Total Pageviews

Monday, June 19, 2017

Manebhajyang ,Okhaldhunga

श्री भगवती उच्च माध्यामिक बिधालयको ईतिहास  प्रारम्भमा, विक्रम संवत् २०१७ सालमा श्री अर्ग बहादुर राईले धिमिले गाउमा  श्री भगवती प्राथमिक विद्यालय स्थापना गर्नु भएको थियो । तर धिमिले गाउमा अध्ययन गर्ने बिद्यार्थीहरुको पर्याप्त संख्या नभएकाले विक्रम संवत् २०१८ सालमा सोही विद्यालयलाई मानेभञ्ज्याङमा स्थानान्तर गरियो । यही श्री भगवती प्राथमिक बिद्यालयलाई सुचारु रुपले संचालन गरिरहनका लागि कुल बहादुर अधिकारी, स्वर्गीय टंक बहादुर अधिकारी र बेलायती फौजबाट अवकास प्राप्त आशाजीत मगरले विक्रम संवत् २०१८ सालदेखि २०३७ साल सम्म धेरै संघर्ष गर्नु भयो । विद्यालयलाई श्री भगवती प्रा विबाट माध्यामिक विद्यालयमा स्तरोन्नति गर्ने विधि र प्रकृयाको लागि श्री आशाजीत मगरको नेतृत्वमा गरिएको प्रयास चैत्र ८ ,२०३८ मा मात्र सफल हुन पुग्यो । सो मितिका दिन शिक्षा मंत्रालाय केशर महल काठमाण्डुबाट स्वीकृति प्राप्त गरी विक्रम सम्वत् २०३९ सालदेखि मात्र माध्यामिक बिद्यालयस्तरीय अध्ययन अध्यापन कार्य सुचारू गरियो । माध्यामिक तहमा अध्यापन कार्य गराउन चाहिने शिक्षक/शिक्षिका खोज्न स्वर्गीय टंक बहादर अधिकारी र बिद्यालय भवन र भौतिक सुविधाहरुको विस्तार कार्यमा आशाजीत मगर निरन्तर लागि पर्नु भयो । वहाँ ई सन् २०१० सालदेखि बेलायतमा बसोबास गर्दै हुनुहुन्छ । 


यस विद्यालयबाट प्रथम पटक विक्रम संम्वत २०४१ सालमा एस एल सी परिक्षा उत्तीर्ण हुनेहरू रामहरि खतिवडा र छत्र बहादुर राई हुनुहुन्थ्यो । 

पहिलो पल्ट यस बिद्यालय बाट २०४६ सालमा प्रथम श्रेणीमा उत्तीर्ण हुने मक बहादुर पुलामी हुनुहुन्थ्यो ।
यस बिद्यालयबाट आफ्नो शैक्षिक आधार प्राप्त गरी हाल नेपालका प्रतिष्ठित व्यक्तित्व बन्न पुग्नु भएकाहरु मध्ये वर्तमान नेपाली राष्ट्रियगानका रचयिता व्याकूल माईला र पत्रकार गजूर धन राई हुनुहुन्छ भने धेरै संख्यामा राजनीतिक नेता र राजनीतिज्ञहरु पनि हुनुहुन्छ । 

Teachers:- यस बिद्यालयका शिक्षकहररू: 
प्रधानाध्यापक शिव कुमार अधिकारी (BCOM), माधापुर, (अर्थशास्त्र र शिक्षा शिक्षक) 
मयानाथ खतिवडा (BSC), टोक्सेल , ( गणित र अतिरिक्त गणित शिक्षक) 
गुरुप्रासाद ढुंगाना (BSC), टोक्सेल, ( बिज्ञान गणित र अतिरिक्त गणित शिक्षक) 
धिरानन्द दाहाल (MA) , थाक्ले, (नेपाली शिक्षक) 
जंगवीर राई (IA) , बर्नालु, (अंग्रेजी शिक्षक)

