Date:- 15Feb 2018
दैनिक कार्य समाप्त
भए पछि लामो दुरी दगुर्ने योजना बन्यो। स्थानिय समय 1710Hrs हुँदै थियो। सहकर्मीहरुका साथ कसरत गर्न
निस्क्यौ। चाईनिजको महान पर्वका दिन भएकाले सडक र अन्य स्थल तिर गतिबिधिहरु शान्त
देखिएका थिए। कफि सपहरु बन्द देखिन्थे। बिगतमा कसरत गर्ने स्थल बिदादारीको भौगलिक स्वरुप नियाल्दै जाने
सल्लाह भयो। बिगतका ति स्थलको सम्झना गर्दै हल्का जगिङ गर्दै रहर लाग्दा र आकासलाई
घोचुला झै कंक्रिटका जङ्ल उभिएका जस्तै लाग्ने भवनलाई नियाल्दै पोतोङ पासिर हुँदै कालाङका
कृत्रिम खोला तिर हानियौ। प्रचण्ड घर्मी भएकाले एकै क्षणमा खलखल्ती पसिनाले
ज्यानलाई लुथुक्कै बनाई दिई हाल्यो। सूर्यको किरणले पछाडीबाट धकेल्दै थियो
हामीलाई। हाम्रो मसुर निशानी मन्दिर पुगे पश्चात हानियौ पुर्व दिशा ताक्दै सर्किट रोड
पुग्दा 1825Hrs भएको थियो। कुलडाउन गर्दै गर्दा मौसमले निहुँ खोज्न लाग्दै थियो ।
नभन्दै मौसमले हर्कत देखाई छाड्यो भुसभुसे पानीले। प्याँसले आत हरहर भए पछि Energy & Isotonic Drinks दिन हिड्यौ ताईसेङ तिर। हिड्दै गर्दा ताईसेङको रेल स्टेसन पुग्दा कहि
नभएको मुशलधारे पानी ओईरन थाल्यो। हाम्रो हिडाईको गतिलाई ब्रेक लगाउन बाध्य बनायो ३०मिनेट
सम्म। त्यस पछि सिमसिमे पानी प्रवाह नगरी पुग्यौ ताईसेङको पहेली बारमा । Energy
&Isotonic Drinks ले प्याँस मेटाउदै गफिदै केहि समय बितायौ।
कुलडाउन समाप्त गरे
पश्चात हर्षित मुन्द्रामा ।
कसरत समाप्त गर्नु
पुर्व कुलडाउन मा ध्यान मग्न हामी ।


No comments:
Post a Comment