प्राचीनकालमा मानिसहरूले घरका रुपमा प्रयोग गरेको ५ तले झोङ
गुफामा ४० भन्दा बढी कोठा रहेको छन्। नाङ्गा पहाडको अक्करमा निर्मित गुफामा हजगाभा
भन्ने तिब्वतीयन समुहले गाउँमा पटक पटक आक्रमण गर्न खोजे पश्चात गाउँलेहरु
बालबालिका लिएर झोङ गुफा बनाएर बसोबास गरेको स्थानीय गुम्बाका लिखित सिलालेखमा
उल्लेख छ भन्ने सुनियो।
Total Pageviews
Saturday, July 27, 2019
4 Days Trek Upper Mustang
उपल्लो मुस्ताङ
पदयात्राको सम्झना
जोमसोम देखि ४ दिनमा
हिडेर मुस्ताङ जिल्लाको लोमान्थाङ गाउमा पुगेका थियौ। पहिलो दिनको यात्रा जोमसोम देखि
कागबेनी हुँदै नाङ्गा पठारमा भएको बस्ति ताङ्बे3040 छुसाङ 2950 हुँदै चैले3075
गाउमा बास बसेका थियौ।
पदयात्राको दोस्रो
दिन थाक्लाम पास 3634 गर्दै समर 3600 भेना 3800 हुँदै साङ्बोचेन हिमाली बस्तिमा
बासास्थान थियो।
माथिल्लो मुस्ताङ पदयात्राको
तेस्रो दिन तामा गाउ 3675 छुङ्गार 3735 जैते 3820 निला पास 4010 घमी 3545 गाउ
तिरका रोचक पठारका मनोरम बस्ति अवलोकन गर्दै ढाकमार 3760 बस्तिमा बास बसेका थियौ ।
गन्तब्यको अन्तिम दिन
घरगुम्बा 3935 चोगोपास 4287 बाट लोमान्थाङ बस्तिलाई मनोरञ्चित पार्ने खालका नाङ्गा पठारलाई नियाल्दै ऐतिहासिक सम्वेदन सिल
स्थल लोमानथाङ3785 गाउमा पुगेका थियौ।
Sunday, November 25, 2018
Great Himalaya Trail Day- 48
Day-48
रुकुमको ठाकुर बाट देखिने प्राकृतिक सौन्दर्य
सानी भेरीको भेलको आवाजले आँखा खोल्यो। घडी हेर्दा 0600hrs भएको रहेछ । शौचालय नभएकाले पाखा तिर लागे। फर्कदा बिशाल भाञ्जा र किशोर सर पनि पाखा तिर आउदै गरेका भेटे। भाले, तीनपाने र खाना खाजा खाएको रु ५१५० तिरी तातोपानी बाट बाटो लाग्यौ 0800hrs । झोरको बाटोमा खुईया गर्दै उक्लदा पसिनाले लुथ्रुक्क बनाई सकेको थियो। घाम लागेको थिएन्। थुम्का तिर कुहिरो उड्दै गरेको देखिन्थे। हिड्दै गर्दा जालढुंग बस्ति भेट्यौ। तर ढोका बन्द देखिन्थे । खर्क तिर लागेका होलान भन्दै उक्लि रहयौ। कायम डाँडा उक्लिनका लागि कडा मेहनत गर्नु पर्यौ। बाटो सिधै उकालो थियो। थाकेर हत्तु भएका थियौ। कायम डाँडा पुग्दा1030Hrs भएको थियो। पारिलो घाम लागेको थियो। खुलेको दिन थियो। निलो आकास मुनि हिउले पखालेका नाङ्गा काला पहाडहरु लस्करै उभिएका देख्दा भिन्नै किसिमको प्राकृतिक सौन्दर्य झल्केको देखिन्थे ।खाना पाक्दै गर्दा चियाको सुर्का लगाउदै काला नाङ्गा देखिएका डाँडाका बिभिन्न स्वरुप र हरिया पाटन नियाल्दै । घाम ताप्दै थकान मेटाउदै थियौ।
