Total Pageviews

Wednesday, January 3, 2018

ओखल्ढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउको चिनारी


मानेभञ्ज्याङ गाउको चिनारी

ओखल्ढुंगा जिल्लाको गाउपालिका हो मानेभञ्ज्याङ । कसरि रहन गयो मानेभञ्ज्याङ नाम ? मानेखोप गाउमा तमाङ समुदायको बाग्लो बस्ति थियो रे । तमाङ समुदायले डाँडामा चिहान राख्ने भएकाले मानेभञ्ज्याङमा चिहान राख्ने गर्दथे। मानेखोपमा महामारी हैजाले गाउ मासिए रे।  हैजा बाट बचेका तमाङ समुदाय हालको केतुके गाउ बसाई सरे। चिहान भएको स्थानलाई कालान्तरमा मानेभञ्ज्याङ हुन गएको हो भन्ने जनश्रुति पाईन्छ ।

राणा शासन कालमा आर्मी ब्यारेक थियो मानेभन्ज्याङमा । ब्यारेकमा लप्टन १जना सुविधार १ जना कोते १ जना हवल्दार १ जना बिगुल फुक्ने १जना र सिपाही २० जना गरि जम्मा२५ जना सैन्य थिए। कार्तिक देखि चैत सम्म ९०जना सैन्य हुन्थे। २००७ सालमा प्रजातन्त्रको उदय पश्चात मानेभन्ज्याङको आर्मी ब्यारेक ओखल्ढुंगामा स्थानतरन भएको थियो। २००७ साल सम्म मानेभञ्ज्याङमा बुधबारे हटिया लाग्ने गर्दथ्यो। गोदाम घर मा आर्मीको ब्यारेक थियो । हाल चौउरमा परिणत भएको छ। तालिम गर्न डुडिखेल छ हाल उत्त स्थानमा बिहिबारे हटिया लाग्ने गर्दछ। बारुदखाना मा गोलि गठ्ठा बनाउने स्थानमा हाल अस्पताल बनेको छ।

२०१७ सालमा अर्ग बहादुर राईले बिधालय धिमिलेमा स्थापन गरे पनि बिधार्थी नभएकाले २०१८ साल देखि मानेभञ्ज्याङमा स्थापना गरे। २०२१साल सम्म कुल बहादुर अधिकारीले स्कूल संचालन गर्नु भएको थियो। २०२२ साल देखि आसा जित मगरले स्कूल संञ्चालनको जिम्मेवारी लिए। २०२३ सालमा भूमि सुधार नियम लागू हुनु भन्दा पहिला आशा जितले स्कूल संचालन का लागि हरेक एक मुठी देखि २१मुठी बिच भएकाले १ रुपैयाँ २१मुठी देखि ४२मुठी भएकाले २ रुपैयाँ संक्लन गर्ने नियम बनाए  रकम उठान सकेको थिएन्। तर भूमि सुधार नियम लागू भए पछि गरिब बाट ५० पैसा मध्यम बर्गबाट ७५ पैसा धनीमानीबाट १ रुपैयाँ रकम संकलन गरि श्री भगवती स्कूल संचालन गर्न थाले। लंक बहादुर अधिकारीलाई महिनाको ७५ दिएर पढाउन थाले। पछि ३७००रुपियाँ उधारोमा पढाए पनि। चन्दा उठाउन ठुलो भुमिका निर्वाह गरेका थिए मताने बुढा भनिने बुद्धि कर्ण पुलामीले । मानेभञ्ज्याङ गाबिसमा  जम्मा त्यस बेला ४५० घरधुरी थिए।

माध्यामिक बिधालय स्थापना गर्नका लागि आसा जित मगर र बंक बहादुर राईले २०३८ साल काठमाण्डु बाट माध्यामकि बिधालय संचालनको लागि स्विकृत लिई २०३९ साल देखि संञ्चालन गरेको थिए। रामहरी खतिवडा र छत्र बहादुर राई यस बिधालयबाट पहिलो पल्टक २०४१सालमा SLC  उतिर्ण  गर्नु भएको थियो  । राष्ट्रिय गानका रचयिता ब्याकुल माईला पनि यसै बिधालयको उत्पादन थियो। पहिलो श्रेणीमा SLC पास हुनु हुने यस बिधालयको बिधार्थी मक पुलामी मगर थिए। उच्च माध्यामिक बिधालय संञ्चालनका लागि आसा जित मगरले योग्दान दिनु भएको थियो । टंक बहादुर अधिकारी कुल बहादुर अधिकारी बंक बहादुर राई र आसा जित मगरको  श्री भगवती माध्यामिक बिधालय शुचारु रुपले संचालन गर्न मुख्य योग्दान गर्नु भएको थियो।

२००७ सालमा बन्द भएको बुधबारे हटिया लाई शुचारु गर्न आसा जित मगरले २०४२ साल तिर फेरि बुधबारे हटिया संञ्चालन गर्न दिपक पौड्यालको नेतृत्वमा नाँच गान गरि बुधबारे हटिया सुरु गरे। तर बुधबार पैसा कारोबार नगर्ने परम्परा भएकाले फेरि अर्को हप्ता देखि बिहिबारे हटिया संञ्चालन गरे र हाल सम्म यथावत छ। हटिया लागे पछि सबैलाई आर्थिक क्षेत्रमा फाईदा भएको थियो र हाल सम्म पनि किफाईति भईरहेको छ।

ईलाका स्वास्थ्य चौकी हालको अवस्था सम्म ल्याई पुराउन दिपक पौड्येलको योग्दान रहेको थियो।  हुलाक कार्यलय  र साझा संस्थान वाणिज्य बैक बहुदल आउनु भन्दा मानेभञ्ज्याङ गाउमा स्थापना थियो। हालको मानेभञ्ज्याङ गाउको बिकास का लागि योग्दानमा गर्नु भएका अर्ग बहादुर राई कुल बहादुर अधिकारी टंक बहादुर अधिकारी आसा जित मगर र बंक बहादुर राईको गुण हामीले भुल्न हुँदैन् ।यि ब्याक्तिहरुले शिक्षा स्वास्थ्य र संचारका लागि योग्दान गर्नु भएको छ। 

जानकारीको स्रोत स्थानिय जेष्ठ नागरिक कुल बहादुर अधिकारी र आसा जित मगर बाट






No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...