जय प्रकाश गुरुङको जीवन। आधा उमेर निन्द्रामै बित्यो ।




FM देखि चिया पसल हुँदै बसयात्रा मा धेरै गुञ्जने गीत आधा उमेर निन्द्रा बित्यो। यस गीतका रचनाकार जय प्रकाश गुरुङ संग गरिएको कुराकानी प्रस्तुत

 तपाईको परिचय ?
- म जय प्रकाश गुरुङ (१४२५२) सुदुर पूर्व ताप्लेजुङ फिलिङ गाबिस को खरीबोटे स्वदेशको परदेसी पल्टन घर भित्रको खाँटी सिपाही र घर देशको लाहुरे हुँ।
 लाहुरले हुनु भन्दा अगाडि के गर्नु हुनथ्यो ?
- अध्ययन र अध्यापन गर्ने गर्थे ।
 लाहुर मा जागिर खानु इच्छा की बाध्यता ?
- त्यति खेर धेरै नै इच्छा अहिले आएर वाध्यता नै भन्नु पर्ला ।
 कति सालमा गल्लामा नाम दर्ता गराउनु भयो ?
- २०४९ सलामा ।
 लाहुरेमा नाम पुकारिदा कस्तो अनुभव पाउनु भयो ?
- सिङगापुरे लाहुरे हुनु पाउदा पक्कै पनि हर्षले विभोर भएको थिए ।
 सिभिलिएन जीवन बाट आर्मी जीवनमा परिवर्तन हुँदा के कस्तो अनुभव पाउनु भयो ?
- एउटा सिभिल जीवनबाट आर्मी जीवनमा परिवर्तन हुँदा हरबखत अनुशासनको परिधिभित्र रहेर बस्नु पर्दा पक्कै पनि अप्ठेरो त हुन्छ नै तर अहिले आएर बानी परेको छ ।
 नौ महिनाको बेसिक तालिम कस्तो लाग्यो ? केहि विर्सन नसक्ने यादहरु छन् ?
- पल्टन घरमा नभई नहुने आधारभुत कुराहरु सिक्यौ जान्यौ र केही बिर्सने नसक्ने क्षणनहरु भन्नु पर्दा एकै छिन पनि फुर्सदको समय नपाउदा आत्तिन्थे सधैं कामको खापाखाप ।
 सिंगापुरमा जागिर खानु भएको कति वर्ष हुदै  ?
- अहो थाहा नपाई १५ बर्ष बितिसके छ ।
 प्रसंग परिवर्तन गरौ - 
 तपाईको पहिलो गीत कुन हो  -कसले संगीत  स्वर भरेका छन् ?
- मेरो पहिलो गीत चाहि "आधार" एल्वमको "आधा उमेर " जसमा पारस मुकारुङ ले संगीत भरेका र जगदीस समालले स्वर दिनु भएको छ ।
१० हाल सम्म कति वटा गीतहरु रेकर्ड गराई सक्नु भएको  ?एलबम  निकाल्नु भएको  कि?
- हालसम्म ९ वटा गीत रेकर्ड गराई सकेको छु । अब चाडै नै नयाँ एल्वम निकाल्ने तयारीमा छु ।
११ गीतहरु प्राय: दु: पिडाका छ्न् नि?
- म अलिक भावुक छु सायद त्यहि भएर होला ।
१२ तपाई गीत कति बेला लेख्नु हुन्छ नि
- एकान्त अनि मुड चलेको वेलामा ।
१३ हाल के गर्दै हुनुहुन्छ ?
- त्यहि हो नि पल्टन घरको ब्यस्तता ।
१४ तपाई राम्रो नाच्नु पनि हुन्छ कुन लाई बढि मनपराउनु हुन्छ गीत लेख्नुमा की नाच्नमा ?
- नाच्नु मेरो सोख हो । म गीत लेख्न नै रुचाउछु ।
१५ तपाई बिधार्थी जीवन देखिनै गीत लेख्नु  नाच्नु हुनथ्यो ?
- दुवै अलि अलि ।
१६ तपाईलाई मन पर्ने नेपाली गीतकार,संगीतकार  गायक को को हुन् ?
- गीतकार कालीप्रसाद रिजाल संगीतकार आलोक श्री गाएक आनन्द कार्की हुन् ।
१७ भविष्यमा के गर्ने लक्ष्य राख्नु भएको  ?
-- खासै लक्ष्य चाहि केहि छैन् । गीत लेखन मेरो रहर हो । समय पाउदा मनको बहलाई गीत मार्फत प्रस्फुटित पार्दै लाने छु ।
गीत संगीत के जस्तो लाग्छ ?
- एउटा सिर्जना मूलक स्रोत मात्र नभएर मान्छेको अच्यूतता भित्रबाट निस्किएको एउटा अभिब्यत्ती हो । त्यहिनै गीत संगीत जस्तो लाग्छ ।
आधार एल्बमा क-कस्ले संगीत र स्वर दिएका छन ?
- मेरो पहिलो एल्वमा "आधार" मा पारस मुकारुङ को संगीतमा यम बराल ,जगदीस समाल ,लासिमित राई ,कुवेर राई र लरेटो सिंह गायक गायिकाले स्वर दिनु भएको छ ।