खानाका लागि भान्छा तिर लाग्दा दाल र भात मात्र देख्यौ। हामीले सोध्यौ आलु र साग पनि पकाउछु भन्नु भएको थियो त? साहुनीले भनिन् अल्छी लाग्यो पकाईन ्। केहि नभनी भात र दाल खायौ। खाना खाएको रु १५५० तिर 1200Hrs कायम डाँडा बाट हिड्यौ। तेर्स्रो र ओरालो बाटो भएकाले थाकेको महसुस भएको थिएन् । ओरालोमा झर्दै गर्दा खोचमा झुस्टुङ भन्ने गाउ भेटिए। २ घर रहेछन्। रेडबुल पियौ। २०मिनेट आराम गर्यौ। रेडबुल पिएका रु १४२० तिर्यौ। झोलुङ्गे पुल तर्ने बित्तिकै उकालो बाटो शुरु भयो। बाक्लो सल्ला घारी थियो। थकान भुलाउदै गर्दा प्राय जसो घुम्तिहरुमा कण्डमका खोल देखेका थियौ। पसिनाले ज्यान लुथ्रुक्कै साथै थाकेर लोथ भईसकेका थियौ। कायम डाँडामा खाएको भात र दालले छोड्ला जस्तै महसुस हुँदै थियो।
उकालो बाटो कटे पछि मनै लोभ्याउने पाटन र नागी देख्यौ। वरिपरि घोडाहरु चरि रहेका देखिन्थे। देख्दै गरेका ३ वटा घरहरु देखाउदै त्यही हो ठाकुर आजको बास हरी भाईले भने। खुशी भयौ। थाकेर लोथ भईसकेको थिए म। बिस्तारै हिड्दै आउछु तपाईहरु जानुस भने । भाञ्जा बिशाल किशोर सर हाम्रो सहयोगी हरि र देब भाई अगाडि हिड्न थाले। पुग्दा चिया पिउदै बसिरहनु भएको रहेछन् । ४ जना महिला दिदीहरु र २ जना पुरुष थिए। मलाई देख्दै साथ किशोर सर बिशाल भाञ्जा हरि र देब भाई गजबले खित्का छोड्दै हाम्रो टुरिष्ट उहाँनै हो भन्दै मलाई देखाए किशोर सरले। सबै जना गजबले हाँस्यौ। हाम्रो टुरिष्ट आउदै छन् भनेर भनेका रहेछन्। किशोर सरले ती गाउलेहरुलाई मजा गरेका रहेछन्।
ठाकुरमा पुग्दा1530Hrs भएको थियो। शान्त वतावरण थियो। छेवैमा सङ्लो खोला बग्दै गरेको देखिन्थे। एउटा नाङ्गा चुच्चा पहाड सामुन्ने देखिन्थे। जसले ठाकुरमा आउने पाहुनालाई शोभा बढाई रहेको जस्तो लागि रहेको थियो। प्राकृतिक दृष्य नियाल्दै चियाको सुर्को लगाउदै गफगाफ गर्न थाल्यौ। ठाकुरमा पाँचऔले जटामसी प्रसस्त हुने भएकाले गाउलेहरु जडिबुटी खोजेर ब्यापारी लाई बेच्दा रहेछ । एक जना ब्यापारीले जडिबुटी ठेकेर कोठाभरि सुकाएको छु भन्दै देखाउनु लगे।
गफगाफको दौरानमा ति जडिबुटी ब्यापारीले पर्यटक भित्र्याउनका लागि ईन्टरनेट सुविधा हुनु पर्छ भन्दा किशोर सरले फ्याँट्टै जवाफ फर्काए। पर्यटकले ईन्टरनेट खुविधा खोज्दैन्। सफा सुग्घर राख्नुस । शौचालय बनाउनुस् । हरियो दुबोको चौउरलाई देखाउदै देखिएको गोवरलाई हटाउनुस। यहि चौउरमा टेण्ट टागेर पर्यटक आनन्दि हुन्छन्। ठाकुरको पाकृतिक सौन्दर्य देखेर पर्यटक त्यसै खुशीले अतालिने छन्। हाम्रो कुराले ब्यापारीको मुखमा बिर्को लाग्यो। रुकुमका ति ब्यापारीले ठाकुर गुरिल्ला ट्रेल अन्तर्गत पर्दछ। सरकारले यो ट्रेल घोषणा गरेको धेरै बर्ष भईसक्यो तर केहि ठोस पुर्वधार बनेका छैन् पनि भने ति ब्यापारीले। निक्कै ठुला ठुला राजनीति भाषण गर्थे। ठाकुरको जडीबुटी नेपालगंञ्ज हुँदै भारत लगेर बेच्दा रहेछन्। किशोर सरले ति ब्यापारिलाई भने मैले गुरिल्ला यार्सा ट्रेल भन्ने शिर्षकको लेख पत्रिकामा छापे पछि यस पदमार्गको गुरिल्ला यार्सा ट्रेल रहेको हो।
