Total Pageviews

Sunday, November 18, 2018

Great Himalaya Trail Day-47

Day-47
Phedi -Tatopani (Rukum)
27 August 2016
    रुकुमको तातो पानीमा बास बस्ने क्रममा धेरै दिनको अन्तराल पछि भालेका सुप खाने तयारी

किशोर सर र बिशाल भाञ्जा सुत्दै थिए। 0600Hrs उठे । बाहिरको वतावरण चिसो थियो। सेङ खोला आफ्नै गति लिएर बग्दै गरेका देखिन्थे । शौचालय नभएकाले सेङ खोलाको बगर तिर लागे। फर्कदा सबै जना उठी सकेका थिए।  खुलेको दिन थिएन्। चिया र वाई वाई खाजा खायौ। रु2050 तिरि साहुनी बहिनीलाई फेरि भेटौला भन्दै फेदीबाट 0830Hrs सेङ खोलाको तिरैतिर हिड्यौ। खोचको बाटो भएकाले वारिपारी नाङ्गो पाखा देखिन्थे। चिप्लेमा सिधै गुडनाई हुने अक्करका बाट थिए। पाखाबाट पानी रसाईरहेका भेटिन्थे। तेर्स्रो र ओरालो बाटो भएकाले थकानको महसुस भएको थिएन। हिड्दै गर्दा मैकोट जाने दोबाटो भेट्यौ। दुले गाउ जाने बाटो तिर लाग्यौ। बाटामा जडिबुटी खोजेर डोकोभरि बोकेर हिड्दै गरेका २ जना महिलाहरु  भेटायौ। गफगाफ गर्दै चौतारीमा बस्यौ। वाई वाई खाजाले छोडिसकेको थियो। हरि भाईले अब दुले आउन धेरै छैन भन्दै पानी र चकलेट खायौ। 
दुले पुग्दा 1030Hrs भएको थियो। रुकुमको अन्तिम बस्ति रहेछ दुले। होटलमा बुढी आमा मात्र रहेछ। बुहारी जडिबुटी खोज्न गएका बताए। बुढी आमाले चामल दिईन्। हरि भाईले खाना पकाउन तयारी गर्न थाले। देब भाईले आगो बाल्न थाले। बारीमा साग टिपेर हरि भाईले ल्याए। घाम पारिलो लागेको  थियो। हामी ३ जना थाकेर लोथ भएका थियौ। एक घण्टामा स्वादिष्ट खाना तयार बनाए हरि भाईले । च्याँउ र रायोको साग संग दुई पटक थपेर खायौ । ध्यू पनि खायौ। 1200Hrs दुलेका बुढी आमालाई खाना र ध्युँको रु1650 तिर्यौ। राम्रो संग बस्नु होला भन्दै ओरालो बाटो हिड्यौ। ७ वटा खच्चर ३ जना भरिया र एक जना गाईड लिएर अमेरिकन पर्यटक बाटोमा भेट्यौ। ति पर्यटक दुनै सम्म पदयात्रामा निस्केका रहेछन्। गुईबाङ्ग गाउ आईपुग्दा ४ वटा भाले आगनमा चरिरहेका देख्यौ। किन्न खौज्यौ। हरिभाईले महंगो भयो हिम वा तातो पानी तिर पाईन्छ नकिनौ भने। हिड्दै गर्दा पहिरो गएर बाटो भेटेनौ । हरि भाईले हाम्रो ३ जनाको झोला बोके। बिशाल भान्जा डराएकाले म र हरि भाईले बिस्तारै डोरायौ। हिम गाउ पुग्दा1430Hrs भएको थियो । चिया र वाई वाई खाजा खायौ। टन्न मकै घारी थियो। स्याउ हाँगै लाछिने गरि फलेका देख्यौ। 
1500Hrs हिम बाट हिड्यौ। बाटो ओरालो भएकाले सजिलै तातोपानी 1630Hrs पुग्यौ। सानी भेरी नदीको खोजमा सानो चिटिक्क टार रहेछ तातोपानी। हिमगाउका भाईले भर्खर बिहे गरेका रहेछन्। खाडीमुलुक तिर पनि गएका रहेछन्। बिदेश नजाने यसै ठाउमा राम्रो सफा सुग्धर होटल बनाउने। क्याम्पिङका लागि दुवो रोप्ने। तातो पानी डुब्ने त्यस पछि आरामले हरियो चौउरमा बस्दै आनन्दि हुने छन् पर्यटक भन्दै उसका योजना सुनाए। सानी भेरीको भेल नियाल्दै  तातोपानीमा डुबुल्की मार्न थाल्यौ। हरि भाई र देब भाई भाले काटकुट गर्दै साँझको खाना तयार गर्न थाले। फर्कदा भालेको भुटुवा संग तीन पाने दिदै गफगाफ गर्दै बस्यौ। हरि भाईले स्वाँदिष्ट खाना पकाएकाले मिठो मान्दै खायौ । थकित भएकाले 2230Hrs सुत्यौ।
                                       दुले गाउ आईपुग्नै लाग्दा ।
                                               सानी भेरीको छेवैमा अवस्थित तातोपानी
                 रुकुमको तातोपानीमा अवस्थित होटल। हरिभाई खाना तयारी गर्दै ।
                        रुकुमको तातोपानी बाट सुत्नु अगाडी रात्रीकालिन फोटोग्रापी


No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...