Total Pageviews

Saturday, July 1, 2017

The Great Himalaya Trail 2016 (Day-9) Hilsa Rest Day

Day-9
The Great Himalaya Trail 2016
Hilsa Rest day
20 July 2016

नेपाल चाईना सिमाना स्तम्भमा किशोर सर 
हाम्रो आराम गर्ने दिन भएकाले  बिशाल भान्जा र किशोर सर 1000Hrs सम्म सुते। ७ बजे तुमकोट गाडी जाने भएकाले म हाम्रो सहयोगी सन्तोष भाईलाई बिदाई गर्न उठे।  लिमी भ्याल्लीमा टिबेटीएन भाषा मात्र बोल्ने भएकाले सागरलाई फर्काएका सिमिकोट । सूर्यको उषा पोखिनलाई फखेटा फिजाउदै गरेको देखिन्थ्यो। हातमा भोटे चिया बोक्दै हिल्साको चिसो र कलिलो बिहानमा म एक्लै वरिपरिको दृष्य नियाल्न डुले। हिँउले खुईलेका नाङ्गा पठार बाट ठोक्केर झरेको छिप्पेको घाम आईसक्दा किशोर र बिशाल उठ्नु भयो। घाम ताप्दै भोटे चिया पिउदै बस्यौ। 

भोटबाट बग्दै आएको कर्णाली नदी घमिलो देखिदै छ। पानी परेको छैन तर किन धमिलो पानी बग्दै छ। छेवैमा भएकी होटलकी बहिनीलाई सोधे। भोटमा हिमताल फुटेको हुनु पर्छ। ३ दिन अगाडि सम्म सङ्गलो थियो। नेपालको भूभागमा कर्णाली नदीमा पक्की पुल निर्माण गर्दै गरेको देखिदै छ। मन्द गतिमा सिरेटो चलेको छ। मानसरोवर  जानका लागि भारतिय तिर्थालुहरु नेपालको झोलुङ्गे पुल तर्दै नेपाल र चाईनाको सिमानामा चिप पर्खि बसेको देखिदै छ। सिमिकोट बाट भारतिय तिर्थालुहरु हेलिकप्टर बाट ओसार्दै गरेको हेर्दै छौ । मानसरोवर दर्शनको महिना भएकाले हिल्सामा भारतिय पर्यटक र नेपाली गाईडहरु को घुईचो देख्दै छौ। हिल्सा सिमिकोट सिमिकोट हिल्ला नेपालीको लागि हेलिकप्टरमा सिट भएमा भाडा ५ हजार रहेछ। 

नेपालको सिमा प्रहरी चौकीमा गयौ। सुरक्षा र अन्य कुराहरु बुझ्न। १६ जना लेक लागेर भारतिय तिर्थालु मृत्यु भएको जानकारी दिए। यो साल देखि सिमा प्रहरीले राज्वस्व उठाउन थालेकाले गत सालको भन्दा कम चाईना बाट समानहरु भित्रिएको कुरा बताए। हरेक महिनामा चाईनाको प्रहरीको सिनियर मेसमा निमन्त्रणा गर्ने र उताको सुविधाहरु देख्दा । हेर्नुस त हाम्रो सिपाही भाईहरु यस्तो जाडोमा पनि  कम सुविधामा देशको सेवा गर्दै छन्। ईन्सिपेक्टर ले भने।

चाईनाको भूमिमा उच्च प्रविधिको सी सी टीभी जडित छ। कुनै किसिमको नेपालको भूगोलमा हर्कत देखेमा हामी कहाँ समन्य गर्न आउछन्। २० मिनेट गफगाफमा सिमा प्रहरी चौकीमा हामीलाई चिया खुवाउनु भयो। हामी हुम्ला देखि ताप्लेजुङ सम्म हिड्ने नेपाली घुम्ने भन्दै चिनारी दिएका थियौ चौकीमा। उहाँहरु खुशी हुनु भएको थियो। कति बिदेशी मात्र हिड्ने अब नेपालीले पनि घुम्नु पर्छ । चौकी बाट होटलमा खाना खान फर्क्यौ। खाना खाए पछि सिमाना स्तम्भ र हेलीकप्टर ल्याण्ड हुने स्थान तिर डुल्न गयौ।
हिल्सा बजारमा चाईनाको नेटवर्क भएको मोबाईल न‌ंम्बर प्रयोग गर्दा रहेछ। नेपाल दुरसंचारको नेटवर्क कहिले पुग्ला। भन्दै मैले किशोर सरलाई प्रश्न गरे। खै कहिले उहाँले भने।