खाजा आलु उसिन्न लगायौ। घाम लुक्दै जादै थियो। चिसो बिस्तारै बढदै थियो। आलु पाक्यो खानाका लागि आउनु भन्दै हरि भाई आए। अगेनामा आगो ताप्दै उसीनेको आलुको साथमा टिम्बुरको आचर संग गजबले खादै गफगाफ गर्दै बस्यौ। साँझको खाना साहुनीले पकाउदै थिईन्। ३ थरिका च्याँउ हुने भएकाले सबै भन्दा मिठो जातीको च्याँउ हामीलाई खुवाउने भए। ठाकुरमा जंगली च्याँउ प्रसस्त हुने रहेछ। च्याँउ केलाउन सघायौ। साँझको खाना तयारी गर्दै गर्दा ढोरपाटनका एक जना पुरुष भैसी गोठ ठाकुरमा ल्याएका रहेछन्। गफगाफको क्रममा एक हप्ता पछि ढोरपाटन तिर फर्कने बताए । भेला भएका ४ जना महिलाहरुले ती गोठालेलाई घुमाउरो पाराले Adult गफले पेल्न थाले। हामी मुसुक्क हाँस्यौ केहि नबोली सुन्दै बस्यौ । ती पुरुष भैसी गोठाले ले उत्तर दिन लजाए। खाना खाने बेलामा गोठाले दाई संग एक माना ध्युँ किन्यौ। साँझको खाना संग सबैले खायौ। ठाकुर भन्न साथ हामीलाई च्याँउको सम्झनाले सताउछ भन्दै खाना थप्दै खायौ। च्याँउ खान्की हाम्रा सहयोगी हरी डाँडी भाईले पकाएका थिए।
कायम डाँडामा हिड्दै गरेको अवस्था
कायम डाँडा बाट देखिने दृष्य
कायम डाँडा बाट रुकमको दुले गाउका पर्वतमाला
कायम डाँडा बाट पश्चिम तिरका दृष्य
रुकुमको ठाकुरमा पाटनमा अवस्थित बस्ति
ठाकुरको जंगली च्याँउ केलाउदै हामी
ठाकुमा हामी बसेको होटल
ठाकुरमा च्याँउ केलाउनु हुँदै गाउलेहरु
Sunday, November 18, 2018
Great Himalaya Trail Day-47
Day-47
रुकुमको तातो पानीमा बास बस्ने क्रममा धेरै दिनको अन्तराल पछि भालेका सुप खाने तयारी
किशोर सर र बिशाल भाञ्जा सुत्दै थिए। 0600Hrs उठे । बाहिरको वतावरण चिसो थियो। सेङ खोला आफ्नै गति लिएर बग्दै गरेका देखिन्थे । शौचालय नभएकाले सेङ खोलाको बगर तिर लागे। फर्कदा सबै जना उठी सकेका थिए। खुलेको दिन थिएन्। चिया र वाई वाई खाजा खायौ। रु2050 तिरि साहुनी बहिनीलाई फेरि भेटौला भन्दै फेदीबाट 0830Hrs सेङ खोलाको तिरैतिर हिड्यौ। खोचको बाटो भएकाले वारिपारी नाङ्गो पाखा देखिन्थे। चिप्लेमा सिधै गुडनाई हुने अक्करका बाट थिए। पाखाबाट पानी रसाईरहेका भेटिन्थे। तेर्स्रो र ओरालो बाटो भएकाले थकानको महसुस भएको थिएन। हिड्दै गर्दा मैकोट जाने दोबाटो भेट्यौ। दुले गाउ जाने बाटो तिर लाग्यौ। बाटामा जडिबुटी खोजेर डोकोभरि बोकेर हिड्दै गरेका २ जना महिलाहरु भेटायौ। गफगाफ गर्दै चौतारीमा बस्यौ। वाई वाई खाजाले छोडिसकेको थियो। हरि भाईले अब दुले आउन धेरै छैन भन्दै पानी र चकलेट खायौ।
