Total Pageviews

Wednesday, July 19, 2017

धावक निमेस गुरुङ(20844)


१६ जुलाई २०१७ सिङ्गापुर  Straits Times Run 2017 सम्पन्न भयो। दगुर्नु भने पछि हुरुक्क हुने निमेस गुरुङ पनि उक्त प्रतियोगितमा प्रतियोगि हुनु भई द्वितिय स्थान हुनु भयो। रनिङ गर्दाका अनुभव बाँड्नु हुँदै धावक निमेस गुरुङ।


निमेसका पदकहरु

Monday, July 17, 2017

Great Himalaya Trail 2016 ( Day-17) Sunkhada To Limle(Humla)

Day-17
Great Himalaya Trail
Sunkhada To Limle

28 July 2016

लिम्ले गाउमा स्थानिय संग गफगाफ गर्ने क्रममा हामी। 

बिशाल भान्जाको मोबाईलको घण्टीले 0600Hrs ब्युँझायो। हेड ल्याम्प बाल्दै बाहिर निस्के। सिमसिम पानी पर्दै थियो।कर्णाली नदी धमिलो थियो। हिलो को गन्ध आउदै थियो। धमिलो पानी माथी सेतो बाफ उड्दै गर्दाको दृष्य लोभ लाग्दो देखिन्थ्यो। कलिलो बिहान उपस्थित भईसकेको थियो। मुख धोएर चुलोमा गए। साहुजी भैसी दुहुनु हुँदै देखिन्थे। सासु र बुहारी चुलामा आगो ताप्दै चिया र तातोपानी तताउदै देखिन्थे। चिया पिउदै गफ गरे। बहिनी दशैमा काठमाण्डु जानु हुन्छ होला भनि सोधे। हजुर दाई जान्छु। तर सासुले तुरुन्तै जवाफ फर्काए। यो जादैन काठमाण्डु अब। यहि बस्छ। हामी संगै। हुम्ली लवजमा भनिन्।  सासुको यस्तो कुरा सुनेर न्याउरो मुख लगाउदै उहाँको फेसिएल रिसले चुर भएको देखिन्थ्यो। तर चुपलागि बसिन्। दुध उम्लिदै थियो। किशोर सर र बिशाल भान्जा पनि मुख धोएर तातो दुध पिउनु भयो। खाजा वाई वाई खायौ। रुपैयाँ 4500 तिरी 0745Hrs बाटो लाग्यो ।

सिमसिम पानी पर्दै थियो। पाखा र थुम्का तिर सेतो कुहिरो उड्दै थियो। छाता ओढ्दै कर्णाली नदी खोजतिर हिड्न थाल्यौ । एक घण्टामा लेप्चे पुग्यौ र पहिलो पटक  कर्णालीको झोलुङ्गे पुल तर्यौ । लेप्चेको खोचमा एक होटल रहेछ। चिया पियौ। वाई वाई खाजा खायौ। ठुलो पानी पर्यौ खाजा खादै गर्दा। छाताले थेक्ने भए पछि लाग्यौ कर्णालीको तिरै तिर। पासिनाले ज्यान लुथ्रुक्कै भिजि सकेको  थियो। खोज र गडतिर भएकाले गर्मी हुने नै भयो। वारीपारी सल्ला घारी माथी नाङ्गा अक्कर नियाल्दै लिम्ले पुगि खाना खाने लक्ष्य बोक्दै चुपचाप अगाडी हिड्दै थियौ। घण्टै पिच्छे बिभिन्न नौला धरातलिय स्वरुप नियाल्न पाउदा थकान भुलाउथ्यो ति दृष्यहरुले । किशोर सरको हिजो देखि ब्लिस्टरले हिड्न मा असहज पारिरहेको थियो। कर्णाली अञ्चल नजिक बाट नियाल्ने  र बुझ्ने हुटहुटी भएकाले कष्ठ भए पनि रमाई रहेका थियौ हामी।