हिल्सा बजारको प्राकृतिक शौन्दर्यले हामीलाई मन्त्रमुग्ध बनाउको थियो। 
नेपाल चाईना सिमाना स्तम्भ। बिचमा कर्णाली नदि पारि देखिने चाईनको भूगोल। भूक्षय रोक्नका लागि चाईनाले बलियो बाँध बाधिएको छ। 

 नेपालको भूगोल बाट चाईनाको भूगोल नियाल्दा
नेपालको भूमिबाट चाईनाको बिकास नियाल्दा। कर्णाली नदीमा बाँध,कालो पत्र गरिएको मानसरोर जाने सडक,चाईनाको अध्यगमन भवन र देखिएको नाङ्गा पठारमा उच्च प्रविधिको क्यामराले नेपालको भूमिमा निग्रानी गरेका हुन्छन् ।
नेपाल चाईना सिमानको काँडे तार । खच्चर देखिएको नेपालको भूमि
नेपाल चाईना सिमान नियाल्दा बिचमा कर्णाली नदी पारी नेपालको भूमि हिल्सा
नेपाल दुरसंचारको टेलीफोन देखाउने मात्रा हो । काम गर्दैन । केवल बिज्ञापन मात्र।
झोलुङ्गे पुल। नेपाल सिमा प्रहरीले अध्यगमनको काम, राज्वश्व संकलन र अन्य सुरक्षा जाँच यसै स्थानमा गर्ने गरेका देख्यौ। 
नेपाल चाईना सिमानमा यस्तो देख्न सकिन्छ
हिल्सा बजारमा बतेडको घाम लाग्दै छ। पठार भएकाले हावा चल्ने नै भयो। सानो भ्याल्ली भए पनि हिल्सा बजारको प्राकृति सौन्दर्यले मन खुशी पार्ने प्रबाभ रहेछ।
मानसरोवर जानका लागि भारतिय तिर्थालुलाई हवाई मार्ग सिमिकोट देखि ओसार्दै 
नेपालको भूमि हिल्सा बजार भन्दा केहि माथि हेलिप्याँड । मानसरोवर दर्शन गरेर सिमिकोट फर्कन हेलकप्टरको प्रतिक्षामा भारतिय तिर्थालु र नेपाली गाईड
नेपालको भूमिबाट देखिएको पुरै चाईनाको बिकास 
नेपालको भूमिमा अवस्थित झोलुङ्गे पुल । यसै झोलुङ्गे पुलबाट चाईना नेपाल आवत जावत गर्ने गरिन्छ।
यो देखिउको भूमि नेपालको हिल्सा बजार हो। सानो बजार भए पनि क्या राम्रो भ्याल्ली छ। हिँउले पखाल्दै राखेको चट्टान र माटोको स्वरुप देख्दा मित लगाउन मन लाग्दो रहेछ। कर्णाली कञ्चन बगेको देख्दा पक्कै पनि थप आकर्षण हुने रहेछ। फेरि पनि कुनै दिन पुगिन्छ हिल्ला घुम्न बस्न अनि रमाउन।



कर्णाली नदी माथि पक्की पुल नेपालको भूमिका निर्माण गर्दै थियो हामी पुग्दा। हाल पक्की पुल निर्माण भई । सवारी साधन गुड्न थालि सकेको छ। 
नेपालको भूमि हिल्सा बजार हल्का नाराला पास को घुम्ति पनि देखिदै छ।
हिल्सा बजार । माथि देखिएको   नारा पासको थुम्का र हिल्सा सिमिकोट सडकको घुम्ति।

Thursday, June 29, 2017

Great Himalaya Trail (Day-8) Tumkot-Hilsa(Humla)

The Great Himalaya Trail( Day-8)
Tumkot- Hilsa(Humla)
19 July 2016


नाराला पासमा रमाउदै घुमन्तेहरु

बिशाल भान्जाले सेट गर्नु भएको मोबाईलको अलराम र टम्बुको प्वाँल बाट लुक्दै छिरेको सूर्यको उषाले 0730Hrs ब्युँझाए पनि 0800 Hrs टेण्टबाट निस्क्यौ । झलमल घाम लाग्दै रहेछ। भेडी गोठालेहरुको टम्बु छेउ छाउ घुँवा उड्दै रहेछ। भेडाहरु चर्दै गरेका देख्दै थियौ। कमल बुढाजीले तातो जडिबुटिको चिया ल्याई दिनु भयो। तुमकोट चिसो वतावरणमा भए पनि चिया पिउदै तुमकोटको चारै दिशाको मनोरम दृष्यमा रमाउदै थियौ । वाई वाई तयार भयो । हाम्रो सहयोगी भाई सन्तोष बुढाले बोलाउनु आए।