दुले पुग्दा 1030Hrs भएको थियो। रुकुमको अन्तिम बस्ति रहेछ दुले। होटलमा बुढी आमा मात्र रहेछ। बुहारी जडिबुटी खोज्न गएका बताए। बुढी आमाले चामल दिईन्। हरि भाईले खाना पकाउन तयारी गर्न थाले। देब भाईले आगो बाल्न थाले। बारीमा साग टिपेर हरि भाईले ल्याए। घाम पारिलो लागेको थियो। हामी ३ जना थाकेर लोथ भएका थियौ। एक घण्टामा स्वादिष्ट खाना तयार बनाए हरि भाईले । च्याँउ र रायोको साग संग दुई पटक थपेर खायौ । ध्यू पनि खायौ। 1200Hrs दुलेका बुढी आमालाई खाना र ध्युँको रु1650 तिर्यौ। राम्रो संग बस्नु होला भन्दै ओरालो बाटो हिड्यौ। ७ वटा खच्चर ३ जना भरिया र एक जना गाईड लिएर अमेरिकन पर्यटक बाटोमा भेट्यौ। ति पर्यटक दुनै सम्म पदयात्रामा निस्केका रहेछन्। गुईबाङ्ग गाउ आईपुग्दा ४ वटा भाले आगनमा चरिरहेका देख्यौ। किन्न खौज्यौ। हरिभाईले महंगो भयो हिम वा तातो पानी तिर पाईन्छ नकिनौ भने। हिड्दै गर्दा पहिरो गएर बाटो भेटेनौ । हरि भाईले हाम्रो ३ जनाको झोला बोके। बिशाल भान्जा डराएकाले म र हरि भाईले बिस्तारै डोरायौ। हिम गाउ पुग्दा1430Hrs भएको थियो । चिया र वाई वाई खाजा खायौ। टन्न मकै घारी थियो। स्याउ हाँगै लाछिने गरि फलेका देख्यौ।
1500Hrs हिम बाट हिड्यौ। बाटो ओरालो भएकाले सजिलै तातोपानी 1630Hrs पुग्यौ। सानी भेरी नदीको खोजमा सानो चिटिक्क टार रहेछ तातोपानी। हिमगाउका भाईले भर्खर बिहे गरेका रहेछन्। खाडीमुलुक तिर पनि गएका रहेछन्। बिदेश नजाने यसै ठाउमा राम्रो सफा सुग्धर होटल बनाउने। क्याम्पिङका लागि दुवो रोप्ने। तातो पानी डुब्ने त्यस पछि आरामले हरियो चौउरमा बस्दै आनन्दि हुने छन् पर्यटक भन्दै उसका योजना सुनाए। सानी भेरीको भेल नियाल्दै तातोपानीमा डुबुल्की मार्न थाल्यौ। हरि भाई र देब भाई भाले काटकुट गर्दै साँझको खाना तयार गर्न थाले। फर्कदा भालेको भुटुवा संग तीन पाने दिदै गफगाफ गर्दै बस्यौ। हरि भाईले स्वाँदिष्ट खाना पकाएकाले मिठो मान्दै खायौ । थकित भएकाले 2230Hrs सुत्यौ।
दुले गाउ आईपुग्नै लाग्दा ।
सानी भेरीको छेवैमा अवस्थित तातोपानी
रुकुमको तातोपानीमा अवस्थित होटल। हरिभाई खाना तयारी गर्दै ।
रुकुमको तातोपानी बाट सुत्नु अगाडी रात्रीकालिन फोटोग्रापी
Saturday, November 17, 2018
जीवन शैली परिवर्तनका यात्रा 1996- 2018
टोलतिरका लाहुरे पल्टन बाट घर फर्कदा सात आठ जना भरिया लिएर क्यामरा घाटीमा झुण्ड्यार टेपरिकर्ड बजाउदै आउदै गरेका देख्दा लाठे भए पछि पल्टनमा जाँगिर खाने ईच्छा जाग्थ्यो मलाई। पहिलो र दोस्रो बिश्व युद्ध लडाई लडेका कुराहरु बाजेहरुले गाई बाख्रा चराउन जादा सुनाउथे। उत्सुक भएर सुन्थे म ।
पल्टन प्रवेष गर्नका लागि छाती
नाप्ने उमेर पुगे पछि गल्ला वाल देखि एरो हुँदै पोखरा बाट पल्टनका लागि छनौट भए