लिम्ले गाउमा लखतरान र भोकले हैलम्फु भएर 1300Hrs पुग्यौ। लिम्ले गाऊ सेन्टर भएकाले पसलहरु रहेछ। माध्यामिक बिधालय रहेछ। हामी पुग्दा बिधार्थीहरु भलिबल खेल्दै गरेका देख्यौ। वरिपरि गैयाँ,धान र काउनीको खेतीले गाउको शोभा बढाएको देख्यौ। छेवैमा तर्न नसकिने ठाँडो खोला रहेछ। सिधै पारी सल्ला घारी पुछारमा कर्णाली नदीको आवाज सुन्दै थकित ज्यानलाई चिया पिउदै साहुजी संग गफ गर्दै बस्यौ। साहुनीले खाना पकाउनु हुँदै थियो । किशोर सरको २ वटै खुट्टाको पैतालाको ब्लिस्टरलाई ओखती लगाई दिए मैले। खाना खायौ 1400Hrs । हिड्न मन लागेन् हामीलाई । लिम्लेमा बस्ने सल्लाह भयो। खाना खाए पछि होटलको कोठामा टेण्ट लगायौ सुत्यौ । 1600Hrs ब्युँझ्यौ। चिया पिउदै साहु साहुनी संग गफगाफ गर्दै बस्यौ। साहुको छोरी सि एम ए गरि काठमाण्डु बाट थाई जागिर गरेको १ बर्ष भएछ। उनी संग पसलमा गफ गर्दै फोटो एल्बमहरु हेर्दै बस्यौ। मैले सोधे तपाई बिवाहित कि अविवाहित? अविवाहित । बि एफ त होलान् नी? पहिले काठमाण्डु हुँदा थियो । अहिले छैन् ।


गफगर्दै गर्दा छिमेकी साहुनीकी छोरी कक्षा ६ मा अध्ययरत बहिनी दवाई होला चिलाउनेको दाई? छ पख है भनी मैले । झोलामा भएको मलम झिक्न थाले। पर्यटकहरुले दबाई बोक्दा छन् भन्ने भएकाले स्थानियहरुलाई राम्रो जानकारी रहेछ। हामीलाई बाटामा सोध्थे हामीले दिदै आएका थियौ। चोटपटक,चिलाउने,टाउको दुःखने,ज्वाँरो आउने,खटिरा, पेटदुःखने र पानी सुद्धपार्ने ओखती बोकेका थियौ। घरमा लगेर दलेर फिर्ता ल्याउनु है भनि चिलाउनको मल दिए। गाँजाको झाँङ्ग बारीको ढिलमा धेरै देखिन्थे। पानी परेको थिएन् ।स्थानिय दाईहरु गाँजाको चिलिमको सुर्को लगाउदै धुँवा उडाउदै हामी संग गफगाफ गर्नु भयो। 




 लिम्ले गाऊका स्थानिय संग भलाकुसारी गर्नु हुँदै किशोर सर।


साँझ पर्न लाग्दा मुसलधारे पानी पर्न थाल्यो। अगेनमा आगो ताप्दै गफ  गर्न थाल्यौ। शिक्षक र साहुका छोरा पाहा समाउन गए खोला तिर टर्च लाईट बाल्दै । चिलाउनेको मल माग्न आए ति बहिनी फेरि। साहुनीले भनिन्। हाम्रो पालमा कहिले नुहाउदैन थियौ हामी। चिलाउने कहिले आएन । आजकालका यिनीहरु दिनमा एक चक्की साबुन सकिने गरि नुहाउछन् ।झन चिलाउने आउछ । जवाना सकिएछ । हुम्ली लवजमा भनिन्। हामी मज्जाले हाँस्यौ। मैले हो बहिनी दिनमा एक चक्की साबुन सकाउछौ? हैन नी काकीले गफ दिनु भाँको नि। दिनमा कहि एक चक्की साबुन सकिन्छ। फेरी हामी ति बहिनीको कुराले हाँस्यौ। मल भोलि बिहान ल्याई दिनु है भन्दै दिए मैले। साँझको खाना खायौ। पाहा २ वटा समाएर ल्याए। चिरफार गर्दै पोल्दै थिए। शिक्षक गुल्मी तिर भएकाले । हुम्लीहरु पाखा नखाने चलन रहेछ। भागुतो पनि खाने भन्दै साहुनीले झण्डै बान्ता गरिन्। यि सर पनि के गर्छन् भन्दै साहुनी बाहिर निस्किन्। बिशाल भान्जा र किशोर सर हल्का लोकल चिरिप चिरिप गर्दै थिए। 


