Total Pageviews

Monday, January 1, 2018

रमाउदै फर्किन् SINGAPORE बाट सुमन भान्जी(D/O 4715)। नफर्क नेपाल भन्थे अष्ट्रेलियका साथीहरुले।



सुमन राई (D/O 4715) 
स्थान:- ललितपुर ढोला हिटी
पृष्ठभुमि:- सुमन राई भान्जी संग सिंगापुर,अष्ट्रेलिया र नेपाल बसाईका क्रममा आरोह अवरोहका  गफगाफ गर्न ढोलाहिटी पुग्दा 1630Hrsभएको थियो। सूर्यको प्रकाश चन्द्रागिरीको थुम्का पछाडि लुक्दै गरेको देखिन्थ्यो। फाल्गुनको महिना भए पनि जाडो हटि सकेको थिएन्।  प्राङ्गनमा चिया पिउदै सुमन भान्जीका कुराकानी सुनिरहदा बैराग र खुशी लागि रहेको थियो।
Time:-1630Hrs 
Date:- 09 March 2013 

मेरो नाम सुमन राई। सिंगापुरको के के अस्पतालमा जन्मेकी हुँ। Primary स्कूल  एलिङमा पढे।PSLE नतिजा 247 अंक ल्याएकी थिए।Cedar Girls Secondary स्कूल बाट ‌ओ लेवल उतिर्ण गरि सन् १९९५ डिसेम्वर महिनामा नेपाल फर्केकी  थिए। सन् १९९४ सालमा बाबा सिङ्गापुर प्रहरी सेवा बाट अवकास हुनु भएको थियो। वाल्यकाल र किशोर जीवन कसरि बिताउनु भएको थियो भनि चेष्टा राख्दा। हाँस्दै भनिन् मामा! बाल्यकालमा साथीहरु संग जीसीको प्ले ग्राउण्डमा थ्री स्टोन खेल खेल्थ्यौ हामी । पौडि खेल्न पुलिस एकेडेमीमा जान्थ्यौ आईतवारका दिन । बालबच्चाले पाउनु पर्ने बालअधिकार मैले गर्न पाउदा भाग्यामानी ठान्छु नी ! साथीहरु संग घुमघाम गर्न बुगिज मलमा जान्थ्यौ। ईष्ट कष्ट पार्कमा BBQ र  समुन्द्रमा पौडिन्थ्यौ । दशै पर्वमा मार हेर्न दशै घरमा जान्थ्यौ, नाचगान हेर्न परेड स्वायरमा जान्थ्यौ । तिहारमा भैलो खेल्थ्यौ साथीहरु संग। सिंगापुरको मन पर्ने खानाको जिज्ञासा राख्दा। देब्रे हातले कपाल मिलाउनु हुँदै केहि क्षण फूलचोकीको थुम्कालाई हेर्नु हुँदै टोलाउदै  भनिन्। फिसबल र नुडल अनि घुम्न जादा म्याकडनल्स खुबै खाईन्थ्यो। सुमन भान्जीको बोलीमा सिङ्गापुरका खानाको तलतल प्रस्टै  झल्केको देखिन्थ्यो।

सिंगापुर बाट नेपाल फर्कदाको अनुभव बारे जिज्ञासा राख्दा । चिया पिउदै बताईन् मामा! आफू जन्मेकी हुर्केकी र ज्ञान हासिल गरेकी देशबाट सधैका लागि बिदा भएर फर्कनु पर्दा न्यास्रो लागेको थिएन् मलाई। सायद  बाबा आमा बाट टाढिएर बसेकीले होला नेपाल पुग्नुमा हत्तारो थिए म। सिंगापुरका साथीहरुलाई सदाका लागि छोडेर फर्कनु पर्दा नरमाईलो त अवश्यनै भएको थियो। तर यस्ता भोगाई जीवनका एउटा पाटाहरु हुन् । नेपालको ईमिग्रेसनको कार्य कक्ष  देखेर छक्क भएकी थिए। वेल्टमा ब्यागेजहरु जाङमाथी जाङ भएर भुँईमा थुप्रेको देख्दा  अचम्म लागेको थियो मामा ! एरपोर्ट बाट घर फर्कदा धुवाँ धुलो देख्दा नरमाईलो लागेको थियो । सडकमा गाईबस्तु र कुकुरहरु खुल्ला हिडेको दगुरेको देख्दा अनौठो लागेको थियो । छरपष्ट बनेका घरहरु देख्दा रमाईलो लागेको थियो ।

अध्ययनको बारेमा प्रश्न गर्दा भान्जीले भनिन्। ए लेवल र बीवीए काठमाण्डौ बाट पुरा गरे। बिभिन्न किसिमका साथीहरु संग अन्तरकृया गर्ने मौका पाए। नेपाली भाषा बोल्न सिके । अंग्रेजी भाषाको मध्याम  भएकाले पढाईमा केहि समस्य भएन्। किनमेल र हिड्डुल गर्दा नेपाली भाषामा बोलचाल गर्न  समस्या भएको थियो ।

बीवीए पास गरे पछि स्ट्याण्डर्स चार्टड बैकमा साढे चार बर्ष काम गरे। एम बिए पढ्न मेल्वन बिश्वबिधालय अष्ट्रेलिया गए। मैले सिकेका कुरा आफ्नै देशमा काम गर्ने सोचले सन् २०१० मा नेपाल फर्के। योग्यता भन्दा पनि नाताबाद र कृपाबादले हुर्केको हाम्रो देशको समाजमा बिश्वको प्रसिद्ध नाम चलेको बिश्वबिधालयको प्रमाणपत्र अर्थहिन भएको छ। अहिले मेरो । तितो अनुभव र नैर्ष्यता  हुँदै बताईन् सुमन भान्जीले 

फोटो साभार फेसबुक सुमन
मेलवन विश्व बिधालयमा २०मुलुकका  साथीहरु संग हिमचिम थियो । नेपाल फर्कने बेलामा ति मुलुकका साथीहरुले भन्थे किन फर्कनु हुन्छ नेपाल । तिम्रो योग्यता अनुसार काम गर्न पाउदैनौ! यस्ता भनाईले दुःखीत भएकी थिए म। केहि गर्छु युवा जोस जाँगर लिएर नेपाल फर्के । बिडम्वडा! मेरो दक्ष्यता अनुसार मैले काम गर्न अवसर पाईन्। बेरोजगारी भए।  मेरो दक्ष्यता र योग्यता भन्दा मुनीको काम गरिरहेकी छु सानो बिज्ञापन कम्पनीमा अहिले । भाबुक हुँदै अस्ताउन लागेको आकासलाई नियालिन्। अव PHD गर्न अष्ट्रेलिया जाने योजन गरेकी छु। यहा दक्ष्यको केहि मान्यता र कदर नहुदो रहेन्छ भन्नु हुँदै आक्रोस पोखिन नेपाल सरकारलाई ।


अन्तिममा फुर्सदको मौकामा कसरि दिन बिताउनु हुन्छ सोधे। घुमघाममा रुची भएकाले मुस्ताङ पदयात्रा गएकी थिए। अतिनै मनमोहक प्राकृति सौन्दर्य देख्दा लठ्ठै भएकी थिए। हाम्रो देश एकदमै रमाईलो छ तर के गर्ने नेताजीहरुले हामी जस्तो दक्ष्य युवाहरुलाई बिदेश पलायन हुने वतावरण देखेर वाक्व लाग्छ। मामा!!  


















फोटो साभार फेसबुक सुमन

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...