पश्चात छुट्ने बेला भई गयो बेला फेरी भेट
होलाकी नहोला भन्दै पोखराको डाँफे क्लबको साँस्कृतिक टोलीले गाएको गीत संगै उफ्री
उफ्री नाच गान गरेका ति दिन हिजो जस्तै लाग्थ्यो सम्झदा २३ बर्ष बिते छ पत्तो नपाई । १९९६ सालमा १३५ जना नंम्बवरी आएको थियौ । उमेर ४५ बर्ष सम्म पल्टनमा
जागिर खाने प्रावधान त्यस पछि अवकास जीवन प्रवेष हुने भएकाले हाम्रो ईन्टेकको
प्रथम नम्बरी सुरेन्द्र श्रेष्ठ (१४५५३) नोभेम्वर २२ तारिक स्वदेश फर्कदै हुनु हुने
भएकाले १०१ नंम्बरीहरु चोमोलोङ्मा क्लबमा भर्ति हुनेका लागि एक महिना पोखरा
क्याम्प बस्दाका र ८ महिना रेक्रुट जीवनका सम्झनाका ठट्टाहरु गर्दै बैषनै छु कि क्याँ
हो भन्दै बेतोडले रमाईलो गरेका थियौ।
Sunday, November 11, 2018
Great Himalaya Trail Day- 46
Day-46
जाङ्लाको 4800 मिटरको पाटनमा हाम्रो टेण्ट
गोठाला
दाईहरुलाई धन्यवाद राम्रो बस्नु होला भन्दै 0830Hrs जाङ्लाको पाटन बाट हिड्यौ। आखाले नभ्याउने रमणिय पाटनमा रमाउदै हिड्दै गर्दा कुहिरोको हुल खोचबाट उड्दै पाटनलाई ढाक्न थाले । भुस भुस पानी झर्न थाले। बाटो तेर्स्रो भएकाले सास बढेको थिए। छाता
ओढदै पाटनमा हिड्दै गर्दा खच्चर र घोडाहरु चरी रहेका भेटिन्थे। डोल्पा र रुकुमको
सिमाना जाङ्ला पासमा आईपुग्दा खुशीले उफ्रियौ। अतिनै मनमोहक दृष्य चारै तिर
देखिन्थे। फोटो रहर पुगुञ्जेल खिच्यौ। बैईमानी कुहिरोको
हुलले देख्दै गरेका लोभ लाग्ने दृष्य र शिखर मात्र देख्दै गरेका हिम पर्वतमालाहरुलाई
ढ्याम्मै छोप्न थाले । जाङ्ला पास 4550 मिटरको पासमा थकान भुलाई रहदा हरिभाईले डोल्पाको सिमान यो होईन
खासमा रुकुमेलीले गणतन्त्र आए पछि यहाँ सारेका हुन्। डोल्पा र रुकुमको सिमान भरै
देखाउछु भने। यहा सम्म यार्सा धेरै र सबै भन्दा राम्रा हुने गरेकाले डोल्पाका नेता
लुता भए रुकुमका नेता बाठा र बलिया भएकाले डोल्पालीलाई
थाहै नपाई सुटुक्क सारेका हुन सिमाना। आक्रोसित हुँदै डोल्पाली नेताहरु माथि खनिए
हरि भाई।
46 दिनमा
रुकुम जिल्लामा प्रवेष गर्यौ भन्दै खुशी
साट्दै हिडि रहदा 0930Hrs मैजालको पाटनमा
आईपुग्यौ। ३ वटा टहरा देख्यौ। आटिला रुकुमेली बहिनीहरुले साधरण खाना बस्नका लागि
अस्थाई टहरा बनाई होटल संञ्चालन गरेका रहेछन्। चैत देखि कार्तिक सम्म यहा बस्छौ।
हिउ पर्ने याममा दाङ तिर बस्छौ। खाना पाक्दै गर्दा बताई बहिनीहरुले। यार्साको
सिजनमा धेरै ब्यापर हुन्छन् यहाँ। बर्षाको सिजन अहिले भएकाले डोल्पा समान लैजानेका लागि समान झार्ने र लैजाने सेन्टर भएकाले होटल
थापेका हौउ। भरुवा बन्दुक भिरेर नाउर शिकार गर्न हिडेको भन्दै एक जना भाई घोडा
चढ्न तयार गर्न लागे। जिनकाटी कसेको घोडा देखे पछि घोडा चढ्न मन लाग्यो मामा बिशाल
