Total Pageviews

Saturday, November 25, 2017

मुगु र जुम्लाको सिमाना चुच्चेमारा लेकमा पुग्दा

8Augest 2016 मुगु र जुम्लाको सिमावर्ती चुच्चेमारा लेकमा पुग्दा खुशीले गदगद भएका थियौ। चुच्चेमारालेकको बिशेषता भनेको हरियो जंगलको बिचमा निलो आकृतिमा राराताल नियाल्न पाउनु। नाङ्गो पाटनमा चुच्चेढुंगा गाँडेर राखेको आकृति देखिनु। चिसो वतावरण मा क्षितिज सम्म बिभिन्न किसिमका सौन्दर्य देखिनु नै चुच्चेमाराको लेको बिशेषता रहेछ। हामी त पुग्यौ अब तपाईको पालो ?

चुच्चेमारा लेक बाट राराताल लाई पृष्ठभूमिमा राख्दाको सौन्दर्य

 चुच्चेमारा लेक उक्लदा आराम गर्नका लागि हट
 चुच्चेमारा लेकको पाटनमा भेडा र च्याँङ्ग्रा चर्दै 
 चुच्चेमारा लेक उक्लनका लागि कुईनेटा
 चुच्चेमारा लेकमा कुहिरोको तमासा संगै अघाएर बसेको गोरु
 चुच्चेमारा लेक बाट रारातालको सुन्दरता
 चुच्चेमारा लेकमा घोडा चर्दै
 चुच्चेमारा लेक बाट रारा तालको लोभ लाग्ने दृष्य
 चुच्चेमारा लेकको वरिपरि
 चुच्चेमारा लेक गोरुसैन्य जाने बाटो
 चुच्चेमारा लेक बाट रारा तालको रहर लाग्दो दृष्य

 चुच्चेमारा लेक बाट रारातालको दृष्य।
 चुच्चेमारा लेकको चुच्चे ढुंगाहरुको आकृति 

 चुच्चेमारा लेकमा 
चुच्चेमारा लेक वरिपरि

मेरो प्यारो ओखल्ढुंगा

 मेरो प्यारो ओखल्ढुंगा।  यसै ढुंगाको आकृतिबाट जिल्लाको नामकरण भएको हो।
 युग कवि सिद्धिचरण श्रेष्ठको शालिक 
 ओखल्ढुंगा बजार
ओखल्ढुंगा

जयराम घाट

  ‌ओखल्ढुंगा र खोटाङको जयराम घाटमा करिव ६ बर्षमा बल्ल पक्की पुल बन्यो।

Friday, November 24, 2017

अछाम जिल्लाको रामारोशन ताल हेर्न जादा

12Jan2013 अछाम जिल्लाको रामारोशन तालमा पुग्दा रमाएका थियौ। रामारोशन ताल अतिनै सुन्दर ताल अछाम जिल्लामा छ भन्ने सुनेका थियौ। कसरि र कहाँ बाट पुग्ने कुनै जानकारी पाएका थिएनौ। मंगलसेन बाट जानकारी लिए पछि दुई दिनमा हिडेर पुगेका थियौ। रामारोशन क्षेत्र भित्र ६ वटा ताल र लोभ लाग्ने फाँट देख्दा हौसिएका थियो। खुशीले बिशाल भान्जा र प्रताप भान्जा  फाँटमा गजबले निदाउनु भएको थियो । समुन्द्रिक सतह देखि २२०० मिटरमा अवस्थित यस क्षेत्रमा ५ किसिमका जडीबुटी पाईदो रहेछ।  

रामारोशन ताल लाई नजिक बाट उतार्ने प्रयास ।

 रामारोशन ताल अछाम

 रामारोशन ताललाई चक्कर लगाउदै हामी
 रामारोशन तालको फाँटमा हानी रमाउदै
 भान्जा प्रताप रामारोशनको फाँटमा आराम गर्नु हुँदै
 रामारोशन तालमा अवस्थित किनिमिनी फाँटमा प्रताप र बिशाल भान्जा हर्षित क्षणमा
रामारोशन ताल अन्तर्गत पर्ने किनिमि फाँट