तुमकोट देखि हिल्सा सम्म गाडी चल्ने भएकाले। हिजो बेलुकीनै कमल बुढाले हाम्रो लागि अगाडिको सिट सुक्षित गरिदिएका थिए। 0915Hrs दर्ता र नंम्बर नभएको कवाडी ट्रिपरमा सुकेको मुढा हाल्दै गरेको देख्दै थियौ। दाउरा हिल्साका लागि। 5450 रुपैया बिल तिर्यौ। हिल्सा र चाईनाको ताक्लाकोट जाने स्थानिय चढे गाडीमा।बर्दियाका चौधरी ड्राईभर भाईले गाडी गुडाउन थाले। करिव १०मिनेट गुडे पछि  उकालो घुम्तिमा तान्न छोड्यो। ब्याट्री सर्ट भएर आगो बल्न थाल्यो। सबै हाम फाल्यौ। ओथ नलागेको भए सधै का लागि गुडनाईट हुने थियौ । मैले माटो ले हिर्काउदै गर्दा सुरा ड्राईभर भाईले हातैले समात्दै जल्दै  गरेको तारहरु निभाए। भोटे भन्दै मालिकलाई  हल्का थर्काए थारु भाईले। मुढा धेरै हाल्छ लोभ गर्छ लोभले लंका जलाउछ गनगनिए। आफै बना। यात्रु पैसा नतिरि हिडे। हामी भने बन्लाकी भन्दै २ घण्टा सम्म बस्यौ। घाम  लागेको थियो।




गाडी नबेपछि चरक्क लागेको घाममा उकालो बाटोमा खुईयाँ गर्दै हिड्यौ। एक घण्टा लाग्यो उकालो उक्लिन । वाटर बोटलमा पानी नबोकेका भए सायद हामी प्याँसले सुईकिन्थ्यौ पनि होला । बाटो तेर्स्रो भएकाले भोक लागे पनि हिड्न सकिरहेका थियौ। सैपाल हिमालको चुली र अन्य नाङ्गा पहाडलाई भुईकुहिरोले ढम्म ढाक्दै ओरालो झर्दै गरेको देखिन्थ्यो। थाकेर लम्फु भएकाले यारी पुग्ने गन्तब्यलाई अव पालङबाङ भन्दा नहिड्ने योजना बनायौ। २घर बस्ति भएको पालबाङमा ‍लखतरान सेन्टी फ्याल्ट भएर पुग्यौ। खाना नपाक्ने भने पछि उहि वाई वाई बनाउन् लगायौ। भोटे चिया पिउदै । यारी पुग्न कति लाग्छ। साहुनीलाई सोध्यौ। लामा लवजमा धेरैमा २ घण्टा नत्र एक घ‌ण्टा आधा पुग्ने बताए। योजना परिवर्तन भयो । अब यारी पुग्ने। वाई वाईले पेट थामिए पछि 1300 रुपैया तिर लाग्यौ यारी तिर। हिल्सा सिमिकोट दुई लेनको फराकिलो सडक को ट्रयाक मा गफिदै चिसो वतावरणमा नाङ्गा धरातलिय बनौटमा रमाउदै साढे एक घण्टामा यारी पुग्यौ।

यारी बजार रमाईलो रहेछ। चिसो स्वच्छ वतावरण थियो।पुलिस चेक पोष्ट रहेछ। यात्रुको पर्खाईमा बसेको ड्राभरले हामी आउदै गरेको  थाहा पाएकाले हिल्सा जाने ट्रिपर पर्खेका रहेछ । भोटे चिया पियौ।  वरपरी घुम्यौ फोटो खिच्यौ। ल भाईहरु जानु पर्छ भने लामा ड्राईभर दाईले । उहाँ यारी निवासी भए पनि पुर्वको केटि बिवाह गरि काठमाण्डु बस्ने गर्दा रहेछ। सिजनमा तुमकोट हिल्सा आफ्नै गाडी कुदाउनु हुँदो रहेछ। चाईनाको ताक्ला कोटमा धुप बेच्नका लागि शेर्पेनी सोल्टिनीहरुले टन्नै गाडीमा बोराको बोरा लोड गर्दै थिए। लु भयो धेरै नहाल गाडीले तान्दैन बाटो राम्रो छैन भन्दा जब्बर जस्ति हाल्दै  थिए । डाईभरले निकाल्दिने गर्थे। गाडी स्टार्ट गर्दा हालिहाल्थे।  करिव १० मिनेट हल्का रतौली जस्तै भयो गाँठे। पुरै टिबेटिन भाषामा वाक्क युद्ध हुँदै थियो।