भाञ्जाले भने । घोडा चढेर फोटो खिच्न पाईन्छ भाई सोधे मैले। किन नपाईने रुकुमेली
लवजमा भने। पालैपालो घोडामा चढी तस्विर खिच्यौ।
हामी
तीनै जनाले खसीको मासु संग खाना खान सकेनौ । हरि र देब भाईलाई दियौ। दाल र भात
मात्र खायौ। खानाको स्वाँद फिटिक्कै थिए तर खानै पर्ने थियो। हिड्नु अगाडि
बहिनीहरु संग सम्झनाका लागि सामुहिक तस्विर खिच्यौ। एकै स्वरमा राम्रो संग
जानुहोला दाईहरु रुकुमेली लवजमा भनिन् । तपाईहरुको ठाउमा एक रात बस्ने रहर थियो तर
सखारै दिन छ। कुनै दिन आउने छौ । राम्रो संग बस्नु होला भन्दै खाना खाएको रुपैयाँ 2150
तिरि 1100Hrs मैजाल बाट हिड्यौ। बाटो सिधै ओरालो
थियो। झर्दै गर्दा पुर्बाङ्ग भेट्यौ। ६ वटा जति टहरा बाट निर्मित होटल रहेछ। खोला
तरे पछि वाटो सिधै नाङ ठोकिने उकालो बाटो शुरु हुन थाल्यो। हुईया गर्दै पुर्वाङ्ग
र माजुलाको लोभ लाग्ने पाटन नियाल्दै । थकानलाई भुलाउदै हिडि रहदा अर्बुजाको
पाटनमा 1230Hrs आईपुग्यौ। टहरा बनाई होटल थापेर
बसेका रुकुमका युवा भेटिए। उनी पुर्व लडका रहेछन्। यार्साको सिजनमा यहा पुरै
रमाईलो हुन्छ। फिल्म हेर्ने ब्यापर गर्ने लभ गरेर बिहे पनि हुने गर्छन् यहाँ ।
अहिले अफ सिजन हो । जडिबुटीको चिया पिउदै र वाई वाई
नपाकुञ्जेल गफगाफ गर्दै बस्यौ । 1330Hrs अर्बुजा
बाट हिड्यौ। डम्म कुहिरोले ढाकेकाले चारै तिरको प्राकृति दृष्य देख्न पाएनौ।
नदेखिए पनि अर्बुजा साह्रै रमणिय पाटन रहेछ भन्यौ।
यहि हो
पाण्डल पास पक्का पक्का डोल्पा र रुकुमको सिमाना । पहिला यहाँ गेट पनि निर्मित
थियो। अहिले केहि छैन्। सबै भत्काए रुकुमेलीले हरि
भाईले सुनाए हामीलाई। सम्झनाका लागि सामुहिक तस्विर खिच्यौ।
साहुनी
बहिनी संग चिया पिउदै गफगाफ गर्न थाल्यौ। मैकोटकी मगर्नी हुँ। हिउ पर्ने याममा
बुटवलमा जान्छु । अरु बेला ब्यापार गर्न यहा आउछु । दुले देखि यहा सम्म डोल्पा
जाने समान खच्चर बाट झार्ने र लैजानका लागि सेन्टर हो। यस ठाउ देखि मैजाल सम्म
लैजान्छन्। बर्षाको समय त्यति ब्यापर हुँदै तर यार्साको सिजनमा धेरै ब्यापर हुन्छ।
तास खेल्दै गरेका युवा केटाहरु खच्चर ड्राईभर हुन। तिनीहरुका लागि लोकल रक्सी जरकिन बाट बतलमा भर्दै सुनाईन्।
साँझको खाना खायौ। सुत्न अर्को टहरमा गयौ। 2000Hrs ढल्कने
बित्तिकै भुसुक्क भए छौ।
जाङ्लाको पासमा रमाउदै हामी
किशोर सर रमाउनु हुँदै जाङ्लाको पासमा
बिशाल भान्जा पनि खुशीले गदगद हुनुहुँदै जाङ्ला पासमा
जाङ्ला पास देखि मैजालको पाटन रुकुम
मैजालको पाटनलाई पृष्ठभूमिमा राख्दै म र किशोर सर
मैजालको पाटनमा अघाएर बसेको सेतो घोडा। किशोर सर अगाडि बढ्नु हुँदै। हिउदमा हिमाल बर्षा याम पाटन ।
मैजालको पाटन रुकुम। अस्थाई होटल
