Day-29
Goru Saine to Nagma (Kalikot)
09 August 2016
३५०० मिटरको लेकमा थाकेर लम्फु भएको अवस्थामा
विहान उठ्दा आकास छ्याँङ्ग खुलेको थियो। पानी परेको थिएन्। हरियाली
दृष्यले मन फुरुङ्ग भएको थियो। नित्य कर्म पश्चात चडिबुटीको चिया पिउदै एक सुरै
हुँदै आफ्नै तालमा गफगाफ नगरि चारै तिरका दृष्य हेर्दै बस्यौ। खाजा वाई वाई खायौ।
२८०० बिल तिर्यौ।साहु र साहुनीले भ्रमणको सुवेच्छा र रातो टिका लगाई दिनु भयो।
फेरि भेटौला भन्दै बाटो लाग्यो 0900Hrs । फोनको नेटवोर्क टिप्ने स्थान सम्म साहु जी हामी संगै लाग्नु भयो। गोठी
जिउला उहाँका चिनारुको होटलमा खाना तयार बनाई राख्न भन्नु भयो । पारी देखिएको बाटो
र भन्ज्याङ कटे पछि पुगिन्छ गोठी जिउला भन्दै उहाँ संग बिदा लिदै पाटनको बाटो पच्छाउन
थाल्यौ। रहर लाग्दो पाटन थियो हरियो गाँसले ।
खोला तर्यौ। बाटो उकालो थियो । लोथ भएर भञ्ज्याङमा पुग्यौ। ३५००
मिटरको उचाई थियो। सिधै पारी रमाईलो बस्ति देखिन्थ्यो । बस्ति माथि पाटन र जङ्गल
नियाल्न पाउदा लोथ भएको ज्यान फुरुङ्ग भयो । पानी पिउदै फोटो खिच्यौ। सेतो कुहिरो
उड्दै गरेको देखिन्थे। घाम लागेको थिएन्। २०मिनेट आराम गरे पछि सिधै ओरोलो बाटोमा
हिड्न थाल्यौ। हाम्रो सहयोगी भाई भौउ बहादुरको पनि नौलो बाटो भएकाले उसलाई पनि
गाउका नामहरु थाहा भएको थिएन्।
लुम गाउ पुग्दा सम्म जुम्लाको भौगलिक बनावट लोभ लाग्ने खालका
देखिन्थे । लखतरान हुँदै रेडबुल र कोकोनट बिस्कुट खादै पसिना सुकाउदै थियौ। एक हुल
बिधार्थीहरु रारा शैक्षिक भ्रमण निस्केका रहेछन्। केटाहरुले पालै पालो गरि
छात्रालाई बोकेर हाम्रो अगाडि राखे । ज्वाँरो आएको रहेछ घर फर्कन नमानेकी जसरी भए
पनि रारा ताल हेर्न ढिपि गरेकी रहेछिन्। मैले ओखती दिए। १४५० वाई वाई फ्रुटी र रेडबुलको
बिल तिरि गोठीजिउला तर्फ बाटो ततायौ। लुम देखि गोठी जिउला तेर्स्रो
बाटो भएकाले आधा घण्टामा सिंजा उपत्यकाको गोठी जिउलाको लाली गुराँस होटलमा 1200Hrs पुग्यौ । मुगुको गमगढी जाने सडक यहि बाट जाने भएकाले बजार बिस्तारै बढ्दै
गएको रहेछ। समथर बस्तीको बिचमा खोला बगेको देख्दा
किशोर सर र बिशाल भान्जाले बस्ति बढ्यो भने यो खोला बाग्मतीको जस्तै बेहाल होला
भने सहमति जनाए मैले पनि।
खाना खायौ। हिडेर २ दिनमा जुम्लाको सदरमुकाम पुग्ने
योजनाले भोलि मात्र हिड्ने योजना गरि गोठी जिउला आजको बास भन्दै होटलमा सुत्यौ
हामी। जीप यात्रु लिएर आएको रहेछ 1500Hrs। जुम्ला खल्ङ्गा जाने थाहा पाएकाले ड्राईभर र मालिक उठाउन आए। कति भाडा
किशोर सरले सोधे बीस हजार हैट हामी जान्नौ। बरु हिडेर गईन्छ भन्दै हामी सुत्यौ। दश
मिनेट पछि फेरि पन्ध्रहजार भन्दै आए । दश हजारमा हुन्छ भने जान्छौ नत्र नआउ
डिस्टर्व गर्न भनि रिसाउदै भन्यौ। साहु जीले पनि हप्काए हद हुन्छ नी ठग्नको पनि
भन्दै थर्काए ड्राईभर र जीप मालिकलाई। हाम्रो सहयोगी भाई भौउ बहादुरलाई खाना खुवाई
४५०० खर्च दियौ। गमगढी जान लागेको जीपको टिक किनि पठाई दियौ1430Hrs ।