लिम्ले गाउका घैयाँ 

Sunday, July 16, 2017

फुर्तिलो बन्नका लागि





फुर्तिलो बन्नका लागि कसरत गर्ने जुक्ति

ओखरबोटे ब्याण्ड

ओखल्ढुंगाको मानेभन्ज्याङ्ग गाउपालिका अन्तर्गत ओखरबोटे ब्याण्ड


ताईसेङ्गको भूमि संग मेरो ढुकढुकी

ताईसेङ्ग जहिले पनि मेरो लागि प्यारो स्थल हो। हिडडुल गर्न, कुद्न र बरालिनका लागि उत्तम लाग्छ। बाँड्न मिल्ने साईकल प्रविधिको सुविधा लिदै ताईसेङ्ग वरिपरि यसरी डुल्दा झनै मस्ति लाग्छ। सितल पवन संग र गोधुली साँझको वतावरणमा उठस बस गर्न पाउदा । कामको थकान मिलिक्कै भुलिदो रहेछ। पक्कै पनि ताईसेङको भूमि संग उठबस गर्दा हर्षले ढुकढुकी फराकिलो हुन्छ। 



कुमारी मल्ल (D/O 4701) Singapore बाट फर्के पछि साडी लगाएर क्याम्पस अध्ययन गर्दाका क्षण

कुमारी मल्ल (D/O 4701)
Time:-1130Hrs
Location:- Thamel
Date:- 08 March 2013

पृष्ठभूमि:- स्यम्भूबाट धनिषा पुन संग कुराकानी समाप्त गरि ११ बजे ट्याक्सी लिई ११३०बजे एक्सप्लोर हिमालय ट्रेकिङ कार्यलयमा पुग्यौ म र धनुमाया भान्जी। कार्यलमा केहि समय गफगाफ गरि कार्यलयकै छेवैमा अवस्थित एक रेष्टुरेन्टमा हामी गफगाफ गर्दै कफिको सुर्का लगाउदै सिङगापुर बसाईको बारेमा कुरा गर्न थाल्यौ। ठमेलमा सूर्यको किरण बिस्तारै रेष्टुरेन्टको कुलेसा र बगैचामा छिर्दै थियो।हल्का ठिर्ह्याउदै थियो।  पाहुनाहरु त्यति देखिदैन्थे खाली कुर्सीहरुलाई सरसफाई गर्दै गरेका देखिन्थे । गफगाफको अन्त्यमा मःम खादै हाँस्दै केहि तस्विर खिच्यौ। बिदावरी हुदा सूर्यको उषा पोखी सकेको थियो। गाडीको टिट प्वाँट टिट प्वाँट निक्कै चर्को दिक्क लाग्दो थियो।
-------------------------------------------------------------------------------------------------------------

फोटो साभार फेसबुक कुमारी

८ बर्ष देखि डाईरेक्टर र चिप एजुकेटिभको पदभार सम्हाल्दै गर्नु भएकी एक्सप्लोर हिमालय ट्रेकिङका कुमारी मल्लको जन्म स्थान सिङगापुरको केके अस्पतालमा भएको थियो । वाल्यकाल र किशोर अवस्थाको जीवन कसरी बिताउनु भएको थियो सिङ्गापुरमा? मैले जिज्ञासा राख्दा हाँस्दै बताईन्। सानो छदा थ्री स्टोन खेल Mount Vernon को प्ले गाउण्डमा रमाईलो गरि खेल्थ्यौ। पौडि खेल्न पुलिस एकेडेमी जान्थ्यौ।कालाङ पौडिपोखरीमा साथीहरु संग जाने गर्थ्यौ। साथीहरु संग ECP मा स्केट गर्न गईन्थ्यो अतिनै रमाईलो हुन्थ्यो। स्केट खेली सके पछि  समुन्द्रको छाल संग पौडिन्थ्यौ ।
ECPमा कम्पनी र प्याटुनको Picnic हुँद ममी र आन्टीहरुले घर बाट लगेका सेलरोटी, आलुदम,ट्टनी मामाहरुले BBQ पोलेर ल्याई दिनु हुन्थ्यो। भान्जी टोलीहरु बसेर स्वाँदिलो तरिकाले खान्थ्यौ ।साईकल कुदाउथ्यौ पनि। दशैमा हामी पेप्सी कोक पिउदै परेड स्वायरमा मामाहरु भान्जा भान्जीहरुको नाचगाना हेरिन्थ्यो ।कालरात्रीमा मामाहरुको नाच गान र मारघरमा राँगालाई मार हानेको हरेक साल हेर्न जान्थे साथीहरु संग। जमरा रातो टिका लगाउदा क्याँ रमाईलो लाग्थ्यो । मादल बजाउदै  आन्टीहरुको बराण्डामा गई भैलो देउसी भट्याउँदै पैसा जम्मा पार्थ्यौ भैलो देउसी गीतहरु१५दिन अगाडि देखि अभ्यास गर्ने गर्थ्यौ।

