपिङ ब्याँग भित्र पस्ने बित्तिकै ३ भाई भुसुक्कै भईसकेका थियौ। सागर भाई भने
साहुनी संग गफ गर्दै थिए।
डोल्पाको चौउरीकोट गाउ
सागर भाई चौउरीकोटको भाले समाउदै।
चौउरीकोटमा भुटभाट गर्न लाग्दै हामी
अमिलोको काम गर्ने रहेछ। यसैको अचार खाँदै हिडेका थियौ।
रहर लाग्दो बस्ति काईगाउ डोल्पा
काईगाउबाट बर्ल्याङ तिर उक्लदै
काईगाउ र सानी भेरी को साईनो
बर्ल्याङको पास उक्लिने क्रममा
बर्ल्याङको पास उक्लिने क्रममा थकान मेटाउदै भान्जा बिशाल र सागर
बर्ल्याङ्को जंगल भित्र थकित र प्रफुल्लित मुद्रामा किशोर सर र भान्जा बिशाल
बर्ल्याङको झाडीभित्र
जंगली च्याँउ
बर्ल्याङ पास उक्लिन अन्तिम कुईनेटामा भान्जा बिशाल
बर्ल्याङ्को पासमा लखतरान अवस्थामा हामी
सिमलाग्ना पाटन पुग्नै लाग्दा नेपालगंञ्जबाट दाउरा बोक्न ल्याएका साईकल
सिमलाग्ना पाटामा पानी थापेर ल्याउदै किशोर सर
सिमलाग्ना पाटालाई यसरी उतार्दा
सिमलाग्नामा दहि खादै सागर भाई
सिमलाग्ना पाटाको चिसो दहिको स्वाँद लिदै किशोर सर
चिसो दहि खान लाग्दै बिशाल भान्जा
सिमलाग्नाको पाटा अर्ग्यानिक रक्सी पार्दै
सिमलाग्ना पाटालाई यसरी नियाल्दा
क्षितिजमा देखिदै लाग्ना पास
क्षितिजमा देखिदै लाग्ना पास ।
जोरधार कटे पछि भेटिएको भेडाको हुल
लाग्ना पास पुग्नै लाग्दा
लाग्ना पासमा पुग्नै लाग्दा
लाग्ना पासमा म र किशोर सरको खुशीको रवाफ भन्नु पर्ला
लाग्नापासमा हाम्रो खुशीको रवाफ कस्ले छेक्ने
लाग्ना पास को वरिपरि नियाल्दा
त्रिपुराकोट दर्शन बाट आएका डोल्पाली दर्शनार्थी
लाग्नापासमा दर्शनार्थीको साथमा किशोर सर
लाग्ना पासमा हामी
त्रिपुराकोट धाममा दर्शन गर्न हिडेका तिर्थालु दिदिबहिनीहरुको साथमा हामी
स्व राजा बिरेन्द्रको निजि याक गोठ
स्व राजा बिरेन्द्रको निजि याक फार्म
याक फार्मको पारी
याक फार्ममा किशोर सर थकित मुद्रामा
स्व राजा बिरेन्द्रको निजि याक फार्मको भग्नाअवषेस गोठ