किशोर सर थकाईले सेन्टी फ्लाट हुनु भएको अवस्था
मैजाल पाटन रुकुम । हाम्रा सहयोगी हरि र देब भाई सोलार चार्ज गरेको हेर्नु हुँदे
देब भाई र होटल वाली बहिनी मैजाल पाटन रुकुम
मैजाल पाटनमा रुकुम
मैजाल पाटनमा भान्जा बिशाल
मैजाल पाटनमा किशोर सर
मैजाल पाटनमा होटल वाली बहिनीहरु संग बिदा हुन अगाडि खिचिएको तस्विर
पुर्वाङ्ग पाटन रुकुम
थकित मुद्रामा अर्बुजाको पाटन रुकुम
अर्बुजा पाटनको यार्सागुम्बा। किशोर सरले देखाउनु हुँदै
अर्बुजा पाटनको होटलमा चिया पिउदै थकान भुलाउदै हामी
पाण्डल पास रुकुम
पुपाल ताल रुकुम ।
सेङ खोला रुकुम
सेङ खोला पृष्ठभूमिमा राख्दै बिशोर सर ।
सेङ खोलाको बगर मा अवस्थित फेदीमा होटलवाली बहिनी संग गफगाफ गर्दै
जाङ्लाको पासमा रमाउदै हामी
किशोर सर रमाउनु हुँदै जाङ्लाको पासमा
बिशाल भान्जा पनि खुशीले गदगद हुनुहुँदै जाङ्ला पासमा
जाङ्ला पास देखि मैजालको पाटन रुकुम
मैजालको पाटनलाई पृष्ठभूमिमा राख्दै म र किशोर सर
मैजालको पाटनमा अघाएर बसेको सेतो घोडा। किशोर सर अगाडि बढ्नु हुँदै। हिउदमा हिमाल बर्षा याम पाटन ।
मैजालको पाटन रुकुम। अस्थाई होटल
किशोर सर थकाईले सेन्टी फ्लाट हुनु भएको अवस्था
मैजाल पाटन रुकुम । हाम्रा सहयोगी हरि र देब भाई सोलार चार्ज गरेको हेर्नु हुँदे
देब भाई र होटल वाली बहिनी मैजाल पाटन रुकुम
मैजाल पाटनमा रुकुम
मैजाल पाटनमा भान्जा बिशाल
मैजाल पाटनमा किशोर सर
मैजाल पाटनमा होटल वाली बहिनीहरु संग बिदा हुन अगाडि खिचिएको तस्विर
पुर्वाङ्ग पाटन रुकुम
थकित मुद्रामा अर्बुजाको पाटन रुकुम
अर्बुजा पाटनको यार्सागुम्बा। किशोर सरले देखाउनु हुँदै
अर्बुजा पाटनको होटलमा चिया पिउदै थकान भुलाउदै हामी
पाण्डल पास रुकुम
पुपाल ताल रुकुम ।
सेङ खोला रुकुम
सेङ खोला पृष्ठभूमिमा राख्दै बिशोर सर ।
सेङ खोलाको बगर मा अवस्थित फेदीमा होटलवाली बहिनी संग गफगाफ गर्दै
Friday, November 9, 2018
छिमेकी गुरुजी सन्त बहादुर गुरुङ(14316) Graceful Retirement है
७ नभेम्वर २०१८
लक्ष्मी पुजाका दिन आफ्नै मुलढोकामा बस्दै
भैली खेल्न आएका भाञ्जा भाञ्जीहरुलाई दान दक्षिणा दिनु हुँदै गर्दा २५ बर्ष सिंगापुर
बसाईको अन्तिम तिहार पर्व मनाउन पाउदाका खुशी साथै अवकास पश्चातका आउदा दिनहरु
कसरी बिताउने सोच र योजना गर्नु भएको छ ।
यिनै बिषयमा बसीबियालोको अन्तरंग छिमेकी गुरुजी 14316 ज्यू संग ।
दान दक्षिणा दिनु हुँदे भाञ्जा भाञ्जीहरुलाई। दिपावली पर्वमा खुशी देखिदै भाञ्जा भाञ्जीहरुको समुह ।
Subscribe to:
Comments (Atom)
HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी
23FEB 2024 काठमाण्डु - नवलपरासी DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...





