नाङ्गो पाखा भए पनि लोभलाग्ने दृष्य नियाल्दै 4543 मिटरको नाराला पासमा दश मिनेट बस्यौ । हुँस्सु लागेको थियो। पास फराकिलो रहेछ। पास पछि बाटो पुरै ओरालो रहेछ। शेर्पेनी सोल्टेनीहरु टिवेटिन गीत गाउदै पाखा धर्काउदै थिए।  चकमन्न रात थियो।  2030Hrs हिल्सा पुग्यौ। धुप झार्दै थिए। भाडामा छुट माग्दै थिए । हामी हेरिरहेका थियौ। १० जना जतिले भाडा नतिर अध्यारोमा टाप कसेको कुरा ड्राईभर दाईले बताए।  उहा बस्ने होटलमा लगे हामीलाई। थाकेकाले सुत्ने बित्किकै भुसुक्क गएछौ।    
 तुमकोटको पाखामा बाट कर्णाली नदी मुचु र तुमकोट

 भान्जा बिशाल तुमकोटको पाखामा
तुमकोटको पाखामा घाम ताप्दै 

पालबाङ  तिर भेडी चराउन लैजादै
यारी बजार
 यारी बजारको स्वरुप
 यारीबाट नियाल्दा
 यारीबाट सिधै पारी नियाल्दा खुईलेका नाङ्गा चट्टान
 यारी बाट सिधै पारी नियाल्दा

यारीको उवाको खेती 

 यारीको लोभ लाग्ने पठार
 हिल्सा सिमिकोट सडक । यारीको भूगोल


 नाराला पासमा हुम्ला

समय पाउदा सिर्जनात्मक कार्यमा लागि पर्छन् । गीतकार हाँङपाल




गीत,संगीत र साहित्यका पारखीलाई प्रोत्साहन गर्नका लागि म ब्लगिङ गर्न रुचाउछु फुर्सदको समयमा। आफ्नो कामको बचेका समयलाई सदुपयोग साथै सिर्जनात्मक कार्यमा लागि परेका हाँङ्पाल आँङबुहाङ संग छोटो भिडियो कुराकानी गरेको छु । उहाँले च्याँब्रुङ्को आवाज हाईकु कविता संग्रह  बजारमा ल्याई सक्नु भएको छ। हाईकु कविता अलबा ९ वटा नेपाली भाषा र २ वटा लिम्बु भाषाको गीत रिकर्ड गराई सक्नु भएको छ। आफ्नै गीतमा आफैले म्युजिक भिडियो निर्देशन गर्दै हुनुहुन्छ। केहि हप्ता पछि युट्युवमा अपलोड गर्दै हुनुहुन्छ।

 थप जानकारिका लागि भिडियो हेर्नुहोस। 

Tuesday, June 27, 2017

Great Himalaya Trail (Day-7) Yalbang To Tumkot(Humla)

Day-6
The Great Himalaya Trail
यालबाङ -- तुमकोट( हुम्ला)
18 July 2016

मुशलधारे पानीले जस्ताको पाता थर्केर। निन्द्रा बिथोल्न खोज्थ्यो बेला बखतमा। राती धेरै पानी पर्यो ।आकासमा पानी रित्यो होला । चारै तिर झलमल्ल घाम लागेको होला भन्दै 0730hHrs उठ्यौ । के को हुनु आकास ठुस्केर बसेको रहेछ। पानी झर्ला झै अवस्था रहेछ। 
0800Hrs टक्क पिरो घनियाँको अचार चोप्दै उसिनेको तात तातो आँलु खायौ। अडिलो खाजा खायौ अव सजिलै गेरुङ्पानी मा खाना खान पुगिन्छ भन्दै 2335 रुपैया तिर 0900Hrs बाटो लाग्यौ। गुम्बाको प्राङ्गनमा भलिबल खेल्दै गरेको देख्यौ। होस्टेल बाट छत्र छात्रा स्कूल जादै गरेको ग्रुप ग्रुपमा  भेट्यौ बाटामा। 
1000Hrs याङ्कार बस्तिमा पुग्यौ। भोटे चिया पियौ। बस्तिमा पुरुष चाईनाको ताक्लाकोट ब्यापार वा काम गर्न गएकाले गाउमा महिलाहरु बारीमा काम गरिरहेका देखिन्थे। 1100Hrs याङकार बाट उकालो ओरालो र धुम्ती भएको बाटोमा चनाखो भई हिड्यौ। ठेस लाग्यो भने सिधै कर्णाली उर्लेको भेलमा।थाकेर लम्फु साथै पेटमा मुसा दगुरि सकेको थियो । खाना पकाउन समय लाग्ने भएकाले चिया र वाई वाई खायौ गेरुङ्पानीमा। 