तपाईले रचेको गीत रोज्नु पर्दा ?
- सबै गीत प्यारो लाग्छ नै तर कुनै कुनै गीत लेख्दा लेख्दै आफ्नो जीवन अनुरुप संग मिल्दो जुल्दो मनले चुन्ने खालको हुदो रहेछ । भन्नु पर्दा"मनको चाहना रहेछ अपुरो"  "आधा उमेर निन्द्रैमा बित्यो" यी गीतहरु आफैलाई मन पर्छ ।
आधा उमेर निन्द्रैमा नै बित्यो गीत लेख्नु कसको परिकल्पना गरी लेख्नु भएको ?
- एउटा सिंगो जीवनलाई परीकल्पना गर्दै परदेशी जीवनको कल्पना गरी लेखेको गीत हो ।
- एल्वको नाम आधार राख्नु को कारण

 हरेक मान्छे जीउनको लागि आधार चाहिन्छ । आधार बिना जीवन जीउन गाह्रो हुन्छ । त्यसैले आधार चुनेको हुँ ।


खलनायक देखि लाहुरे सम्म

फोटो साभार फेसबुक प्रभु


सिंगापुर पुलिस फोर्स अन्तर्गत गोर्खा कन्टिजन्ट भित्रका खेलकुद तथा सांगेतिक फाँटमा चर्चित ब्यक्ति तथा लाहुरेको नाम हो प्रभु राम श्रेष्ठ (१४६६१)। बिधार्थी जीवन काल देखिनै खेलकुद तथा गीत-संगीत भने पछि हुरुक्कै हुने श्रेष्ठ भारत बाट म्याट्रिक पास भए पछि मातृभूमि(धरान) नेपाल फर्कनु भयो । उच्च शिक्षा हासिल गर्नुको लागि धरानको महेन्द्र क्याम्पसमा भर्ना हुनु भयो । अतिरिक्त समयमा कराते तथा नेपाली चलचित्र क्षेत्रमा खलनायक को भुमिका पनि निभाउनु थाल्नु भयो । आई.ए . पास भए पछि गल्ला मामा कहाँ सुटुक्क नाम लेखाउन पुग्नु भएका श्रेष्ठ पोखरा हुदै सिङगापुर पुलिसमा जागिर खान थाल्नु भएका लाहुर घरका प्रतिभा प्रभु जी संग भएका कुराकानी प्रस्तुत :-