प्रार्थमिक बिद्यालय साउथ एलिङ र माउण्ट भर्नन् हाईस्कूल बाट सन् १९९० सालमा लेवल पास गरे पछि नेपाल फर्के। सिंगापुर बाट नेपाल फर्कने अगिल्लो रात सम्झनु पर्दा साथीहरु छोड्नु नरमाईलो लागेको थियो कति बेला नेपाल पुग्ने उत्साह थियो। जीवनको नयाँ अध्याय खोल्नु आतुर थिए। बाबा आमा नेपाल बिदामा हामीलाई गाउमा लैजानु हुन्थ्यो गाउघरमा बस्दा त्यो बेला रमाईलो लाग्थ्यो

नेपाल फर्कदा Airport मा मैले बोलेको नेपाली भाषा र पुलिसले बोलेको भाषा नबुझ्दा जाँच गर्ने मेसि कराएर ७ आठ चोटी गरेको थिए नेपाल Airportको कुरा सम्झना झट्टै अर्को कुरा पनि बताई हालिन् कुमारी भान्जीले। त्यस बेला मैले ठुलो टेडि बियिर लिएर आएको थिए पर कुनामा मेरो जस्तै सानो टेडि बियिर लिएर खेल्दै गरेको देखेको थिए  सानी बच्चीले

काठमाण्डु अहिलो जस्तो घुईचो थिएन्। केहि हप्ता बसे पछि बाबा आमाको जन्म थलो पर्वत ग। गाउघरको प्राकृतिक सौन्दर्य देख्दा लोभ लागेर हुरुक्क भएकी थिए। बिहान उठ्दा सूर्योदयको प्रकास धवलागिरी हिमालमा देख्दा गजब लाग्थ्यो। ताजा खानेकुरा देखि फलफूलहरु खादा सिङगापुरक सम्झना र यादहरु भुले। गाउघरको रमझममा तीन महिना अलमलिए पछि काठमाण्डु पढ्न आए।

नेपाली भाषाको एक बर्ष सम्म ट्युसन पढे। पदम कन्या क्याम्पसमा आई एस्सी बिषय पढ्न थाले। साडी लगाउने बानी नभएकाले एक हप्ता सम्म क्याम्पस जादा र घर फर्कदा ट्याक्सी बाट आउने जाने गरेकी थिए। शुरु शुरुमा ममीले साडी लगाई दिनु हुन्थ्यो। क्याम्पसमा साथीहरु संग गफ गर्दा मेरो नेपाली बोलेको सुन्दा छक्क पर्थे अचम्म मान्थे। ममी संग तरकारी किन्नु जादा मैले बोलेको नेपाली भाषा नबुझेर उनीहरु हाँस्थे । भाषाको कारणले धेरै ठाउमा दुःख पाएकी थिए।


आई एक्सी पास भए काम गर्ने रहर लाग्यो।मैले ट्राभ एजेन्टमा काम गर्न थाले। बिभिन्न खालका मान्छेहरु संग काम गर्दा नेपाली भाषामा अन्तरकृया गर्ने मौका पाए। नेपाली भाषा राम्रो बोल्न सक्ने हुँदै गयो। हाल एक्सप्लोर हिमालय ट्रेकिङ कम्पनीमा आवद्ध छु। नेपाल फर्केर नेपाली शैलीमा जीवन बिताउनु पाउदा खुशी छु। जीवन भनेको हाँसेर बिताउने हैन र ?

Thursday, July 13, 2017

Great Himalaya Trail 2016 (Day-16) Simikot To Sunkhada(Humla)

Day-16
Great Himalaya Trail
Simikot To Sunkhada(Humla)
27 July 2016

मौसम ठुस्केको थियो। घामको प्रकाश आउने अत्तोपत्तो थिएन्। आलु रोटी र वाई वाई खाजा गजबले खायौ। रुपैयाँ16000 तिरि रलिङ्ग होटलका राम दाई संग बिदावरी हुने तरखर गर्यौ । उहाँले सुरक्षित पदयात्राको शुभेच्छा दिनु भयो। साथै सिमिकोट देखि गमगढी सम्मका बस्ने बासहरुको नाम लेखि दिनु भएको थियो। हाम्रो लागि मुगुको गमगढी सम्म सहयोगी मोति बोहरा ब्यवस्था गरिदिनु भएकोमा धन्यवाद भन्दै हात मिलाउदै सिमिकोट बजारबाट ओरालो झर्न थाल्यौ 0730Hrs