तेह्रहजारमा साहुजीले भने पछि होटलको खानाको १३५० बिल तिरि धन्यवाद भन्दै 1600Hrs जीपको पाङ्ग्रा गोठी जीउला बाट गुड्न थाल्यो कालीकोटको नाग्मा तिर। सिंजा खोला बिचमा वारिपारी बस्ति र धानका फाँट लोभ लाग्दो दृष्य नियाल्दै गुडि रहयौ। राम्रो लागेको स्थानमा झरि फोटो खिच्यौ पनि। सिंजा उपत्यका खस आर्यन भाषाको उद्गम थलो हो । पक्कै बाठा रहेछ त्यस ताका यस्तो राम्रो स्थान रोजेर बसेका रहेछन् हगि किशोर सर मैले भने। उहाँले हल्का ईतिहास बताउदै पक्कैं दाई रोजेर बसेका रहेछन्। फाँट बेसी पाटन पानी र जङ्गल । सबै चिज रहेछ यो ठाउमा । भान्जा बिशाल जीले पनि सहमति जनाउनु भयो। सिंजाको प्राकृति सौन्दर्य देखेर मख्ख भयौ हामी। एक जना युवती गोठी जीउला घुम्न जान्छु भनि ल्याएका रहेछन् ड्राईभर र जीप मालिकले। जिस्कदै हुन्थे हल्का हामी हाँस्थ्यौ। बाबा आमाले फोन गर्दा ढाँटेका नाटक देखाउदा अर्को हाँसो फुटेका हु्थ्यो हाम्रो। साथीको घरमा छु भन्दै फोनमा उत्तर दिन्थिन्। भदौको महिना भएकाले हिलाम्मे बाटो थियो। बाटामा लटरम्म स्याँउ हाँगै नुहिने गरि फलेका देखिन्थे। सिंजा उपत्यकाको बस्ति र खेतका गरामा धानका गाँचहरुले थप आनन्द दिई रहेको थियो। 2200Hrs कालिकोटको नाग्मा पुग्यो। खाना खायौ साँझको । हिडाई र गुडाईले ज्यान थाकेकाले स्लिपिङ ब्याग भित्र पस्ने बित्तिकै भुसुक्कै निदायौ छौ हामी।
जु्म्लाको गोरुसैन्यको होटलको प्राङ्गनमा गोठाले संग भलाकुसारी
गर्दै हामी
रारा निकुञ्ज भित्र पर्ने गोरुसैन्य होटलमा जडिबुटीको चिया पिउदै
बाटो लाग्न अगाडि रातो टिका लगाई दिनु तयारी होटलका साहु साहुनी
गोरुसैन्यको रहर लाग्दो पाटन ,जुम्ला
गोरुसैन्यको रारा निकुञ्जका लागि सुरक्षारत नेपाली सेनाको आवस भवन
गोरुसैन्यको पाटनमा हाम्रो लागि खाना तयारी गरि राख्नका लागि
फोन गर्न हिड्नु हुने साहुजी अगाडि
३५०० मिटरको
भञ्ज्याङबाट बस्ति र पाटनको दृष्य ,जुम्ला
३५०० मिटरको
भञ्ज्याङमा थाकेर लोथ भएको क्षण
भञ्ज्याङको लेक बाट लोभ लाग्ने पाटन र बस्ति
देखेर हामी लोभिएका थियौ।
भञ्ज्याङको लेकबाट चुच्चेमारा लेकलाई कुहिरोले
छोपेको दृष्य।
भञ्ज्याङको लेकको दृष्य, जुम्ला
सिंजा भ्याल्लीको गोठी जिउला गाउ हिड्ने क्रममा, जुम्ला
लुम देखि पारि नियाल्दा, जुम्ला
जुम्लाको लुम गाउमा लोथ भएको अवस्थामा हामी
कुर्सीमा बसेकी बिधार्थी बहिनी ज्वाँरो आए पनि
रारा ताल हेर्न हिडेकी
हिड्दै गर्दा हाम्रो फोटो खिचि दिन आग्रह गरेका
दाजु बहिनी
जुम्लाको गोठी जिउला बाट मुगुको गमगढी जान लाग्दै गरेको जीप
गोठी जिउला सिंजा उपत्यका, जुम्ला
सिंजा खोला बिचमा वारिपारी धान बारीका फाँट र बस्ति क्या मनमोहक र रहर लाग्दो
दृष्य छ , जु्म्ला
सिंजा
भ्याल्लीको लोभ लाग्दो बस्ति । भदौको महिना भएकाले सिंजा खोला खैरो रंगको पहिरण
लिदै आफ्नै गतिमा सुसेली हाल्दै
सिंजा
भ्याल्लीको बिभिन्न स्वरुप
सिंजा
भ्याल्लीको बिभिन्न स्वरुप
खस आर्यन भाषाको उद्गम स्थल सिंजा उपत्यकाको मोहित पार्ने बस्ति
सिंजा खोलाको
नागवेली अवतार
सिंजा उपत्यकाको मोहनी लगाउने सौन्दर्य, जुम्ला
हुम्ला देखि ताप्लेजुङ
छिचोल्न हिडेका लाठे जुम्लाको मोहित पार्ने भूमि सिंजा उपत्यकामा उभिदा
सिंजा उपत्यकाको हराभरा धानका गरा बिचमा सिंजा खोला

No comments:
Post a Comment