साहुजी भाई आधा बैषे थिए। गजबको कुराकानी गरे हामी संग। यहाँ दुःख गरेर पैसा कमाईन्छ चाईनाको ताक्लाकोटमा गईन्छ । डिस्कोका नाचिन्छ। राम्री चाईनीज केटीहरुले बियर ग्लाँसमा हालि दिन्छन्।कमाएको पैसा बर्वाद हजुर। यस्तै छ जीन्दगी  हाँस्दै भने। तपाईहरु आरामले तुमकोट पुग्नु हुन्छ। राम्रो खाना खानु हुन्छ भने कमल बुढाकोमा । तरुनी हेर्नु हुन्छ भने रेखा थापाको होटलमा। हुन्छ भाई हामी रेखा थापाको हैन कमल बुढाको मा बस्छौ भन्दै 1500 तिरि 1430Hrs बाटो लाग्यौ। पहिलो पटक जिर्ण अवस्थाको  कर्णाली नदी को झोलुङ्गे पुल तर्यौ।

सैपाल हिमालको काखमा अवस्थित मुचु गाउ देख्दा हर्षित भयौ। ऊवाको खेतीले कान्लाहरु हरियाली। बारीको कान्ला र गल्लीमा चुली पाकेर पहेलै भएको देख्यौ। चुली फल पहिलो पटक हामीले चाख्यौ। चुली फल हो सागर भाईले हामीलाई बताए। प्रहरी पोष्ट रहेछ मुचुमा । तुमकोट बजार 1730Hrs कमल बुढाको होटलमा बास बस्यौ। रेखा थापाको होटल पनि हेर्न गयौ। कमल बुढा पाटन क्याम्पस बिए अध्ययन गरे पछि हुम्ला फर्केका। बिवाह गरेका । सिमिकोटमा श्रीमती र बच्चालाई पढाउदै गरेका रहेछ। उनी सेडा गाउ निवासी रहेछ।

तुमकोट ६ महिनाको अस्थाई ब्यापर गर्ने स्थल रहेछ। हिल्सा तुम्कोट पक्की बाटो भएकाले चाईनाको सरसमान सजिलै बिना नंम्बर भएको कवाडी चाईनिज चिप र ट्रिपरले यात्रु र समानहरु ल्याउने रहेछ।बाजुरा बझाङ र हुम्लाका भेडा च्याँङ चराउदै यहा सम्म ल्याउदा रहेछ। 10 देखि 12 केजी सम्म खसी र भेडालाई चामल वा अन्य चिज बोकाईदो रहेछ। खसी च्याँङ्ग्रा बेच्ने र चाईनिज बियर लडाउने गर्दा रहेछ भेडी गोठालेहरु । मातेर लठ्ठ भएर बसेको देख्यौ। साँझको खान ठिक्कै थियो। कमल बुढाको ठुलो टेण्ट रहेछ। आगन्तुक सुत्ने। त्यस भित्र सुत्दै आज हाम्रो यालबाङ देखि तुमकोट सम्मको यात्रामा सबै भन्दा मज्जा रमाईलो लागेको मुचु गाउ र तुमकोट बजार रह्यो भन्दै बिशाल भान्जाले बनाउनु भएको आधुनिक गीत सुन्दै सुत्न लाग्यौ। 




याङ्कार उवा वारी पुछारमा कर्णाली नदी
यालबाङ बाट एक घण्टा हिडे पछि पुरानो शैलीमा निर्मीत लामा समुदायको बस्ति याङ्गार गाऊ

तुमकोट बजार सैपाल हिमालको फेदी । यहा देखिएको दाउरा हिल्सा हुँदै चाईनाको ताक्लाकोट जाने रहेछ।

हिल्सा सिमिकोट सडक खण्डको कर्णाली नदी माथि अधकल्चो पक्की पुल । धेरै बर्ष भईसकेको यस पुल कहिले निर्माण हुन्छ अन्यौल छ भन्थे स्थानिय तुमकोट निवासी ।
कर्णाली नदी पहडको भित्र बाट फुत्त निस्केको छ।
तुमकोट बजार
सैपाल हिमालको हिँउ पग्लेर बनेको तुमकोट खोला
कर्णाली नदी तुमकोट
तुमकोट
भेडी गोठालाहरको अस्थाई टम्बु।



तुमकोट बजार




भेडा च्याँङग्रा र खसी चरन क्षेत्र भएकाले लर्को लागेर जादै । तुमकोट।

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...