घाम नलागे पनि गर्मीले लुगा भिजि सकेको थियो स्याम्ने गाउमा झर्दा। चिया पिउदै । सोध्यौ के खनेको खोला पारीकर्णाली राजमार्ग  मान्छेले कोदालो र झम्पल्ले ढुंगा फुटाउदै गर्दै देखिन्थे। कर्णालीको खोचमा नाल्ना गाउ पुरानो परम्परागत हुम्ली सभ्यताको बस्ति देख्यौ। कर्णाली नदीको खोचमा उत्सुक्ता का साथ हिड्दै कर्णाली नदीलाई पछ्याउदै थियौ। खर्पुनाथ खोला आईपुग्यो। पातलो बस्ति भए पनि भौगलिक बनावट राम्रो लाग्यो। कर्णाली र खर्पुनाथ खोलाको संगम स्थलमा त्रिकोणात्मक आकार देख्दा केहि क्षण टक्क अडेर हेर्यौ। गजब लाग्यो। ठुला ठुला खोला मिसिए अझ ठुलो देखिनु पर्ने तर  कर्णाली जहाँ बाट हेरे पनि उत्रै देखिरहेका थियौ ।

सभासद जीवन बहादुर शाहीले आफ्नो गाउमा रोड पुर्याउनका लागि बजेट दिएकाले पाखामा गाउलेहरु कुटो कोदालाले खन्दै गरेका देख्यौ। बाटाका यात्रुलाई सोध्दा । चिप्रा गाउ हुँदै मोतिबिसौना पुग्दा घाम सिधै झरिरहेको थियो। छाता ओढ्दा पनि हप हप गर्मीले आकुल ब्याकुल बनाउदै थियो। मौसम सफा भएकाले आकासमा बिमान उड्दै गरेको  देखिन्थ्यो। याङ्चुङ्ग गाउमा स्याँउको फार्म रहेछ। लटरम्म फलेका देख्यौ। लत्रेर भुँईमा छोएला झै थियो। तर पाकेको थिएन्। रहर लाग्दो थियो। पानी पिउदै हिड्दै छौ । एकनासको रफतारले हिड्यौ कर्णाली नदीलाई दाँहिने पारेर।

बोक्चे गौडामा 1200Hrs पुग्यौ। एक मात्र होटल रहेछ। चिया पियौ। वाई वाई खायौ खाना नपाकुञ्जेल सम्म। खाना पाक्दै थियो। थाकेर लम्फु भएका थियौ। गजगज हिलो थियो। बुट हामीले खोलेका थियौ। खु्ट्टै नचिन्ने गरि रमाउन थाले झिङ्गाको बथानले पनि।४ वटा हाँस चर्दै थियो। कर्णाली छेवैमा हामफाल्दै थियो। खोज भएकाले सर्प आउछ होला बाजेलाई सोधे मैले । आउथ्यो पहिले हाँस पाले देखि सर्प आएको छैन् । हाँस पाले पछि सर्प नआउने रहेछ भन्ने हामीलाई पनि थाहा भयो। हामी गमगढी हिडेका भनेकाले उहाँले भने सातो लैजान्छ सात थाप्लेको उकालो बाटोले ।चंखेली लेक कटे पछि मात्र गमगढी पुगिन्छ। सात वटा उकालो भएकाले सात थाप्ले भनेको रे।
 उहाँले हामीलाई भन्नु भयो। 

किशोर सर बिशाल भान्जा बेञ्चमा पल्टनु भयो। बाजेले खाना पकाउनु हुँदै थियो। खाना तयार भयो।खायौ। 1400Hrs बाटो ततायौ। घाम पानी स्यालको बिहे हुँने खालको थियो मौसम। हिड्दै जादा पारी थुम्का बाट पानीको मुस्लो ओरालो झर्दै  हामीलाई गोद्न  आईपुगि हाल्यो। ३ वटा बादर ओरखरको बोटमा थियो। ढुंगा हानेको बहान गरेको  थियो हामफाल्दै भाग्यो। लालीबगर पुग्दा पानी बस्यो। चिया पियौ। हामी थाकेर लोथ भएका थियौ। बस्ने योजना बनायौ तर मोतीलाल भाईले हैन सुनखडा जानु पर्छ अगाडीको डाँडा पछाडि भने पछि सुनखडा पुग्न हौसियौ।