  तपाईको आफ्नो परिचय ?
मेरो बाबा ईण्डियन आर्मी भएकाले भारत बाट म्याट्रिक पास भए पछि म नेपाल (धरान) फर्के । महेन्द्र क्याम्पसमा आई. ए. मा अध्ययन गर्न थाले । अध्ययनको अलावा म कराते तथा बक्सिङ खेल्थे साथै नेपाली चलचित्रहरुमा द्वन्द क्षेत्रमा अभिनय गर्नुको अलवा द्वन्द निर्देशन पनि गरे । आई.ए. उत्तिर्ण भए पछि एक पल्टक लाहुरेमा प्रयास गरु भन्ने सोच म मा उत्प्रेरणा भए पछि गल्ला मामा देखि  एरो सेलेक्सन साथै सेन्ट्रल सेलेक्सन हुदै सन् १९९७ साल देखि गोर्खा पुलिसमा जागिर खादै छु ।
 पहिलो पल्टक द्वन्द मा अभिनय गरेको चलचित्र कुन हो र कुन-कुन कलाकार संग द्वन्द अभिनय गर्नु भयो त  ?
मेरो पहिलो पल्टक द्वन्दमा अभिनय गरेको चलचित्र "आफ्नो विरानो " जस्मा नेपालको चर्चित द्वन्द निर्देशक N.B. महर्जनको कम्पोजमा मैले राजेश हमाल,श्रीकृष्ण श्रेष्ठ,गौरी मल्ल र स्वर्गिय श्रीषा कार्की संग अभिनय गरे ।


फोटो साभार फेसबुक प्रभु

 द्वन्द निर्दशन  द्वन्द कम्पोज पनि गर्नु हुन्थ्यो ?
हजुर ,लाहुरे हुनु भन्दा पहिला अघिनै मैले भनि सके महेन्द्र क्याम्पसको
बिधार्थी हुदा मैले द्वन्द निर्देशन तथा द्वन्द कम्पोज  गरेका थिए ।
४ पहिलो पल्टक द्वन्द मा अभिनय गर्दा कुनै किसिमका समस्या झेल्नु पर्‍यो ?
- कराते तथा बक्सिङको खेलाडि भएकाले गर्दा मलाई खासै कुनै किसिमका समस्याहरु बेहर्नु परेन ।
५ लाहुरे भएपछि कराते प्रतियोगितामा भाग लिन कुन कुन देश जानु भयो ?
- भर्तिहुनु भन्दा पहिला मैले पुर्वाअञ्चल कराते प्रतियोगितामा म दोस्रो स्थान भएका थिए । लाहुर घर भित्र छिरे पछि मैले हाम्रा नेपालका कराते गुरुहरुले सिकाएका शीपहरु तथा हाम्रो पल्टन घर भित्रका अग्रज प्रशिक्षकहरु गोर्खा डोजोका चिफ प्रशिक्षक -लिला नाथ राई तथा अवकास प्राप्त द्वय होम नाथ गुरुङ र बुद्धि बहादुर गुरुङ साब अनि गुरीजीका प्रशिक्षणले गर्दा ३ पल्टक  सिंगापुर ओपनमा च्याम्पियन भए। सिंगापुरको प्रतिनिधित्व गरि जापान र फिलिपिन्स गई सकेको छु ।


फोटो साभार फेसबुक प्रभु

६ बक्सिङ पनि खेल्नु हुन्छ ?
हजुर , पहिला खेल्थे तर अहिले बक्सिङ खेल्दिन ।
७ बक्सिङ खेल्दा भएका अनुभव बताई दिनुस न?
-पुर्वाअञ्चल बक्सिङ प्रतियोगितामा च्याम्पियन भएका थिए । भर्ति भए पछि सिंगापुरमा पनि बक्सिङ प्रतियोगितमा च्याम्पियन भएर अष्ट्रेलियासम्म भाग लिन पुगेको थिए भने साउथ इष्ट एसिया को बक्सिङ खेलमा बक्सिङमा स्वर्ण पदक ल्याएका खेलाडि संग पनि मैले भिड्न्त गर्ने अवसर प्राप्त भएको थियो ।
तपाई द्वन्द फाईटर,द्वन्द निर्देशक तथा कम्पोजर कराते फाइटर र बक्सर खेलाडि भएर फेरि नेपाली सांगेतिक फाँटमा झुल्कनु भएको छ नि?
गीत संगीत भन्ने बित्तिकै म हुरुक्क हुने ब्यक्ति भएकाले मैले शुरुमा प्रकाश पौड्यालको "यस्तै हुन्छ पिरती " को बोलमा म र मेरो नंम्वरी ले पहिलो म्यूजिक भिडियो मा अभिनय गरे । मेरो रुची भएकाले नेपाली सांगेतीक फाटमा झुल्केको छु ।
८ द्वन्द फाईटर,द्वन्द निर्देशक तथा कम्पोजर, कराते फाइटर ,बक्सर र गीत संगीत रोज्नु पर्दा कुन रोज्नु हुन्छ ?
यी सवै मेरा रुचीहरु हुन् । रुची भएता पनि मलाई भित्री आत्माबाट रोज्नु पर्दा म खलनायक अभिनय गर्न मन पराउछु ।
९ तपाइले भर्खरै आफ्नै गीत,संगीत,स्वर तथा भिडियो निर्देशनमा २ वटा म्यूजिक भिडियो निर्माण गरि नेपाली सांगेतिक बजारमा एल्मब "बिदेशी माया" पस्कनु भयो । यो कसरि सम्भव भयो त?
-पल्टन घरको परिवेशमा फुर्सदको  मौकामा हाम्रै सामाजिक जीवनमा भएका काम कुरोहरुलाई  कपिमा उतार्ने गर्ने गर्छु । यस्तै क्रममा “मैले छुट्टि छोटो छ”  “बिदेशी मायाले” यी गीतहरु  हाम्रो समाजमा हामीले देखेका अनि भोगेका भावनाहरुलाई मैले गीत मार्फ प्रस्फुटित भएका भावनाहरु हुन लाहुरेका ।