Thursday, November 23, 2017

छोमरुङ गाउबाट माछापुच्छ्रे हिमाल लाई हेर्दा

26Feb 2013 घोडेपानीबाट अन्नपुर्ण हिमालको आधार शिविर हेर्नका लागि हिडेको थिए बिहानको ८बजे । छोमरुङ पुग्दा  साँझको ५ बजेको थियो । चिसो वतावरण थियो। अस्ताउन लाग्दै गरेको सूर्यको किरण अन्नपुर्ण र माछापुच्छ्रे हिमालको शिखरमा पहेलो रंगले पोतिएको देखिदा म मख्खै भएको थिए। फोटो खिच्ने शौख पनि भएकाले यसरी उतार्ने प्रयास ।
 बाँया अन्नपुर्ण हिमाल दाँया माछापुच्छ्रे हिमालको शिखरमा सूर्यास्तको समयमा पहेलो रंग पोखिदै।  छोमरुङ गाउबाट नियाल्दा । 

 सूर्यको किरण लुक्दै जाने तरखरमा यस्तो देखिदो रहेछ छोमरुङबाट

 सूर्यास्त भए पछि यस्तो वतावरण देखे पछि मख्खै भएको थिए।
सूर्यको उषा माछापुच्छ्रेहिमाल र अन्नपुर्ण हिमाल चाँदनीको दृष्यमा। छोमरुङ गाउबाट नियाल्दा ।

Wednesday, November 22, 2017

समाजसेवी महाबिर पुनले स्थापना गर्नु भएको तार रहितको रिपिटर टावरमा पुग्दा

मेरो प्रेरणाको स्रोत हुन् समाजसेवी महाबिर पुन। उहाँको गाउ र महरे डाँडामा अवस्थित सल्लाको टु्प्पामा तार रहितको रिपिटर एण्टेना हेर्न उत्ताहित थिए। म्याग्दीको नाँगी गाउ पुग्न एक्लै हानीए बासखर्कको उकालो हुँदै  डाँडाकटेरीमा पुगे। स्वाँदिष्ठ जाउलो खाई  रमाउदै पुगे नागी गाउमा। सूर्यास्त हुँदा धवलागिरी हिमाल सुनको स्वरुपमा देखे। काफल डाँडाले  अन्नपुर्ण हिमालको  ज्यान लुकाएर राख्ने भएकाले शिखर हेर्दा थुम्से घोप्टाएर राखेको आकृतिमा। उच्च भेगमा फलेको उसिनेको कालो आलु र अकवरे खोर्सानीको अचार चोप्दै चिसो वतावरमा पोक माया पुन दिदी संग गफगाफ र नागी गाउको बारेमा कुराकानी गर्दै बसे । महरे डाँडा हुँदै खोप्रा सम्म पुग्नको लागि  गाईड ललित पुन भाई ब्यवस्था गरि दिए पोक माया दिदीले।   

यो तस्विर महरे डाँडा म्याग्दी को हो । Date Taken :-25Feb 2013 Time:- 0944AM रात भरी भारी हिमपात भएता पनि  बिहान भने पुरै आकास खुलेको थियो । धवलागिरि निलगिरि अन्नपुर्ण र माछापुच्छ्रे हिमाल हाँसिरहेको देख्दा झ्याँप्कि झ्याँप रहर मेटुञ्जुले तस्विर खिचे।

Date Taken :-24 Feb 2013 Time:- 422PM
 Mahare Dada Myadi Nepal 25Feb 2013 Time:- 0945AM
 Mohare Dada Myadi Nepal . 25Feb 2013 Time:- 0947AM 
25Feb 2013 Time:- 0953AM

Monday, November 20, 2017

सम्झनामा Joo Seng

 Joo Seng Green देखिएको स्थान र वरिपरिको ईलाकामा बिगतमा एकतले लामो घर थिए। वेट मार्केट थिए। दैनिक उपभोग्य समान किन्न आउथ्यौ।  कसरत  समाप्त गरे पश्चात कफि र मि खानुको स्वाँद । चिकन राईस पोक राईस खानुको मोज अर्कै । गोधुली सन्ध्याको आगमन संगै कपेज हटलाईन र फाएर बाट फर्के पछि राउण्ड टेबलमा  टाईगर बियर पिउदै गाउ ठाँउको गफगफा गर्दै गुरुजी र नंम्बरीहरु संगको मोज बिछ्ट्टै हुन्थ्यो। आज हिड्दै जादा  बिगतको सम्झनाले झ्याँप्पै अंगालो हाल्यो मलाई। 











HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...