सुनखडा पुग्न लाग्दा जोखिम पुर्ण बाटोमा हिड्यौ। पहरामा झार ढु्गा समाउदै। खिसिक्क खुस्क्यौ भने सिधै १मिटर तल बग्दै  गरेको धमिलो कर्णाली नदीमा स्वाँट्टै। क्या जोखिम थियो बाटो होसियारका साथ मुटु कसेर अक्कर पार गर्यौ। सिस्नु को राजधानी रहेछ  सुनखडा ।1730Hrs पुग्यौ। एक मात्र होटल रहेछ। खुशीभयौ। ज्यान भिजेकाले आगो ताप्दै चिया पियौ। । तातो बनायौ ज्यान।
आगनमा भाले देखेकाले किन्यौ ।समाउन गाह्रो भयो। लखेट्यौ कहिले सिस्नु घारी कहिले ओडार भित्र पस्ने। समाउन करिव १० मिनेट लाग्यो हामी ४ जनालाई। लोकलभाले ठिकठाक गर्नु भन्यौ मोतीलाल भाईलाई। रहर लाग्दो स्याँउ टिपेर खायौ।मुठ्ठि भरिको ३ वटा असला माछा झुण्डिएका देख्यौ अगेना माथी। भुटभाट गर्न लगायौ। भोकले होला काडा साडा चराप चिरिप बनौयौ असला माछाको ।

हुम्ली भन्दा फरक अनुहार नानी काखामा राख्दै  खाना पकाउदै गाईको दुध तताएर दुधदानीमा बच्चलाई पनि खुवाउदै देख्दै थियौ। मलाई उत्सुक्ता लागि रहेको थियो । मैले साहुजी लाई सोधे। मेरो बुहारी । छोरा १२ कक्षाको अन्तिम परिक्षा दिन काठमाण्डु गएको छ। १२ कक्षा पढ्दा प्रेम बिवाह भए छ। नानी भयो। यहाँ आएर बसेको छ। एक बर्षको नातिनी हो। बहिनीको काठमाण्डु घर कहाँ मैले सोधे भत्तपुर। सासुले हुम्ली लवजमा थपिन् । अन्तरजातिय प्रेम बिवाह गरेको।  यिनी नेवार मेरो छोरा बुढा । बुहारी हल्का हाँसिन् । बसाई कस्तो लागिरहेछ मैले सोधे ति बहिनीलाई ठिक्कै छ जीन्दगी । जहा बसे पनि एउटै हो तर अरु भन्दा पनि बच्चा बिरामी भयो भने एकदम चिन्ता लाग्छ। दबाई पाईदैन्। अस्पताल छैन्। यो कुराले अलिक दुःखी हुन्छु। अरु त ठिक्कै छ। गफ गर्दै गर्दा मोतिलाल भाईले लोकल भालेको भुटुवा तयार पारे। सबै संगै बसेर खायौ भुटुवा। मोतिलाल भाई ट्रेकिङमा हिड्ने भएकाले आच्छाले भुटुवा बनाउन सिपालु रहेछ। भालेको झोल उम्लिदै थियो। बिशाल  भान्जा र  किशोर सरले हुम्लाको तीनपाने पिउदै थकान भुलाउदै हुनुहुन्थ्यो। बाहिर पानी पर्दै थियो। खाना खायौ ।

कोठा भित्र हेडलाईट बाल्दै टेण्ट भित्र छिर्यौ। कोठा भित्र पनि हामीले सर्प उपिया उडुस कानसुत्ले बाट सुरक्षाका लागि टेण्ट लगाउन्थ्यौ। भत्तपुरको श्रेष्ठ बहिनीलाई कस्तो उराठ लाग्छ होला हैन सर यसो अन्कण्टार ठाँउमा जीवन बिताउन लत्यास लाग्छ होला !! मैले किशोर सर बिशाल भान्जालाई भने। हो नि तर के गर्ने प्रेमजालमा भए पछि यस्तै हो । हामी मज्जाले हास्यौ अनि अलिक भाबुक पनि बन्यौ। नानी बिरामी हुँदा ‍औषधी उपचार गर्न नपाउने कुरा भनेको सुन्दा। बिशाल भान्जाले मोबाईलमा गुलाम अलिको किन किन तिम्रो तस्विर.........!! गीत बजेको सुन्दै  कति बेला भुसुक्कै भएछौ।
          




HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...