Sunday, June 18, 2017

सहासिक कला


क्योकुसिन कराँते खेल खेल्नु र स्वास्थ्य बस्नु साथै दर्शकदिर्घाको सामुन्ने बिभिन्न किसिमका सहासिक कला प्रदर्शन गर्नु अर्को आनन्द । त्यस्तै कला यस भिडियो देख्न सकिन्छ।  शिरमा राखिएको सानो बल लाई  फ्याई किक । 



Oxley Park ,Manebhanjyang,Okhaldhunga

ओखल्ढुंगाको मानेभन्ज्याङ गाउपालिका वडा नं ५  Oxley Park (अकस्लि पार्क) सामुन्द्रिक सतहबाट १७५५ मिटर मानेभन्ज्याङ सामुदायिक बन भित्र रहेको छ ।सिद्धिचरण राजमार्ग खण्डको बालेथाम घुम्तिबाट ६०० मिटर टाढा अकस्ली पार्क को आकर्षण भनेको 24/7 मन्द गतिको हावा चल्नु हो।

  
अकस्ली पार्क पुग्न सडक निमार्णका लागि सहयोग गर्नु हुने ब्याक्तिहरु:-
१ दिल कुमार मगर मानेभन्ज्याङ
२ सूर्य बहादुर थापा मगर साँस्पुले भ्याल्ली
३ रेवती थापा मगर साँस्पुले भ्याल्ली
४ राजेश थापा बेल्टार
५ बिष्णु पुलामी मगर ओखरबोट
६ देबराज पुलामी मगर नारायणहिटी
७ लेख बहादुर मगर नारायणहिटी
८ हिमाल पुलामी मगर ओखरबोट
९ दिल बहादुर मगर ओखरबोट
(24 to 26 Nov 2016) निमार्ण सम्पन्न मिति


श्री भगवती माध्यामिक बिधालय मानेभञ्ज्याङ



 सन् २०१२ सालमा भुपु बिधार्थीहरु बाट श्री भवगती उच्च मा बिका लागि ३ लाखको पुस्तक किनेर दिएका थियौ।   
1 अम्बर बहादुर राई ठुलो जुरे
२ मोति लाल राई ठुलो जुरे
३ टेक कुमार राई उँबु
४ किशोर राई उदयपुर
५ दिल कुमार मगर मानेभन्ज्याङ
६ सूर्य बहादुर थापा मगर मानेभन्ज्याङ
७ रेवती थापा मगर मानेभन्ज्याङ
८ पुर्ण बहादुर राई उदयपुर
९ मित्र जित राई उदयपुर
१० राजेश थापा मगर बेल्टार
११ बिष्णु थापा मगर मानेभन्ज्याङ 

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...